कीरा, रोग र अन्य समस्या ब्यवस्थापन

प्लाष्टिक घर भित्र गोलभेडा बाली व्यवस्थापनको कमजोरीले गर्दा गोलभेडामा डढुवा, डाँठ कुहिने रोग, ढुसी तथा ब्याक्टेरियाजन्य ओइलाउने रोग, भाइरस, निमाटोड, पात खन्ने टुटा कीरा, सेतो झिंगा आदिको प्रक्रोप बढ्दै गएको छ । जसले गर्दा प्लाष्टिक घरभित्र गोलभेडा खेतीमा प्राविधिक चुनौति थपिएको छ । गोलभेडा खेतीमा देखिने मुख्य कीराहरु, रोगहरु तथा अन्य समस्याहरु (खाद्यतत्वको असन्तुलन, प्रतिकुल मौसम) को सहि पहिचान र उपयुक्त ब्यवस्थापन गरी थोरै क्षेत्रफलबाट अधिक उत्पादन लिन सकिन्छ । गोलभेडामा लाग्ने रोग कीराहरुको व्यवस्थापनमा एकीकृत बाली सरक्षणका विधिहरु अवलम्बन गर्नु उपयुक्त हुन्छ । जसका लागि स्वस्थ बाली हुर्क

बजार ब्यबस्थापन

प्लाष्टिक घरभित्र गोलभेडा खेतीमा अन्य खेतीको तुलनामा बढी लगानी आबश्यक पर्दछ । खेतीको थालनी गर्न अगाडी आफुले उत्पादन पुर्याउने बजारको पहिचान, त्यहाँका उपभोक्ताको रुची ,बजारमा बर्षभरि गोलभेडाको  माग,आपूर्ति र मुल्य जस्ता कुरामा ध्यान दिन जरुरी छ ।

उत्पादन

यदि लहरिने जात जस्तै सृजना जातको गोलभेडा लगाईएको छ र उचित व्यवस्थापन गरिएको छ भने प्रतिबोट ८ देखि १० के.जी. सम्म उत्पादन लिन सकिन्छ (प्रति रोपनी ५ हजार ५ सयदेखि ९ हजार ५सय के.जी.सम्म) । प्लाष्टिक घरको प्रयोग नगरी खुल्ला ठाउँमा खेती गरिएको छ भने प्रति रोपनी  दुई हजार देखी  तीन हजार के.जि सम्म उत्पादन लिन सकिन्छ ।

गोलभेडा खेतीको व्यवस्थापन

  • विरुवा सरेपछि १० देखी १५ दिनको फरकमा झोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्नुपर्छ वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २–३ इन्च पर वरिपरी पर्ने गरी जरा भिजाउनुपर्छ वा यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्नुपर्छ । थोपा सिँचाइको सेट उपलब्ध छ भने विरुवाको जरामा पिसाव पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिनु राम्रो हुन्छ । यसो गर्दा विरुवामा रोग किराबाट लड्ने क्षमताको विकास  हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ ।
  • यदि प्लाष्टिक मल्च नहालीकन लगाइएको विर

तालिम / काँटछाँट र थाँक्रा दिने

तालिम तथा काँटछाँटले सूर्यको प्रकाश तथा हाबाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग  गराई गोलभेडाको उत्पादनमा वृद्धि गर्न सहयोग गर्दछ । गोलभेडालाइ लहरिने/फुल फुल्दै फल्दै गर्ने/ छिमलमा फल्ने (indeterminate) र नलहरिने / फुल फुलेपछि बोट नबढ्ने (determinate) जातमा बर्गिकरण गरिएको छ । साधारणतथा नलहरिने जातलाई त्यति धेरै तालिम तथा काँटछाँटको आबश्यकता नपरेतापनि ३ देखि ४ बटा काण्ड राखेर बाँकी हटाउँदा उत्पादन राम्रो हुन्छ । लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्न सकिन्छ । एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउनुपर्छ । दुई काण्

गोडमेल तथा सिँचाई

झारपातको प्रकोपकलाई बिचार गरी बेला बेलामा झारपात हटाउने कार्य तथा चिस्यानको मात्रा विचार गरेर पानी दिने गर्नुपर्दछ ।  गोलभेडालाई फूल फुल्ने, फल लाग्ने तथा मलखादको प्रयोग गरिसकेपछी पानीको आबश्यकता पर्दछ । माटोमा चिस्यान मात्रा कायम हुने तर पानी नजम्ने गरी आबश्यकता हेरी बेला बेलामा सिंचाइ गर्नुपर्छ । यदि गोलभेडा खेतीमा झारपातको प्रकोप कम गरी उत्पादन बृद्धि गर्ने हो भने थोपा सिंचाइ र  सिल्भर लाईनिंग (silver lining) भएको प्लाष्टिक मल्च प्रयोग गर्दा राम्रो हुन्छ ।

बेर्ना रोप्ने अवस्था तथा दुरी

साधारणतया ४ देखि ५ पात आएको स्वस्थ विरुवा रोप्न योग्य हुन्छ । जमिन तयारी गरिसकेपछि जमिनभन्दा १५ देखी २० से.मी. अग्लो ड्याङ बनाई दुई ड्याङको बिचमा ४० से.मी. बाटो राख्ने र ड्याङमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी र एक लाइनदेखि अर्को लाइनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याङ दुई लाइन विरुवा रोप्ने र हल्का सिंचाई दिने कार्य गर्नुपर्छ । विरुवाको दुरी जात तथा माटोको उर्वरापन , तालिम तथा काँटछाँट बिधिमा निर्भर हुन्छ । होचो हुने जातलाई डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ४० से.मी.