माटो

यस समूहका वालीहरुको बेमौसमी खेतीको लागि बलौटे दुमट र वर्षे बालीको लागि दुमट माटो बढी राम्रो हुन्छ । मलिलो, पानीको राम्रो निकास भएको र पि.एच. ५.५–६.८ सम्म भएको माटो यस बर्गका तरकारी खेतीको लागि उपयुक्त मानिन्छ ।

हावापानी

 यिनिहरु न्यानो एवं गर्मीसमयमा उत्पादन गर्न सकिने बाली  हुन् र यिनीहरुले धेरै गर्मी, जाडो र तुसारो सहन सक्दैनन् । यस बर्गका वालीहरुकोसफलतापुर्बक खेति गर्न २५ – ३० डिग्री सेन्टिग्रेड सम्म तापक्रम उपयुक्त हुन्छ । सरदर दिनको तापक्रम १८ देखी २४  डिग्री सेन्टिग्रेड र रातको तापक्रम १५ देखी १८ डिग्री सेन्टिग्रेड भएको अवस्थामा यस बर्गका तरकारीहरुको राम्रो उत्पादन भएको पाइएको छ । यदि लामो समय सम्म ३५डिग्री सेन्टिग्रेड भन्दा बढि तापक्रम र बढि सुख्खा भएमा काँक्रोमा कुकुरविटासिन भन्ने रासायनिक तत्वको मात्रा बढि भइ काँक्रो तितो हुन्छ र अन्य  लहरे वालीहरुको उत्पादनमा समेत नकारात्मक असर पर्दछ । हावाको साप

परिचय

लहरे तरकारी वाली अन्तरगत काँक्रो, फर्सी, लौका ,घिरौला, करेला, जुकेनी फर्सी, चिचिण्डा, इष्कुस, परबल लगायतका तरकारी बालीहरु पर्दछन् । यि वालीहरु कुकुरविटेसी (cucurbitaceae) परिवार अन्र्तगत   पर्ने वालीहरु हुन् । नेपालमा ५४,६८४ हेक्टरमा यस समूहका तरकारी वालीहरुको खेती हुने गरेको छ भने यस समूहका बालीहरुको सरदर उत्पादकत्व १४.१९ मे.टन/हेक्टर रहेको छ । यस समुहका बालीमध्ये नेपालमा  सबभन्दा बढी क्षेत्रफलमा खेती हुने बालीहरुमा क्रमश करेला (१००८२.२ हे.), काँक्रो ( ९३९६.८ हे.), लौका (८६११.५ हे.) र फर्सी ( ७२०३.४ हे.) पर्दछन् ।उत्पादकत्वको हिसावले सबभन्दा वढी उत्पादकत्व भएका लहरे तरकारी बालीहरुमा क्रमशः