लहरे बाली खेती प्रविधि

लहरे तरकारी वाली अन्तरगत काँक्रो, फर्सी, लौका ,घिरौला, करेला, जुकेनी फर्सी, चिचिण्डा, इष्कुस, परबल लगायतका तरकारी बालीहरु पर्दछन् । यि वालीहरु कुकुरविटेसी (cucurbitaceae) परिवार अन्र्तगत   पर्ने वालीहरु हुन् । नेपालमा ५४,६८४ हेक्टरमा यस समूहका तरकारी वालीहरुको खेती हुने गरेको छ भने यस समूहका बालीहरुको सरदर उत्पादकत्व १४.१९ मे.टन/हेक्टर रहेको छ । यस समुहका बालीमध्ये नेपालमा  सबभन्दा बढी क्षेत्रफलमा खेती हुने बालीहरुमा क्रमश करेला (१००८२.२ हे.), काँक्रो ( ९३९६.८ हे.), लौका (८६११.५ हे.) र फर्सी ( ७२०३.४ हे.) पर्दछन् ।उत्पादकत्वको हिसावले सबभन्दा वढी उत्पादकत्व भएका लहरे तरकारी बालीहरुमा क्रमशः  काँक्रो (१६.२ मे.टन/हे.) ,लौका (१५.१ मे.टन/हे.) र घिरौला (१४.३ मे.टन/हे) पर्दछन् । यस समूहमा पर्ने  बालीहरु अधिक परसेचित ( highly cross pollinated ) बालीहरु हुन । लहरे तरकारीहरुको फूल फुल्ने विशेषता पनि वाली अनुसार वेग्लावेग्लै हुने गर्दछ उदाहरणका लागि घिरौंलामा पोथी फूल एक आँख्लामा एउटा र भाले फूल झुप्पा झुप्पामा विकसित हुन्छ र जात अनुसार फुल्ने समय पनि फरक फरक हुन्छ । परसेचित वालीहरु भएकाले यस समूहका वालीहरुमा परागसेचनको कार्य मूलतः कीराहरु वाट सम्पन्न हुन्छ । यस समुहका बालीहरुको  प्लाष्टिक घरभित्र खेती गर्ने हो भने परागसेचनमा विशेष ध्यान दिन जरुरी हुन्छ  अथवा जातको छनौट गर्दा  परागसेचनको आबश्यकता नपर्ने parthenocarpic   जातहरुको छनौट गर्नु पर्दछ यसो नगरिएमा उत्पादकत्वमा असर पुग्दछ ।


विभिन्न लहरे तरकारी बालीहरुमा उपलब्ध हुने पौष्टिक तत्वहरु
 काँक्रो
  जात अनुसार यस तरकारी बालीमा लगभग ९० देखी ९५ प्रतिशत सम्म पानीको मात्रा हुन्छ जसले शरिरमा पानीको मात्रा पूर्ति गर्न सहयोग गर्दछ । यसको एकसय ग्राम फलवाट १० क्यालोरी शक्ति पाइन्छ । यो भिटामिन के र मोलिब्लेडनमको राम्रो स्रोत हो । यसमा तामा, पोटासियम,म्यान्गानिज, भिटामिन सि,फस्फोरस, म्याग्नेसियम र बायोटिन पाइन्छ । यस बालीमा रेशाको मात्रा बढी तथा क्यालोरीको मात्रा कम हुनाले पाचन प्रणली सुधार तथा तौल घटाउन सहयोग गर्दछ । भिटामिन सि र बिटा क्यारोटिन यसमा पाइने एन्टिअक्सिडेन्ट  हुन् । यसमा पाइने पोटासियम तत्वले ब्लड प्रेसर कम गर्न सहयोग गर्दछ । यसमा पाइने भिटामिन के ले हड्डी बलियो बनाउन सहयोग गर्दछ ।
फर्सी
यसको एक सय ग्राम फलवाट २६ क्यालोरी शक्ति पाइन्छ । यसमा अत्याधिक मात्रामा  रेशा,भिटामिन ए, भिटामिन सि, राइबोफ्लेभिन,पोटासियम र तामा पाइन्छ । यसका अलाबा र्फिसमा  भिटामिन ई,  वि ६, फोलेट, फलाम,म्याग्नेसियम जस्ता खनिज तत्वहरु पाइन्छन् ।


लौका
 एकसय ग्राम लौकावाट १४ क्यालोरी शक्ति पाईन्छ ।  यसमा करिव ९६ प्रतिशत पानी पाईन्छ । यसमा अत्याधिम मात्रामा रेशा पाइनाको साथै फोलेट, भिटामिन ए, सि, सोडियम, पोटासियम क्याल्सियम, तामा,फलाम,फस्फोरस जस्ता तत्वहरु पाइन्छन् । यसले अपच तथा कव्जियत हटाउन सहयोग गर्दछ । यसको प्रयोगले  शरिरको तौल कम गर्न सहयोग गर्दछ ।


घिरौला
एकसय ग्राम लौकावाट ५०क्यालोरी शक्ति पाईन्छ । यसमा अत्याधिक मात्रामा रेशा पाइनाको साथै भिटामिन ए, पोटासियम, तामा, भिटामिन सि, म्याग्नेसियम, फस्फोरस तथा भिटामिन बि १,वि२, बि ५ र बि ९ पाइन्छ । यसले  मधुमेह लाग्न नदिन सहयोग गर्नाको साथै आँखाको समस्या कम गर्न सहयोग गर्नाका साथै मांशपेशीको दुखाइ समेत कम गर्दछ ।


 करेला
 एकसय ग्राम करेलामा १७ क्यालोरी शक्ति पाइन्छ ।  यसमा रेशा, खरानी, प्रोटिन, भिटामिन ए, भिटामिन सी,फोलेट, क्याल्सियम, तामा,पोटासियम, जस्ता,फलाम आदि तत्वहरु पाइन्छन् । यसले  शरिरमा इन्सुलिनको मात्रा बढाइ मधुमेह रोग लाग्नबाट जोगाउँदछ । यसले रगत सफा बनाउन समेत सहयोग गर्दछ । यसले शरिरको प्रतिरक्षा प्रणाली समेत सुधार गर्न सहयोग गर्दछ ।

जुकेनी
 प्रति १०० ग्राम जुकेनीमा १७ क्यालोरी शक्ति पाइन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए र सी पाइन्छ । यसका अलाबा यसमा पोटासियम र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । यसले शरिरको तौल घटाउन सहयोग गर्दछ । यसले शरिरको कोलस्टेरोल कम गर्न सहयोग गर्दछ ।

 यिनिहरु न्यानो एवं गर्मीसमयमा उत्पादन गर्न सकिने बाली  हुन् र यिनीहरुले धेरै गर्मी, जाडो र तुसारो सहन सक्दैनन् । यस बर्गका वालीहरुकोसफलतापुर्बक खेति गर्न २५ – ३० डिग्री सेन्टिग्रेड सम्म तापक्रम उपयुक्त हुन्छ । सरदर दिनको तापक्रम १८ देखी २४  डिग्री सेन्टिग्रेड र रातको तापक्रम १५ देखी १८ डिग्री सेन्टिग्रेड भएको अवस्थामा यस बर्गका तरकारीहरुको राम्रो उत्पादन भएको पाइएको छ । यदि लामो समय सम्म ३५डिग्री सेन्टिग्रेड भन्दा बढि तापक्रम र बढि सुख्खा भएमा काँक्रोमा कुकुरविटासिन भन्ने रासायनिक तत्वको मात्रा बढि भइ काँक्रो तितो हुन्छ र अन्य  लहरे वालीहरुको उत्पादनमा समेत नकारात्मक असर पर्दछ । हावाको सापेक्षिक आद्रता ७०–७५ % खेतीको लागि अनुकुल हुन्छ  । जाडो महिनामा दिन छोटो र तापक्रम कम हुने हुँदा काँक्रोमा पोथी फुलको संख्या बढि हुन्छ भने गर्मी महिनामा भाले फुलको संख्या बढी हुन्छ । तसर्थ प्लाष्टिक संरचनाभित्र खेती गर्दा यस कुरालाइ विचार पुर्याएमा उत्पादन वढाउन सकिन्छ ।

यस समूहका वालीहरुको बेमौसमी खेतीको लागि बलौटे दुमट र वर्षे बालीको लागि दुमट माटो बढी राम्रो हुन्छ । मलिलो, पानीको राम्रो निकास भएको र पि.एच. ५.५–६.८ सम्म भएको माटो यस बर्गका तरकारी खेतीको लागि उपयुक्त मानिन्छ ।


लहरे तरकारीको उत्पादनमा मलखादको प्रमुख भूमिका हुन्छ । मलखाद प्रयो गर्न अगाडि माटोमा रहेको खाद्यतत्वको मात्रा थाहा पाउन माटो परिक्षण गरेर मलखादको प्रयोग गर्नु राम्रो हुन्छ ।बिरुवा लगाउँदा मलखादको राम्रो सदुपयोग गर्न सिफारिस दुरी अनुसारको फरकमा २५–३० से.मी. गहिरो खाडल खनि मलखादको प्रयोग गर्नुपर्दछ। साधारणतया प्रतिखाडल ५ के.जि. राम्ररी पाकेको गोबरमल, डि.ए.पी.५० ग्राम, पोटास ३० ग्राम, युरिया २५ ग्राम, पिना २५ ग्राम र बोनमिल ५० ग्राम हालेर माटोमा राम्रोसंग मिसाइ खाडल पुर्नुपर्दछ र पुरेको ३–४ दिनपछि बिरुवा रोप्नु पर्दछ ।

हाल नेपालमा थोपा सिचाइको प्रयोग लहरे तरकारी बालीमा समेत वढी रहेको छ । लहरे तरकारी बालीहरु विश्वका विकसित देशहरुमा माटो विना(मधुमास, भर्मिकुलाइट, पर्लाइट) आदिको प्रयोग गरेर समेत खेती गरिदै आएको छ । नेपालमा समेत जमिनमा थोपा सिचाइको सेट प्रयोग गरि लहरे तरकारी जस्तै काँक्रोको खेती कास्की, चितवन, काठमाण्डौ उपत्यका, सुर्खेत तथा दांग क्षेत्रमा वढीरहेको सन्दर्भमा उत्पादकत्व बृद्धिको लागि थोपा सिचाइको सेटबाट बाली अबधिभर निम्नानुसार पानीमा घुलनशिल खाद्यतत्व प्रयोग गर्न उपयुक्त हुन्छ :

pic

 

बाली     तराई      मध्य पहाड     उच्च पहाड 
लौका  माघ – चैत्र / (चैत्र – कार्तिक)  चैत्र – आसार / (बैशाख - कार्तिक) वैशाख – जेष्ठ / (असार – भाद्र)
काँक्रा / फर्सी / घिरौंला / करेला माघ – फाल्गुन / (बैशाख – भाद्र) चैत्र – असार / (असार – असोज) जेष्ठ – असार / (भाद्र – असोज) 

(नोट: कोष्ठभित्रको समयले वाली उत्पादन हुने समय जाउँदछ ।)


बेमौसमी खेतीको लागि 

बाली     तराई      मध्य पहाड     उच्च पहाड 
फर्सी / जुकिनि कार्तिक – पौष  कार्तिक – फाल्गुन फाल्गुन – चैत्र 
काँक्रा / घिरौंला / करेला / लौका मङ्सिर – फाल्गुन फाल्गुन – बैशाख बैशाख – जेष्ठ

नेपाल कृषि अनुसन्धान परिषद, क्षेत्रीय कृषि अनुसंन्धान केन्द्र लुम्लेले हेम्जा (कास्की), चाम्वास (तनहँ), देउराली (पाल्पा) मा गरेको अनुसन्धान अनुसार निम्न जातहरु वर्षे भरी काँक्रो खेती गर्न उपयुक्त ठहरिएका छन् |

रोप्ने महिना सिफारिस जातहरु   उत्पादन लिने समय
बैशाख महिको ग्रिनलङ्ग, भक्तपुर स्थानिय मालिनी र निन्जा आषाढ – भाद्र
आषाढ महिको ग्रिनलङ्ग, के.सि.यु. एफ–१, मालिनी र रानिया भाद्र – आश्विन
भाद्र महिको ग्रिनलङ्ग, मालिनी, निन्जा–१७९ र रानिया कार्तिक – मंसिर
कार्तिक निन्जा –१७९, मालिनी र भक्तपुर स्थानिय पौष – माघ
पौष महिको ग्रिनलङ्ग, मालिनी र भक्तपुर स्थानिय फाल्गुण – चैत्र
फागुन महिको ग्रिनलङ्ग, भक्तपुर स्थानिय र कुसुले बैशाख – जेष्ठ

नोट : कार्तिक देखि पौष सम्म खेती गर्दा प्लाष्टिक टनेल बनाउन जरुरी हुन्छ  (स्रोत: गौतम र गौली, २०६३)

विवरण लौका काँक्रा फर्सी जुकेनी घिरौला / करेला
बीउदर (ग्राम प्रति रोपनी) १०० १२५ १०० २०० ५०
विरुवा संख्या प्रति रोपनी १२५ १२५ १२५ ५०० १००

नोट : बीउ दर खेती गरिने जात,माटोको उर्बरापन ,उमारशक्ति तथा मौसमी वा बेमौसमी खेती र तालिम तथा काँटछाँटको तरिका जस्ता कुरामा भर पर्दछ ।

लहरे तरकारीको बेर्ना वेमौसमी खेतीको लागि पोलिपट वा सेल ट्रेमा  तयार गरिन्छ भने मौसमी खेतीको लागि सिधै जमिनमा वीउ रोप्ने चलन रहेको छ तर विरुवाको समुचित बृद्दिविकास गराई उत्पादन वढाउन पोलिपट वा ट्रेमा  जमाएको बेर्ना रोप्नु पर्दछ । बीउ राम्रोसंग उम्रन तापक्रम र चिस्यानको आबश्यता पर्ने हुदा बेमौसमी खेतीको लागि लहरे तरकारी रोप्दा वीउ  टुसाएर रोप्दा छिटै वेर्ना तयार गर्न सकिन्छ । बीउलाई छिटो उर्मान करिव २४ घन्टा वीउलाई भिजाएर उक्त बीउलाई कपडाले पोको पारी तातो नर्सरी वा मलखाडलमा करिव ४८ घन्टासम्म राख्दा बीउको राम्रो अंकुरण हुन्छ । 
 उक्त अंकुरण भएको वीउलाई ४ इन्च चौडाइ र ६ इन्च लम्वाई भएको प्लाष्टिक थैलामा वा सेल ट्रेमा लगाएर बेर्ना उत्पादन गर्नु राम्रो हुन्छ । थैलामा माटो, गोवरमल, खरानी र बालुवाको अनुपात २ः२ः१ः१ गर्नु पर्दछ, यदि बालुवा मिसिएको माटो छ भने बालुवाको आबश्यकता पर्देन । यदि गाउँघरमा साल वा अन्य ठुलो पात भएका विरुवा छन् भने उक्त पातलाई सोली आकारमा गाँसी माथिको मिश्रण प्रयोग गरेर समेत विरुवा उत्पादन गर्न सकिन्छ । अंकुरण भएका वीउ प्रति थैला करिव १ से.मी. जतिको गहिराईमा तेर्सो पर्ने गरी एक एक वटा पर्नेगरी रोपी थैला भिज्ने गरी रोपि गुमोजमा हावा नछिर्नेगरी प्लाष्टिकले छोप्ने र बीउ राम्रोसंग उम्रेपछि दिउस प्लाष्टिक हटाउने र राति छोप्ने कार्य गर्नुपर्दछ  साथै वेला वेलामा हजारीको सहयतावाट पानि नजम्ने गरी सिंचाई गर्नुपर्दछ । बिरुवा ३ देखी ४ पातको भएपछि रोप्न योग्य हुन्छ । यदि बीउलाई ट्रेमा   जमाउने हो भने राम्रोसंग कुहिएको करिव १ बर्ष पुरानो कम्पोष्ट वा मधुमास ( cocopeat) को प्रयोग गरी बीउ रोप्नुपर्दछ ।

तातो नर्सरीको नमुना
पोलिपटमा वीउ रोपिदै
प्लाष्टिक गुमोज

 

रोप्न तयार विरुवा
सेल ट्रे
अत्याधुनिक नर्सरी

लहरे तरकारीका वेर्ना जमाउनका लागि उपयुक्त विभिन्न नर्सरीका प्रकारहरु

नर्सरीका प्रकार  बेर्ना जमाउन उपयुक्त समय
खाल्डे नर्सरी गर्मी तथा सुख्खा याममा
समथर नर्सरी हिउदे मौसममा, सिचाई तथा निकास राम्रो भएको ठाउमा
उठेको नर्सरी बर्षा याममा
तातो नर्सरी अति चिसो मौसममा
ट्रे नर्सरी थोरै तथा अति साना बीउ उमार्न, नर्सरी बनाउने जग्गामा रोगको प्रकोप भएमा
प्लास्टिक थैलो नर्सरी लहरे तरकारी बालीमा
प्लास्टिक टनेल नर्सरी हावापानी, घाम, तुषारो बाट बचाई बेमौसममा बेर्ना उर्मान
प्लास्टिक टनेल नर्सरी

 

 प्लाष्टिक गिलासमा तयार गरिएको मिश्रण
उठेको नर्सरी
खाल्डे नर्सरी

 

लहरे तरकारी वालीको नर्सरीको प्रमुख समस्या भनेको बेर्ना कुहिने रोग हो ।

लक्षण

  • विरुवा बाहिर ननिस्कदै कुहिएर मर्ने तथा बेर्नाको फेद कुहिएर मर्ने, बेर्नाको फेदमा औठी आकार बनि सडेर मर्ने


समाधान

  • माटो उपचार (माटोको निर्मलीकरण)
  • वीउ उपचार
  • पानीको निकास
  • ढुसीजन्य विषादीको प्रयोग (बेर्नाको लागि डायथिन तथा बेभिष्टिन, वीउको लागि बेभिष्टीन)
बेर्ना कुहिने रोग
कुहिएको वीउ

 

काँक्रो 

१) कुशले (Kusle)

  • फल हल्का हरियो, १५ – २५ से. मी. लामो, भेटनोको अर्कोतर्फ बढी सेतो काँढा उम्रेको जस्तो देखिने, खाँदा मिठो स्वादको हुन्छ ।
  • अगौटे जातको काँक्रो हो, वीउ रोपेको ७५ देखि ८० दिनमा पहिलो पटक टिप्न सकिन्छ ।
  • २०५१ सालमा उन्मोचित भएको । 

२) निन्जा (Ninja 179)

  • फल २० – २५ से. मी. लामो हरियो रंगको हुन्छ ।
  • बोट मध्यम लहरा जाने हुन्छ ।
  • तराई र मध् य पहाडको लागि सिफारीश गरिएको छ ।
  • बेर्ना सारेको ४५ दिनमा पहिलो पटक टिप्न सकिने ।
  • साउन भदौमा उत्पादन लिन सकिने हुँदा अगौटे बालीको रुपमा लिन सकिन्छ ।
  • २०६६ सालमा पञ्जीकृत भएको । 

३) हिरो (Hero)

  • बर्णशंकर जात ।
  • हरियो सेतो आकर्षक रङ्गमा बाटुलो लामो फल फल्छ । फल रोग र तितो कम लाग्नुका साथै वजनदार हुन्छ ।
  • २ दाना बराबर १ बोट,  प्रतिबोट सरदर २५ फल र १ फल बराबर २५० ग्राम तौल हुन्छ ।
  • बोटको उँचाइ १५६ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३७ दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ४७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ७०,१२५ के.जी./हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६७ सालमा पन्जीकृत भएको ।

४) हिमालय (Himalaya)

  • बर्णशंकर जात ।
  • हल्का हरियो रङ्गको गोलो लामो सलक्क परेको फल फल्छ ।
  • २ दाना बराबर १ बोट,  प्रतिबोट सरदर २० फल र १ फल बराबर ३०० ग्राम तौल हुन्छ ।
  • बोटको उँचाइ १५८ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६३,७५० के.जी./हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६७ सालमा पन्जीकृत भएको । 

५) जुबोराज ४११  (Juboraj 411)

  • बर्णशंकर जात ।
  • गोलोे सलक्क परेको सेतो आकर्षक रङ्गको  फल फल्छ ।
  • २ दाना बराबर १ बोट,  प्रतिबोट सरदर २४ फल र १ फल बराबर २५० ग्राम तौल हुन्छ ।
  • बोटको उँचाइ १६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ७६,५०० के.जी./हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६७ सालमा पन्जीकृत भएको ।

६) एन.एस. ४०४ (N.S. 404)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५०—१६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३०—३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन २.४—३.२ मे.टन/हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।   

७) एन.एस.४०८ (N.S. 408)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५०—१६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४३—४५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ४ मे.टन/हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

८) चाँदनी (N.S. 408)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २५०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३६ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ५८ मे.टन/हे.  हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

९) मालीका ९९९ (Malika 999)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ५८ मे.टन/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१०) कोपिला (Kopila)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५—३६ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६५ मे.टन/हे.  हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

११) हिमाल (Himal)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५—३७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६० मे.टन/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१२) रमिता (Ramita)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५—३८ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१३) सालीनी (Salini)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २९५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३६—४६ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ५४ मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफरीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१४) पार्वति ४७८ (Parvati 478)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २७०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६० मे.ट/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफरीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१५) मनिषा (Manisha)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६० मे.टन/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१६) गरिमा (Garima)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ ३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४५—४८ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ५५ मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पञ्जीकृत भएको ।

१७) साहिनी १  (Sahini 1)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३६ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६८ मे.टन/हे. हुन्छ ।
  • तराइको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१८) बेली (Beli)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ ३४५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ५०—७० मे.टन/हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

१९) कसिन्दा (Kasinda)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५–३८दिनमा बाली लिन सकिने ।
  • उत्पादन १५–२० मे.टन/हे. हुन्छ ।
  • तराइ र  मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पञ्जीकृत भएको ।

२०) कनेना (Kanena)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५०  से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५–४० दिनमा बाली लिन सकिने ।
  • उत्पादन १५–२० मे.टन/हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६७ सालमा पन्जीकृत भएको ।

२१) सिमरन (Simran)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८०–३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

२२) कर्मा (Karma)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ ३१० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पञ्जीकृत भएको ।

२३) गौरी ७५७९ (Gauri 757)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

२४) सञ्जय (Sanjay)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २७०–३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५–३७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६१ मे.टन/हे. हुन्छ ।
  • मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

२५) नेपा टुसी (Nepa Tusi)

  • बर्णशंकर जात ।
  • बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पञ्जीकृत भएको ।

२६) नेपा टुसी ००५ (Nepa Tusi 005

  • बर्णशंकर जात ।
  • बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

२७) नेपा टुसी १०३ (Nepa Tusi 103)

  • बर्णशंकर जात ।
  • बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

२८) ड्याडी २२३१ (Daddy 2231)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २५० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ३०–४० मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

२९) लक्कि स्टार (Lucky Star)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २५० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ३०–४० मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

३०) डाइनेष्टी (Dynasty)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ ३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४२ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ४०–६० मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

३१) म्याजेष्टी (Majesty)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ ३४५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ५०–७० मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।

३२) सीता ८८८ (Sita 888)

  •     बर्णशंकर जात ।
  •    बोटको उँचाइ २८०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ३४ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ६६ मे.टन हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको ।

३३) साहीनी २ (Sahini 2)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ २८०–३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ३७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ६८ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको ।
 लौका 

१) काबेरी (Kaveri)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५०—१६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४५—५० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ४४—५६ मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको । 

२) एन.एस.४२१ (N.S. 421)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५०–१६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४५–५० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ४०–५० मे.टन/हे. हुन्छ ।
  • तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको । 

३) एन.एस ४४३९ (N.S. 443)

  • बर्णशंकर जात ।
  • बोटको उँचाइ १५०–१६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको ४३–५० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ३०–४० मे.टन/हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  • २०६६ सालमा पन्जीकृत भएको । 

४) अनमोल (Anmol)

  • बर्णशंकर जात ।
  • तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ । 
  • २०६६ सालमा पन्जीकृत भएको । 

१) कान्तिपुरे (Kantipure)

  •   बेर्ना लगाएको १००–११०दिनमा पहिलो उत्पादन लिन सकिने ।
  •    फल हल्का हरियो देखि हरियो रङ्गको लामो हुन्छ ।
  •    फलको लम्बाई लगभग ५०–७५ से.मी. हुन्छ ।
  •    बोट ठूलो हुन्छ । 
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०५१ सालमा उन्मोचित भएको । 

२) न्यू नारायणी   (New Narayani)

  •    बर्णशंकर जात ।
  •    बोटको उँचाइ ३५०—४०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन १३ मे.टन/हे. हुन्छ ।
  •    तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

३) एन.एस. ४४१(N.S.441)

  •    बर्णशंकर जात ।
  •    बोटको उँचाइ १५०—१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०—४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २०—३० मे.टन/हे. हुन्छ ।
  •    तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

४) एन.एस. ४४५ (N.S.445)

  •    बर्णशंकर जात ।
  •    बोटको उँचाइ १५०—१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०—४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २४—३६ मे.टन/हे. हुन्छ ।
  •    तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

५) गीता (Gita)

  •    बर्णशंकर जात ।
  •    बोटको उँचाइ ३५०–४०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३८ मे.टन/हे. हुन्छ ।
  •    तराइ र पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

१) ह्यु क्यु ५०१ 

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३५०–४०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २३ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पञ्नीकृत भएको । 

२) भिसेट सि सि १६५ 

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ४००–५०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ३५–४० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पञ्नीकृत भएको । 

३) एन.एस. ४०१ 

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५०–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४४–४८ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पञ्नीकृत भएको । 

१) सोनार २२ 

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ४००–६०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ७५–८०  दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ५५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पञ्नीकृत भएको । 


 

 

१) असारे स्क्वास 

  •    फल खैरो हरियो रङ्ग भएको अगौटे जात हो ।
  •       बेर्ना सारेको ५०—६० दिनमा  पहिलो उत्पादन लिन सकिन्छ ।
  •    तराइ, मध्य पहाड र उच्च पहाडको  लागि सिफारीश गरिएको छ ।
  •    २०५१ सालमा उन्मोचित गरिएको ।

२) अन्ना १०१ 

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३६–५० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ६५–७० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–५० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पञ्नीकृत भएको । 

३) अन्ना २०२ 

  •    वर्णशंकर जात ।
  •   बोटको उँचाइ ३६–५० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ६५–७० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३६–४० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि  सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

४) अन्ना ३०२ 

  •   वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३६–५० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ६५–७० दिनमा बाली लिन सकिने । उत्पादन ४०–४०० मे.टन÷हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

५) सनी हाउस 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको ५०–५२ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ५१.८ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

६)  ट्रु ग्रीन 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको ३८–४३ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २९.१ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

७) सोन्डो भी 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको २३८–४३  दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २४.९ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पपन्जीकृत भएको । 

८) लङ्ग  ग्रिन 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको ५३–५८ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २४.९ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

९)जुकेनी

  • वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५–३० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ५०–५५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ११० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

१) कर्णाली (Karnali)

  •     बर्णशंकर जात ।
  •    बोटको उँचाइ ४००–५०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरीएको ।
  •    २०६६ सालमा पन्जीकृत गरिएको । 

२) हरियाली (Hariyali)

  •    बर्णशंकर जात ।
  •    बोटको उँचाइ ४००–५०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरीएको ।
  •    २०६६ सालमा पन्जीकृत गरिएको ।

१) हरियो करेला 

  •    बोट ठूलो, हरियो, लहरे प्रकृतिको र पात गहिरो काटिएको ९ीयदभम०  अगौटे जात हो ।
  •   बोटको टुप्पातिर झुस धेरै हुन्छ ।
  •    फल २०—२५ से.मी. लामो, ७—८  mययतज  चष्मनभक भएको र ऋगिद कजबउभ को  हुन्छ ।
  •    फल पहिले हरियो र पाकेपछि पहेलो हुन्छ । उत्पादन २०—२५ मे.टन/हे. हुन्छ ।
  •      रोपेको ९०—१०० दिनमा उत्पादन लिन सकिन्छ ।
  •    तराइ र मध्य पहाड लागि सिफारीश गरिएको छ ।
  •    २०५१ सालमा उन्मोचित गरिएको ।

२) एन.एस ४३३ (NS 433)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५५–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–४५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

 
३) चन्द्रा (Chandra)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४८–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन १९.८ मे.टन/हे. हुन्छ ।
  •    तराइ, र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

४) लक्ष्मी ५५५ (Laxmi 555)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने । उत्पादन २८ मे.टन/हे. हुन्छ ।
  •    तराइ, र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

५) पीपल (Pipal)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने । उत्पादन २०.९ मे.टन/हे. हुन्छ । 
  •    तराइ, र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

६) शिब (Shiva)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४८–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २१.४ मे.टन/हे. हुन्छ ।
  •    तराइ, र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

७) गंगा (Ganga)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २४ मे.टन/हे. हुन्छ ।
  •    तराइको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

८) हीरा (Hira)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४८–५० दिनमा बाली लिन सकिने । उत्पादन २४.३ मे.टन/हे. हुन्छ ।
  •    तराइको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

९) पाली (Palee)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ७०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ५० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६७ सालमा पन्जीकृत भएको । 

१०) सेती ४४४-Seti 444)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४६–४८दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २६.९ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

११) कोमल (Komal)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४८–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३५.६ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

१२) सम्बृद्धि (Sambridhi)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५०–३०० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४८–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३५.८ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 


१३) एन.एस. ४५३ (NS 453)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५०–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–४५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

१४) एन.एस. ४५४ (NS 454)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५०–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–४५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 


१५) एन.एस १०२४ (NS 1024)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५०–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–४५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

१६) एन.एस ४३१ (NS 431)

  •  वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५५–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–४५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारशि गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृतभएको । 

१७) एन.एस ४३४ (NS 434)

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ १५५–१६० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ४०–५० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–४५ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

बिरुवा लगाउने दुरी जात, समय र माटोको उर्वरापनमा निर्भर हुन्छ सामान्यतया केही लहरे तरकारी वालीहरुको दुरी निम्नानुसार  सिफारिस गरिएको छ :

विवरण लौका काँक्रा फर्सी घिरौला / करेला जुकेनी
हारबाट हारको फरक (मिटरमा)  १.५ देखी २
बोटबाट बोटको फरक (मिटरमा)  १.५ देखी २ ०.५


लहरे तरकारीको खेतीको लागि जग्गा २–३  पटक खनजोत गर्नुपर्दछ ।  गर्मी समय भए  १.५ मीटर चौडा र यदि वर्षा याम भए २ मीटर चौडा ड्याङ बनाउनु पर्दछ । उक्त ड्याङमा माथि सिफारिस दुरी अनुसारको फरकमा  करिव २० देखी २५ से.मीको ब्यासमा खाडल खनी बिरुवा रोपेर पानी दिनु पर्दछ ।
 

 लहरे तरकारी खेतीको लागि ड्याङको तयारी
 प्लाष्टिक मल्चमा रोपिएको जुकिनी, खुमलटार

 

लहरे तरकारीको पोलिपटमा जमाइएको बेर्नाको वा ट्रे अथवा अन्य संरचनामा तयार गरिएको बेर्नाको चारबटा मुख्य पात भएको  स्वस्थ विरुवा वेलुकीपख  रोप्ने कार्य गर्नु पर्दछ । बिरुवा रोपेपछि हल्का सिँचाइ दिनुपर्छ र फेदवाट २–३ इन्च परवरिपरि सुकेको पत्कर वा  तितेपाति, असुरो, बनमारा आदिलाइ २ इन्च काटेर ५–६ दिन सुकाइ छापो हाल्नुपर्दछ जसले उचित चिस्यान ब्यबस्थापनमा सहयोग गर्दछ । हाल बजारमा २५ देखी ३५ माइक्रोनको मल्चिङ्गको लागि प्लाष्टिक समेत उपलब्ध छ । जसको प्रयोग गर्न सकेमा चिस्यान कायम हुनाको साथै झारपात समेत नियन्त्रण भई  कम लागतमा बढी उत्पादन लिन सकिन्छ ।
 

 प्लाष्टिक मल्चमा रोपिएको काँक्रो
 थाँक्रा दिएको काँक्रो

 


 माटोमा  चिास्यानको अबस्थालाइ बिचार गरी गर्मी याममा ६–७ दिन र जाडोमा १०–१५ दिनको फरकमा पानी नजम्ने गरि सिँचाइ गर्नु पर्छ । थोपा सिचाइको सेट प्रयोग गरी पानि संगै गाई वा भैसीको पिसाब वा झोलमल  १० दिनको फरकमा प्रयोग गर्न सकेमा बिरुवा स्बस्थ भई उत्पादनमा बृद्धि हुन्छ ।
 

 विरुवामा प्रयोग गर्न मुत्र संकलन
झोलमलको तयारी

 

थाँक्रा दिने कार्य
 जुकेनी बाहेकको लहरे तरकारी बालीहरुलाई थाँक्रा अनिवार्य रुपमा दिनुपर्दछ । थांक्रो दिंदा बोट माथितिर मात्र चढ्ने गरी अग्लो थांक्रा दिनुभन्दा जमिनबाट ५—७ फिट माथि छाप्रोको आकारमा लहरा दायां बायां फैलिने गरि थांक्रा दिएमा फल धेरै लाग्ने र फल टिप्न पनि सजिलो हुन्छ   यसका अलाबा थाँक्राको लागत घटाउन विरुवालाइ यु.भि डोरी वा नाइलनको जालीको समेत प्रयोग गरेर थाँक्रा दिने प्रचलन ब्यवसायिक खेतीमा बढीरहेको पाइन्छ ।

काँटछाँट
 लहरे तरकारी वालीका रोग लागेका तथा पहेलिएका पुराना पातहरु बेला बेलामा निरिक्षण गरी कैचीको सहायताले हटाउनु पर्दछ । कलिलो अबस्थाका बाङगा फल, फल लाग्न छोडेका लहरा आदि हटाउने कार्य गर्नुपर्दछ । बालीको जात अनुसार नियमित रुपमा निरिक्षण गरी अनाबश्यक हाँगाविगा समेत हटाउन आबश्यक हुन्छ ।

 प्लाष्टिक घरभित्र काँटछाँट गरि रोपिएको हाइब्रिड काँक्रो, कास्की
ब्यवस्थित रुपमा तालिम तथा काँटछाँट गरी रोपिएको  भक्तपुर लोकल काँक्रो, कास्की

लहरे तरकारीका मुख्य रोगहरु तथा ब्यवस्थापन
 १. पाउडरी मिल्ड्यु (चित्र :१)
लक्षण
    पातको माथिल्लो सतहमा हल्का सेता वा कैला रंगका थोप्ला देखिन्छ र फलहरु साना एवं गुणस्तरहिन हुन्छ
समाधान
    तलका पातहरु काटेर जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र केराथिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई  छर्ने । विरुवा सरेपछि गहुँत पानीको मिश्रण वा झोलमलको ८–१० दिनको फरकमा नियमित प्रयोग गरेमा यसको प्रकोप कम हुन्छ ।
२.डाउनी मिल्ड्यु ( चित्र :२)
लक्षण
     पातको तल्लो भाग पानीले भिजेजस्तो देखिन्छ र पछि पातको माथिल्लो भागमा चहकिला पहेला थोप्ला देखा पर्दछन् ।
समाधान
    रोगले ग्रसित पातहरु जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईडयुक्त बिषादी १ लिटर पानीमा मिसाई छर्ने ।

३.एन्गुलर लिफ स्पट (चित्र :४)
    न्यानो तथा आद्र समयमा यो समस्या देखा पर्दछ ।
समाधान
     पानी तथा शित परेको वेलामा वारीभित्र नपस्ने, कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईडयुक्त बिषादी १ लिटर पानीमा मिसाई छर्ने

४. दाद (चित्र :५–६)
    चिसो रात तथा वढी आद्रता भएको समयमा यो समस्या देखा पर्दछ । गाढा ढुसीले दाग ढाक्दछन् । पात, फल र भर्खरका मुनामा बढी मात्रामा यो समस्या देखा पर्दछ 
समाधान
    सरसफाईमा ध्यान दिने ,मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने
५.एन्थ्राकनोज (चित्र :३)
लक्षण
    पातमा रातो खैरो सुख्खा थोप्ला बन्दछ र पात मर्दछ । बिशेष गरी ढिला रोपेका बिरुवामा यो  समस्या देखा पर्दछ 
समाधान
    सरसफाईमा ध्यान दिने , मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने
६.जरामा गाँठापार्ने जुका ( चित्र :८)
लक्षण
    बिशेष गरी हल्का बलौटे माटोमा बढी प्रकोप हुन्छ । विरुवा होचा भई पातको आकार समान हुदैन र वोट ओइलाउँदछ
समाधान
    फल टिप्ने कार्य सकिएपछि  जरासहित बोट उखेल्ने, माटोको  निर्मलीकरण  गर्ने  ।वालीचक्र प्रणाली अबलम्वन गर्ने 
७.मोजाईक भाईरस (चित्र :७)
लक्षण
    नयाँ पातका नशा वरिपरि हरियो र पहेलो धव्वा देखिन्छन् । पातहरु घुम्रेका एवं तल माथि उठेका हुन्छन् । वोटमा फुल लाग्दैन ।
समाधान
    ग्रसित बोटहरु उखेलेर जलाउने र चुसाहा कीरा नियन्त्रण गर्न दैहिक बिष २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने । दुध (१० मि.लि. प्रति लिटर पानी) र  गाई बस्तुको पिसाव र पानी (१ः५) पालै पालो गरी ४–५ चोटि छर्दा रोगको प्रकोप न्युनीकरणमा सहयोग पुग्दछ  ।

 लहरे तरकारी बालीका मुख्य कीराहरु
१.काँक्रोको  रातो खपटे (चित्र :१३)
    लाभ्रेले बिरुवाका जरा भित्र पसेर खान्छन् र यिनले जमिनको सतह छोएका पात,डाँठ, मुल हाँगा र फलमा भित्र पसी खान्छन् भने बयस्कले पातको हरियो पर्दाथ खान्छन् ।
समाधान
    बिहानीपख वयस्कलाई टिपेर मार्ने एवं निममा आधारित बिषादी २ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्ने
२. खैरा तथा निला खपटे (चित्र :१४)
    माथि रातो खपटेमा बताए अनुसार क्षति गर्दछ र  नियन्त्रणको लागि माथि उल्लेखित विधि अपनाउने 
३.लाही कीरा (चित्र :९)
    यिनिहरुले  बिरुवाको रस चुस्दछन् तथा मोजाईक भाईरस सार्ने कार्य गर्दछन् 
समाधान
    झोलमल (१ भागमा ५ भाग पानी मिसाएर) छर्ने , सुर्तीको पात, गहुँत र पानी मिसाएर छर्ने वा नियन्दैत्हिरण नभएमा दैहिक बिषको प्रयोग गर्ने ।
४.सेतो झिँगा (चित्र :१०)
    यिनिहरुले बिरुवाको रस चुस्दछन्
समाधान
    स्टिकि ट्रयापको प्रयोग गर्ने,निमजन्य बिषादीको प्रयोगले कीराले अण्डा पार्न सक्दैन र संख्या नियन्त्रण गर्न सहयोग पुग्दछ, यदि नियन्नण नभएमा दैहिक  बिषादी इमिडाक्लोरपिड ( ३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने  तर यसको पर्खने अवधि लामो भएकोले गर्दा बजारमा लहरे तरकारी लैजाने वेलामा प्रयोग गर्नु हुदैन ।

५.फल कुहाउने औसा (चित्र :११)
    पोथि झिंगाले फुल पार्ने अंगको सहायताले डाँठ,फुल वा फलमा छेडेर फुल पार्दछ जसवाट औसा निस्किएर क्षाति गर्दछ
समाधान
    ग्रसित फल तथा फुल टिपेर बिषादीमा डुवाई खाडलमा पुर्ने
    भालेको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने ।   पानीमा, चिनि वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि.का दरले मालाथियन मिसाई वाली लगाएको क्षेत्रको केही ठाउँहरुमा छर्ने । पाकेका, फर्सी, काँक्रा वा तरबुजाका केही भाग काटेर वाटा वा माटोको कतारीमा १–२ मीटर उचाईमा केही पानी हालेर राख्ने र सो पानीमा ५–७ थोपा मालाथियन झोल मिसाउने ।
६. स्पाईडर माईट (चित्र :१६)
     यसले कलिला मुन्टा र पातबाट रस चुसि बिरुवाको बृद्धि हुदैन र पात गुजमुज भई शुरुको अबस्थामा भाईरस संग मिल्दोजुल्दो लक्षण देखाउँदछ ।
समाधान
     खनिज तेल १५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा केल्थेन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने
७. पतेरो ( चित्र :१५)
    यस कीराका माउ र वच्चाले पात र डाँठवाट रस चुस्दछन्
समाधान
    जालीको सहायताले माउ र वच्चालाई बिहानीपख पक्रेर मार्ने, झोलमलको प्रयोग ८ देखी १० दिनको फरकमा गर्ने


 लहरे तरकारी बालीमा देखा पर्ने केही प्रमुख समस्याहरु 
फल बाङगाटिङगा हुनु (चित्र :१७)

    राम्रोसंग पोलिनेसन नभएमा, रोग लागेमा, मौसममा उतारचढाव आएमा (धेरै तातो, चिसो ) धेरै वा कम मलखाद दिएमा,सुक्ष्म तत्वको कमी भएमा यस प्रकारकव् समस्या देखा पर्दछ ।
समाधान 
    पोलिनेसनको लागि फुल फुलेको समयमा मौरी राख्ने , ठिक मात्रामा मलखाद राख्ने ,उचित सिंचाई गर्ने , हर्मोन स्प्रे गर्ने र रोग नियन्त्रण गर्ने ।


 बिभिन्न तत्बहरु कमी
नाइट्रोजन  (चित्र :२६)
 बिरुवाको बिकास ढिला तथा विरुवाका पुराना पातबाट पहेलोपन शुरु भइ पुरै विरुवा पहेलो हुने । नयाँ पातहरुको विकास रोकिने । झिना फलहरु फल्ने
समाधान

बिरुवाको अबस्था तथा बृद्दि  बिचार गरी झोलमल वा अन्य नाइट्रोजन युक्त मलको प्रयोग गर्ने

फस्फोरस ( चित्र :२३)
 बिरुवा बिस्तार बढ्ने आँख्लाहरु बिचको दुरी छोटो हुने । पातको रंग बैजनी हुने । कम  एबं गुणस्तरहीन फल लाग्ने, फलमा बियाँ कम लाग्ने ।
समाधान
सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।
पोटासियम (चित्र :२५)
पातहरु गुजुमुजु हुने जुन पुराना पातबाट शुरु हुने । पातको टुप्पो मर्ने । फलको असमान विकास हुने ।
समाधान
सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।
 क्याल्सियम (चित्र :२१–२२)
 नयाँ  तथा कलिला पात तथा बोटको मुनामा पहिलो लक्षण देखिने ।बृद्धि रोकिने तथा आँख्लाको दुरी कम हुने । पातको बरिपरीको भागको विकास नहुने तथा पात तलतर्फ मोडिने । बोटको   । फलको टुप्पो कुहिने समस्या देखिने ।
समाधान
 माटोको पि.एच उपयुक्त राख्न कृषि चुनको प्रयोग गर्ने । सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने । चिलेटेड क्याल्सियम वा क्याल्सियमयुक्त अन्य सुक्ष्मतत्वको प्रयोग गर्ने ।
म्याग्निज (चित्र :२४)
पातको नशाहरुको बिचमा पहेला तथा हरिया धब्बा देखा पर्ने र पछि पात पहेलो हुने ।
समाधान
 म्याग्निज सल्फेटको प्रयोग गर्ने ।
 बोरोन( चित्र : १९–२० )
मुनाहरु मरेर विरुवाको बृद्धि विकास नहुने 
समाधान
 बोरेक्स माटो तथा बोटमा प्रयोग गर्ने
फलाम ( चित्र : २८)
नयाँ पातहरुको नशा हरियो र बिचको भाग पहेलो हुने तर पुराना पातहरु  हरियो हुने  ।
समाधान
 माटोको पि.एच उपयुक्त राख्ने तथा सन्तुलित मलखादको प्रयोग, चिलेटेड आइरन वा आइरन भएको सुक्ष्मतत्वको प्रयोग गर्ने ।
मोलिब्लेडनम ( चित्र : २७)
नशाहरुको बिचमा सेतो हुने तथा पातको बरिपरीको भाग डढेजस्तो हुने । पुराना पातहरुमा पहिला लक्षण देखा पर्ने ।

 समाधान
माटोको पि.एच  उपयुक्त राख्ने तथा मोलिब्लेडनम युक्त सुक्ष्म तत्व प्रयोग गर्ने ।
 

नेपालमा यस प्रविधि नौलो भएतापनि विकसित देशहरुले विगत लामो समयदेखि स्बस्थ एवं रोग रहित विरुवा उत्पादन गर्न यस प्रविधिको अवलम्वन गर्दे आएका छन् ।
कलमी गर्न उपयुक्त लहरे तरकारीहरु
काँक्रोः फर्सीको रुटस्टक
तरवुजा : कुभिण्डोको रुटस्टक
खरबुजा : लौकाको रुटस्टक
कलमीको लागि प्रचलित विधिः
पेग बिधि
यो बिधि लहरे तरकारी वालीहरु( काँक्रो, खरवुजा, तरवुजा आदि) को लागि उपयुक्त बिधि हो । यसमा बाँसको वा फलामको ३० डिग्रि छड्के पारेर काटिएको कलम्ी गर्ने औजार,ब्लेड, माटो भरेको थैला,प्लाष्टिक, छायाँदिने मान्द्रो वा गुन्द्रीको आबश्यकता पर्दछ । यस बिधिमा लौकाको वीउ १२ देखि १५ दिन  अगाडि रोपिन्छ । साधारतया रुटस्टकको वीउ कति अगाडि लगाउने भन्ने कुरा वीउको कडापन र सुषुप्तता९मयचmबलअथ० मा भर पर्दछ । यस बिधिमा रुटस्टकको ३ बटा जति मुख्य पात र सायनको वढीमा २ वटा सम्म मुख्य पात आएपछि कलमी गरिन्छ । यदि सायनमा धेरै मुख्य पात आएको छ भने कलमी सफल हुदैन । सबभन्दा पहिला रुटस्टकलाइ माटोवाट उखेलेर बृद्विहुने भाग(दलिय पात भन्दा माथिको मुख्य पातहरु) भाँच्ने काम गर्नुपर्दछ । लगभग २ मिलिमिटर जति ब्यासको २ सेमी गहिरो प्वाल दलिय पातभन्दा माथिबाट ३० डिग्रि जति छड्के पारेर कलमी गर्ने लठ्ठीको सहयोगले पार्ने ।  सायनलाई पनि ३० डिग्रिजति छड्के पर्ने गरी ब्लेडले मथिवाट तल काट्ने र काटिएको भाग तल पर्ने गरेर रुटस्टकमा घुर्सार्ने । प्लाष्टिकको थैलोमा माटो भरी बिरुवा रोप्ने र प्रति बिरुवा १०० मिलि जति पानी जोडेको भागमा नपर्नेगरी हाल्ने  र उक्त बिरुवालाई कलमी घरमा लगि बरिपरीबाट प्लाष्टिकले हावा नछिर्ने गरी छोप्ने र ५ दिन जति छाहारीमा राख्ने । कलमी सफल भएपछि बिस्तार छहारी तथा प्लाष्टिक हटाउने र एक हप्ता जतिमा पूर्णरुपमा हटाउने । कलमी सफल भएपटि पनि ्ररुटस्क बाट यदि मुना पलाएमा हटाउने कार्य गर्ने । यस विधिवाट पनि ९० प्रतिशतभन्दा बढी कलमी सफल हुन्छ ।


 

 

  • कलमी कहिलेपनि चर्कोघाममा बसेर गर्न हुदैन
  • कलमी गर्दा काटिएको भाग एक आपसमा राम्रोसंग जोडिएको हुनुपर्दछ
  • कलमी गरिसकेपछि बिरुवालाई २८ देखि ३० डिग्रिसेन्टीग्रेड तापक्रम र ९० प्रतिशत भन्दा बढी आद्रता भएको ठाउँमा राख्नुपर्दछ
  • कलमी गरिसकेपछि बिरुवालाई ग्राफ्ट युनियन बन्न दिन ५ दिन जति छाहारी दिनुपर्दछ र ग्राफ्ट युनियन बनिसकेपछि बिस्तार घाममा देखाउने कार्य गरी एक हप्तामा पुर्णरुपले छाहारी र प्लाष्टिक हटाई बिरुवालाई बाहिरी वाताबरणमा घुलमिल गराउनुपर्दछ ।

कलमी गर्दा बिर्सन नहुने कुराहरु

कलमी गरि रोपिएको भक्तपुर लोकल काँक्रो, खुमलटार