टप वर्किङ्ग

स्याउको पुरानो बोटलाई पुन फल्ने बनाउन वा कुनै एउटा  स्थानिय जातको बोटमा अर्को उनन्त जात फलाउन, एउटै बोटमा धेरै जात फलाउन  टप बर्किङ्ग गरिन्छ (चित्र ५ र ६) ।

स्याउको विरुवा प्रसारण

वानस्पतिक प्रजनन् गरेर बेर्ना उत्पादन गर्नका लागि बेन्च ग्राफटिंग इनसिट्यू ग्राफ्टिङ र सुक्ष्म प्रजनन (micro propagation) विधि पनि अपनाउने गरिन्छ । स्याउको बेर्ना उतपादनका लागि अपनाइएको सबैभन्दा प्रचलित र सफल तरिका टङ्ग ग्राफ्टिङ हो । तयार भएको विजु विरुवमा टङ्ग ग्राफ्टिङ(tongue grafting) बिधिद्वारा (चित्र नं. १  देखी ३ ) माघ फागुन महिनामा  कलमी गर्ने प्रचलन  गरिन्छ भने यदाकदा साईड भिनियर बिधिद्धारा पनि स्याउको बिरुवा प्रशारण गर्ने गरिएको छ ।

कम चिसो आवश्यक पर्ने जातहरु:

कम चिसो आवश्यक पर्ने जातहरु:

कम चिसो आवश्यक पर्ने जातहरु (low chiling cultivar) लाई ७ डिग्री से. भन्दा कम तापक्रमको चिसो समय ४०० देखि ६०० घण्टा सम्म आवश्यक पर्दछ । नेपालको १,२०० देखि १,५०० मिटर उचाई भएको पहाडी क्षेत्रमा यस्ता जातका स्याउहरुको खेतीगर्न सकिन्छ । कम चिसो आवश्यक पर्ने स्याउका मुख्य जातहरु:
     १. अन्ना(Anna)
यसको फल मझौला देखि ठूलो, शंकु आकारको वोक्रा पहेंलो तर ३०–४० प्रतिशत भाग रातो रंङ्ग ढाकिएको हुन्छ । असारको तेश्रो हप्ता देखि फल पाक्न शुरु गर्दछ ।

मध्यम चिसो आवश्यक पर्ने जातहरु

ख) मध्यम चिसो आवश्यक पर्ने जातहरु:
मध्यम चिसो आवश्यक पर्ने जातहरु(mild chiling cultivars)लाई ७ डिग्रि  से. भन्दा कम तापक्रम हुने समय(chilling period) ६०० देखि १,००० घण्टा सम्म आवश्यक पर्दछ । मध्यम चिसो आवश्यक पर्ने स्याउका जातहरुको खेती समुन्द्र सतहवाट १,५०० मिटर २,००० मिटर सम्म उचाई भएको मध्यपहाडी भागमा गर्न सकिन्छ । जस्तै
     १. क्रिस्पीन (Crispin)

माटो

 पानीको निकास र मलिलोपन भएको प्राय सबै किसिमको माटोमा स्याउ खेती गर्न सकिन्छ । दोमट माटो, प्रांगारिक पर्दाथ प्रशस्त भएको, कम्तिमा ३० से.मी. सम्म माथिल्लो सतहको माटो (टप सोइल )भएको, र पि.एच ५.५ देखि ६.५,  पानी नजम्ने माटो स्याउ खेतीको लागि उपयुक्त हुन्छ

हावापानी

    स्याउको ब्यबसायिक खेतीको लागी १००० देखि १५०० घण्टा ७सेल्सियस भन्दा कम तापक्रमको आबश्यकता पर्दछ । नेपालमा समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाई भएको स्थानमा स्याउ खेती गर्न सकिन्छ । स्याउको बोटको सक्रिय वृद्धि विकास  हुन २१देखि २४ सेल्सियस औषत तापक्रमको आवश्यकता पर्दछ । स्याउको फुल फुलेको अवस्थामा कम तापक्रम, बर्षा, हिमपात र बादल भई रहेमा परागसेचन प्रक्रियालाई निकै बाधा  पुगी फल उत्पादन घट्दछ ।

परिचय

 स्याउको उत्पति दक्षिण–पश्चिम एसिया, पूर्वी युरोप र दक्षिण–पश्चिम साइवेरीयामा भएको मानिन्छ । नेपालका केही भागहरुमा पनि स्याउका जंगली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाईने ईडिमयल (Edimayal) र सुर्खिलो (Surkhilo) जस्ता बनस्पतिहरु विकसित स्याउका जंगली नातेदारको रुपमा लिन सकिन्छ