हावापानी

गुणस्तरीय र  राम्रो  उत्पादन लिनको लागि न्यानो र सुख्खा मौसम उपयुक्त हुन्छ । यसले बढी वर्षा र तुषारो सहन सक्दैन । यसको खेतीको लागि २०–२४ डि.से. तापक्रम  उपयुक्त मानिएको छ । गोलभेंडाको फल बढ्नका लागि र फल पाक्नका लागि १८–२७ डि.से. तापक्रम उपयुक्त हुन्छ । १२ डि.से. भन्दा कम तापक्रमले गोलभेंडाको सबै किसिमको वृद्धि विकासलाई प्रतिकूल असर गर्दछ । दिउँसोको तापक्रम २५ डि.से. र रातको तापक्रम १५–२० डि.से. भएमा  राम्रो उत्पादन लिन सकिन्छ भने   तापक्रम लामो समय सम्म ३५ डि.से. भन्दा माथि भएमा  परागसेचनमा असर परी कम फल लाग्दछ ।

बेर्ना जमाउने तरिका

गोलभेडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ । जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । नर्सरी १ मिटर चौडा र आबश्यकताअनुसार लम्बाईको बनाउन सकिन्छ । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे/प्लग ट्रेमा राख्नुपर्छ । ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्ने र २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो(अथवा निर्मलीकरण गरेको माटो २ भाग, राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने) (बालुवा मिसि

वीउ दर

एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम वीउको आवश्यकता पर्दछ । (एक ग्राम राम्रो उमारशक्ति भएको वीउबाट सरदर १५० देखी २ सय बेर्ना उत्पादन हुन्छ ) ।

प्लाष्टिक घरभित्र उपयुक्त गोलभेडाका जात र जातीय गुण

प्लाष्टिक घरभित्र लगाउने जातको छनौट गर्दा बजारको माग तथा जातको उत्पादन क्षमतामा बिचार पुर्याउन जरुरी हुन्छ । सामान्यतया बढी उत्पादन दिने  लहरिने वा मध्यम लहरिने (Indeterminate or semi-indeterminate) जातहरु लाभदायक हुन्छन् ।

गोलभेडाको पौष्टिक महत्व

गोलभेंडालाई पकाएर तरकारीको रुपमा अथवा काँचै सलादको रुपमा खाइन्छ ।  प्रति १०० ग्राम गोलभेडामा १८ क्यालोरी शक्ति पाइन्छ । गोलभेडामा ९५ प्रतिशत पानीको मात्रा हुन्छ । गोलभेडामा प्रशस्त मात्रामा  भिटामिन सी, बायोटिन, मोलिब्लेडनम र भिटामिन के पाइन्छ । यसका अलाबा यसमा भिटामिन ए(बिटा क्यारोटिन), भिटामिन वी६, फोलिक एसिड (भिटामिन वि९, वायोटिन, भिटामिन सी, फस्फोरस, म्याग्नेसियम, रेशा आदि पाइन्छन् ।  यसमा अत्यन्त महत्वपूर्ण एन्टिअक्सिडेन्ट लाइकोपिन पाइन्छ जसको मात्रा बोक्रामा वढी हुन्छ । यो मुटु रोगी, क्यान्सर रोक्ने क्षमता भएको , छाला स्बस्थ राख्ने गुण भएको फल हो । हाल बिश्वमा बिभिन्न रंगहरु तथा प्रयो

गोलभेडा खेतीको परिचय

गोलभेंडा (Tomato) सोलानेसी (Solanaceae) परिवार अन्तर्गत पर्नेे तरकारी  हो । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ। गोलभेंडा न्यानो मौसममा उष्ण, उपोष्ण र शितोष्ण हावापानी भएको क्षेत्रमा खेती गरिने तरकारी बाली हो । गोलभेंडामा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन सि, फस्फोरस, क्याल्सियम, सोडियम, पोटासियम लगायत अन्य धेरै तत्वहरु पाईन्छ । गोलभेंडामा लाइकोपिन नामक  बुढ्यौली रोक्ने तत्व पाइन्छ । गोलभेंडालाई तरकारीको रुपमा तथा सलादको रुपमा प्रयोग गर्नुको साथै यसबाट अचार, केचप, जुस पनि तयार गरेर प्रयोग गर्न सकिन्छ

प्लाष्टिक घरको फाइदाहरु

  • जाडो र बर्षातको समयमा पनि प्लाष्टिक घर भित्र बेमौसमी तरकारी खेती गर्न सकिन्छ।
  • प्लाष्टिक घरमा वाहिरको भन्दा रोग, कीरा र घाँसको समस्या कम देखिन्छ। 
  • प्रयोग गरेको मलखाद विरुवाले राम्रोसंग सदुपयोग गर्न सक्दछ ।
  • पात, डाँठ र फलमा लाग्ने डढुवा रोग, थोप्ले रोग र फलमा लाग्ने कीराहरुबाट  बाहिरभन्दा कम नोक्सानी देखिन्छ।
  • रोग तथा कीराको प्रकोप न्यूनिकरण गरी कम बिषादीको प्रयोगवाट खेती गर्न सकिन्छ ।
  • खुल्ला अवस्थामा लगाएको  तरकारी भन्दा प्लाष्टिक घरमा छिटो उत्पादन दिनुको साथै   विरुवाको आयु पनि  बढ्न गइ लामो समयसम्म उत्पादन लिन सकिन्छ ।

प्लाष्टिक घरका लागि जग्गा र प्लाष्टिक छनौट

  • कम्तीमा ६ घण्टाभन्दा बढी दैनिक घाम लाग्ने, हावा खेल्ने तर हुरी बतास नचल्ने ।
  • हालसालै गोलभेडा खेती नगरेको र कम्तीमा पनि ५ मिटर भन्दा बढी चौडा भएको जमिन ।
  • उचित रूपमा सूर्यको प्रकाश  उपलब्ध हुन  सक्ने स्थाद्न तथा पारदर्शी सूर्यको पराबैजनी किरण नछिर्ने प्लाष्टिक
  • प्लाष्टिक घरमा सेता झिंगा लगायत कीराको प्रकोप कम गर्न  वरिपरी कीरा नछिर्ने  जालीको प्रयोग  गर्नु पर्दछ ।