आलु रोप्ने

बिउको मात्राः साधरणतया २५ देखि ५० ग्राम तौल भएको बिउ आलु रोप्दा प्रति रोपनी ७५ देखि १०० के.जी बिउ चाहिन्छ । आलु रोप्ने अगाडि डाइथेन एम ४५, ३ ग्राम १ लिटर पानीमा मिसाएर बनाएको झोलमा डुबाएर उपचार गर्ने प्राङ्गारिक उत्पादनको लागि ट्राइकोर्डमा सँग पनि उपचार गर्न सकिन्छ ।
रोप्ने दूरीः रोप्ने दूरी फलाउन खोजेको आलुको साइज, लगाउने सिजन, माटोको मलिलोपनमा भर पर्दछ । एक ड्याङ्गदेखि अर्को ड्याङ्गको दूरी ः ६० देखि ७० सेन्टिमिटर 
एक बिउदेखि अर्को बिउको दूरीः २० देखि २५ सेन्टिमिटर
रोप्ने समयः कार्तिकदेखि मंसिर

आलु खेतीको लागि चाहिने मलखाद

मलखादको मात्रा माटोको उर्वराशक्ति, बाली चक्र आदि धेरै पक्षमा निर्भर भएता पनि राम्रो उत्पादन लिनको लागि तपसिल अनुसारको मात्रामा मलखाद प्रयोग गनुपर्दछ ।
राम्रोसंग पाकेको कम्पोष्ट वा गोबरमल           १५०० के.जी प्रति रोपनी
डि.ए.पि                                                  ११ केजी प्रति रोपनी
युरिया                                                     ७ केजी प्रति रोपनी
म्युरेट अफ पोटास                                     ५ केजी प्रति रोपनी

जमिनको तयारी

आलुको जरा कमजोर र माटोमुनी फल्ने भएकोले आलु लगाउने जमिनलाई राम्रोसँग जोतेर झरपात हटाई डल्ला फुटाएर माटो बुरबुराउँदो बनाउनुपर्छ । राम्रोसँग तयार पारेको माटोमा जमिनभित्रको पानी सजिलैसँग बिरुवालाइ उपलब्ध हुन्छ र बढी भएको पानी पनि सजिलैसँग जमिनभित्र निकास हुन्छ । आलु खेतीको लागि बढी चिम्टाइलो र पानी जम्ने माटो राम्रो हुंँदैन ।

बिउ आलु छनौट

साधरणतया २५ देखि ३० ग्राम तौल भएको र हरियो, दरो, मोटो, स्वस्थ टुसा भएको बिउ आलु रोप्नको लागि उपयुक्त हुन्छ । नटुसाएको बिउ आलु रोप्दा बाली एकनासको नभइ ठाउँठाउँमा खाली पनि हुन सक्छ । तसर्थ एकनासको बाली पार्न र बढी उत्पादन लिन आलु लगाउनु अगाडि बिउ आलुको टुसा उमार्ने काम गर्नुपर्छ । बिउ आलुका टुसाहरु छोटो, मोटो र हरियो हुनुपर्दछ ।

परिचय

आलु नेपालको एक प्रमुख नगदेबाली हो । यो तराइ र मध्य पहाडको लागि तरकारी बाली हो भने उच्च पहाडको लागि मुख्य खाद्यान्न बाली हो । यो बाली क्षेत्रफलमापाँचौं, उत्पादनमा दोश्रो तथा उत्पादकत्वमा प्रथम स्थानमा रहेको छ । छोटो अवधिमा प्रति इकाई जमिनमा उत्पादन उच्च तथा पहाडी क्षेत्रमा पनि सजिलै उत्पदान गर्न सकिने भएकोले खाद्य सुरक्षामा सहयोग गर्दछ । तरकारी,अचार, आलुदम, चिप्स बनाएर, तारेर, मसेउरा बनाएर, उसिनेर, पोलेर आद बनाएर खाइन्छ । आलुलाई फलाम थायमिन, नियासिन, भिटामिन सी, प्रोटिन र कार्बोहाइड्रेडको राम्रो श्रोत मानिन्छ । आलुको उत्पान लागत विश्लेषण गर्दा कूल लागतको ४० देखि ५०