कौसी खेतीमा हेरचाह तथा गोडमेल

  • गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ ।
  • बोटलाई साना साना करिब १ मिटर लामो बांसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ ।
  • लहरेबालीलाई डोरीको सहायताले बढन दिनु पर्दछ ।
  • कौसीमा खेती गरिएका फलफुल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ ।
  • बढी सुख्खा र बढी पानी हुन दिनु हुदैन । कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरूवा ओइलाउन थाल्दछ । त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ ।

कौसी खेतीको आकार

कौसी बारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता ,उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतया ४ देखी ६ जना परिबारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०–५० वटा गमला वा अन्य संरचनाहरु र २५–३० बर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ । कौसी खेती बिस्तार गर्न आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसले कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत विचार पुर्याउन आबश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरु प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धति(vertical system)मा खेती गर्

खाद्यतत्व ब्यबस्थापन

विरुवाका आवश्यक खाद्य तत्वहरुको अभावमा विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्वको अभावमा त्यस तत्वले गर्ने काम अर्को तत्वले गर्न सक्दैनन तथा ति तत्वहरुले विरुवाको वृद्धि तथा विकासमा सोझै असर पार्दछन तसर्थ विरुवाको समूचित खाद्यतत्व ब्यवस्थापनमा सदैव ध्यान दिन जरुरी हुन्छ ।
खाद्यतत्वको वर्गिकरणः
विरुवालाइ आबश्यक खाद्यतत्वको मात्राको आधारमा खाद्यतत्वलाइ निम्नलिखित तहमा बर्गीकरण गरिएको छ; प्राथमिक खाद्य तत्व : कार्वन ,हाइड्रोजन, अक्सिजन जुन हावा तथा पानीवाट प्राप्त हुन्छन् ।

कौसी खेतीका लागि माटो ब्यबस्थापन

यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने वाली अनुसार उपयुक्त माटोको छनौट गर्न आवश्यक छ,। माटो उपयुक्त छैन भने पनि वजारमा उपलब्ध मधुमास (coco peat) तथा प्र्रांगारिक मलको प्रयोग गरी माटो सुधार गर्न सकिनाका साथै प्रांगारिक पर्दाथको उपलब्धता बढाइ माटोमा जैविक कृयाकलाप बढाउन सकिन्छ । माटो विरुवा अडिने आधार मात्र हो तसर्थ त्यसमा विरुवालाइ आबश्यक खाद्यपर्दाथ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने ब्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा बायुमण्डलीय नाइट्रोजनको मात्रा थप्न कोसेबाली

कौसी खेतीको लागि वालीको छनौट

कौसी खेतीमा लगाउने बाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु :

  • जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने
  • छिटो उत्पादन दिने
  • लामो समयसम्म उत्पादन दिने
  • बोट धेरै नझाङ्गिने

कौसी खेतिका लागि उपयुक्त केही फलफूल तथा तरकारीहरु
खेती गरिने स्थानको हाबापानी तथा उपलब्ध संरचनालाई बिचार गरी कौसीमा निम्न प्रकारका फलफूल तथा तरकारी बालीहरु खेती गर्न सकिन्छ:

तलिका : कौसीमा खेती गर्न सकिने केही फलफूलहरु

कौसी खेतीका लागि संरचनाको छनौट

माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस,माछा प्याकिंग भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिका थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् । यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी.

कौसी खेतीको लागि स्थानको छनौट

कौसी खेतीको लागि स्थानको छनौट

कौसी खेतीको लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसंग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरु उपयुक्त हुन्छन् :

घरको छत

घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने पदार्थहरू (Medium) जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।

घरको बरण्डा

कौसी खेतीका फाइदाहरू

  • परिवारको इच्छा अनुसारको स्वच्छ एवं ताजा तरकारी तथा फलफूल आपूर्ति हुने
  • दैनिक तरकारी तथा फलफूल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने
  • दैनिक भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट मल निर्माण गरी बाताबरण प्रदुषण नियनत्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुने
  • फुर्सदको समयको सदुपयोग हुने
  • शारिरिक तथा मानसिक तन्दुरुस्ती मिल्ने

परिचय

सामान्य अर्थमा कौसी तरकारी खेती भन्नले खेती गर्ने जमिनको अभाब रहेको घना बस्ती भएका शहरी वा शहर उन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्नको लागि गरिने तरकारी,फलफूल तथा मसलाबालीको खेतीलाई बुझिन्छ । हाल आएर यस प्रबिधिको नेपालको शहरी क्षेत्रमा लोकप्रियता बढ्दै गएको पाईन्छ ।