सामान्य अर्थमा कौसी तरकारी खेती भन्नले खेती गर्ने जमिनको अभाब रहेको घना बस्ती भएका शहरी वा शहर उन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्नको लागि गरिने तरकारी,फलफूल तथा मसलाबालीको खेतीलाई बुझिन्छ । हाल आएर यस प्रबिधिको नेपालको शहरी क्षेत्रमा लोकप्रियता बढ्दै गएको पाईन्छ ।
कौसी खेति प्रविधि
- परिवारको इच्छा अनुसारको स्वच्छ एवं ताजा तरकारी तथा फलफूल आपूर्ति हुने
- दैनिक तरकारी तथा फलफूल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने
- दैनिक भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट मल निर्माण गरी बाताबरण प्रदुषण नियनत्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुने
- फुर्सदको समयको सदुपयोग हुने
- शारिरिक तथा मानसिक तन्दुरुस्ती मिल्ने
कौसी खेतीको लागि स्थानको छनौट
कौसी खेतीको लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसंग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरु उपयुक्त हुन्छन् :
घरको छत
घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने पदार्थहरू (Medium) जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।
घरको बरण्डा
पक्की घरमा घर अनुसार निकालिएका कौसीहरू (Balcony) मा उपयुक्त–आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।
घरको कौसी
कौसी वा बरण्डाको रेलिङ्ग
घर–कम्पाउण्डको पर्खाल
माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस,माछा प्याकिंग भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिका थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् । यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा आदि प्रयोग गर्नु बढी व्यावहारिक देखिन्छ । यी भांडाहरूको पिंधमा पानी निथ्रेर जाने स–साना प्वालहरू हुनु आवश्यक छ । खर्चको दृष्टिकोणले प्लाष्टिक थैला वा बोरा सबैभन्दा सस्तो पर्दछ । तर यो एक पटक मात्र प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस र सिमेन्टका संरचना महंगो पर्दछन् तर पटक पटक प्रयोगमा ल्याउन सकिन्छ ।
कौसी खेतीमा लगाउने बाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु :
- जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने
- छिटो उत्पादन दिने
- लामो समयसम्म उत्पादन दिने
- बोट धेरै नझाङ्गिने
कौसी खेतिका लागि उपयुक्त केही फलफूल तथा तरकारीहरु
खेती गरिने स्थानको हाबापानी तथा उपलब्ध संरचनालाई बिचार गरी कौसीमा निम्न प्रकारका फलफूल तथा तरकारी बालीहरु खेती गर्न सकिन्छ:
तलिका : कौसीमा खेती गर्न सकिने केही फलफूलहरु
फलफूलको प्रकार | फलफूल बाली |
पतझड फलफूल | अंगुर, अंजीर |
सदाबहार फलफूल | अम्बा, आम्रपाली आँप, मल्लिका आँप (कलमी गरिएका बिरुवा) |
सुन्तलाजात फलफूल | कागती, मुन्तला, उन्सु सुन्तला, जुनार (कलमी गरिएका बिरुवा) |
कमलो फलफूल | स्ट्रबेरी |
तालिका : कौसीमा खेती गर्न सकिने केही तरकारीहरु
तरकारी बाली | जात |
गोलभेंडा | मनप्रेकस, अभिनाश, मनिषा, सृजना, लगायत सिफारिस गरिएका अन्य जातहरु |
भण्टा | पुसा पर्पल लङ, नूर्की, जुम्ली स्थानीय आदि |
भेडे खुर्सानी | क्यालिफोर्निया वण्डर, बेल बण्डर |
खुर्सानी | ज्वाला,कर्मा ७४७, एन एस १७०१, अकबरे |
स्विसचार्ड | सुसाग, फोर्ड हुक जायन्ट |
रायो | खुमल चौडापात, खुुमल रातोपात, मार्फा चौडापात |
तीते करेला | पुषा दोमौसमी, कोयम्बटुर लङ्ग , पाली आदि |
काँक्रो | जापानीज ग्रीन लङ्ग, माइको ग्रीन लङ्ग, भक्तपुरे स्थानिय , मालिनी , निन्जा आदि |
लौका | स्थानिय, समर प्रलिफिक लङ्ग , एन एस ४०१ |
घिरौला | स्थानिय, पुषा चिल्लो, कान्तिपुरे, नारायणी |
जुकेनी | ग्रे कोट, ग्रिनबल,सोण्डो भी आदि |
काउली | काठमाण्खडौ लोकल ,खुमल ज्यापू,सिल्भर कप, ह्वाइट कप, स्नो मिस्टिक आदि |
बन्दा | टी ६२१, ग्रीन कोरोनेट आदि |
ब्राेकाउली | ग्रीन स्प्राउटिङ्ग, प्रिमियम क्रप आदि |
ग्याँठ गोभी | सम्राट, ह्वाइट भियाना,पर्पल भियाना, आदि |
सिमी | झाँगे, त्रिशुली (केन्टुकी वण्डर), चौमासे |
बोडी | मालेपाटन १, मिटर, खुमल तने,आकाश आदि |
रामतोरिया | अर्का अनमिका, पार्वती, जुली आदि |
प्याज | एग्री फाउन्ड डार्क रेड, रेड क्रियोल, एन ५३ |
सलगम | काठमाण्डौ रातो, पर्पल टप |
मुला | चलिस दिने, मिनो अर्ली, अल सिजन आदि |
यस बाहेक कौसीमा धनिया, ,लसुन, पालुंगो, जिरीको साग आदि जस्ता तरकारी बाली समेत लगाउन सकिन्छ ।
यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने वाली अनुसार उपयुक्त माटोको छनौट गर्न आवश्यक छ,। माटो उपयुक्त छैन भने पनि वजारमा उपलब्ध मधुमास (coco peat) तथा प्र्रांगारिक मलको प्रयोग गरी माटो सुधार गर्न सकिनाका साथै प्रांगारिक पर्दाथको उपलब्धता बढाइ माटोमा जैविक कृयाकलाप बढाउन सकिन्छ । माटो विरुवा अडिने आधार मात्र हो तसर्थ त्यसमा विरुवालाइ आबश्यक खाद्यपर्दाथ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने ब्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा बायुमण्डलीय नाइट्रोजनको मात्रा थप्न कोसेबालीको बाली चक्र अपनाएमा उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।
कौसीमा तरकारी उत्पादनको लागि माटो ब्यबस्थापनमा ध्यान दिनुपर्ने कुराहरु
- स्वस्थ्य र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई चालेर सफा गर्नुपर्दछ ।
- त्यसपछि गेगर नमिसिएको राम्रो बालुवा र राम्रोसंग पाकेको कम्पोष्ट मल वा गोवर मल वा जंगलमा पतिङर कुहिएर बनेको मल धुलो पारेर केलाई चाल्नाले अथवा जालीले चाल्नुपर्दछ ।
- २ भाग माटोमा एक भाग कम्पोष्ट मिसाउने यदि बालुवा नभएको माटो छ भने एक भाग बालुवा पनि मिसाउने
- भांडो वा संरचनामा समिश्रण भर्नुभन्दा पहिलो साना साना इटका टुक्रा वा गेगरले भाडोका प्वालको सतहसम्म पुग्ने गरी भर्नु पर्दछ ।
- प्लाष्टिकको थैला वा भाडोमा समिश्रण भर्दा गमला वा काठको बाकसमा समिश्रण पुरा नभरेर केहि ठाउँ खाली राख्नु पर्दछ ।
- प्लाष्टिक थैलामा दुई तिहाई मात्र समिश्रण भरेर एक तिहाई भाग उल्टाउदै लगेर समाउन सजिलो पार्नु पर्दछ ।
- भरेको समिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरूवा सार्नु पर्दछ ।
कौसी खेतीका लागि माटो छनौट गर्दा निम्न कुरामा ध्यान दिन आबश्यक हुन्छ
- माटोको प्रकार तथा लगाउने बालीको आबश्यकता
- माटोमा रहेको प्रांगारिक पर्दाथको अबस्था (सामान्यतया माटोको रंगलाई बिचार गरेर)
- माटोको अम्लियपना वा क्षारियपनाको अबस्था
- माटोबाट सर्ने रोग तथा कीराको अबस्था (पहिला भएको बाली तथा तिनमा लागेको रोग कीराको अबस्था बिश्लेषण गरेर)
कौसी खेती कम माटोमा सघन रुपबाट तरकारी खेती गरिने प्रबिधि भएकोले समुचित रुपमा मलखादको ब्यबस्थापन गर्न अत्याबश्यक हुन्छ । मलखादको प्रयोग गर्दा लगाईएको तरकारी बालीको किसिम, आबश्यक मलखादको मात्रा आदि कुरालाई ध्यान दिन आबश्यक छ अन्यथा अपेक्षित रुपमा उत्पादन लिन सकिदैन । कौसी खेतीको लागि खेर गएका सड्ने बस्तु कुहाई घरमै मल बनाउनाको साथै बजारमा उपलब्ध बिभिन्न प्रकारका प्रांगारिक मल तथा आबश्यकता खाद्यतत्व आपूर्ति गर्न रासायनिक मलको समेत प्रयोग गर्न सकिन्छ । कौसी खेती गर्दा मलखाद ब्यबस्थापन गर्दा कोसेबालीको प्रयोग तथा बालीचक्र प्रणालीको अबलम्बनमा ध्यान दिन आबश्यक छ ।
विरुवाका आवश्यक खाद्य तत्वहरुको अभावमा विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्वको अभावमा त्यस तत्वले गर्ने काम अर्को तत्वले गर्न सक्दैनन तथा ति तत्वहरुले विरुवाको वृद्धि तथा विकासमा सोझै असर पार्दछन तसर्थ विरुवाको समूचित खाद्यतत्व ब्यवस्थापनमा सदैव ध्यान दिन जरुरी हुन्छ ।
खाद्यतत्वको वर्गिकरणः
विरुवालाइ आबश्यक खाद्यतत्वको मात्राको आधारमा खाद्यतत्वलाइ निम्नलिखित तहमा बर्गीकरण गरिएको छ; प्राथमिक खाद्य तत्व : कार्वन ,हाइड्रोजन, अक्सिजन जुन हावा तथा पानीवाट प्राप्त हुन्छन् ।
मुख्य तत्व : नाइट्रोजन, फस्फोरस, पोटास जसको लागि रासायनिक तथा प्रांगारिक स्रोतको प्रयोग गर्नु पर्दछ ।
सहायक तत्वः क्याल्सियम, म्याग्नेसियम, सल्फर पोटास जसको लागि रासायनिक ,प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।
सुक्ष्म तत्व : सुहाग ,जस्ता, म्यागनिज ,मोलिब्डेनम , ताँवा ,क्लोरिन र फलाम पोटास जसको लागि रासायनिक , प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।
कौसी बारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता ,उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतया ४ देखी ६ जना परिबारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०–५० वटा गमला वा अन्य संरचनाहरु र २५–३० बर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ । कौसी खेती बिस्तार गर्न आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसले कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत विचार पुर्याउन आबश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरु प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धति(vertical system)मा खेती गर्न सकिन्छ ।
नाम |
बिरुवा |
लगाउने समय
|
प्रति बोट किलो ग्राम |
|
तराई, भित्री तराई, वा खोच बेसी |
मध्य पहाड |
|||
गोलभेडा |
५ |
असार– कार्तिक (भाद्र -चैत्र) |
फागुन– असार (बैशाख– असोजं) |
२ |
भन्टा |
५ |
चैत्र– असार (जेष्ठ– असोज) |
फागुन– असार (बैशाख– असोजं) |
३ |
राम तोरीया |
१० |
फागुन– बैशाख (बैशाख– भदौ |
बैशाख— जेठ (असार– भदौ) |
१ |
पिरो खुर्सानी |
५ |
१२ महिना (१२ महिना) |
माघ– असार (बैशाख– भाद्र) |
१ |
भेडे खुर्सानी |
५ |
असार– कार्तिक (भाद्र– चैत्र) |
फागुन– बैशाख (बैशाख– भाद्र) |
२ |
तितेकरेला |
२ |
पुस– बैशाख (चैत्र– भदौ) |
चैत्र —बैशाख (असार– असोज) |
३ |
स्विसचार्ड |
५ |
असोज– मंसिर (१२ महिना) |
१२ महिना (१२ महिना |
४ |
रायो |
१० |
असोज– मंसिर मंसिर– फागुन) |
भाद्र – पुस (असोज– फागुन) |
४ |
ब्रोकाउली |
१० |
असोज– मंसिर कार्तिक- माघ) |
भाद्र–पुस (कार्तिक– फागुन) |
१ |
सिमी |
१० |
भाद्र (असोज– कार्तिक) |
फागुन– चैत्र (बैशाख– जेष्ठ) |
२ |
स्क्वास |
४ |
माघ– फागुन बैशाख) |
फागुन– चैत्र (बैशाख– जेष्ठ) |
३ |
नोट : कोष्टभित्रको समयले उत्पादन दिन शुरुहुने समय जनाउँदछ ।
- गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ ।
- बोटलाई साना साना करिब १ मिटर लामो बांसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ ।
- लहरेबालीलाई डोरीको सहायताले बढन दिनु पर्दछ ।
- कौसीमा खेती गरिएका फलफुल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ ।
- बढी सुख्खा र बढी पानी हुन दिनु हुदैन । कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरूवा ओइलाउन थाल्दछ । त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ ।
कौसी खेतीमा रोग तथा कीरा ब्यबस्थापन
कौसी खेतीमा रासायनिक बिषादीको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ । परम्परागत तरिकाबाट तयार गरिएका बानस्पतिक विषादी प्रयोग गर्दा राम्रो हुन्छ । स्थानिय स्तरमा उपलब्ध खरानी, साबुन पानी, बकैनो, निम आदिको झोल प्रयोग रोग तथा कीराको प्रकोप कम गर्न सहयोगी हुन्छन् । मनव मुत्र र पशु मुत्र पनि प्रयोग गर्न सकिन्छ । केहि नलागेमा कम समयमै उडेर जाने र मानवको लागि सुरक्षित बिषादी सावधानीपूर्वक मात्र प्रयोग गर्नु पर्दछ ।यदि बिषादि प्रयोगै गर्ने हो भन विषादी छरे पछि तोकिएको समय सम्म फलफूल र तरकारी टिपेर खानु हुंदैन ।
रोग तथा कीरा नियन्त्रणका केही प्रभावकारी बिधिहरु
- खेती गर्ने प्रबिधिहरु बाट : यो तरिका सबभन्दा प्रभावकारी तरिकाको रुपमा लिन सकिन्छ जसमा निम्न लिखित तरिकाहरु पर्दछन् :
- घुम्तीबाली प्रबिधि (लगातार एउटै वालीको एउटै संरचनामा खेती नगर्ने, कोशे तरकारी फल तरकारी,जरे तथा सागपातलाइ बर्षेभरी मिलाएर रोप्ने )
- खेतबारीको सरसफाई (नियमित निरिक्षण गरी झारपात हटाउने)
- मिश्रीत बालीको खेती (काउलीसंग लसुन, प्याजआदि, भण्टासंग धनियाँ आदि )
- राम्ररी पाकेको गोबर, कम्पोष्ट मलको प्रयोग
- रोग तथा कीरा रहित माटो तथा बिरुवा हुर्काउने माध्यमको प्रयोग
- माटोभित्र बसी बोट बिरुवामा आक्रमण गर्ने रोग तथा कीरा ब्यबस्थापन
- खिर्रो, बनमारा , तितेपाती, केतुकीका पात र डाँठलाई मसिनो पारेर काटी जमिनमा मिसाउने यसले रातो कमिला, धमिरा, खुम्रे, फेद कटुवाको नियन्त्रणमा सहयोग गर्दछ ।
- चिउरीको पिना रातो कमिलाको लागि उपयोगी ।
- तोरीको पिना १०० केजी प्रति रोपनीको दरले राखी अदुवा लगाउँदा गानो कुहिने रोग कम ।
- असुरोको माटोमा छापो हाल्नाले फेद कटुवा र खुम्रे कम ।
- तितेपातीमा ब्याक्टेरिया, ढुसी तथा किटनाशक गुण हुन्छ ।
- बोटको बरिपरी मकैको पिठो छर्नाले फेद कटुवाले धेरै पिठो खाई पेट फुटेर मर्दछ ।
- सिस्नोको पात र मुन्टालाई १ः२ पानीमा १५ दिन कुहाउने र ३ भाग पानी मिसाएर माटोमा प्रयोग गर्दा रातो कमिला र खुम्रेमा प्रभाबकारी ।
- बकाईनोको १ केजी पात ५ लि पानीमा मिसाई छानेर बिरुवामा तत्काल प्रयोग गर्दा माटोका हानिकारक जिबाणुको नियन्त्रणमा धेरै सहयोग पुग्दछ ।
परिचय
यस समूह अन्तर्गत काउली, बन्दा, ब्रोकाउली,ग्याँठगोभी चाइनिज बन्दा आदि पर्दछन् । यस समूहका तरकारी वालीले चिसो मनपराउने हुँदा हिउँदयाममा घरको बरण्डा, छत तथा करेसावारीमा सजिलै यिनीहरुको खेती गर्न सकिन्छ । बजारमा तापक्रम सहन सक्ने हाइब्रिड जातहरु समेत उपलब्ध भएकाले यि बर्गका तरकारीहरुको बर्षा समयमा वाहेक अन्य समयमा समेत खेती गर्न सकिन्छ । काउलीलाइ तापक्रम सहने क्षमताका आधारमा अगौटे मध्यम तथा पछौटे जातमा विभाजन गरिएको पाइन्छ तसर्थ काउली लगाउँदा समय अनुसार उपयुक्त जातको छनौट गर्न जरुरी हुन्छ । यस बर्गका तरकारीहरु नर्सरीमा बेर्ना तयार गरेर बेर्ना करिव ४ पात आएपछि मात्र गमला वा अन्य संरचनामा तल सिफारिस दुरी अनुसार रोप्नुपर्दछ ।
काउली वाली समुहका तरकारीहरुका केही प्रचलित तरकारी खेती प्रविधि
क्र.सं |
वाली |
जात |
वीउ दर प्रति रोपनी |
लगाउनेसमय (Normal Season) |
दुरी (से.मी.) |
त्यार हुने समय दिन |
जतियगुण |
१ |
काउली |
सिल्भरकप ६०, कातिका, स्नोकिङ, ह्वाइटफ्लास, ह्वाइटकप |
२५ ग्राम |
श्रावण–भाद्र |
६०*५० |
५० –६५ |
सानो, हल्का पहेलो गोभी |
मिल्कवे, रामी, काठमाण्डाैलाेकल, खुमल ज्यापु |
|
भदौ–असोज |
६०*६० |
६०–७५ |
ठुलो क्रीमरंगको काठमाण्डौ लोकललाई तयार हुन करिव १२० दिन लाग्ने |
||
स्नोक्राउन, स्नोमिस्टीक |
|
असोज–मंसिर |
७५*६० |
७५–१२० |
कस्सीएको सेतो |
||
२ |
वन्दा |
ग्रीन क्रोरोनेट |
२५ ग्राम |
असार–भाद्र |
४०*४० |
७०–८५ |
तौल१–४ के.जी हुने |
ग्रीनस्टोन |
|
श्रावण–असोज |
४०*४० |
५५–६५ |
गोलों ०.५–१.५ के.जी हुने |
||
न्यु टप |
|
श्रावण–भाद्र |
४०*४० |
४५–५० |
गोलों १ के.जी हुने |
||
अल सीजन |
|
|
४०*४० |
७५–९० |
गोलो १–२ केजी हुने |
||
गोल्डन एकर |
|
भदौ–असोज |
४०*४० |
६०–७५ |
गोलो |
||
टी ६२१ |
|
भदौ देखी माघ |
४०*४० |
५५–६५ |
१ देखी १.५ के.जी तौल भएको गोलो फल तापक्रम सहन सक्ने |
||
३ |
ब्रोकाउली |
ग्रिन स्प्राउटिङ्ग |
२०–३०ग्राम |
असोज–कार्तिक |
६०*४५ |
६०–७५ |
पटक पटक टिप्न सकिने |
कालाब्रिज |
२०–३०ग्राम |
असोज–कार्तिक |
६०*४५ |
६०–७५ |
|
||
प्रिमियम कप |
२०–३०ग्राम |
असोज–कार्तिक |
६०*४५ |
६०–६५ |
मध्यम उचाई
|
||
४ |
ग्याँठ गोभी |
सम्राट, ह्वाइटभियना, पर्पलभियना |
२०–३०ग्राम |
असोज–कार्तिक |
४०*२५ |
६० |
|
५ |
चाइनिज बन्दा |
स्प्रींगसन ६० |
२०–३०ग्राम |
असोज–कार्तिक |
६०*४५ |
७५–८० |
सलादको रुपमा उपयुक्त
|
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
माटो
यस बर्गका तरकारी वालीहरुले पानी खप्न नसक्ने हुनाले प्रांगारिक पर्दाथ प्रशस्त भएको र पानी सजिलै निकास हुने दोमट माटो खेतीको लागि उपयुक्त हुन्छ । माटोको पि.एच. ५.५ देखी ६.५ सम्म भएको माटो खेतीको लागि उपयुक्त हुने हुँदा गमला वा अन्य संरचनामा माटोको मिश्रण भर्दा प्रशस्त गाइ बस्तुको मल (१ भाग मल र १ भाग माटोको मिश्रण) मिसाउँदा राम्रो उत्पादन हुन्छ । यदि माटो विना खेती गर्ने हो भने कोकोपिट तथा मलको १/१ भागकाे प्रयोगवाट गमला वा अन्य संरचनामा खेती गर्न सकिन्छ ।
वाली ब्यवस्थापन
यस बर्गका वालीहरु लगाएपछि वेला वेलामा गोडमेल तथा सिंचाइ दिने कार्य गर्नु पर्दछ । थप मलखाद विरुवाको अबस्था विचार गरेर मात्र दिनु पर्दछ । यदि झोलमलको प्रयोग १५ दिनको फरकमा गर्न सकेमा विरुवा स्वस्थ भइ उत्पादन बृद्धि हुन्छ । माटो विना खेती गरिएको छ भने विरुवाको अबस्था विचार गरी झोलको रुपमा प्रयोग गर्न मिल्ने मल तथा आबश्यकता अनुसार टेका समेत दिन जरुरी छ । संझनुपर्ने कुरा काउली , वन्दा तथा ब्रोकाउलीमा वोरोन तथा मोलिब्लेडनम तत्वको कमीको लक्षण देखापर्न सक्ने भएकोले उक्त तत्वहरु आबश्यकता अनुसार प्रयोग गर्न जरुरी छ । काउलीको मौसम अनुसार उपयुक्त जात छनौट गर्न नसकेमा काउलीखेती असफल हुने भएकोले काउलीका अगौटे, मध्य मौसमी र पछौटे जातलाइ उपयुक्त समयमा रोप्न जरुरी हुन्छ । ब्रोकाउलीको मुख्य उत्पादन लिइसकेपछि वरिपरीका हाँगावाट समेत उत्पादन लिन थप मलखाद दिन जरुरी हुन्छ ।
परिचय
यस समूहमा रायो, चम्सुर, पालुँगो, धनियाँ, स्वीसचार्ड, जिरीको साग लगायतका कमला पातहरु तथा सिंगै कमला वोटहरु काँचो सलादको रुपमा वा पकाइ खान प्रयोग हुने तरकारी वालीहरु पर्दछन् । यस बर्गका तरकारी वालीहरुको खेती चिसो समयमा सफलतापूर्वक गर्न सकिन्छ भने स्वीसचार्ड एकपटक रोपेपछि लामो समय सम्म उत्पादन लिन सकिन्छ । यस समूहमा पर्ने रायो,स्वीसचार्ड,जिरीको साग, सेलरी,पार्सलेको विरुवा नर्सरीमा तयार गरी रोपिन्छ भने धनिया,पाकचोइ, चम्सुर, पालुँगोको वीउ सिधै छरिन्छ ।
सागपातवाली समूहका केही प्रचलित तरकारी तथा खेती समय
क्र.सं |
वाली |
जात |
वीउ दर प्रति रोपनी |
लगाउने समय (Normal Season) |
दुरी (से.मी.) |
तयार हुने समय दिन |
जतिय गुण |
१ |
रायो |
खुमलचौडा, खुमलरातो, मार्फाचौडा मनकामना |
३० ग्राम |
भदौ–पुष |
३०*१५ |
६० –७० |
मार्फारायो र खुमल रातोमा ढिलो डुकु आउने भएकोले लामो समयससम्म उत्पादन लिन सकिने। |
२ |
पाकचोइ |
चोको, टेस्टीग्रिन |
५० ग्राम |
असोज–माघ |
३०*२० |
४० –५० |
टेस्टी ग्रिन हाइव्रिड उचाइ २०से.मीे., चोको जात बोट सिधा, पातहरु खँदिलो साथै चौडा, मोटो र हरियो रङ्गको पेटियल (Petiole) भएको हुन्छ
|
३ |
पार्सले |
पार्सले ग्रीनकार्पेट, सोइसिम |
८०० ग्राम–१२०० ग्राम |
असोज–कार्तिक |
३०*३० |
५०–६० |
खुला सेचित जात |
४ |
स्वीसचार्ड |
सुसाग |
२०० ग्राम |
बाह्रैमहिना |
४५*३० |
६०–७० |
पात गाढा हरियो, खुम्चिएको र डाँठ चौडा हुन्छ। लामो समय सम्म उत्पादन |
५ |
जिरीकोसाग (lettuce) |
ग्रीनवेभ, ग्रीनस्पान |
२५ ग्राम |
असोज–पुष |
४०*२५ |
५०–५५ |
खुल्लासेचितजात |
६ |
पालुंगो |
पाटने, अलग्रिन |
५०० ग्राम |
भाद्र–माघ |
३० *१० |
३०–५० |
खुला सेचित जात, पाटने पालुंगो उपत्यकामा प्रचलित |
७ |
चम्सुर |
स्थानिय |
५०० ग्राम |
बर्षेभरी |
३० *२–३ |
२०–३० |
|
८ |
धनिया |
कलमी, स्थानिय, लोटस |
५००–६०० ग्राम |
बर्षेभरी |
१५ *१० |
३०–३५ |
|
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
परिचय
यस समूहका तरकारी वालीहरुमा मुला, सलगम, गाजर, चुकन्दर लगायतका जरा तरकारीको रुपमा प्रयोग हुने वालीहरु पर्दछन् । यस समूहका तरकारी वालीहरु जमिन मुनि उत्पादन हुने हुनाले प्रयोग गरिने संरचनामा आबश्यक माटोको ब्यबस्था गर्न जरुरी हुन्छ । यस बर्गका तरकारी वालीहरु हिउँद याममा सफलता पूर्वक खेती गर्न सकिने भएतापनि मुलका केही जातहरु गर्मी समयमा समेत खेती गर्न सकिन्छ तर गर्मी समयमा लगाएको मुलामा
पिरोपनको मात्र वढी हुन्छ । यस बर्गका तरकारीहरुको सोझै वीउ रोपेर खेती गरिन्छ ।
जरे समूहका केही प्रचलित तरकारी तथा खेती समय
क्र.सं |
वाली |
जात |
वीउ दर प्रति रोपनी |
लगाउने समय (Normal Season) |
दुरी (से.मी.) |
तयार हुने समय दिन |
जतिय गुण |
१ |
मुला |
मिनोअर्ली |
२५०–३०० ग्राम |
भदौ–असोज |
४५ *२५ |
४०–४५ |
जरा सेतो, केही पिरो साथ गुलियो स्वाद भएको, छिटो तयार हुने |
|
|
प्युठाने रातो |
२५०–३०० ग्राम |
भदौ–असोज |
४५ *२५ |
७०–८० |
ढिला तयार हुने, स्वाद मन्द पिरो |
|
|
चालिस दिने |
२५०–३०० ग्राम |
भदौ–असोज |
४५ *२५ |
३५–४५ |
छिटो तयार हुने, जरा गुलियो र सेतो |
|
|
टोकिनासी |
२५०–३०० ग्राम |
भदौ–असोज |
४५ *२५ |
५०–५५ |
तापक्रम सहन सक्ने पछौटे जात |
|
|
अलसिजन ह्रवाइट |
२५०–३०० ग्राम |
भदौ–असोज |
४५*२५ |
७० |
हाइव्रिड जात, गर्मी समयमा समेत खेती गर्न सकिने |
२ |
सलगम |
काठमाण्डौ रातो |
२०० ग्राम |
भदौ–असोज |
३०*२० |
६०–७० |
रातो रंगको,स्वादिलो |
|
|
पर्पल टप |
२०० ग्राम |
भदौ–असोज |
३०*२० |
६०–७० |
जमिन माथिको भाग प्याजि तथा हल्का नीलो |
३ |
गाजर |
न्यूकुरोदा, नान्टिसफोर्टो |
२५०–३०० ग्राम |
भदौ–असोज |
४५*१० |
९०–१०० |
नान्टिसको जराको भित्रि र बाहिरी भाग सुन्तला रङ्गको,
जरा १५ देखी २० से.मी लामो न्यूकुरोदाको जरा १२ देखी १५ से.मी लामो हाइब्रिड जात |
४ |
चुकन्दर |
मधुर |
२५०–३०० ग्राम |
भदौ–मंसिर |
३०*२० |
६०७० |
खुला सेचित जात |
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
परिचय
यस समूह अन्र्तगत प्याज , लसुन , लिक आदि पर्दछन् । यस बर्गका तरकारीहरुको चिसो मौसमा खेती गरिन्छ । यिनिहरुलाइ शुरुको समयमा वढी मात्रामा पानीको आबश्यकता पर्दछ । यस बर्गका तरकारीहरु मध्ये प्याजको विरुवा जमाएर खेती गरिन्छ भने लसुन लिक आदिको वीउ रोपेर खेती गरिन्छ ।
गानो समूहका केही प्रचलित तरकारी तथा खेती समय
क्र.सं |
वाली |
जात |
वीउ दर प्रति रोपनी |
लगाउने समय (Normal Season) |
दुरी (से.मी.) |
तयार हुने समय दिन |
जतिय गुण |
१ |
प्याज |
नासिक ५३ |
४००–५०० ग्राम |
कार्तिक–पुष |
१५ *१० |
१६० –१६५ |
रातो रंगको दाना मध्यम पिरो |
|
|
रेडक्रियोल |
४००–५०० ग्राम |
कार्तिक–पुष |
१५ *१० |
१६० –१८० |
गाढा रातो दाना |
|
|
नुवाकोट स्थानीय |
४००–५०० ग्राम |
कार्तिक–पुष |
१५*१० |
|
सानो चकलेट रंगको दाना भण्डारण क्षमता राम्रो |
२ |
लसुन |
स्थानिय |
२०–२५ के.जी. |
कार्तिक–पुष |
१५*१० |
|
|
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
माटो
यस बर्गका तरकारीहरुको लागि प्रांगारिक पर्दाथ प्रशस्त भएको,खुकुलो तथा पानीको सहज ब्यबस्थापन हुन सक्ने माटो उपयुक्त हुन्छ । यदि माटोको मिश्रणमा खेती गर्ने हो भने पि.एच. ५.८ देखी ६.५ सम्म उपयुक्त हुन्छ । प्याजको तथा लसुनको साग उत्पादनको लागि माटोविना पनि खेती गर्न सकिन्छ ।
वाली ब्यबस्थापन
गोडमेल तथा सिंचाइ कार्य अत्याबश्यक छ । वाली अवधिभर ५ पटकसम्म सिंचाइ दिन आबश्यक। स्टाइरोफोम वा काठका वाकस वा गमलामा रोप्न सकिने ।
संझनुपर्ने कुरा
साग खानको लागि बर्षा समय वाहेका अन्य समयमा लगाउन सकिए तापनि गानो वनाउन मंसिर पुषमा लगाउन सकिने । प्याजको आषाढमा बेर्ना जमाएर दशै तिहारमा वेमौसमी उत्पादन समेत गर्न सकिने जसको लागि एग्री फाउण्ड डार्क रेड र वेमौसमी १ जात उपयुक्त हुने ।
परिचय
यस समूह अन्र्तगत तने वोडी, ध्यु सिमी, बकुल्ला र केराउ पर्दछने । वाली चक्र प्रणाली अनुसार खाद्यतत्व ब्यबस्थापनमा यस बर्गका वालीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस बर्गका प्रायजसो तरकारी वालीलाइ थाँक्रोको आबश्यकता पर्ने हुनाले रेलिंग, पर्खालको छेउ वा कौसीको कुनामा लगाउन उपयुक्त हुने । केराउ तथा बकुल्लालाइ चिसो हावापानी आबश्यक पर्दछ भने अन्यलाइ गर्मी हावापानी आबश्यक पर्दछ ।
केही प्रचलित कोसे तरकारी तथा खेती समय
क्र.सं |
वाली |
जात |
वीउ दर प्रति रोपनी |
लगाउने समय (Normal Season) |
दुरी (से.मी.) |
तयार हुने समय दिन |
जतिय गुण |
१ |
केराउ |
सिक्किम लोकल सिक्किम ३ आर्केल |
४ के.जि. |
असोज–कार्तिक |
४५ *१५ सिक्कीम, ३०*१५ आर्केल |
६० –६५ आर्केल लोकल १ ०५ –११० |
आकेल अगौटे, लोकल पछौटे जात |
२ |
घिउसिमी |
त्रिशुली |
२–३ के.जि. |
माघ–बैशाख |
१२०*३० |
६० –७० |
लहरा जाने, कोसा २० देखी २५ सेमी दाना कफि रंगको, फूलको रंग सेतो |
चौमासे |
२–३ के.जि. |
माघ–बैशाखसाउन–भदौ |
१२० *३० |
६० –६५ |
लहरा जाने, कोसा १५ देखी २० सेमी दाना कालो रंगको, अन्य सिमीको तुलनामा उत्पादन वढी।फूलको रंग बैजनी |
||
झाँगे सिमी |
३ के.जि. |
माघ–बैशाख |
५०*३० |
५० |
लहरा नजाने, कोसा १५ से.मी लामो |
||
३ |
वोडी |
माले पाटन १ |
१–१.५ के.जी. |
फाल्गुन–भाद्र |
६०*३० |
६५ –७० |
थाँक्रो दिनु नपर्ने, कम रेशा भएको, कोशा २१ देखी २५ से.मी लामो |
खुमल तने |
२ के.जी. |
माघ–बैशाख साउन–भदौ |
१२०*२० |
६० –७० |
वीउ खैरो हुने, लहरा जाने, कोसा लामो तथा नरम |
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
माटो
सबै किसिमको माटोमा खेती गर्न सकिने भएतापनि पानी नजम्ने दुमट माटो खेतीको लागि उपयुक्त । माटो विना पनि टेका दिएर फलाउन सकिने तर तले प्रणालीको लागि लहरा जाने प्रजातिहरु त्यति उपयुक्त नहुने ।
वाली ब्यबस्थापन
गोडमेल, सिंचाइ, थाँक्रा दिने तथा विरुवाको अबस्था हेरी थप मलखाद दिने कार्य अत्याबश्यक छ । बोट भिज्ने गरी झोलमलको प्रयोग १५ दिनको फरमा गर्दा रोग कीराको प्रकोप कम हुनाको साथै उत्पादन बृद्धि हुन्छ । माटो विना पनी गमला लगायतको संरचनामा खेती गर्न सकिने ।
संझनुपर्ने कुरा
वाली चक्र प्रणालीमा कोसेवालीको महत्वपूर्ण भूमिका भएकोले अन्य वाली लगाएपछि उक्त संरचनामा कोसेवाली लगाउँदा फाइदा पुग्ने ।
परिचय
यस अन्र्तगत काँक्रा, फर्सी, जुकेनी, करेला, घिरौला, लौका, स्कुस, चिचिन्डा आदि जस्ता गर्मी मन पराउने तरकारीहरु पर्दछन् । यस समूहका तरकारीहरुको जरा लामो जाने भएकोले सोही अनुसार संरचना ब्यबस्थापन गर्न जरुरी हुन्छ । कोैसी लगायतका स्थानमा कम लहरा जाने तथा छिटै फल दिने जुकेनी तथा हाइब्रिड काँक्रा, घिरौला, करेला र लौका खेती गर्न सकिने तर लहरे वाली खेती गर्दा कौसी वा करेसावारी वा वालको एक कुनामा खेती गर्दा राम्रो हुने । माटो विना पनि यस बर्गका तरकारीहरुको खेती गर्न सकिने ।
जातहरु तथा खेती गर्ने समय
क्र.सं |
वाली |
जात |
वीउ दर प्रति रोपनी |
लगाउने समय (Normal Season) |
दुरी (से.मी.) |
तयार हुने समय दिन |
जतिय गुण |
१ |
काँक्रो |
भक्तपुर लोकल, मालिनि, निन्जा, कुसुले |
१२५ ग्राम |
बैशाख–जेठ |
लोकल जातलाइ २ मी * १ र हाइब्रीड लाइ १ * १ मी |
विरुवा रोपेको करिव ४५ दिन वाट |
हाल बजारमा धेरै उत्पादन दिने पार्थिनाेकार्पिक जातहरु समेत उपलब्ध |
२ |
फर्सी |
मुन्टा खाने, सोनार तथा लोकल |
१०० ग्राम. |
चैत्र–आषाढ |
२*१.५ मुन्टा खाने १*१ मीटरमा |
मुन्टा तयार बेर्ना रोपेको करिव ४० दिनबाट ,फल करिव डेढ महिनावाट |
|
३ |
जुकेनी |
ग्रेकोट, ग्रिनबल, सोन्डोभि |
२०० ग्राम |
माघ–चैत्र |
१ मी * ५० से.मी. |
४५ –६० दिनवाट |
|
४ |
घिरौला |
न्यु नारायणी, कान्तिपुरे, लक्ष्मी |
५० ग्राम |
चैत्र–जेठ |
२ मी * १मी |
५० दिनबाट |
|
५ |
करेला |
पाली, हरियो, संबृद्धि |
५० ग्राम |
चैत्र–आषाढ |
१मी * १मी |
४५ दिनवाट |
|
६ |
लौका |
एनएस ४२१, कावेरी, लोकल |
१०० ग्राम |
चैत्र–जेठ |
२मी * १मी |
४० –५० |
|
सम्झनुपर्ने कुरा
लहरे तरकारी गर्मी समयमा रोपिने तरकारी भएतापनि बेमौसमी खेती गर्दा फाल्गुन महिनावाट गरेमा पोथी फूलको संख्या वढी उत्पादन समेत बढ्ने हुन्छ । काँक्रा लगायतका लहरे तरकारीमा पानीको अभाव लामो समयसम्म भएमा तितोपनाको मात्रा बढ्दछ ।
परिचय
कौसीमा कमलो फलफूल जस्तै स्ट्रवेरी र कम फैलिने तथा छिटै उत्पादन दिने फलफूलहरु जस्तै कलमी गरि विरुवा तयार गरिएका कागती, मुन्तला, उन्सु सुन्तला, आम्रपाली आँप, मल्लिका आँप, होचा जातका मेवा आदि फलफूलहरुका विरुवालाइ ठुला साइजका गमला, ड्रम आदिमा खेती गर्न सकिन्छ । यसरी खेती गर्दा वेला वेलामा संरचनाहरुको परिवर्तन ( बर्षमा एकपटक साना गमलावाट ठुलामा सार्ने ) आबश्यकता अनुसार तालिम तथा
काँटछाँट र मलखाद दिने कार्य गर्न जरुरी हुन्छ । आँप र मेवालाइ तुसारोवाट जोगाउन जरुरी हुन्छ । वोटको उचाइ कम गर्न खुल्ला केन्द्रीय प्रणालीवाट तालिम गर्न सकेमा वरिपरीवाट धेरै हाँगाहरुको विकास गरी सहायक हाँगाहरुको बृद्धि विकास हुन्छ । यि फलफूलहरुलाई कोकोपिटको मिडियामा समेत खेती गर्न सकिन्छ । यिनिहरुको जराले अत्याधिक पानी सहन सक्दैनन् तसर्थ उचित सिंचाइ तथा निकासको ब्यवस्था गर्न जरुरी हुन्छ ।
केही प्रचलित फलफूल तथा खेती समय
क्र.सं |
वाली |
जात |
कैफियत |
१ |
स्ट्रवेरी |
|
लाइन देखी लाइन ६० से.मी र वोट देखि वोट ३० से.मी |
२ |
आँप |
आम्रपाली, मल्लिाका |
प्रति संरचना १ वोट |
३ |
मेवा |
रेडलेडी, पुषाडवार्फ,
|
प्रति संरचना १ वोट |
४ |
कागती |
स्थानिय, सुनकागती १ र २ |
प्रति संरचना १ वोट |
५ |
सुन्तला |
उन्सु |
प्रतिसंरचना १ वोट |
६ |
मुन्तला |
|
प्रति संरचना १ वोट |
७ |
अंगुर |
मस्कट वेली ए, हिमरड, स्टुवेन , क्योहो |
प्रति संरचना १ वोट |
८ |
अंजिर |
|
प्रति संरचना १ वोट |
९ |
अम्वा |
वेदाना, रातो गुदी भएको, स्थानिय, के.जी.१ |
प्रति संरचना १ वोट |
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो कलमी गरिएका उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
सम्झनुपर्ने कुरा
फलफूलमा थप मलखाद, तालिम तथा काँटछाँट, विरुवाको उमेर अनुसार संरचना परिवर्तन गर्ने कार्य । यस बर्गको स्ट्रवेरी जस्तो कमलो फललाई सानो संरचना तथा तले प्रणालीमा सजिलै खेती गर्न सकिन्छ ।
परिचय
यस तरकारी वाली अन्तर्गत नेपालमा खेती हुने तरकारीमा गोलभेडा, भन्टा, खुर्सानी र रामतोरिया पर्दछन् । यस प्रकारका तरकारी वालीले गर्मी मन पराउँदछन् । यस प्रकारका तरकारीहरुको प्राय खेती बर्षा याममा गरिने हुनाले खेती गरिएका संरचनामा पानी जम्न नदिने तथा विरुवालाइ पानीवाट जोगाउन सकेमा लामो समयसम्म उत्पादन लिन सकिन्छ । यस समुहका भिण्डी वाहेक सबैको वेर्ना जमाएर विरुवा सारी खेती गरिन्छ । यस समूहका प्राय तरकारीहरुलाइ तालिम तथा काँटछाँटको आबश्यकता पर्दछ ।
केही प्रचलित फल तरकारी तथा खेती समय
वाली |
जात |
वीउ दर प्रति रोपनी ग्राम |
लगाउने समय |
दुरी (से.मी.) |
तयार हुने समय दिन |
जतिय गुण |
गोलभेडा |
सृजना, मनिसा, अबिनास, सुरक्षा, विनसारी, मनप्रेकस, लप्सीगेडे आदि |
५ -७ | पहाडमा चैत्र देखी असार तराइमा भाद्र | हाेचो बाेट हुने ४० से.मी. अग्लो बोट हुने जात ५० देखी ६० से.मी. | विरुवा रोपेको लगभग २ महिनावाट ,पानि तथा चिसोबाट जोगाएमा ६ महिनासम्म उत्पादन लिन सकिने | सृजनाको अग्लो वोट प्रति बोट ८ के.जि सम्म उत्पादन,अचारको लागि उपयुक्त । विनसारी तथा मनिसा सलादको लागि उपयुक्त । मनप्रेकस तथा लप्सीगेडे बर्षा समयमा कम पानी पर्ने ठाउँमा खुला खेती गर्न सकिने बोट मध्यम उचाइकाे तरकारी तथा अचारको लागि उपयुक्त |
खुर्सानी |
एनएस १७०१ |
५० |
चैत्र– आषाढ |
४५ *३० |
७५ देखी ८५ दिन |
हाइब्रिड जात, करिव १ मी सम्म अग्लो वोट। अत्याधिक फल लाग्ने |
कर्मा ७४७ |
५० |
चैत्र– आषाढ |
४५*३० |
७० दिन |
हाइब्रिड जात, करिव ८० से. मी सम्म अग्लो वोट |
|
ज्वाला |
५० |
चैत्र– आषाढ |
४५ *३० |
६०– ७०दिन |
लामो फल, हरियो फल पाके पछि रातो हुने। वोट ४० देखी ४५ से.मी अग्लो र झाँगिने। |
|
अकवरे खुर्सानी |
स्थानिय |
२५ग्राम |
चैत्र– आषाढ |
१००*५० |
१०० |
कम वियाँ भएको, बास्नादार र खाँदा पेट नपोल्ने केही डल्लो आकार, पहाडी भागमा लामो समय उत्पादन दिने |
भेडे खुर्सानी |
क्यालि फोर्निया वण्डर |
५० –७५ |
माघ– फाल्गुन |
६०* ४५ |
६०–९० |
गाढा हरियो फल, वोटको उचाइ ७० देखी ७५ सेमी, फलको तौल २०० ग्राम |
इन्द्रा | ५० ग्राम |
माघ– फाल्गुन |
६०* ४५ | ६०–९० | अग्लो बोट तथा राम्रो उत्पादन | |
भण्टा |
नुर्की |
२५–३०
|
माघ– फाल्गुन |
६०*४५ |
६०–६५ |
मध्यम वोट, डाँठ र पात गुलावी, १५ देखी २० से.मी लामो ४ देखी ५ फल प्रति झुप्पा |
अर्का केशव |
२५–३० |
माघ– फाल्गुन |
६०*४५ |
७०–७५ |
हाइब्रिड जात, वोटको उचाइ ५० देखी ६०से.मी |
|
पुषा पर्पल लंग |
२५–३० |
माघ– फाल्गुन |
६०* ४५ |
५०–६० |
वोटको उचाइ ५० देखी ६० से.मी र २५ देखी ३० सेमी लामो फल |
|
रामतोरिया |
अर्का अनमिका |
७५० |
चैत्र– साउन |
६०*३० |
६०–७० |
खुला सेचित जात |
पर्वती |
७५० |
चैत्र– आषाढ |
५०*२० |
५०–६० |
राम्रो उत्पादन दिने अगौटे जात। भाइरस सहन सक्ने |
|
जुली |
७५० |
चैत्र- आषाढ |
५०*२० |
५०–६० |
राम्रो उत्पादन दिने जात, भाइरस सहन सक्ने |
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
माटो
यस बर्गका तरकारी खेतीको लागि पानी नजम्ने बलौटे तथा दोमट माटो उपयुक्त हुन्छ । माटोको पि.एच ६ देखी ७ सम्म भएको माटो खेतीका लागि उपयुक्त हुन्छ । यस बर्गका तरकारी वालीहरु लामो समय सम्म उत्पादन दिने वाली भएकाले समूचित मलखाद ब्यबस्थापनमा ध्यान दिन जरुरी छ । स्थानिय तरीकावाट तयार गरीएको झोलमल १० दिनको फरकमा प्रयोग गर्न सकेमा उत्पादन बृद्धि हुन्छ । यस बर्गका तरकारीहरुलाइ माटो विना खेती गर्न सकिन्छ ।
वाली ब्यवस्थापन
यस बर्गका तरकारीहरुलाइ तालिम काँटछाँट र टेकाको समेत ब्यबस्था गर्न जरुरी हुन्छ । यस बर्गका तरकारीहरुमा बिशेष गरी गोलभेडा, भेडे खुर्सानी, अकवरे खुर्सानी र भण्टाका अनाबश्यक मुला वेला वेलामा निरिक्षण गरी हटाउन तथा उत्पादन हुदै गएपछि थप मलखाद दिन जरुरी हुन्छ । यस बर्गका तरकारीहरुमा पानीको मात्रा वढी भएमा जरा कुहिने समस्या देखापर्ने हुँदा पानीको उचित ब्यबस्थापन तथा बर्षा याममा खेती गर्न प्लाष्टिकको छाना आबश्यक पर्दछ । यस बर्गका तरकारीहरुमा सुक्ष्म तत्वहरु बोरोन, क्याल्सियम लगायतको कमीका लक्षण देखापर्न सक्ने भएकोले आबश्यकता अनुसार सुक्ष्म तत्व समेत दिन जरुरी हुन्छ ।
संझनुपर्ने कुरा
टेका दिने कार्य,मुना हटाउने कार्य र लामो समय सम्म उत्पादन लिन बर्षायाममा पानीवाट जोगाउने कार्य यस बर्गका तरकारीका लागि महत्वपूर्ण कार्य हाे ।
तरकारी तथा फलफूलको उपयुक्त अबस्थाको विचार गरी टिप्नु पर्दछ । फल ठुलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ । तसर्थ टिप्न योग्य अबस्थाको विचार गरी टिप्दै जानु पदर्छ ।
तालिकाः केही तरकारी वालीको टिप्ने समय
तरकारी |
टिप्ने समय |
तरीका |
गोलभेडा |
टाढाको बजारमा लैजाने भए भेट्नो सहित छिप्पेको अबस्थामा टिप्ने (गोलभेडालाई काट्दा भित्रको बियाँ नकाटिएमा छिप्पेको भनेर जान्ने) नजिकको बजारमा लैजान पहेलो रंग चढेपछि लैजाने |
कैचीको सहायताले भेट्नो सहित |
काउली |
फूल कस्सिएको अबस्थामा |
फुल छोपिने गरी केही पात राखेर धारिलो हतियारले |
काँक्रो |
फुलफुलेको साधारणतया |
१५–२० दिन पछि केही भेटेनो राखेर कैचीले |
बन्दा |
पुष्ट तथा साह्रो अबस्था |
कैचीको सहायताले |
सिमी |
बिकसित भएको अपरिपक्ब अबस्था |
कैचीको सहायताले |
करेला |
िबकसित भएको अपरिपक्ब अबस्था |
कैचीको सहायताले |