जिजेना मथ (Zygaena moth)

भदौ असोज तिर यसको माउ पुतलीले स्याउको मुख्य र सहायक हांगाकोे कापा वा चर्केका बोक्रा भित्र तिर फुल पार्दछ भने माघ महिना तिर तापक्रममा हल्का बृद्घि हुन साथ अण्डावाट लार्भा निस्कन्छ (चित्र ३३) । यस कीराले पलाउने मुनाको siver tip अवस्थाको मुना र बोक्रा भित्रको कलिलो भाग खाई दिने र पालुवा आउने मुना नै खाई दिने भएकोले धेरै किरा लागेमा वोटमा नयां पालुवा विहिन अवस्थामा स्याउको वोट पुग्दछ ।
नियन्त्रण
यसको रोकथामको लागि माघ महिना को मध्य तिर  क्लोरोपाईरिफस र साईपरमेथ्रिन युक्त बिषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ ।

गबारो कीरा (Apple borer)

स्याउको बगैंचामा साना ठूला हांगा र जराहरु दुवैमा प्वाल पारेर नोक्सान पु¥याउने खालको गबारोहरु देखा पर्दछन् । यस्ता गबारो कीराका लाभ्रेले हांगा वा जरामा प्वाल पार्दछन् र भित्र बसेर विरुवालाई नोक्सान पुर्याउछन् (चित्र ३१, ३२) । यसरी गबारो कीराले प्वाल पारेको ठाउ वरिपरि काठको धुलाहरु झरेको देखिन्छ ।
 

रानो सुलसुले (red spider mite)

सामान्यतया यस कीराको प्रकोप जेठ महिनातिर शुरु हुन्छ । यसले विरुवाको हांगाहरुको पातको पछाडी भागमा बसेर पातको रस चुस्ने गर्दछ । यस कीराको प्रकोप बढेपछि पात र हांगाहरुको कापाहरुमा रातो सिंदुरको थुप्रो जस्तो देखिन्छ (चित्र २९, ३०) । अन्त्यमा पातहरु विस्तारै रातो भएर अन्त्यमा सुक्न थाल्छन् ।

रोकथाम/व्यवस्थापन:
१. दैहिक systemic विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर १५–१५ दिनको फरकमा छर्ने ।
२. बिरुवामा छर्ने खनिज तेल जस्तै सर्भो आयल १० देखी १५  मि.ली. प्रति लिटर पानीमा मिसाएर १५–१५ दिनको फरकमा ३–४ पटक छर्ने

झुसिलकीरा/टेन्ट क्याटरपिलर (tent caterpillar)

झुसिलकीराहरुले वसन्त ऋतुमा आएका कलिला मुना एवं पातहरु खाएर बोट नै नाङ्गो बनाइ दिन्छन् । टेन्ट क्याटर पिलर जातको झुसिलकीराले साना हांगाको टुप्पा तिरको पातहरु सबैलाई मोडी माकुराको जस्तो जाल बनाएर शुरुमा ति साना झुसिलकीराहरुलाई सुुरक्षित हिसाबले बस्दछ र पात खाने गर्दछ (चित्र  २७, २८) ।

रोकथाम/व्यवस्थापन:
१. यसको नियन्त्रणका लागि बगैंचाको सरसफाई गर्ने, जालो भित्र बसेका लाभ्रेहरु जम्मा गरेर नष्ट गर्ने, टेन्ट लागेका हांगा काटेर जलाउने उपाय अपनाउन सकिन्छ ।
२. यस्ता कीरालाई  साइपरमेथ्रिन २ मि.लि प्रति लिटर पानीमा मिसाई  विषादीको झोल बनाई स्प्रे गर्नु राम्रो हुन्छ ।

स्याउमा लाग्ने कत्ले किरा (san jose scale)

 Quadrapidipxotus pernisiosus बैज्ञानिक नाम भएको कत्ले किरा स्याउको मुख्य हानिकारक कीराहरुमा पर्दछ । यो कीरा स्याउ खेति गरिने सबै क्षेत्रहरुमा पाइन्छ ।  यसको रंग हल्का पहेंलो , सानो चेप्टो र गोलाकारको हुन्छ (चित्र २५, २६) । यस कीराले हांगाविगा लगायत फल र फूल दुवैमा आक्रमण गर्छ र रस चुसेर नोक्सान पुर्याउछ । यस कीराको बढी संक्रमण भएका बोटहरुको हांगाहरुमा  खरानी दलेको जस्तो देखिन्छ भने कलिला हांगाहरु ओइलिंदै गएर मर्ने सम्भावना हुन्छ भने फलको बाहिरी सतहमा पनि हल्का रातो र∙का गहिरो दागहरु देखा पर्दछन् र उत्पादित फलको  गुणस्तरहीन हुन्छ ।
रोकथाम/व्यवस्थापन:

१.१ सेतो भुवादार लाही कीरा (Wooly aphid)

सेतो भुवादार लाही कीराको Erisoma lanigerum प्रजातिले सबै जातका स्याउमा नोक्सान गर्दछ । बैजनी र∙को यस कीराले सेतो भुवा निकाल्छ र त्यही सेतो पदार्थले शरीरलाई वरिपरिवाट ढाकेर सेतो कपासको गुच्छा जस्तो भएर बसेको देखिन्छ (चित्र २३, २४) । यसलाई हातले थिच्दा बैजनी र∙ निस्केको देख्न सकिन्छ । विरुवाको मूलबृत, हांगा, पात तथा जरामा बसेर विरुवाको कमलो भागवाट लगातार रस चुस्ने यस कीराले नर्सरी बगैंचाका बोटहरुमा नोक्सान पुर्याउछ । यस कीराले हिंउदमा पात झरेको बेला मूलकाण्ड र जमीन मुनीको भागलाई चुस्ने गर्दछ । यस्तो लाही कीराले बढी सताएको विरुवा भागहरुमा गिर्खाहरु निस्कने गर्दछन् भने बढी असर पारेका र

फल टिप्ने र उत्पादन

स्याउ फल पाक्न साथ टिप्नु पर्दछ । फललाई  टाढाको बजारमा लैजानु पर्ने भएमा वा भण्डारण गर्ने हो भने पाक्नु भन्दा केही दिन अगाडी नै टिप्नु पर्दछ । धेरै कांचो र धेरै पाकेको फल पनि टिप्नु  हुदैन । कांचो भएमा भण्डारणमा फल चाउरिन सक्दछ भने धेरै पाकेको छ भने चांडै विग्रन्छ । फल टिप्दा फल टिप्ने झोलाको प्रयोग गर्नु पर्दछ । भेटनो सहितको स्याउ फल टिप्दा फल हातको पञ्जा भित्र पारी समातेर फललाई माथी तिर धकेलेर छिटो घमाउनु पर्छ जस्ले गर्दा फलको भेटनो सहित आउछ । भेटनो नहुने गरेर फल टिप्नु हुदैन । तर भेटनोलाई भने कैचीको सहयोगले फलको सतह भन्दा होचो हुने गरी छांटनु पर्दछ । भेटनो नभएको फल भण्डारणमा चांडै कुहिन्

फल छांटने

 स्याउको फल अन्य फलपूmलको तुलनामा धेरै नै लाग्दछ, उपयुक्त  आकारको फल उत्पादन गर्न बाक्लो फललाई पत्ल्याउन जरुरी हुन्छ । फल पत्ल्याउने काम हातले र रासायनिक विधीद्वार गर्न सकिन्छ । गुणस्तरिय फल उत्पादन गर्न एक वा दुई फल प्रति झुप्पा प्राविधिक हिसाबले राम्रो मानिन्छ । उच्च गणस्तरको फल उत्पादन गर्न साधारणतया २० देखि ४० पात प्रति फलको लागी सिफारिस गरिएको छ ।

 

कांटछांट

उत्पादन दिई रहेको बगैचामा बानस्पातिक बृद्घि (vegetative growth) र फल उत्पादनलाई तुलनात्मक हिसाबले बराबर गर्न हरेक बर्ष कांटछांट गर्ने गरिन्छ । स्याउको वोटको बृद्घि भएको टुप्पाको हांगाको बृद्धि नियन्त्रण गर्न,  बाक्लो भएका हांगाहरुलाई पत्ल्याउन एक अर्कामा खप्टीएका, अल्झीएका, भांचिएका, रोग र किरा लागी सुकेका हांगाहरुलाई हटाउन बार्षिक रुपमा कांटछांट  गर्नु पर्दछ । कांटछांटले बगैचामा भएको स्याउको वोटलाई धेरै अग्लो हुनवाट बचाई नियन्त्रित अवस्थामा ल्याउन सहयोग गर्दछ । यसले स्याउको फलमा राम्रो र∙ आउने, रोग, किरा नियन्त्रण, बगैचा व्यवस्थापनमा कम खर्च भई अन्तमा उत्पादन बृद्घि  गर्नमा सहयोग गर्दछ ।

तालिम तथा कांटछांट

स्याउको वोटको अकार प्रकार मिलाउन र स्याउको वोटलाई व्यवस्थीत गर्न हरेक बर्ष  तालिम तथा कांटछांट गरिन्छ । त्यसैले स्याउको वोटको तालिम र कांटछांट स्याउ खेतिको लागी अति महत्वपुर्ण कार्य हो । तालिम र कांटछांट   राम्रोसंग  नगरेमा फल नफल्ने  वा कम फल्न पनि सक्दछ । स्याउको वोटलाई तालिम दिंदा निम्न फाईदाहरु हुन्छ ।