प्राङ्गारिक खेती प्रविधि

प्राङ्गारिक  कृषि’  दीगो  पर्यावरण  र  पारिस्थितिकीय  प्रणाली,  सुरक्षित,  गुणस्तरीय  तथा  पोषणयुक्त  खाना,  प्राणी  जातिको  कल्याण  र  सामाजिक  न्यायका  लागि  कृषि  प्रणालीमा  प्रयोग  हुने  निश्चित  प्रक्रियाहरुको  एकिकृत  उपागम (Approach) हो  ।  प्राङ्गारिक कृषि प्रणालीमा बाहिरी स्रोत तथा लगानीको न्यूनतम उपयोग गरिन्छ र वाली उत्पादन कार्यमा कृषि प्रणालीका केही उत्पादन सामाग्री तथा प्रक्रियाहरुको उपयोगलाईनकारिन्छ । सामान्य अर्थमा हानिकारक मल, बिउ, विषादी, सामग्री तथा व्यवहारहरुको प्रयोग नगरिकन स्वस्थ, सभ्य र सकेसम्म प्राकृतिक एवं स्थानीय श्रोत साधनकोप्रयोग गरेर गरिने कृषि कर्म प्राङ्गारिक कृषि हो ।  प्रांङ्गारिक कृषि माटोको उर्वरापन र मानव स्वास्थ्यको प्रबद्र्धन गर्ने उत्पादन प्रणाली हो । यो पर्यावरणीय पद्धति, जैविक विविधता र स्थानीय परिवेश अनुसारको चक्रीय प्रणालीमा आधारित हुन्छ । यसले परम्परा, अन्वेषण  र  विज्ञानलाई  समायोजन  गरी  यसमा  अन्तरनिहित  पक्षहरुको  स्वच्छ  सम्बन्ध  र  गुणस्तरीय जीवन पद्धतिको प्रबद्र्धन गर्दछ । अत्याधिक  रुपमा  बढ्दै  गएको  रसायनहरुको  असुरक्षित  प्रयोगबाट  मानव,  वातावरण,  माटो,  पानी  तथा  बिरुवामा  देखिएको  दुष्परिमाणबाट  जोगिनको  लागिआजैदेखि झारपात, रोग तथा कीरा नियन्त्रण गर्न  स्थानीय प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र सन्तुलित उपयोग गरी दिगो कृषि व्यवस्थापन मार्फत कृषि क्षेत्र एवं मुलुकको आर्थिक विकास गर्नमा व्यवसायिक प्राङ्गारिक खेतिको विकास गर्नुपर्दछ । नेपालमा जमिनको खण्डिकरण बढ्दै जानु, चक्लाबन्दी नहुनु, यान्त्रीकरणको लागि सहज नभएको, माटो संरक्षणमा ध्यान नदिंदा प्रत्येक बर्ष भू–क्षय भई उत्पादन तथा उत्पादकत्व  घट्दै  गएको  अवस्था  छ  ।  अन्तराष्ट्रियस्तरमा  रासायनिक  मल,  बिषादी  तथा बिउको मूल्य बढदै गई लागत बढी हुन गई दिगो खेतिको लागि स्थानीय स्रोत तथा साधनको सदुपयोग गरी वातावरण मैत्री, जनस्वास्थ मैत्री खेति गर्नको लागि पनि प्रांङ्गारिक खेति तर्फ अगाडि बढ्नुपर्ने देखिन्छ ।

नेपालको सन्दर्भमा विविधतापूर्ण पारस्थितिकीय प्रणालीको संरक्षण एवं उपयोग गर्दै प्राकृतिक श्रोतमा आधारित प्राङ्गारिक खेतिलाई विकास गर्न सकिने संभावना प्रशस्त  रहेको  छ  ।  साथै  हाम्रो  स्थानीय  मौलिक  विधि  र  तरिकाबाट  उत्पादित  कृषि  उपजबाट पनि तुलनात्मक लाभ लिन सकिन्छ । रासायनिक मल तथा विषादीको प्रयोगको दृष्टिकोणबाट हाम्रो कृषि प्रणालीलाई संक्षेपमा सिंहावलोकन गर्दा सबैभन्दा बढी शहर वरिपरिका व्यावसायिक पकेटहरु र यातायात पहुँच भएका राजमार्ग छेउछाउका स्थानहरु  पर्दछन्  ।  यस  बाहेक  बाँकी  अधिकांश  भूमि  करीब  ७० प्रतिशतभन्दा  धेरै  अझैपनि  प्राङ्गारिक  खेति  प्रणालीमा  आधारित  छ  ।  नेपालका  कृषकहरुसँग  औसत  प्रति परिवार करिब ०.५ हे भन्दा कम जमिन भएको हुँदा गरिब किसानहरुलाई समेट्न र  उत्पादनमा  दिगोपन  ल्याउन  प्राङ्गारिक  खेति  प्रणाली  एक  राम्रो  वैकल्पिक  उपाय  हुन सक्छ । हाल नेपालको औसत रासायनिक बिषादी प्रयोगको मात्रा अन्य देशको तुलनामा कम रहेको (हाल  ३९६ ग्रा ए.आइ प्रति हे) छ । प्रांङ्गारिक खेति प्रबद्र्धनको लागि कृषि नीति २०६१, कृषि व्यवसाय प्रबद्र्धन नीति २०६३, आवधिक योजनाको साथै कृषि विकास रणनीतिमा पनि विशेष प्राथमिकता दिइएको छ । प्रांङ्गारिक मल कारखानामा अनुदान, प्रांङ्गारिक मलमा अनुदान, जैविक बिषादी उत्पादन कार्यक्रममा सहयोग, प्राङ्गारिक प्रमाणिकरणको लागि सहयोग, प्राङ्गारिक बस्तु निकासीको लागि अनुदान सहयोग कार्यक्रमहरु नियमित रुपमा नेपाल सरकार मार्फत सञ्चालन भईरहेका छन्

  • दिगो विकासमा माटो, पानी, वनस्पती, जन्तु तथा मानव लगायत समग्र पृथ्वीलाई जीवन्त  बनाउनका  लागि  उपयुक्त  वातावरण  सिर्जना  गर्दछ (Principal of Health)
  • पर्यावरणीय प्रक्रिया र पुनःप्रयोग प्रणाली अनुसार उत्पादन गर्नुपर्दछ( Principal of Ecology)
  • सबैका  लागि  वातावरणीय  तथा  जीवनका  अवसरहरुलाई  निश्पक्ष  रुपमा  सुनिश्चित गर्दछ (Principal of fairness)
  • वर्तमान तथा भावी सन्ततीको स्वास्थ्य र वातावरण संरक्षणका लागि सावधानी र उत्तरदायीपूर्वक प्राकृतिक स्रोतहरुको व्यवस्थापन गर्दछ(Principal of Care)

पोखरा लेखनाथ महानगरपालिका,
नगर कार्यपालिकाको कार्यालय,
कृषि शाखा, कास्की
आ.व. २०७५/७६

प्रांगारिक कृषिका आधारहरु

  • माटोको उर्वराशक्ति तथा जैविक विविधता कायम गर्न निम्नअनुसार विधि अवलम्वन गरिनु पर्दछ|
  • उपयुक्त बाली चक्र र मिश्रित बाली प्रणालीको अनशरण|
  • पुनर्प्रयोग र पुनर्जीवित/पुनर्उत्पादन हुने आधारमा प्राङ्गारिक वस्तुको उपयोग|
  • रासायनिक  मलखाद  तथा  विषादी  प्रयोग  बन्द  गरी  रोग/किरा  व्यवस्थापनका लागि स्थानीय स्रोतमा आधारित अन्य एकीकृत विधिको प्रयोग

कृषि प्रणालीका सन्दर्भमा खाद्य–चक्र व्यवस्थापन, प्राङ्गारिक पुनप्र्रयोग, कृषिजन्य उप–उत्पादनहरुको सदुपयोग र माटो, जैविक  विविधता  तथा  वातावरणसंरक्षणका दृष्टिले पशुपालन व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ ।पशुपालनमा पशु–पंक्षीहरुको सन्तुलित आहार एवं शारीरिक तन्दुरुस्ती र पर्यावरणीय सन्तुलनका लागि निम्नानुसारका विधि अवलम्बन गर्नु पर्दछ|

  • प्रचूर मात्रामा प्राङ्गारिक डाले/भुईं घाँस तथा अन्य खाद्य वस्तुको आपूर्ति|
  • पशु–पंक्षीको बानी व्यहोरा र आवश्यकता अनुसार गोठ, खोर, चरन तथा हिंड्डुलको व्यवस्था |
  • प्राकृतिक, होमियोपेथिक तथा आयुर्वेदिक औषधोपचारको व्यवस्था |
  • अन्य कुनै औषधि, रसायन तथा फुड एडिटिभ्स्, प्रयोग विहिन उत्पादन| आनुवांशिक  श्रोत  संरक्षणका  लागि  छनौट  विधि  र  नाता  नपर्ने  बीच  स्वजातीय  प्रजनन्बाट उत्पादकत्वमा वृद्धि ल्याउने |
  • समग्र उत्पादन प्रणालीलाई जैविक विविधता उन्मुख गराउने ।
  • माटोको जैविक क्रियाकलापलाई वृद्धि गर्ने ।
  • मित्रजीवहरुको संरक्षण गर्ने|
  • माटो, हावा र पानीलाई स्वस्थ राख्ने |
  • बालीचक्र, कोशेबाली, हरियो मललाई बाली प्रणालीको अभिन्न अङ्गकोरुपमालिइ खेति गर्ने ।
  • दीर्घकालिन रुपमा माटोको उर्वराशक्तिलाई कायम गर्ने ।
  • बाली र पशुको अवशेषलाई कुहाएर पुनः प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्ने |
  • कम्पोष्ट मल अधिक प्रयोग गर्ने ।
  • रोग किरा नियन्त्रणका लागि प्राकृतिक वनस्पति एवं जैविक विषादी प्रयोग गर्ने ।
  • भौतिक, कृषिगत तथा जैविक तरिकाले झारपातको नियन्त्रण गर्ने ।
  • माटोको अवस्था अनुसार शून्य खनजोत, न्यूनतम खनजोत, उचित खनजोत आदि तरिका अपनाउने ।
  • प्राङ्गारिक उत्पादनलाई  प्रशोधन  गर्दा  गुणस्तरलाई  कायम  राख्न  सावधानीअपनाउने ।
  • स्थानीय श्रोत साधनको समुचित प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने ।
  • खाद्यवस्तुको गुणस्तरीय मापदण्ड कायम राख्न सहयोग गर्ने । प्राङ्गारिक उत्पादनका खाद्यवस्तुबाट जनस्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउने ।

प्राङ्गारिक वा अर्गानिक कुनै उत्पादनको लेबलमा लगाइने शब्द हो, जसले त्यो उत्पादन प्राङ्गारिक खाद्यान्न उत्पादनको एक निश्चित मापदण्ड वा नियमअनुसार उत्पादन गरिएको छ भन्ने जानकारी दिन्छ । प्राङ्गारिक खाद्यान्न उत्पादन एउटा यस्तो खेति पद्दतिमा आधारित हुन्छ जसले बिभिन्न किसिमका रासायनिक तत्वहरु जस्तो कृत्रिम मलखाद, बिषादीहरुको प्रयोग बिना नै माटोमा  उत्पादकत्व  वृद्धि  गर्ने  र  कायम राख्ने  गर्दछ। यसरी साधारण अर्थमा भन्नुपर्दा कुनै पनि कृषि उपज प्राङ्गारिक खाद्यान्न उत्पादनको नियमानुसार विभिन्न रासायनिक तत्वहरुको  प्रयोग बिना नै उत्पादन गरिएको छ भनी प्रमाणित प्रदान गर्ने वा प्राप्त गर्ने प्रकृया नै प्राङ्गारिक प्रमाणिकरण हो । प्राङ्गारिक बस्तु प्रमाणिकरण गर्नको  लागि  तालिम  प्राप्त  सरकारी वा गैह्सरकारी  संस्थाले  सरकारले जारी गरेको निश्चित मापदण्डभित्र रही शुल्क लिएर गर्ने गर्दछन् । यो प्रकृया बाहिरी देशको लागि भए सोही देशको मापदण्ड अनुसार उत्पादन भएको हुनुपर्दछ |

प्रमाणिकरणका प्रकार

 सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली(Participatory Guarantee System) भनेको आफ्नो क्षेत्रभित्र भएका उत्पादन प्रकृयालाई उत्पादक आफै र आफ्ना क्षेत्रमा भएका उपभोक्ताहरु बीचको  कार्यसम्बन्ध  स्थापना गरी आवश्यक परेको  अवस्थामा सम्बन्धित  संघसंस्थाका  प्रतिनिधि  समेतको रोहवरमा  उत्पादन  प्रक्रियाको  अनुगमन मूल्याङ्कन गरी प्रमाणिकरण गराउने पद्धतिलाई सहभागितामूलक प्रमाणिकरण भनिन्छ । यसमा  प्रमाणिकरण गर्ने संस्थालाई बोलाई रहनु नपर्ने भएकोले  सस्तो पर्दछ तर यस्तो समूहले स्थानीयस्तरमा सानो क्षेत्रभित्र मात्रै विश्वास आर्जन गर्न सक्ने भएकोलेव्यापारको दायरा पनि सानो नै हुन्छ । यसको लागि उत्पादक,व्यापारी, उपभोक्ता र सरोकारवालाहरु बीच स्थानीय मापदण्ड बनाउन सकिन्छ । उपभोक्ताको मागको आधारमा समय सापेक्ष रुपमा मापदण्ड परिवर्तन गर्न सकिन्छ |

 यसमा उत्पादकको उत्पादन निरीक्षण गर्ने निरीक्षक, छुट्टै प्रमाणिकरण निकाय र उत्पादक गरी तीन पक्षको प्रत्यक्ष र स्वतन्त्र भूमिका निर्वाह भएको हुन्छ । यसका निरीक्षण र प्रमाणिकरणको काम पूर्णत बाहिरी संस्थाबाट गराउनु पर्ने भएकोले महँगो हुन्छ तर बढी भरपर्दो र विश्वासनीय भएकोले बजारीकरणका लागि सकारात्मक हुन्छ ।

आन्तरिक नियन्त्रण  प्रणाली  भनेको  गुणस्तर  निर्धारण  प्रणालीको  एउटा  लिखितदस्तावेज हो । यसमा उत्पादन प्रक्रियामा प्रयोग भएका सबै सामाग्री एवं गतिबिधिहरुको विवरण  राखिन्छ,  जसले  बाह्य  प्रमाणिकरण  निकायलाई  समूह  सदस्यको  बार्षिक  रुपमा निरीक्षण र प्रमाणिकरण गर्ने आधार प्रदान गर्दछ

आन्तरिक नियन्त्रण प्रणाली भनेको गुणस्तर निर्धारण प्रणालीको एउटा लिखितदस्तावेज हो । यसमा उत्पादन प्रक्रियामा प्रयोग भएका सबै सामाग्री एवं गतिबिधिहरुको विवरण राखिन्छ, जसले बाह्य प्रमाणिकरण निकायलाई समूह सदस्यको बार्षिक रुपमा निरीक्षण र प्रमाणिकरण गर्ने आधार प्रदान गर्दछ |

फरक–फरक संस्थाहरुको फरक–फरक निरीक्षण तरिका र दायराहरु प्रयोग गर्ने भएतापनि नतिजा एउटै हुन्छ । हरेक संस्थाहरुले प्रमाणिकरणको लागि तीनवटा तहहरु प्रयोग गर्दछन् ।
तह १ : यो सबैभन्दा माथिल्लो तह हो । त्यसैले यो पूर्ण प्राङ्गारिक तह हो ।
तह २ः यो संक्रमण र परिवर्तनको तह हो । यस तहका फर्महरु प्राङ्गारिक फर्ममा रुपान्तरण भइसकेका हुन्छन् । यद्यपि यस तहका फर्महरुले तह १ का सबै नियमहरु पूरा गरिसके पनि फर्महरु त्यति बेलासम्म पूर्ण प्राङ्गारिक भएको मानिदैन । जबसम्म यी फर्महरु त्यही रुपबाट केही समयसम्म खेति गरिएका हुँदैनन् । यो समय लगभग दुई बर्षको हुन्छ ।
तह ३ :यो तह पूर्व संक्रमण र तह २ को पूर्व अवस्था पनि हो । फर्म र त्यस भित्रका उत्पादनका प्रक्रियाहरु निरीक्षणकै अवस्थामा हुन्छन् । यस तहको समयावधि लगभग दुई बर्षको हुन्छ । यस समयमा उत्पादित उत्पादनहरुले प्राङ्गारिक वा प्रमाणित गर्ने संस्थाको लोगो प्रयोग गरी बेच्न पाउँदैनन् ।यसरी कुनै पनि फर्म लगातार १ बर्षसम्म प्राङ्गारिक मूल्य र मान्यतामा रही उत्पादन गरेपछि प्राङ्गारिक फार्म ३ वर्षमा पूर्ण प्राङ्गारिक फर्मको रुपमा चिनिन्छ । प्रमाणपत्र प्राप्त गरिसकेपछि प्रत्येक वर्ष प्रमाणपत्रमा उल्लेखित मान्य हुने अवधी नसकिदै नविकरण गराउनु पर्छ|

प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको प्राविधिक मापदण्ड

 प्राङ्गारिक खेति हुने कित्तालाई प्रदूषण र मिसावटबाट जोगाउन प्राङ्गारिक ररासायनिक खेति गरिने कित्ताहरु बीच मध्यवर्ती क्षेत्र र बाली हुनुपर्दछ ।
 प्राङ्गारिक र रासायनिक खेति बीच सडक भएमा ४ मिटर र अन्य अवस्थामाकम्तिमा ५ मीटर मध्यवर्ती क्षेत्र (Buffer Zone) हुनु पर्नेछ ।
 प्राङ्गारिक प्रमाणिकरणका लागि निम्न अनुसारका उपजहरु स्वीकार्य हुने छैनन् ।
– एकै कित्ता जमिनमा प्राङ्गारिक र रासायनिक दुवै तवरको खेति भएमा ।
– आपसमा मिसावटको सम्भावना रहेका समानान्तर उत्पादन भएमा ।
 रासायनिक मल, वृद्धि प्रवद्र्धक र रोग/ किरा/ झारनाशक विषादी जस्ता कुनैकिसिमको रसायन प्रयोग भएको हुनुहुँदैन ।
 रसायनको संसर्गमा आएका मेसिन, औजार तथा उपकरणहरु सफा गरेर मात्रप्राङ्गारिक खेति गरिने जमिनमा प्रयोग गर्नुपर्दछ ।

 रुपान्तरण अवधि प्राङ्गारिक खेति शुरु भएको मितिदेखि गनिने छ ।
 रुपान्तरण अवधिको पहिलो वर्षमा (प्राङ्गारिक प्रणालीमा ल्याइएको एक वर्षसम्म)प्रमाणिकरण गर्ने निकायले बेला–बेलामा निरीक्षण गर्नुपर्दछ । प्रमाणिकरण चिन्हभने प्रयोग गर्न पाइने छैन ।
 रुपान्तरण अवधिको दोस्रो र तेस्रो बर्षको उत्पादनलाई राम्रोसँग निरीक्षण गरेरप्रमाणिकरण निकायले ’रुपान्तरण अवस्थाको प्रमाणिकरण चिन्ह’ प्रदान गर्नसक्नेछ ।
 उत्पादन तथा प्रशोधन कर्ताले विगत तीन बर्षदेखि प्राङ्गारिक तरिकाले उत्पादन/प्रशोधन गरेको भन्ने यथेष्ट प्रमाण (माटो र उत्पादित वस्तुमा विषादीको असर नरहेको भनी प्रयोगशालाको रिपोर्टका साथै उत्पादन तथा प्रशोधन प्रणालीमा प्रयोग गरिएका विधि, प्रविधि र बस्तुहरुको अभिलेख) जुटाउन सकेमा प्राङ्गारिक प्रमाणीकरणका लागि पूरै रुपान्तरण अवधि पर्खिरहनु पर्ने छैन ।
 प्राङ्गारिक खेति गरिएको भनिएको जमिनमा पूर्व स्वीकृति विना नियन्त्रित वाप्रतिवन्धित सामाग्री प्रयोग भएको पाईएमा प्रमाणिकरण चिन्ह प्रदान गर्न सकिंदैन ।
 तीन बर्षभन्दा बढी बाँंझो रहेको जमिन र सामुदायिक वनमा उत्पादित वा वनक्षेत्रबाट संकलित उपज र पशु/मौरी चरण क्षेत्रको हकमा जमिनको रुपान्तरणअवधि प्रमाणिकरण प्रस्तावना स्वीकृत भएको मितिबाट गणना गरिनेछ । 

 पाएसम्म र हुँदासम्म स्थानीय जात र प्राङ्गारिक प्रमाणिकरण भएका बिउ बिजनकोप्रयोग गर्नुपर्दछ। प्राङ्गारिक प्रमाणिकरण भएका बिउ बिजन नपाईएमा रासायनिकतरिकाले उत्पादित तर रासायनिक पदार्थ/विषादीमा उपचार नगरिएको बिउबिजन प्रयोग गर्न सकिनेछ। भर्खरै प्राङ्गारिक खेति शुरु भएको क्षेत्रमा प्रमाणिकरणनिकायले तोकेको समयावधि भित्र मात्र रासायनिक पदार्थ÷विषादीमा उपचार भएको बिउ प्रयोग गर्न सकिनेछ। अप्राङ्गारिक बिउ प्रयोग गरिने माथिकादुवैे अवस्थामा निरीक्षणका आधारमा आवश्यक निर्देशन सहित प्रमाणिकरण निकायको पूर्व स्वीकृति अनिवार्य हुनेछ ।
 आनुवांशिक प्रौद्योगिकी(Genetic Engeneering) बाट उत्पादित आनुवंशरुपान्तरित(GMOs) तथा जीवित रुपान्तरित (LMOs)वस्तुको बिउ प्रयोग गर्नपाईंदैन ।
 पशुपंक्षीको लागि आवश्यक पर्ने घाँस र दाना प्राङ्गारिक उत्पादनबाट आपूर्ति हुनुपर्दछ ।
 माटोको उर्वराशक्ति विकास हुने, जमिनमा नाइट्रोजन चुहावट न्यून हुने र झार, रोगर किराको समस्या न्यूनिकरण हुने गरी बाली चक्र प्रणाली अनुशरण गरिनु पर्दछ ।

 माटोको गुणस्तर सुधार गर्न कुनै किसिमको रासायनिक मल प्रयोग गर्न पाईंदैन ।
 न्यूनतम् ९० दिन कुहाएर राम्रोसँग पाकेको गोबरमल वा गोबर ग्याँसबाट निस्केकोलेदो (Slurry)मल बाली काट्नु/टिप्नु भन्दा ३० दिन अगावै माटोमा मिलाउनु
पर्दछ । राम्रोसँग नपाकेको गोबर मल र गोबर ग्याँसबाट निस्केको लेदो प्रयोगगर्नुहुँदैन । यदि प्रयोग गर्नु पर्ने अवस्था आएमा बाली काट्नु÷टिप्नु भन्दा १२० दिनअगावै माटोमा मिलाई सक्नु पर्दछ ।
 कुखुरापालन फर्मबाट कुखुराको मल ल्याएर प्रयोग गर्नु पर्दा प्रमाणिकरण निकायबाटस्वीकृती लिई यस्तो मललाई लाभदायिक जीवाणुहरुको प्रयोग गरी पूर्णरुपले कुहाएर मात्र प्रयोग गर्नु पर्दछ ।
 माटोमा पोटासियम लगायत अन्य खनिज तत्व कमी भएमा प्रमाणिकरण निकायलाईजानकारी गरी खेतबारीमा राख्न बनाईएको कम्पोष्ट मल (प्रतिटन)मा बढीमा ५–१०के.जी. रासायनिक स्रोतबाट प्राप्त यस्ता खनिज तत्वयुक्त मलखाद राख्न सकिन्छ ।
 आनुवंश परिवर्तित वस्तु (GMOs) तथा यस्तो स्रोतवाट प्राप्त भए बाहेक माटो तथामलमा लाभदायक सूक्ष्म जीवाणुहरु प्रयोग गर्न सकिनेछ ।
 औद्योगिक तथा शहरी क्षेत्रबाट निस्कने फोहोर मैलामा कडा धातु/खनिज तत्व हुनेभएकाले प्रभावकारी सुक्ष्म जीवाणु प्रयोग गरी राम्रोसँग पाकेको मल प्रयोगशालामाजँचाई कडा धातु/खनिजको मात्रा हेरी प्रमाणिकरण निकायको स्वीकृतीमा प्रयोगगर्न सकिने छ । मलखाद वा अन्य प्रयोजनका लागि मानव मलमूत्रको प्रयोग निषेध गरिएको छ ।
 मुख्य बालीको अगाडि या पछाडि बालीचक्र प्रणालीमा अनिवार्य रुपमा कोसेबालीलगाउनु पर्दछ ।
 प्राङ्गारिक मलको रुपमा पशुपंक्षीको रगतको धुलो, गाईवस्तुको मलमूत्र, राम्ररीकुहिएको कुखुराको मल, हरियो झ्याउ, निमको पिना, तोरीको पिना, अन्य कुनै बालीको पिना, चट्टानको धूलो, हड्डी चूर्ण, फलको बोक्रा, दिउली, काठको धूलो, खरानी, प्रति टन कम्पोष्टमा ५ के.जीसम्म पोटासियम सल्फेट, धानको भुस,प्राकृतिक चून र अण्डाको बोक्राको धुलो प्रयोग गर्न सकिनेछ ।
 कम्पोष्टको झोल, नरिबलको रस, सिस्नोको झोल र प्राङ्गारिक पदार्थबाट बनाईएको झोल मल र प्रमाणिकरण निकायको स्वीकृतीमा बिरुवाको वानस्पतिक प्रसारणको लागि प्रयोग हुने रासायनिक प्रवद्र्धक बाहेक रासायनिक बृद्धि प्रवद्र्धक प्रयोग गर्नुहुँदैन ।
 रोगजन्य अवस्थामा र खोरिया खेतिमा खराब प्रकृतिका बिरुवा, काँडा र झार पोल्नु परेको अवस्थामा बाहेक कुनै पनि बाली अवशेष पोल्नु हुँदैन ।

 रोग, किरा र झार नियन्त्रणमा रासायनिक तवरबाट फ्याक्ट्री निर्मित साबुन तथा सर्पहरु लगायत कुनै किसिमको रासायनिक विषादी प्रयोग गर्न पाइदैन ।
 प्राङ्गारिक बालीमा रोग–किरा व्यवस्थापनमा –
क) निम, बकाईनो, रिठ्ठो, अर्खुल, तीतेपाती, असुरो, तुलसी, सूर्ती जस्ता वनस्पतिबाट बनाइने झोल तथा धूलोजन्य वानस्पतिक कीटनाशक,
ख) खनिज पदार्थ, खरानी, प्राङ्गारिक खुर्सानी, प्याज, लसुन र वनस्पति तेल,
ग) GMOs/LMOs बाहेक शुक्ष्म जीवाणू
घ) बत्ती, लिसो (टांसिने), फेरोमेन र खोल्से (Pitfall trap) पासो जस्ता भौतिक तरिका प्रयोग गर्न सकिन्छ ।
 तरकारी बालीमा अर्खुल (Derris elliptica) जस्ता वनस्पतिबाट निकालिएको झोलजन्य वानस्पतिक कीटनाशक छर्किएको बाली टिपानीका लागि सात दिनसम्म पर्खनु पर्दछ ।
 सूर्ती तथा सूर्तीजन्य वानस्पतिक विषादी माटोमा रहने किरा नियन्त्रणको लागि मात्प्रयोग गर्नुपर्दछ । आलु, सखरखण्ड र अन्य जरा खाने बालीहरुमा भने यो पदार्थ प्रयोग गर्न पाईने छैन ।
 च्याउ उत्पादनमा अप्राङ्गारिक तरिकाले उत्पादन गरेको पराल प्रयोग गर्न पाईंदैन ।
 प्राङ्गारिक तरिकाले व्यवस्थापन गर्न नसकिने हदसम्म रोग–किराको प्रकोप भई रासायनिक विषादी नै प्रयोग गर्नुपर्ने स्थिति आईपरेमा प्रमाणिकरण निकायलाई सम्पर्क गरी आवश्यक परामर्श एवं स्वीकृति लिनुपर्नेछ ।
 छापो राख्ने प्रयोजनको लागि धानको पराल र उस्तै सामग्री जुनसुकै स्रोतबाट ल्याउन पाईन्छ ।

 भण्डारण गर्दा प्राङ्गारिक र अप्राङ्गारिक उपजहरुलाई मिसाएर राख्नु हुँदैन ।
 प्राङ्गारिक उपज राम्ररी प्याकिङ्ग गरिएको र उपभोक्तासम्म पुगुन्जेल सुरक्षित रहने गरी लेबल लगाईएको हुनुपर्दछ ।
 प्राङ्गारिक उपज भण्डारण गरिने कण्टेनर र स्थान (कोठा या गोदाम)मा कुनै किसिमको रसायन प्रयोग गर्न पाईंदैन ।
 भण्डारणमा कुनै रसायनको प्रयोगबाट प्राङ्गारिक उपज प्रदूषित नहुने गरी भौतिक तथा यान्त्रिक पासो राख्न पाइनेछ ।
 फलफुल, बालीनाली तथा सागसब्जी पकाउन वा रंग विकसित गर्न कुनै किसिमको रसायन प्रयोग गर्न हुँदैन । 

 प्राङ्गारिक मौरीपालनका लागि स्थानीय जातको मौरी (Apis cerena) को सवालमा दुई कि.मि. र युरोपियन मौरी (Apis mellifera) को सवालमा ४
कि.मि. क्षेत्र वरिपरि अप्राङ्गारिक खेतिपाती वा अन्य क्रियाकलाप भएको हुनु हुंदैन ।
 मौरीको घारमा प्रयोग हुने काठ तथा अन्य स–साना सामाग्री र मह काढ्दा प्रयोग गरिने औजार तथा सामाग्री बुंदा ३.१२ अनुसार तय गरिएको प्राङ्गारिक मापदण्ड अनुसार हुनु पर्दछ ।
 मौरीको मह काढ्दा पूरै चाका निचोरेर मह काढ्नु हुँदैन ।
 रोग तथा परजीवी नियन्त्रणको लागि एन्टिबायोटिक तथा मौरीलाई हानिकारक हुन सक्ने औषधि प्रयोग गर्न हुँदैन ।


 प्रशोधनकर्ताले प्राङ्गारिक कृषि उपज प्रशोधन कार्यका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति पत्र लिनु पर्दछ । विशेष निगरानी सूचीमा रहेकाप्रशोधित वस्तुहरुको हकमा विशेष अनुमति पत्र लिनु पर्दछ ।
 अप्राङ्गारिक उपज तथा अन्य प्रशोधनमा उपयोग भएको स्थल, मेसिन, उपकरण तथा भाँडाकुँडाहरु प्राङ्गारिक उपज प्रशोधन गर्नु अगाडि राम्रोसँग सफा सुग्घर गर्नु पर्दछ ।
 मुख्य कच्चा पदार्थ कुनै पनि रसायनबाट प्रदूषण मुक्त प्रमाणित प्राङ्गारिक उपज हुनुपर्दछ ।
 प्रशोधित उत्पादनमा पानी बाहेक प्राङ्गारिक मुख्य कच्चा पदार्थहरुको भाग वजनका हिसाबले ५% हुनुपर्दछ र खाद्य योगशील (Food additives) लगायत अन्य अप्राङ्गारिक कच्चा पदार्थहरुको भाग ५% भन्दा बढी हुनुहुँदैन । 

  • प्राङ्गारिक उपज उत्पादन वा प्रशोधन गर्ने व्यक्ति वा समुदायले मजदूर तथा बालहित एवं अधिकारका बिषय सुरक्षित गर्न प्रचलित नियम कानूनको पालना गर्नुपर्दछ ।
  • सम्बन्धित निकायले उत्पादन तथा प्रशोधन क्षेत्रमा काम गर्ने सबै कर्मचारी, मजदूर तथा तिनका परिवारलाई सफा/स्वच्छ पानी, खाना, बसोबास, शिक्षा, स्वास्थ र यातायातको प्रबन्धमा ध्यान दिनु पर्दछ ।
  • कर्मचारीहरुको सामाजिक सुरक्षा, उचित वेतन, सञ्चयकोष, उपदान र महिला कर्मचारीहरुको लागि सुत्केरी बिदाको व्यवस्था हुनुको साथै समान काममा सबै कर्मचारीहरुलाई समान सुविधा उपलब्ध हुनु पर्दछ ।
  • ठूला उत्पादन तथा प्रशोधन ईकाईको शेयर निष्काशन गर्दा मजदूर र कर्मचारीहरुको लागि आरक्षण दिनुपर्दछ ।
  • ज्याला–मजदूरी सम्बन्धी निर्णय गर्ने अधिकार मालिक र मजदूर बीचको आपसी सहमतिमा हुने भए पनि देशको प्रचलित कानूनले तोकेभन्दा कम हुनुहुँदैन । 
क्र.सं.  सामाग्रीको नाम  प्रयोग सम्बन्धी कैफियत

१.

 

 

२.

३.

४.

५.

 

कम्पोष्ट, भर्मी कम्पोष्ट तथा गँहुत प्राकृतिक/हर्वल वस्तुहरु–दालचिनी तथा ल्वाङ्गको तेल, लसुन,

अदुवा, वावरी, तुलसी, नीम, बकाईनो, पिपरमिण्टको रस, टिमुर र होमियोपेथिक औषधि

तातो पानी/पानी बाफ

परम्परागत रुपमा प्रयोगमा रहेका वस्तुहरु (जस्तै गँहुत,नूनपानी, पीना)

बायोडाईनमिक सीड सोक तथा स्प्रे

अम्ल, क्षार, भष्म तथा लवणमा बीउ डुबाएर धुने

जैविक बिउ उपचार (जस्तै ट्राईकोडर्मा, वे
सिलस–सबट्राईडिस, राईजोबियम, प्रभावकारी सुक्ष्म
जिवाणू)

 

सतहिक प्रयोग गर्न पाइने

 

क्र.सं.  सामाग्रीको नाम  प्रयोग सम्बन्धी कैफियत
१. खेतबारीमा उत्पादित वस्तुहरु तथा उप–उत्पादनहरु(जस्तै बदामको बोक्रा, उखुको खोइला, परालको छापो,आदि)  
२.
गोबर, गहुँत, लेदो
 
३. कुहाइएको सुली  
४. गड्यौले मल  
५. बोटबिरवा र पात–पतिङ्गर  
६. हरियो मल  
७. बायोडाइनामिक मिश्रण  
८. एजोला  
९. प्राङ्गारिक च्याउ उत्पादनमा प्रयोग भएको पराल राम्रोसँग कुहाएर मत्र
१०.

अन्यत्र उत्पादित वस्तुहरुको हकमा–

  • प्राङ्गरिक प्रविधिमा उत्पादित गोबरमल, लेदो, कम्पोष्ट, मूत्र, पराल, पीना, छापो र प्राङ्गारिक पदार्थको अन्य स्रोत
  • जैविक मल (राइजोबिया, माइकोराइजा, प्रभावकारी सुक्ष्म जिवाणु, खाद्यतत्व स्थिरीकरण गर्ने अन्य सुक्ष्म जिवाणु)
  • काठको धुलो
  • प्राङ्गरिक–जस्तै कपडा उद्योगबाट निस्कने खराब रसायन नमिसिएको तर उपचार र प्रशोधन गरिएको प्राङ्गरिक उप–उत्पादन
  • रक्तचूर्ण, मासचूर्ण, हड्डीचूर्ण र माछाजन्य पदार्थ
  • खनिज/लवण, जिप्सम, चूनढुङ्गा (क्याल्सियम तथा म्याग्नेसियम) र धुलो पारिएको चट्टान
  • प्राङ्गारिक तवरबाट तयार गरिएको झोल मल 

प्रमाणिकरण निकायको स्वीकृति लिनु पर्ने

 

क्र.सं.  सामाग्री प्रयोग
संकेत
प्रयोग सम्बन्धी कैफियत
१.
रासायनिक विषादी

  ×

घातक
२.
वास्ना आउने वस्तु
   ±
पर्यावरण खतरालाई ध्यान दिनुपर्ने ।
३. मेशिनरी पासो    √  
४.

रङ्गिन (क्रोमाटिक) पासो

   ±  
५.
बिरुवाबाट निर्मित विषादी
   ± नकरात्मक असर पनि पर्न सक्ने

सिलिकेट
   √  
७.
रोग निरोधक (प्रोफोलिस)
   √  
८.
खोप
   ±

प्रभाव नकरात्मक हुन सक्ने

९.
बिरुवा तथा पशुबाट प्राप्त तेल
   √  
१०.
नरम साबुन
   √  

11.


जिलेटिन
   √  
१२.
बायोडाइनामिक मिश्रण
   ±  
१३.
सिकारी तथा परजीवी
   √
रैथाने किरा/परजीविलाई असर पर्न सक्ने
१४.
सूक्ष्म जिवाणु
   ±
आनुवंश परिवर्तित जीवाणु प्रयोग गर्न नपाइने
१५.

गन्धक

   ± नकरात्मक असर पर्न सक्छ
१६. तामायुक्त लवण (कपर
अक्सिक्लोराइड ५०% wp १०
कि.ग्रा./हे.सरह)
   ±

नकरात्मक असर पर्न सक्छ

१७.
पोटासियम परम्याङ्गनेट
   ±

नकरात्मक असर पर्न सक्छ

१८. चुनायुक्त सोडाको झोल    ± नराम्रो असर पनि पर्न सक्छ
१९.

हल्का खनिज तेल

   ± संरचनात्मक असन्तुलन
२०.
प्राकृतिक स्रोतमा पाईने जुका
नाशक
   √ नकरात्मक असर पर्न सक्छ
सतर्कता साथ प्रयोग गर्न सकिने
२१. प्राकृतिक स्रोतबाट लिइएको छापो हाल्ने सामग्री    ±