मलखाद

मलखाद प्रयोगको मात्रा माटोको उर्बरा शक्ति, माटोको किसिम, स्याउको वोटको उमेर, लगाईने गरेको अन्तरवाली र हावापानीमा भर पर्दछ  ।  मलखादको प्रयोग गर्नु अगाडि माटोको परिक्षण गराएर प्रयोग गर्न सकेमा खाद्यतत्वको समुचित सदुपयोग हुन्छ । साधारणतया तालिका नं ४ मा उल्लेखित मलखादको मात्रा स्याउ खेतीमा प्रयोग  गर्दा लाभदायक हुन्छ ।


तालिका नं. ४: स्याउको वोटको उमेरको अधारमा  प्रयोग गरिने मलखाद 

छापो हाल्ने

स्याउमा बिभिन्न बस्तुहरुको प्रयोग गरी छापो हाल्न सकिन्छ ।झारपातले छापो हाल्ने गरेमा माटोमा जैविक क्रिया कलाप बढ्नुको साथै माटोको बुनोटमा सुधार हुनाको साथै यसले केही हद सम्म झारपात समेत नियन्त्रण गर्दछ । झारपात बाहेक कालो प्लाष्टीकको प्रयोग  छापोको रुपमा गरिदै आएको छ  । यसले जमिनको सतहको नजिकमा खाद्यतत्व तान्ने जराको बृद्धि गर्नाको साथैे पोटास, नाईट्रोजन, क्यालसियम, फस्फोरस, म्याग्नेसियम, बोरन जस्ता तत्वहरुको उपलब्धता  बढाउन सहयोग गर्दछ । गहुं, जौ, उवा  आदि बालीको  छ्वाली भने  तुषारो पर्ने समयमा राखेमा पूmलमा भएको परागकणहरुलाई  क्षति पुर्याउंदछ ।

अन्तरवाली

आर्थिक रुपबाट फाईदा दायक, बिरुवालाई असर नगर्ने तथा माटोको  मलिलोपनाको बृद्धि गर्ने र रोग कीरा लाई प्रशय नदिने खालको बालीहरु अन्तरबालीको लागि छनौट गर्नुपर्दछ  ।  स्याउ बगैचामा लहरे तरकारी बाली अन्र्तबालीको रुपमा प्रयोग गर्न हुदैन ।

सिंचाई

स्याउलाई विरुवा रोप्न साथ पानी दिनु पर्दछ त्यस पछि भर्खर रोपिएका विरुवाहरुलाई आवश्यक पर्ने चिस्यानमा कमि नहुने गरी सिंचाईको व्यवस्था मिलाउनु पर्दछ । फागुन देखि भदौ महिना सम्म स्याउ बगैचामा अवश्यक मात्रमा चिस्यानको व्यवस्थापन गर्न सकेमा सबै उमेरका वोटहरुको बृद्घि विकास राम्रो हुनुको साथै फलेका फलहरुको साईजमा पनि बृद्घि भई उत्पादन बढ्छ । यस अवधीमा बगैचामा कुनै पनि हालतमा चिस्यानको कमी हुन दिनु हुंदैन । नेपालमा स्याउलाई पाईपवाट वा बोकेर पानी दिने चलन छ भने अन्य देशमा थोपा (चित्र ९) तथा फोहरा (चित्र १०) वाट सिंचाई दिने गरिएको छ ।

फूल फुल्ने र फल्ने

फूल फुल्ने कोपिला (spur) स्याउको २ – ३ बर्षे हांगामा बन्ने गर्छ । त्यसैले स्याउको कांटछांट गर्दा यो कुरा हेक्का राख्नु जरुरी छ । तर केही होचा जातको विजु विरुवा (rootstock)  मा कलमी गरिएको छ भने हांगाको टुप्पामा समेत फुल फुल्ने कोपिला (spur) आउने गर्दछ ।
स्याउको एउटा मुना (spur) वाट ७ वटा सम्म फुल आउंदछ । स्याउको फूलको पत्रदल (petal) को बाहिरी भाग गुलाबी र∙को हुन्छ भने भित्री भाग सेतो हुन्छ ।
फुल्ने समयमा न्युनत्तम तापक्रम १०० सेल्सीयस भन्दा कम भएमा परागकण अंकुरण हुन नसक्ने हुनाको साथै मौरीको क्रियाकलाप बन्द भई  स्याउको उत्पादन  घट्दछ ।

 

खाडल खन्ने

अर्को बर्षबाट स्याउ रोप्ने हो भने अघिल्लो बर्षको चैत्र÷बैशाखमा खाडल खनि आवश्यक तयारी गर्नुपर्दछ । विरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई १ह१ह१ को हुनु पर्दछ र उक्त क्षेत्रमा  खन्दा कडा चट्टान  आउन हुदैन । खाडल खन्दा माथीको आधा मिटर माटो एकातर्फ र तलको बांकी आधा मिटरको माटो  अर्कोतर्फ राख्नु पर्दछ ।

रोप्ने दुरी

विरुवा रोप्ने दुरी मुख्यतया रोपिने जात, कलमी गर्दा प्रयोग भएको विजु विरुवा (root stock) को किसिम, माटोको उर्बरापन र उपलब्ध हावापानीमा निर्भर गर्दछ । तालिका नं. ५ मा दिए बमोजिम स्याउको कलमी गर्दा प्रयोग गरिएको विजु विरुवा बमोजिम प्रति हेक्टर जमिनमा तपसिल बमोजिमको स्याउको विरुवा रोप्न सकिन्छ:
तालिका नं. ३ः सायनको जात र रुटस्टकको जातको संयोजन अनुसार सिफारिस गरिएको विरुवा लगाउने दुरी र विरुवा संख्या

बगैचाको रेखांकन

जग्गाको कुनै एक छेउमा रहेको बाटो, पर्खाल वा कुनै प्रकारको संँधलाई आधार मानेर बगैंचाको रेखाङ्कन गर्न सकिन्छ । यसरी रेखांकन गर्दा आधार रेखावाट डोरी टंँगेर सिधा पारेर विरुवा रोपिने निश्चित दुरीमा किलाहरु ठोक्दै जानु पर्दछ । बगैंचाको रेखाङ्कन  जमिनको अबस्था तथा उपलब्धता अनुसार निम्न लिखित तरिकाबाट गर्न सकिन्छ:

१.    वर्गाकार तरिका (Square method)
२.    आयताकार तरिका (Rectangular method)
३.    क्विन्कुनाक्स तरिका (Quincunx method)
४.    षट्कोणाकार तरिका (hexagonal method)
५.    गह्रा प्रणाली (Contour method)

 

विरुवा रोप्ने बिधि

विरुवा रोप्ने बिधि रोपिने जात, प्रयोग भएको विजु विरुवाको किसिम, माटोको उत्पादकत्व, रोपिने ठाउको हावापानी आदीको आधारमा फरक पर्न सक्छ । समथर भुभागमा षट्कोणाकार र र बर्गाकार तरिकावाट र पहाडी भिरालोमा गह्रा (contour) तरिकावाट रेखांकन गर्नु पर्दछ । बिरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई क्रमशः १ मी. × १ मी.