परिचय

मकै पहाडी भेगको मुख्य खाद्यान्नको श्रोत हो । यद्धपी यसको खेति नेपालका सबै भुभागमा गर्ने गरेको पाइन्छ । नेपालमा करिव ८,९१,५८३ हे. क्षेत्रफलमा मकै खेति गरेको पाइन्छ भने उत्पादकत्व २.५ मे.टन रहेको छ (कृ.वि.म.,२०७२।०७३)। कुल मकै खेति गरिने क्षेत्रफलको ७० प्रतिशत भुभाग पहाडमा, २० प्रतिशत तराई तथा १० प्रतिशत उच्च पहाडमा रहेका छ भने उन्नत मकैले ढाकेका क्षेत्रफल करिव ८६ प्रतिशत, करिव १० प्रतिशत क्षेत्रफल स्थानिय एंव रैथाने मकैले तथा हाइव्रिड मकैले ढाकेका क्षेत्रफल करिव ४ देखि ५ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालमा उत्पादित मकैको ८७ प्रतिशत खाद्यान्नमा र १२ प्रतिशत दानाको रुपमा प्रयोग हुन्छ भने यस बालीले नेपालको कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ६.८८ प्रतिशत हिस्सा ओगटेको छ ( एफ.ए.ओ., २००९ ) । पुराना तथा स्थानिय जातका मकैको विउमा प्रयोग, रोग र किराग्रस्त विउको प्रयोग, माटोमा विभिन्न खाद्य तत्वहरुका कमी, उन्नत तरिकाको खेति प्रविधिको कमी जस्ता कारण मकैको उत्पादकत्व कम रहेको छ । पछिल्ला बर्षहरुमा बाटोको सुविधा भएको, रासायनिक मल, सिंचाईका राम्रा प्रवन्ध र वजारका व्यवस्था भएका क्षेत्रहरुमा बढदै गएको हाइव्रिड मकै खेतिका कारण उत्पादन, उत्पादकत्व एंव रोजगारी श्रृजनामा समेत फाइदा पुगेको देखिन्छ । तर स्थानिय स्तरमा स्थानिय हावापानी सुहाउदा हाइव्रिड नभएका कारण बर्षैपिच्छे कृषकहरु महंगा एंव आयातित हाइव्रिडहरु प्रयोग गर्न बाध्य हुंदै आएका छन ।

हाइव्रिड भन्नाले क्रमवद्ध रुपमा मकैको विरुवालाइ ६देखि ७ पुस्ता सम्म स्वसेचन गरी निकालीएका इन्व्रेड लाइनहरु आपसमा क्रस गरेर निकालिएको पहिलो पुस्ता भन्ने जनाउँदछ । हाइव्रिडहरु विभिन्न प्रकारका हुन्छन । सिंगल क्रस, डवल क्रस, थ्रि वे क्रस, डबल क्रस हाइव्रिड तथा टप क्रस हाइव्रिड आदी । सिंगल क्रस हाइव्रिडको उत्पादन क्षमता अन्य हाइव्रिडको भन्दा वढि हुन्छ । हाइब्रिडलाइ एक पटक लगाइ त्यसबाट आएका वीउ पुन लगाएमा उत्पादनमा निकै कमी आउने हुंदा प्रत्येक सिजन मकै लगाउदा बीउ किनी लगाउनु पर्दछ । हाइव्रिडको सव बोटमा एकनासका घोगा पाइन्छ । यसमा बोटका उचाइ, घोगा लाग्न आँख्ला सम्मको उचाई, धान चमरा तथा जुंगा निस्कन लाग्ने दिन तथा पाक्न दिनमा सव बोटमा एकरुपता हुन्छ तथा एकै किसीमको वंशाण रहने हुंदा सवै वोट निरोगी हुन्छन र रोग लागेमा सवै वोटमा रोग लाग्दछ । साधारण तया खुल्लासेचित मकैको तुलनामा होचा हुने , उत्पादन क्षमता बढि हुने, मल जलका सदुपयोग गर्न सक्ने क्षमता बढि भएको कारण उत्पादन बढि लिन सकिन्छ । सामान्यतया हाइव्रिड मकै खेतिका लागि १४  ३८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । परागसेचनका बेला ८ डि.से.भन्दा कम तथा ४२ डि.से. भन्दा  बढता तापक्रम भयो भने मकैमा दाना लाग्दैन ।

आवश्यकता

मकै लाइ अली बढी न्यानो हावापानी चाहिन्छ । तर वैज्ञानीकहरुको अनुसन्धानका कारण कुनै पनि हावापानीमा यस्का खेती गर्न सकिन्छ यद्धपी यस्को लागि उपयुक्त तापक्रम भनेको २१ देखि ३२ डिग्री सेल्सियस उपयुक्त मानिन्छ भने बर्षाको हकमा १५ देखी २० से.मी. उपयुक्त मानिन्छ । मकै न्युनतम १० डि.से.मा उम्रन सक्छ तर एकनाशले उम्रनका लागि माटोका तापक्रम १६ देखी १८ डि.से. उपयुक्त हुन्छ । कुहिरा र तुषारोले विरुवाको कुन पनि अवस्थामा असर पार्न सक्दछन । मुख्यतया पातहरुलाइ कुहिरा र तुषारोल क्षति पुऋयाउछन त्यसैगरी दाना लाग्ने समयमा पनि यस्ले नराम्रा संग क्षति पुयाउछन ।

गहिराइ भएका माटो, उपयुक्त निकास भएको, चिस्यान प्रशस्त भएको, उपयुक्त तथा सन्तुलित मात्रामा खाद्य तत्व समावेश भएको, एंव उपयुक्त भौतिक एंव रासायनिक गुणहरु भएको माटो मकैको वृद्धि एंव विकासका लागि  राम्रा मानिन्छ । व्यावसायीक खेति गर्नका लागि पांगो माटो उपयुक्त मानिन्छ यद्यपी १० देखी ३० प्रतिशत सम्म बलौटे माटोमा मकैखेती गर्न सकिन्छ ।

जग्गा तयारी

हलो अथवा टयाक्टरको सहायताले जोत्न , अघिल्लो बालीका डाँठ,ठुटा सवै माटोमा मिलाउने , त्यसपछि पुन अर्को पटक जोत खन गरेर माटोलाइ हल्का बनाउनु पर्दछ । खनजोतले पानी सोस्न सक्ने क्षमता बढाँउछ , वीउ उम्रन तथा जराका वृद्धि विकास मा सहयोग पुयाउछ, अघिल्ला बालीका अवशेषहरुलाइ माटोमा मिलाइ कुहाउन सहयोग गर्दछ ।

खनजोतका प्रकारहरु

शुन्य खनजोत प्रविधि : यस प्रविधिमा विउ रोपेदेखि मकै भांच्ने समयसम्म माटोलाइ चलाइदैन । यस प्रविधिको मुख्य आधार भनेका करिव ३० प्रतिशत जति जमिनमा बालीका अवशेषहरुले छोप्नुपर्दछ ताकि पानीबाट हुने भुक्षय कम गर्न सकियोस ।

छापो राख्ने प्रविधि

यस पद्धतिमा माटो रोप्नुभन्दा पहिले नै चलाइन्छ तर रोप्नेबेलामा चलाइदैन । यस्को लागि चिसेल हलो,को प्रयोग गरिन्छ । झारपात नियन्त्रणका लागि झारपात नाषक विषादी वा मेशिनका प्रयोग गरिन्छ । न्युनतखनजोत प्रविधि : यस प्रविधिमा १५ देखि ३० प्रतिशत जमिनलाइ विभिन्न बालीको अवशेषल छोपिन्छ भने झारपात नियन्त्रणका लागि विषादी वा मेशिनका प्रयोग गरिन्छ ।

परम्परागत जोताइ पद्धति

यस प्रविधिमा १५ प्रतिशतभन्दा कमी जमिनलाइ मात्र छापोल छोपिन्छ । यस प्रविधिमा अधिक रुपमा खनजोत गरिन्छ । साधारणतया १ मे.टन मकैको दाना उत्पादन हदा १ मे.टन उप उत्पादन पनि प्राप्त हुन्छ जस्को प्रयोगबाट करिव १० प्रतिशत जमिन लाइ छोप्न सकिन्छ । जुनसुक खनजोत प्रविधिको अवलम्वन गरेतापनि जमिनका तल कडा तह बन्न दिन हुंदैन । यदि कडा तह बन्न गएमा जराको वृद्धि विकास एंव पानी सोस्नमा नकारात्मक असर पार्दछ ।

विउ रोप्दा लाइनमा रोप्नुपर्दछ । दुरी मुख्यतया लगाउने सिजन, माटोको उर्वराशक्ती, सिचाइका अवस्था, आदीमा निर्भर गर्दछ । यसरी लाइनमा रोप्दा अगौट मकैको हकमा लाइन देखि लाइनको दुरी ६० से.मी.र बोट देखि बोटको दुरी २० से.मी. हुनुपर्दछ भने पछौटे मकैको हकमा ७५ से.मी. × २५ से.मी. को दुरीमा रोप्नु उपयुक्त हुन्छ । विउको दर १००० दाना मकैका तौल, कुन समयमा बाली लगाउने हो त्यसमा पनि भर पर्दछ । सामान्यतया ६०० देखि ८०० ग्राम मकैका विउ प्रति कठठा आवश्यक पर्दछ लाइनमा रोप्दा कम लाग्दछ भने छर्दा अलिक बढि विउको आवश्यक्ता पर्दछ ।

हाइव्रिड मकै खेति हिंउदमा गदा  राम्रा हुन्छ । तराइमा असोज देखि कार्तिक सम्म र भित्री मधेशमा भदौदेखि कार्तिक सम्ममा यस्को खेति गर्न सकिन्छ । यस्को अलावा माघको तेश्रा हप्तादेखि फागुनको दोश्रा हप्तासम्म पनि अगौटे खालका हाइव्रिड मकै खेति गर्न सकिन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

साधारणतया प्रति कठठा जग्गामा ५०० के.जी. राम्रोसंग कुहिएको गोवरमल वा कम्पोष्ट मल र ८०० ग्राम जिंक सल्फेट (२१ प्रतिशत ) रोपाइको १५ देखि २० दिन अगाडी खेतमा हाल्नुपर्दछ । रासायनीक मलको हकमा माटोका उर्वराशक्ति, पहिले लगाएका बाली, लगाउने सिजन, सिंचाइको अवस्था, मकैका उत्पादन क्षमता आदीमा भर पर्दछ । यसको लागि माटो जांचको आधारमा मलखाद प्रयोग गर्नु वुद्धिमानी हुन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार १८०: ८०: ४० ना.फ.पो. प्रति हेक्टरका दरले प्रयोग गर्नुपर्दछ अर्थात प्रति कठठा ८ के.जी. युरिया, ६ के.जी. डि.ए.पि. तथा ४ के.जी. म्युरेट अफ पोटासको प्रयोग गर्न सिफारिश गरिएका छ । सिफारीश मात्राको पुरै भाग डि.ए.पि. ,पोटास र २० प्रतिशत युरिया बाली लगाउने बेलामा , २० प्रतिशत ४ देखि ६ पाते विरुवाको अवस्थामा,३० प्रतिशत ८ पात अवस्थामा र बांकी ३० प्रतिशत युरिया धान चमर निस्कन बेलामा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

हिँउदमा लगाइने मकै लाइ रोपाई पुर्व साधारणतया सिंचाइ दिनु पर्दैन तर माटो सुख्खा छ भने सिंचाइका आवश्यकता पर्दछ र सिचाइ गरि खनजोत पश्चात मकै रोप्नु उत्तम हुन्छ । वसन्त मकै खेतीलाइ रोप्ने बखत सिंचाइ दिनु जरुरी छ । सिंचाइका मात्रा माटोमा चिस्यानको अवस्था, विरुवाका अवस्था, सिंचाइको श्रोत आदीमा निर्भर गर्दछ । डयांग बनाएर लगाएका बालीमा पानी लगाउदा डयांगको दुइ तिहाइ भाग भिज्ने गरी पानी लगाउनु पर्दछ । एकै पटक पानीले डुवाउनु भन्दा हल्का र पटक पटक पानी दिनु उपयुक्त हुन्छ । सामान्यतया मकैबाली घुंडासम्म अग्ला भएको अवस्था, जुंगा निस्कने अवस्था र दाना पोटिला हुने अवस्थाहरु बढि संवदनशिल हुनाले यी अवस्थाहरुमा सिंचाइ दिनु जरुरी हुन्छ ।

हाइव्रिड मकैबाट बढि उत्पादन लिनका लागि दुइ पटक सम्म गोडमेल गर्नु पर्दछ । विरुवा उम्रेको २० देखि २५ दिन पछाडी पहिला गोडाइ र दोश्रो गोडाइ पहिला गोडाइका ३ हप्ता पछि गर्नुपर्दछ । दोश्रो गोडाइ पछि उकेरा दिन उपयुक्त हुन्छ । झारपातका कारण मकैमा ३५ प्रतिशत सम्म उत्पादनमा ह्रास पुगेको देखिन्छ । मकैको विउ उम्रनुभन्दा अगावै वा रोपेको ३ दिनभित्र एट्राजिन वा सिमाजीन १ देखि १.५ के.जी. प्रति हे.का दरल ६०० लिटर पानीमा मिसाएर छर्नु उपयुक्त हन्छ । त्यसपश्चात १ देखि २ पटक कोदालोको सहायताले मकैमा माटो चढाँउदा जरामा हावाका सञ्चार राम्रोसंग हुने तथा झारपातका नियन्त्रण पनि राम्रा संग हुन्छ । झारपातनाषक विषादी छदा विषादीका नेटवक विचैमा नटुटाउनका लागि विषादी छर्दै पछाडी तर्फ आउनु उपयुक्त हुन्छ।

किराको हकमा माटोमा वसेर क्षति पुयाउने खालका किराहरु फेदकटुवा, खुम्रे आदी प्रमुख मानिन्छन। यि किरा नियन्त्रणका लागि राम्रोसंग पाकेको तथा पुरानो गोवर तथा कम्पोष्ट मल प्रयोग गर्ने, किराको माउलाइ बत्तिको पासो बनाइ मार्ने, गहिरा खनजोत गरी जोत्न ताकी किराको लाभ तथा प्युपा अवस्था माटोको सतहमा आइ चर्को घामका कारण नष्ट हुन सक्छन । रासायनिक विषादी का हकमा क्लोरपाइरिफस १०इ.सी. (डर्सवान) २ मि.लि. प्रति लिटर पानीमा घोली प्रति कठठा २० देखि २५ लिटरका घोलले माटो भिज्ने गरि स्प्रे गर्ने । डाठ तथा गुवो भित्र वसेर खाने गवारो किरा जमिन माथी लाग्ने मुख्य किरा हो । यस्को नियन्त्रणका लागि क्लोरपाइरिफस ३० इ.सी. १.५ देखि २ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्ने वा फयुराडन २ देखि ३ दाना प्रत्येक गुवोमा राखिदिने । रोगहरुको हकमा दक्षिणी पात डढुवा,उत्तरी पात डढुवा, मकैको ध्वाँसे थेग्ले रोग, घोगा कुहिने रोग, डाँठ कुहिने रोग आदी हुन । प्रभावकारी रोग व्यवस्थापनका लागि रोग अवरोधक जातहरुका प्रयोग, विउ उपचार (वेभिष्टिन २.५ ग्रा. प्रति केजी विउका दरले ), बाली चक्र अपनाउने, रोगी विरुवाका अवशेषहरुलाइ गाडने, सन्तुलित मात्रामा मलको प्रयोग गर्ने, पानी निकासको उचित प्रवन्ध गर्ने तथा रासायनिक विषादी प्रयोग गर्नु परेमा २ ग्राम डाइथेन एम ४५ वा टिल्ट १ मिली प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

बाली कटानी तथा भण्डारण

घाममा राम्ररी सुकेर १२ प्रतिशत भन्दा कम चिस्यान कायम भएको वीउलाइ भण्डारण गरी राख्न पर्दछ र मकैलाइ बाँसको भकारी,थैला,वोरा वा मेटल विनमा दाना छोडाएर राख्न सकिन्छ । भण्डारणमा क्षति पुयाउने कीराहरुवाट बचाउन हावा नछिर्ने गरी वन्द गर्न सकिने भाँडोमा प्रति टन एक टयावलेट सेल्फस चक्की राख्नु उपयुक्त हुन्छ । १० ग्राम बोझोको जरामा हुने गानोबाट तयार गरेको धुलो प्रति केजी मकैको वीउका दरले प्रयोग गरेर पनि भण्डारणमा लाग्ने हानीकारक किराबाट मकैलाइ बचाँउन सकिन्छ  ।  

मकैको घोगा नंगयाइ दाना निकाली उक्त दानासंग जोडिएको भाग दुइ औलाका नंगले कोटटयाँउदा काला तह देखियो भने मकै पाकेका र भाँच्न योग्य मानिन्छ । यस अवस्थामा मकैमा चिस्यानको मात्रा ३५ प्रतिशत हुन्छ । तर मकैका चिस्यान जव २० प्रतिशत हुन्छ तव मकै भाँच्दा उपयुक्त हुन्छ । भाँचेका घोगाहरु २/३ घाम सुकाएपछि घोगामा १३/१४ प्रतिशत चिस्यान कायम भएका घोगालाइ छोडाउन पर्दछ वा थांक्रो सुली झुत्तोमा राख्दा उपयुक्त हुन्छ ।

बिउ उत्पादन प्रविधि

जातीय शुद्धता

बीउ उत्पादनको मुख्य उद्देश्य पुनः प्रयोग गर्नका लागि बीउ उत्पादन गर्ने हो । प्रजननकर्ताले नयाँ जात उन्मोचन गर्दा त्यस जातको नाम तथा बिस्तृत बर्गीकरण गरेको हुन्छ र त्यो जात उत्पादन गर्दा सोही बर्गीकरण अनुसार हुनुपर्दछ ।

भौतिक शुद्धता

उत्पादन भएको बीउमा अरु बालीको बीउ, झाडपातको बीउ, धूलो, डाँठ, बोटको अरु भागका टुक्राहरु आदि मिसिएको हुन सक्छ । उपरोक्त कुराहरुबाट बञ्चित भएको बीउलाई भौतिक शुद्धता कायम भएको बीउ भनिन्छ । अतः बीउ सफा गर्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ।

तौल

प्रजननकर्ताले कुनै पनि जात उन्मोचन गर्दा त्यस जातको १००० वा १०० दानाको तौल अनिवार्य उल्लेख गरेको हुन्छ । उत्पादित बीउको तौल र अनुसन्धानबाट प्राप्त तौल एकै नासको हुनुपर्दछ । तौल कायम भए बीउबाट राम्रो बेर्ना निक्ली स्वस्थ भई बोट राम्रो उत्पादन दिने हुन्छ ।

समानता

बीउको लागि प्रयोग गर्न राखिएको लट वा थुप्रोमा भएका दानाहरु आकारमा एक आपसमा समान हुनु अति आवश्यक हुन्छ । समान भएको बीउबाट एक नासका बोटहरु उम्रनुका साथै प्रति इकाई जमिनमा एक नासले उम्री बोट राम्रो उत्पादन दिने हुन्छ ।

चिस्यान

हरेक बीउमा चिस्यानको मात्रा हुन्छ तर चिस्यान सिफारिस अनुसारको हुनु अति आवश्यक हुन्छ । बीउमा सिफारिसभन्दा बढी चिस्यान भएको खण्डमा बीउ चाँडै ह्रास हुन जान्छ । बीउमा रोग कीरा लाग्ने नलाग्ने कुरामा पनि बीउमा भएको चिस्यानले महत्वपूर्ण भूमिका खेल्दछ ।

जीवितपना

बीउ एक वानस्पतिक प्रक्रियाबाट उत्पादन हुने हुनाले जीवित वस्तु जस्तैः त्यसमा ज्यान हुन्छ । यदि बीउमा ज्यान भएन भने त्यसबाट पुनः बीउ उत्पादन गर्न सकिदैन ।

उमारशक्ति

बीउ जीवित भए तापनि विभिन्न कारणबाट बीउ विकृत भई उम्रन्छ र त्यस्ता विकृत अवस्थामा उम्रने बीउबाट स्वस्थ बोट हुँदैन र केही समयपछि मरेर जान्छ । बीउमा हुने विभिन्न गुणहरुमध्ये यो एउटा महत्वपूर्ण गुण मानिन्छ ।

ओजस

बीउमा उम्रने क्षमता भए पनि कस्तो किसिमबाट उम्रने हो, त्यसको शक्ति र गतिमा भर पर्दछ । यदि बीउमा शक्ति बलियो छैन भने माटोबाट बाहिर आउन नसकी भित्रै कुहिएर मर्न जान्छ । यदि माटोबाट बेर्ना निक्लिए तापनि पातलो र कमजोर हुन्छ भने यस्ता बोटहरु कम फल्नुको साथै उत्पादित बीउ पनि कमजोर हुन्छ ।

स्वस्थता

बालीमा विभिन्न किसिमका रोग लाग्दछ तर बीउबाट सर्ने रोगको नियन्त्रण समयमा नै गर्न अति आवश्यक हुन्छ । बीउमा रोगको असर नदेखिए तापनि जब बीउ उम्रन थाल्छ, त्यसको असर एकैचोटि बढेर आउँछ । अतः बीउ छनौट गर्दा, रोग कीराबाट बञ्चित बीउको लट छान्नुको साथै बाली चक्र, पृथकता दूरी तथा बीउ उपचारमा विशेष ध्यान पुर्याउनुपर्दछ ।

बीउ उपचार

एग्रोसान जि.एन तथा क्याप्टन २ ग्राम प्रति के.जी.

दूरी ७५ से.मी – २५ से.मी

बोट संख्या ५३००० सिफारिस भए तापनि ४५००० राख्दा राम्रो हुन्छ ।

बीउ दरः १८ देखि २० किलोग्राम प्रति हेक्टर वा १ केजी प्रतिरोपनी

वसन्तेः फाल्गुणदेखि चैत्र

वर्षेः वैशाखदेखि जेष्ठ

हिउँदेः भाद्रदेखि कार्तिक

  • बिज बृद्धि गरिने जग्गा मलिलो, गहिरो र राम्रो निकास भएको हुनुपर्छ ।
  • झारपातरहित तथा जग्गाको पि.एच. ५.५ देखि ७.५ तथा सिंचाईको व्यवस्था गर्न सकिने जमिन हुनुपर्छ ।
  • मकै बिज बृद्धि गर्ने जग्गामा यस भन्दा अघिल्लो सिजनमा अन्य जातका मकै लगाएको हुनुहुँदैन ।
  • त्यस्तो बारीमा बीउ उत्पादन गर्नुपर्ने भएमा ३ हप्ता पहिले सिंचाई गरी जोत्नुपर्छ ।
  • जग्गा छनौट गर्दा बाटो नजिकको जग्गा छनौट गर्नुपर्छ ।  

 

  • बीउ उम्रनका लागि सहयोग गर्दछ ।
  • बिरुवा हुर्कनका लागि यथोचित बातावरण सिर्जना गर्दछ ।
  • झारपात नियन्त्रण गर्दछ ।
  • बिरुवाको जराले पानी सोस्न सघाउ पुर्याउँदछ ।
  • माटोमा अक्सिजन दिन्छ ।
  • माटोको तापक्रम नियमित गर्दछ ।

दुई भिन्न जातका बीचमा प्राकृतिक सेचन भई जातीय शुद्धता नष्ट नहोस्, अर्को सालमा उत्पादन नघटोस्, विभिन्न जातका नराम्रा गुणहरु नआओस् साथै बाली अग्लो होचो नहोस्, दुई भिन्न जातका बीउ नमिसियोस् भन्नाका लागि, दुई भिन्न जातका मकै बालीका लागि अलग्गै राख्ने तरिकालाई पृथकीकरण भनिन्छ । मकैको बीउ उत्पादन गर्दा दुई किसिमले पृथकीकरण गर्न सकिन्छ ।

क. स्थान दुरी पृथकीकरण

दूरी पृथकीकरण गर्दा एक जातदेखि अर्को जातको फरक मूल बीउको लागि ३०० मि. र प्रमाणित बीउको बोटहरुबाट बीउ लिनुहुँदैन ।

ख. समय दूरी पृथकीकरण

दुई वा दुईभन्दा बढी जातहरुका फूल फुल्ने समय फरक पर्ने गरी विभिन्न मितिमा मकैको बीउ रोपी समयको पृथकीकरण कायम राखिन्छ । कति दिनको फरक, हावापानी तथा ठाउँ अनुसार फरक पर्छ । साधरणतया कम्तिमा १५ दिनदेखि २० दिनको फरकमा छिटो पाक्ने जात पछि र ढिलो पाक्ने जात पहिले लगाई समय दूरी दिएमा समय दूरी प्रभावकारी हुन्छ । ढिला पाक्ने जात पहिले तथा छिटो पाक्ने जात पछि लगाउनुपर्ने भए कति दिनले चाँडो लगाउने हो ,त्यही अनुसार माथिको समय दूरी अपनाउनुपर्छ ।  

मलखाद

बसन्ते तथा हिउँदे मकै वर्षे मकै
कम्पोष्टः १५ देखि २० टन प्रति हे. नाइट्रोजनः ६०–९० के.जी. प्रति हे.
नाइट्रोजनः ९०–१२० के.जी प्रति हे. फस्फोरसः ३०–४५ के.जी. प्रति हे.
फस्फोरसः ४५–६० के.जी प्रति हे. पोटासः ३०–४५ के.जी. प्रति हे.
पोटासः ४५ के.जी प्रति हे.  

मलखाद हाल्ने समय:

  • बेसल मात्राः आधा भाग नाइट्रोजन तथा पूरा भाग फस्फोरस तथा पोटास
  • घुँडासम्मको उचाइमाः बचेको आधा भाग नाइट्रोजनको आधा भाग
  • धान चमरा हाल्ने अवस्थामाः बचेको आधा भाग नाइट्रोजनको आधा भाग

पहिलो गोडाइ: ४ देखि ५ पाते अवस्था वा २ देखि ३ हप्तापछि ।

दोश्रो गोडाइ: घुँडासम्मको उचाइमा (knee high stage)

  • सिमाजिन ५०५ वा एट्राजिन ५०५ विषादी १००० लिटर पानीमा १.५ किलो ग्राम प्रतिहेक्टरका दरले माटोमा हाल्ने
  • लास्सो (Lasso) विषादी ४ लिटर प्रतिहेक्टर ।
  • विषादी छरेको ४ हप्तासम्म माटो चलाउनुहुँदैन ।

क. बेजात तथा अमिल्दो बोट हटाउने

  • बेजात तथा अमिल्दो जातहरु बीउ उम्रेको २ देखि ३ दिनदेखि नै शुरु हुन्छ ।
  • उम्रिएको २ देखि ३ दिन भित्र बाली निरीक्षण गरी बेजात हटाउने गर्नुपर्छ।
  • खासगरी निम्न अवस्थामा बाली निरीक्षण गरी बेजात हटाउने कार्य गर्नुपर्छ ।
  • पहिलो धान चमरा आउनुअघि धान चमरा पूर्णरुपमा निक्लेपछि परागसेंचन (Pollination)हुने बेलामा घोगा लागेपछि घोगा छनौट गर्ने बेलामा

ख. धान चमरा हटाउने

उद्देश्य

जातीय शुद्धता कायम गर्न ।

मकैमा प्रायः जुँगा आउनुभन्दा ४ देखि ५ दिन पहिले धान चमरा आउँछ ।

भर्खर धान चमरा निक्लेको बेलामा बीज बृद्धि गरेको बाली निरीक्षण गरी अग्लो, होचो, रोग लागेको, घोगा टुप्पा तथा फेदतिर लागेको बोटको धान चमरा निकाल्नुपर्छ ।

धानचमरा हटाएको बोटबाट बीउ लिनुहुँदैन ।

धान चमरा हटाउँदा ध्यान दिनुपर्ने कुराहरु

धानचमरा परागकण झर्नु र फैलनु भन्दा पहिल्यै नै हटाउनुपर्दछ । देब्रे हातले धान चमराभन्दा तल झुण्डपात भएको ठाँउमा पूरा मुठीले समाती दाहिने हातले सम्पूर्ण धान चमरालाई समाती तान्नुपर्दछ यसो गर्दा धान चमरा सजिलै बाहिर आउँदछ ।

मकै दानामा १५ प्रतिशत चिस्यान भएपछि मकै भाँच्नुपर्दछ ।

कसरी थाहा पाउने ?
पात तथा मकैको खोस्टा सुकेको देखेर तर सधै प्रभावकारी हुँदैन । त्यसकारण, पाकेको नपाकेको छुटयाउन नछानीकन ४ देखि ५ घोगा लिई खोस्टा हटाई बीचको दानाको खोयापट्टीको टुप्पो कोटयाई हेर्दा कालोपत्र देखिए भाच्न योग्य मान्नुपर्दछ ।

क. बारीमा

बारीमा गई मकै भाँच्ने बेलामा निम्न अनुसारका घोगाहरुलाई बीउमा समावेश गर्नुहुँदैन ।

  • खोस्टाले खोयाको टुप्पो राम्रोसँग नढाकेको
  • कुहिएका घोगाहरु
  • ढलेका बोटका घोगाहरु
  • बोटको धेरै नै माथि टुप्पोतिर र ज्यादै तल लागेका घोगाहरु
  • रोग लागेका बोटका घोगाहरु
  • अग्ला, नराम्रा बोट भनी धान चमरा भाँचेका बोटका घोगाहरु

ख. खलियान आँगनमा

निम्न अनुसारका घोगाहरुलाई बीउमा समावेश गर्नुहुँदैन ।

  • जात अनुसार उल्लेख भएको दानाको रंग नभएमा हटाउने ।
  • घोगा कुहिने रोग लागेको हटाउने भएमा।
  • सरदरभन्दा ज्यादै सानो घोगा भएमा हटाउने ।
  • ज्यादै स–साना र राम्रोसग नपुष्टिएका दानाहरु भएको घोगाहरु हटाउने ।
  • बीउ राम्रोसँग सुकाउदा लामो अवधिसम्म भण्डारण गर्न सकिछ ।
  • बीउ सुकाउने खलियान राम्रो सफा र चिरा नपरेको हुनु पर्दछ ।
  • भण्डारण गर्नुभन्दा पहिले तीन/चार दिन घाम वा तातो हावामा सुकाउनु जरुरी हुन्छ ।
  • बीउ सुकाउन पुग्यो भनेर थाहा पाउन सुकाइराखेको थलोको विभिन्न ठाउँबाट बीउ झिकी टोकेर हेर्ने, यदि टोक्न गाह्रो र टोक्दा कटक्क आवाज आएमा बीउ सुकेको मान्नुपर्दछ ।
  • घोगा छनौट गरिसकेपछि दानालाई १० देखि १२ प्रतिशत चिस्यान हुने गरी राम्रोसँग सुकाउनु पर्दछ ।

 

  • राम्रोसँग सुकी सकेको बीउलाई बाहिरबाट हावापानी छिर्न नसक्ने भाँडोमा राखी भाँडोको मुख टाली थन्क्याउनुपर्दछ ।
  • बीउ थन्क्याउन मेटल बिन, माटोको भाँडो, बाक्लो प्लाष्टिक झोलाहरु अथवा स्थानीय स्तरमा उपलब्ध भकारी प्रयोग गर्न सकिन्छ ।
  • सुकाईसकेपछि बीउ ताततातै थन्क्याउनुहुँदैन, सेलाए पछि मात्र थन्क्याउनुपर्दछ ।
  • भण्डारण कोठा सफा सुघ्घर तथा हावा र प्रकाश लाग्न सकिने ठाउँको व्यवस्था गरिनुपर्दछ ।

सन्दर्भ सामग्री

मकै ज्ञान लहर, २०६९
राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम
रामपुर चितवन हाम्रो सम्पदा, २०६९, वर्ष १२ अङ्क ४
मकै विशेषाङ्क संकलन
कुलप्रसाद दवाडी
बाली विकास अधिकृत