स्याउको फलमा देखिने विसंगतीहरु (Disorders)

 १ विटर पिट (Bitter Pit)
पाकेको स्याउको ठिक बोक्रा मुनि र वीउ बस्ने वीच भागहरुमा सानो गोलाकार रुपमा सुुकेको खैरो दागहरु देखा पर्दछन (चित्र ४२) । यो समस्या विशेष गरेर डेलिसियस जातहरुमा देखा पर्दछन । यो विशेष गरेर ठुला र नपाकेको फलहरुमा भण्डारणमा देखा पर्ने गर्दछ । यो समस्या विशेष गरेर नाईट्रोजन मल धेरै राखेको बगैचाको फलहरुमा, धेरै छांया परेका स्थानहरुको फलमा र आवश्यक भन्दा बडी बर्षेनी कांटछांट गरेका वोटको फलहरुमा देखा पर्ने गर्दछ । यो समस्या ७० सेल्सीयस तापक्रम र ८५ देखि ९० प्रतिशत अद्रतामा फललाई भण्डारण गर्न सकेमा नियन्त्रण गर्न सकिन्छ ।

डढुवा रोग (Fire Blight)

यो व्याक्टेरियाद्धारा लाग्ने रोग हो  ।रोग लागे पछि स्याउको पात, पूmल, साना देखि ठुला हांगा सम्म डढेर मर्ने गर्दछ । यो रोग मध्य भूमध्य सागरिय देशहरुमा अत्यधिक मात्रामा लाग्ने गरेको पाईन्छ ।स्याउको बगैचामा कांटछांट गर्दा राम्रो संग नकाटिएको, काटदा ठुटा ९क्तगद० रहने गरी काटेको र आलो घाउमा बोर्डो पेस्ट नलगाएका अवस्थामा यो रोग लाग्ने संभाबना अत्याधिक हुन्छ ।

फलमा धव्वा हुने रोग(Sooty Blotch)

यो रोग (Gloeodes pomigena shu)नामक ढुसीवाट लाग्दछ । फलमा धव्वा हुने रोगको लक्षण स्याउको फलको बोक्रामा देखिन्छ । यो रोग लागेको फलको सतहमा फिक्का काला तथा खैरौ थोप्लाहरु देखिने भएकाले स्याउ हेर्दै नराम्रो देखिन्छ । बढी पानी पर्ने तर घाम प्रशस्त नलाग्ने क्षेत्रमा यो रोग वर्षा शुरु भएपछि  लाग्ने गर्दछ।

बोक्रा खुइलिने रोग(Papery Bark/Pink Disease)

नेपालका स्याउका बगैंचामा प्रशस्त देखा परेको यो रोग (Pellicularis salmonico)भन्ने ढुसीको कारणले लाग्दछ । यो रोग बढी मात्रामा रेड डेलिसियस, रोयल डेलिसियस र रिच ए रेड जातहरमा लागेको देखिएको छ । यस प्रकारको रोग लागेपछि शुरुमा बोक्रामा स–साना गोलाकार बैजनी रङक दागहरु देखा पर्दछन् र पछि दागहरु बढ्दै गएर बोक्राहरु नै चर्कन्छन् । यस प्रकारको ढुसी फैलिएपछि बोक्राको पातलो सतह सुख्खा हुन्छ र बोक्रा फुट्ने तथा खुइलिने लक्षण देखाउदै विरुवाको सबै भागमा फैलिन्छ । यस रोगको संक्रमण बढ्दै गए पछि बोट नै मर्दछ ।

सेतो धुलो ढुसी रोग (Powdery Mildew)

यो रोग (Pedosphera leucotricha) भन्ने ढुसीवाट लाग्दछ । स्याउको खेती भएको ठाउंहरुमा चिसो मौसम र हावामा आद्र्रता बढी भयो भने यस रोगले आक्रमण गर्न शुरु गर्दछ । चैत्र–बैशाख महिनामा पालुवा पलाउदा बढी संक्रमण हुने यो रोग नर्सरीका विरुवामा बढी लागेको पाइन्छ । यो रोगले अन्य जातहरुमा भन्दा गोल्डेन डेलिसियस, जोनाथन, अन्ना र कक्स अरेन्ज पिपिन त्रयाब एप्पल जातका स्याउहरुमा बढी संक्रमण गरेको पाइन्छ । सेतो धुलो ढुसीले पातका कलिला मुनाहरमा बढी आक्रमण गर्दछ । यस रोगवाट प्रभावित पातहरु खुम्चिने वा दोव्रिने गर्दछन् भने कलिला मुना तथा पातको भित्री तथा बाहिरी सतहमा पाउडर जस्तो  सेतो धुलोले ढाकेको हुन्

फेद कुहिने रोग(Collar Rot)

यो रोग (Phytophthora catorum/ Phytophthora syringae) भनिने ढुसीले गर्दा उत्पन्न हुन्छ । यस्तो ढुसीले विरुवाको फेद र माटोको सतह मुनीको भागमा समेत असर पार्दछ । फेद कुहिने रोगले प्रायः जसो १५ वर्ष उमेर पुगेका ठूला रुखहरुलाई बढी असर गर्दछ(चित्र ३७) । २५ सेल्सीयस भन्दा बढी तापक्रम र माटोमा चिस्यानको मात्रा बढी भएको बेला यो रोग बढी फैलिन्छ । फेद कुहिने रोग लागेपछि पातहरु पहेंलिंदै जाने  र समय नपुगी  झर्ने लक्षणहरु देखिन्छ । यो रोगको संक्रमण भएकोे स्याउको बोटको फोदका बोक्रा नरम र चिसो हुन्छ भने बोक्रा काटेर हेर्दा खैरा, हल्का सुन्तला रंगका धर्साहरु देखिन्छन् । विरुवा रोप्दा कल

जरा कुहिने रोग (Root rot)

यो रोग Demotophora necatrix नामको ढुसीवाट लाग्दछ । यस रोगले  बढी चिस्यान भएको स्थान, पानी जम्ने तथा बढी पानी पर्ने क्षेत्रमा लगाइएका स्याउका वोटहरुलाई असर पार्दछ । यो रोग उत्पन्न गर्ने जीवाणु जमीनको सतहको नजिकको भागवाट विरुवामा प्रवेश गरेर जराको टुप्पोतिर बढ्दै जान्छ र संक्रमण बढी गरेर जरा नै कुहाई दिन्छ । ढुसीले बोटमा संक्रमण गरे पछि हांगा र पातहरु पहेंलिदै जाने, (चित्र नं. ३६) पातहरु धेरै नआउने, फलहरु साना हुने र बोटमै चाउरी पर्ने जस्ता लक्षणहरु देखिन्छन ।

स्याउको दादे रोग (Apple scab)

यो रोग Venturia inaequalis भनिने ढुसीको कारणले लाग्दछ । यस ढुसीले स्याउको बोटको डांठ, हांगा, पात कोपिला तथा फलमा आक्रमण गर्दछ । यसको संक्रमण भएपछि शुरुमा वसन्त ऋतुमा पल्हाएका कलिला पातहरुको तल्लो भागमा तेलका थोप्ला जस्ता स–साना हरियो थोप्लाहरु देखिन्छन् । पछि पातको दुवै भागमा ढुसी फैलिदै जान्छ र गाढा र∙का धव्वाहरु बन्दछन् र पात पहेंलिदै गएर मध्यकर्मी समयमा झर्दछन् । ढुसीको संक्रमण भएको रुखको फलमा (चित्र न.