स्याउ खेती प्रबिधि

 स्याउको उत्पति दक्षिण–पश्चिम एसिया, पूर्वी युरोप र दक्षिण–पश्चिम साइवेरीयामा भएको मानिन्छ । नेपालका केही भागहरुमा पनि स्याउका जंगली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाईने ईडिमयल (Edimayal) र सुर्खिलो (Surkhilo) जस्ता बनस्पतिहरु विकसित स्याउका जंगली नातेदारको रुपमा लिन सकिन्छ
नेपालमा सन् १९३७ श्री ३ चन्द्र शम्सेरको पालामा जापान र इटालीवाट स्याउका केही वोट ल्याएर छाउनी, बालाजु र गोदावरीमा लगाइएको भेटिन्छ  । नेपालमा स्याउ खेतीको विकासको प्रयास भने वि.सं. २०१९–२०२१ को दोश्रो तीन वर्षीय योजना अवधिमा कीर्तिपुर, दामन, रसुवा, बैतडी आदि ठाउंमा वागवानी फार्महरु स्थापना भएपछि मात्र शुरु भएको र त्यस योजना अवधिमा भारत लगायत अन्य विभिन्न देशवाट उन्नत जातका स्याउका विरुवाहरु ल्याएर खेती गर्न शुरु गरिएको पाईन्छ । आ.ब. २०६८/६९ सम्ममा नेपालको १०९२६ हेक्टर क्षेत्रफल स्याउले ढाकेको र जसमध्ये ५६७४ हेक्टरबाट ४८९४६ मे.टन उत्पादन भएको पाईन्छ । नेपालमा स्याउको सरदर उत्पादकत्व ८.६३ मे.टन प्रति हेक्टर रहेको छ  ।
नेपालको जुम्ला, मनांग, मुस्तांग,डोल्पा, मुगु, कालीकोट र हुम्ला लगायतका जिल्लाहरुमा  ब्यबसायिक रुपमा स्याउको खेती हुदै आएको छ ।   

    स्याउको ब्यबसायिक खेतीको लागी १००० देखि १५०० घण्टा ७सेल्सियस भन्दा कम तापक्रमको आबश्यकता पर्दछ । नेपालमा समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाई भएको स्थानमा स्याउ खेती गर्न सकिन्छ । स्याउको बोटको सक्रिय वृद्धि विकास  हुन २१देखि २४ सेल्सियस औषत तापक्रमको आवश्यकता पर्दछ । स्याउको फुल फुलेको अवस्थामा कम तापक्रम, बर्षा, हिमपात र बादल भई रहेमा परागसेचन प्रक्रियालाई निकै बाधा  पुगी फल उत्पादन घट्दछ ।
      स्याउ फलको वृद्धि विकास हुन प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ तसर्थ जेठ देखी भाद्र सम्म घमाईलो दिन भएमा फलको राम्रो बृद्धि बिकास हुन्छ । फलमा रंग आउनको लागी एन्थोसायनिन नामक रसायन बन्नुपर्ने हुन्छ जसको लागि घामको आवश्यकता पर्दछ । साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागी उत्तर पुर्वी मोहडा र सो भन्दा माथीको उचाई भएको स्थानमा दक्षिण पश्चिमी मोहडा स्याउ खेतिको लागी उपयुक्त हुन्छ ।
 स्याउ खेतीको लागि असिना र फूल फुल्ने समयमा तुषारो पर्न हुर्देन । स्याउको राम्रो गुणस्तरीय फल उत्पादनको लागी बार्षिक २०० देखि २५० मिलि मिटर बर्षा जुन चैत्र देखि भदौ सम्म बराबर हिसाबले  परेको हुनु पर्दछ ।  स्याउको फलको बृद्धि बिकासको समयमा माटो सुख्खा हुन हुदैन अन्यथा फलको साईज घटने, फलको संख्या घटने र जेष्ठ अषाढमा (जून ड्रप) साना फल अत्यधिक मात्रामा झर्दछ । धेरै हावा चल्ने स्थानहरुमा गुणस्तरिय स्याउ उत्पादन गर्न  गाह्रो हुन्छ ।

      

 

 पानीको निकास र मलिलोपन भएको प्राय सबै किसिमको माटोमा स्याउ खेती गर्न सकिन्छ । दोमट माटो, प्रांगारिक पर्दाथ प्रशस्त भएको, कम्तिमा ३० से.मी. सम्म माथिल्लो सतहको माटो (टप सोइल )भएको, र पि.एच ५.५ देखि ६.५,  पानी नजम्ने माटो स्याउ खेतीको लागि उपयुक्त हुन्छ

स्याउका जातलहरुलाई फूल फुल्न र फल्न आबश्यक पर्ने चिसोको (चिलिंग आवश्यकता आधारमा ३ प्रकारमा बर्गीकरण गरिएको छ:

क) बढी चिसो आवश्यक पर्ने जातहरु
बढी चिसो आवश्यक पर्ने जातहरु (high chiling cultivar))लाई सुषुप्त अवस्था वाहेक फूल लाग्न र कोपिला फक्रन १,००० घण्टा भन्दा बढी ७ डिग्री भन्दा कम तापक्रम भएको समय चाहिन्छ । यस्तो जातका स्याउमा आवश्यक चिस्यान पुगेको खण्डमा मात्र राम्ररी कोपिला फक्रिने, फूल फूल्ने र फल लाग्ने गर्दछ । नेपालको २००० देखि ३००० मिटर सम्म उचाईको उच्चपहाडी भागमा यस्ता जातहरु लगाईन्छ । जस्तै

१. रेड डेलिसियस( red delicious)
यसको फल भाद्र महिना  देखि कार्तिकको विच सम्म टिप्न सकिन्छ । यस जातको बोट ठूलो हुन्छ भने हंँगाहरु माथितिर बढेका र पातला हुन्छन्,। यस जातको स्याउको फल रातो धर्साहरु भएको मझौला देखि ठूलो आकार सम्मको हुन्छ । यो आफैमा परागसेचन क्रिया गर्न सक्ने भएपनि अरु परागसेचन कर्ता जातहरु पनि लगाउनु पर्दछ ।वर्षै पिच्छे फल्ने (regular bearer)र भदौ महिनाको अन्त्यतिर पाक्न शुरु गर्ने जात हो ।  यो जात उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।

२. रोयल डेलिसियस(Royal Delicious)
बोट ठूलो हुन्छ र हांगाहरु सिधा माथितिर बढेका हुन्छन् । यो पनि वर्षै पिच्छे फल्ने (regular bearer) जात हो । यस जातको स्याउको फल भदौ महिनाको दोश्रो हप्ता देखि पाक्न शुरु गर्दछ । यो जात उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।

३. गोल्डन डेलिसियस (Golden delicious)
डेलिसियस समूहका सबै जातहरुको लागि उत्तम परागकणकर्ता (best polinizer) को रुपमा यस जातको प्रयोग  गरिन्छ । यसको वोट मझौला खालको हुन्छ तर यसको हाँगा चारै दिशामा फैलिने खालको हुन्छ ।यस जातको स्याउको फल मझौला देखि ठूलो आकारको हुन्छ र भदौको महिनाको अन्त्तिम/आश्विनको पहिलो हप्तातिर पाक्न शुरु हुन्छ । यो जात स्याउ उत्पादन हुने सबै क्षेत्रमा लगाउन सकिन्छ ।

४. रिचा रेड (Richa Red)
हेर्दा झट्ट रेड डेलिसियस जस्तो  देखिए तापनि यसको फल अलिक ठुलो र गाढा रातो रङ्गको विचमा मसिना टिक टिक सेता थोप्लाहरु हुन्छन् ।रेड डेलिसियस भन्दा ८–१० दिन अगाडि पाक्न शुरु गर्दछ ।अन्य डेलिसियस जातमा भन्दा फलको रङ्गको विकास पनि चंँडो हुन्छ । यो उच्चपहाडी क्षेत्रको लागि सिफारिस गरिएको जात हो ।


५. रेड चिफ ( Red Chief)
यो ठूलो बोट हुने, घना फल लाग्ने र बढी उत्पादन दिने जात हो । भाद्रको पहिलो हप्तामा यसको फल पाक्न शुरु गर्दछ ।फल रोयल डेलिसियस संगै पाक्छ तर यसको फलको रङ्गको विकास रोयल डेलिसियसको भन्दा ८–१० दिन पहिले नै शुरु भएको हुन्छ । यो जातलाई उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।


६. जोनाथन (Jonathan)
यो तुलनात्मक रुपमा कम ठण्डा हुने ठाउँहरुमा पनि सफलताका साथ खेती गर्न सकिने जात हो । यस जातको स्याउको बोट मझौला खालको र केही लचकदार (flexible)हुन्छ ।फूल फूले पश्चात करिव १४०–१५० दिन सम्ममा अर्थात भाद्रको अन्तिम तिरवाट फल पाक्दछ र फलदिन करिव ४–६ वर्ष जति लाग्दछ ।जोनाथान जातको स्याउको फलको भण्डारण क्षमता निक्कै बढी हुन्छ ।


७. म्याकन्टस (Mc Intosh)
फल फल्नको लागी वढि चिसो आवश्यक पर्ने यस जातको वोट कडा खालको(Hardy) हुन्छ । प्रत्येक वर्ष फल दिने (Regular bearer) यो जातमा घना फल लाग्ने गर्दछ तसर्थ फललाई अनिवार्य छाँट्नु पर्दछ तर यसमा फल झर्ने समस्या पनि तुलनात्मक रुपमा बढी हुन्छ । यसका फलहरु भाद्र–आश्विनमा पाक्ने गर्दछन् |


८. वेल स्पर(Well Spur)
यो होचो वोट भएको घना फल लाग्ने जात हो । यसको फल रोयल डेलिसियस भन्दा १०–१५ दिन अगाडि पाक्दछ । उत्पादन क्षमता बढी हुनुका साथै यो जातलाई उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।


९. ग्रानि स्मिथ(Granny Smith)
पछौटे समुहमा पर्ने यो जातको फल असोजको अन्तिम हप्तातिर पाक्दछ ।नियमित रुपमा फल्ने भएता पनि यसको वोट अलिक ठूलो आकारको हुन्छ ।यो डेलिसियस समूको लागि राम्रो परागसेचनकर्ता (polinizer) जात हो ।स्याउ हुने सबै क्षेत्रहरुमा लगाउन सकिन्छ ।

१०. भांस डेलिसियस (Vance Delicious)
अगौटे समुहमा पर्ने यो जातको फल भाद्रको पहिलो हप्तामा नै पाक्न शुरु गर्दछ ।
बोट ठूलो आकारको तथा घना फल (Heavy fruiting)लाग्ने गर्दछ ।यसको उत्पादन क्षमता बढी हुन्छ र यो उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।

११. रेड स्पर (Red Spur)
यसको वोट रोयल डेलिसियस भन्दा दुई तिहाई सानो हुन्छ तर घना फल लाग्दछ ।भाद्रको शुरुमा नै फल पाक्न शुरु गर्दछ । यो बढी उत्पादन क्षमता भएको जात हो ।यो स्याउको उत्पादन हुने सबै क्षेत्रका लागि उपयुक्त जात हुन्छ ।

ख) मध्यम चिसो आवश्यक पर्ने जातहरु:
मध्यम चिसो आवश्यक पर्ने जातहरु(mild chiling cultivars)लाई ७ डिग्रि  से. भन्दा कम तापक्रम हुने समय(chilling period) ६०० देखि १,००० घण्टा सम्म आवश्यक पर्दछ । मध्यम चिसो आवश्यक पर्ने स्याउका जातहरुको खेती समुन्द्र सतहवाट १,५०० मिटर २,००० मिटर सम्म उचाई भएको मध्यपहाडी भागमा गर्न सकिन्छ । जस्तै
     १. क्रिस्पीन (Crispin)
यो जात गोल्डेन डेलिसियस र इन्डो जातको क्रसवाट निकालिएको हो ।वोट ठूलो, वलियो र चारैतर्फ फैलिएको हुन्छ । पछौटे समुहमा पर्ने यस जातको फल असोज/कार्तिक महिनामा पाक्दछ ।साधारण तापक्रम(room temperature) मा करिव ३ महिना सम्म राम्रो संग फल भण्डारण गर्न सकिन्छ

  २. रेड जुन(Red June)
अगौटे समुहमा पर्ने यस जातको फल श्रावणको अन्तिम हप्तामा पाक्दछ । साधारण तापक्रममा करिव २ हप्तासम्म भण्डारण गर्न सकिन्छ । यस जातलाई डेलिसियस जातका स्याउको लागी परागसेचनकार्ताको रुपमा लिन सकिन्छ । यो साधारणतया वर्ष विराएर फल्ने( Binneal bearing)खालको हुन्छ । यो जात छिटो पाक्ने हुनाले वजारमा राम्रो मुल्य पाउन सकिन्छ ।

     ३.कक्स अरेन्ज पिपिन( Cox's Orange Pippin)
यसको फलको वोक्रा अलिअलि  पहेलो र राता रंगको हुन्छ । आफैमा परसेचन क्रिया नहुने हुंदा यसलाई परागकणकर्ता (polinizer)जातको वोट आवश्यकता पर्दछ तर यसमा प्रत्यक वर्ष फल लाग्न सक्ने जातीय गुण हुन्छ । यसमा फल वाक्लो लाग्ने गर्दछ र भाद्रको शुरुमा नै पाक्न शुरु गर्दछ ।


     ४. किङ अफ पिपिन(King of Pippin)
फलको आकार मध्यम खालको र हल्का टुप्पो तर्फ चुच्चो हुन्छ । फलको वोक्रा चिल्लो, पहेलो–सुन्तला रङ्गको र रातो धर्साहरु छरिएको हुन्छ । यो अगौटे समुहमा पर्ने जात भएकोले श्रावण अन्तिम हप्ता तथा भाद्रको शुरु तिर पाक्न थाल्दछ ।यो जात वर्ष विराएर फल्ने भएता पनि फलेको वर्ष अत्याधिक फल्ने गर्दछ ।

कम चिसो आवश्यक पर्ने जातहरु:

कम चिसो आवश्यक पर्ने जातहरु (low chiling cultivar) लाई ७ डिग्री से. भन्दा कम तापक्रमको चिसो समय ४०० देखि ६०० घण्टा सम्म आवश्यक पर्दछ । नेपालको १,२०० देखि १,५०० मिटर उचाई भएको पहाडी क्षेत्रमा यस्ता जातका स्याउहरुको खेतीगर्न सकिन्छ । कम चिसो आवश्यक पर्ने स्याउका मुख्य जातहरु:
     १. अन्ना(Anna)
यसको फल मझौला देखि ठूलो, शंकु आकारको वोक्रा पहेंलो तर ३०–४० प्रतिशत भाग रातो रंङ्ग ढाकिएको हुन्छ । असारको तेश्रो हप्ता देखि फल पाक्न शुरु गर्दछ ।


  २. भेरिड(Vered)

यसको फल असारको दोश्रो हप्ता देखि पाक्न शुरु गर्दछ । फल रातो, गोलो, अलि अमिलो, मझौला आकारको हुन्छ । यसलाई न्यानो शितोष्ण क्षेत्रमा लगाउन सकिन्छ ।

     ३. ट्रपिकल व्युटी (Tropical Beauty)
फल मध्यम आकारको हुन्छ र पाक्दा रातो–सुन्तला रङ्गको देखिन्छ । गुदि नरम खालको तथा गुलियो स्वादको हुन्छ ।

 

वानस्पतिक प्रजनन् गरेर बेर्ना उत्पादन गर्नका लागि बेन्च ग्राफटिंग इनसिट्यू ग्राफ्टिङ र सुक्ष्म प्रजनन (micro propagation) विधि पनि अपनाउने गरिन्छ । स्याउको बेर्ना उतपादनका लागि अपनाइएको सबैभन्दा प्रचलित र सफल तरिका टङ्ग ग्राफ्टिङ हो । तयार भएको विजु विरुवमा टङ्ग ग्राफ्टिङ(tongue grafting) बिधिद्वारा (चित्र नं. १  देखी ३ ) माघ फागुन महिनामा  कलमी गर्ने प्रचलन  गरिन्छ भने यदाकदा साईड भिनियर बिधिद्धारा पनि स्याउको बिरुवा प्रशारण गर्ने गरिएको छ ।

चित्र १: टङ ग्राफ्टिङ को बिधि  

 चित्र २ ःटङ ग्राफ्टिङ  गरिएको स्याउ    

चित्र ३: टङ ग्राफ्टिङ बाट उत्पादित बिरुवा 

 चित्र ४: टङ ग्राफ्टिङ गरिएको स्थान ४ बर्ष पछि

स्याउको पुरानो बोटलाई पुन फल्ने बनाउन वा कुनै एउटा  स्थानिय जातको बोटमा अर्को उनन्त जात फलाउन, एउटै बोटमा धेरै जात फलाउन  टप बर्किङ्ग गरिन्छ (चित्र ५ र ६) ।

चित्र ५:स्याउमा टप बर्किङ गर्ने बिधि  

 

चित्र ६: टप बर्किङ गरिएपछिको अबस्था

विरुवा रोप्ने बिधि रोपिने जात, प्रयोग भएको विजु विरुवाको किसिम, माटोको उत्पादकत्व, रोपिने ठाउको हावापानी आदीको आधारमा फरक पर्न सक्छ । समथर भुभागमा षट्कोणाकार र र बर्गाकार तरिकावाट र पहाडी भिरालोमा गह्रा (contour) तरिकावाट रेखांकन गर्नु पर्दछ । बिरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई क्रमशः १ मी. × १ मी.  × १  मिटरको हुनु पर्दछ |

 

जग्गाको कुनै एक छेउमा रहेको बाटो, पर्खाल वा कुनै प्रकारको संँधलाई आधार मानेर बगैंचाको रेखाङ्कन गर्न सकिन्छ । यसरी रेखांकन गर्दा आधार रेखावाट डोरी टंँगेर सिधा पारेर विरुवा रोपिने निश्चित दुरीमा किलाहरु ठोक्दै जानु पर्दछ । बगैंचाको रेखाङ्कन  जमिनको अबस्था तथा उपलब्धता अनुसार निम्न लिखित तरिकाबाट गर्न सकिन्छ:

१.    वर्गाकार तरिका (Square method)
२.    आयताकार तरिका (Rectangular method)
३.    क्विन्कुनाक्स तरिका (Quincunx method)
४.    षट्कोणाकार तरिका (hexagonal method)
५.    गह्रा प्रणाली (Contour method)

 

विरुवा रोप्ने दुरी मुख्यतया रोपिने जात, कलमी गर्दा प्रयोग भएको विजु विरुवा (root stock) को किसिम, माटोको उर्बरापन र उपलब्ध हावापानीमा निर्भर गर्दछ । तालिका नं. ५ मा दिए बमोजिम स्याउको कलमी गर्दा प्रयोग गरिएको विजु विरुवा बमोजिम प्रति हेक्टर जमिनमा तपसिल बमोजिमको स्याउको विरुवा रोप्न सकिन्छ:
तालिका नं. ३ः सायनको जात र रुटस्टकको जातको संयोजन अनुसार सिफारिस गरिएको विरुवा लगाउने दुरी र विरुवा संख्या

क्र.सं  सायनको जात रुटस्टकको जात  रुखको साईज (प्रबलता) दुरी (मि × मि) सघनता (विरुवा संख्या प्रति हेक्टर)
१.   हाल चलन चल्तीको स्याउको जात(standard cultivar) एम एम १०९  अर्ध प्रबलता ६.० × ६.०   २७८
 एम एम १११    अर्ध प्रबलता  ६.० × ६.०  २७८
 एम ७   अर्ध होचो   ४.५ ×४.५    ४९४
 एम एम १०६   अर्ध होचो  ४.५ × ४.५  ४९४
एम ९ होचो १.५  × १.५   ४,४४४
२.  फल्ने मुना आउने जात(Spur type) विजु विरुवा  अर्ध प्रबलता     ५.० × ५.०  ४००
एम एम १०९ अर्ध होचो ३.५ × ३.५ ८१६
 एम एम १११  अर्ध होचो ३.५ × ३.५ ८१६
 एम ७  होचो × ११११
 एम एम १०६  होचो × ११११

अर्को बर्षबाट स्याउ रोप्ने हो भने अघिल्लो बर्षको चैत्र÷बैशाखमा खाडल खनि आवश्यक तयारी गर्नुपर्दछ । विरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई १ह१ह१ को हुनु पर्दछ र उक्त क्षेत्रमा  खन्दा कडा चट्टान  आउन हुदैन । खाडल खन्दा माथीको आधा मिटर माटो एकातर्फ र तलको बांकी आधा मिटरको माटो  अर्कोतर्फ राख्नु पर्दछ ।
 माथिल्लो सतहको आधा मिटर माटोमा २० के.जी. कम्पोष्ट मल, वोनमिल, रासायनिक मल र माटो उपचार गर्ने विषादीहरु राम्रोसंग मिसाएर त्यसैले खाडल पुर्नु पर्दछ । विरुवा रोपिसकेपछि माटो बसेर खाल्टो पर्ने र पानी जम्ने समस्या उत्पन्न हुन नदिन खाडल पुर्दा जमीनवाट १ देखि १.५ फिट माथी सम्म उठाउनु पर्दछ  पुरे पछि खुट्टाले थिचेर खांदनु पर्दछ ।

 

 

चित्र ७: खाडलमा रोपी राम्रोसंग जरा फैलाईएको बिरुवा

चित्र ८: प्लान्टिङ बोर्डको सहायताले रोपीएको बिरुवा

बिरुवालाई बिरुवा रोप्ने फल्याकको सहायताले खाडलको ठीक बिचमा पर्नेगरी रोप्नु पर्दछ ।बिरुवाको जरा नदोब्रने गरी पुरेको खाडलको बिचमा पर्ने गरेर विरुवालाई राखी कलमी गरेको भाग जमिनबाट  १५ देखी २० से.मी. माथि पर्ने गरी मिलाए पछि वरीपरी चारै तर्फ मल माटोले भरेर खांद्ने काम गर्नु पर्दछ (चित्र ७ र ८) । विरुवालाई हावाहुरीवाट  हल्लन नदिन विरुवा संगै विरुवा भन्दा केही अग्लो हुने गरि बलियो किला वा लठ्ठी गाडी  अंग्रेजि आठ आकार हुने गरी सुतली क्रस गरेर हल्का संग  बाध्नु पर्दछ ।

फूल फुल्ने कोपिला (spur) स्याउको २ – ३ बर्षे हांगामा बन्ने गर्छ । त्यसैले स्याउको कांटछांट गर्दा यो कुरा हेक्का राख्नु जरुरी छ । तर केही होचा जातको विजु विरुवा (rootstock)  मा कलमी गरिएको छ भने हांगाको टुप्पामा समेत फुल फुल्ने कोपिला (spur) आउने गर्दछ ।
स्याउको एउटा मुना (spur) वाट ७ वटा सम्म फुल आउंदछ । स्याउको फूलको पत्रदल (petal) को बाहिरी भाग गुलाबी र∙को हुन्छ भने भित्री भाग सेतो हुन्छ ।
फुल्ने समयमा न्युनत्तम तापक्रम १०० सेल्सीयस भन्दा कम भएमा परागकण अंकुरण हुन नसक्ने हुनाको साथै मौरीको क्रियाकलाप बन्द भई  स्याउको उत्पादन  घट्दछ ।

 

स्याउलाई विरुवा रोप्न साथ पानी दिनु पर्दछ त्यस पछि भर्खर रोपिएका विरुवाहरुलाई आवश्यक पर्ने चिस्यानमा कमि नहुने गरी सिंचाईको व्यवस्था मिलाउनु पर्दछ । फागुन देखि भदौ महिना सम्म स्याउ बगैचामा अवश्यक मात्रमा चिस्यानको व्यवस्थापन गर्न सकेमा सबै उमेरका वोटहरुको बृद्घि विकास राम्रो हुनुको साथै फलेका फलहरुको साईजमा पनि बृद्घि भई उत्पादन बढ्छ । यस अवधीमा बगैचामा कुनै पनि हालतमा चिस्यानको कमी हुन दिनु हुंदैन । नेपालमा स्याउलाई पाईपवाट वा बोकेर पानी दिने चलन छ भने अन्य देशमा थोपा (चित्र ९) तथा फोहरा (चित्र १०) वाट सिंचाई दिने गरिएको छ ।

चित्र ९: स्याउमा थोपा सिंचाई  

 चित्र  १०: स्याउमा फोहरा सिंचाई

आर्थिक रुपबाट फाईदा दायक, बिरुवालाई असर नगर्ने तथा माटोको  मलिलोपनाको बृद्धि गर्ने र रोग कीरा लाई प्रशय नदिने खालको बालीहरु अन्तरबालीको लागि छनौट गर्नुपर्दछ  ।  स्याउ बगैचामा लहरे तरकारी बाली अन्र्तबालीको रुपमा प्रयोग गर्न हुदैन ।
गुणस्तरिय स्याउ उत्पादन गर्न बगैचा भित्र लामो अवधी सम्म रहने वाली, लहरे तरकारी, स्याउका वोट संग उचाईमा प्रतिस्पर्धा गर्ने वालीहरु जस्तै मकै लगायत बारम्बार खनजोत गरिरहनु पर्ने बालीहरुको छनौट  गर्न हुदैन । रायो, झांड्डे सिमि , होचा जातका केराउ , काउली, बन्दा, जुकिनी फर्सी, सलगम, मुला, गाजर, प्याज, लसुन, धनियां, पालुड्डो, भटमास, मेथी जस्ता वालीहरुको छनौट गर्न उपयुक्त हुन्छ ।  

 

स्याउमा बिभिन्न बस्तुहरुको प्रयोग गरी छापो हाल्न सकिन्छ ।झारपातले छापो हाल्ने गरेमा माटोमा जैविक क्रिया कलाप बढ्नुको साथै माटोको बुनोटमा सुधार हुनाको साथै यसले केही हद सम्म झारपात समेत नियन्त्रण गर्दछ । झारपात बाहेक कालो प्लाष्टीकको प्रयोग  छापोको रुपमा गरिदै आएको छ  । यसले जमिनको सतहको नजिकमा खाद्यतत्व तान्ने जराको बृद्धि गर्नाको साथैे पोटास, नाईट्रोजन, क्यालसियम, फस्फोरस, म्याग्नेसियम, बोरन जस्ता तत्वहरुको उपलब्धता  बढाउन सहयोग गर्दछ । गहुं, जौ, उवा  आदि बालीको  छ्वाली भने  तुषारो पर्ने समयमा राखेमा पूmलमा भएको परागकणहरुलाई  क्षति पुर्याउंदछ ।


छापो बाट हुने फाईदा

  • झारपातको नियन्त्रणमा मद्दत पुग्दछ ।
  • विरुवासंग झारपातको प्रतिस्पर्धा कम गर्न र भू–क्षय घटाउन सहयोग पुग्दछ ।
  • सूर्यको प्रकाश र हावाले बगैंचाको माटोमा सोझै असर पार्न सक्तैन र माटोको चिस्यान उडेर जान पाउंदैन ।
  • माटोको तापक्रम नियन्त्रण गर्न सहयोग  गर्दछ ।
  • यसले माटोमा प्रांगाारिक पदार्थको मात्रा  बढाउनुको साथै माटोलाई हल्का र बुरबुराउँदो समेत बनाउंछ ।

 

मलखाद प्रयोगको मात्रा माटोको उर्बरा शक्ति, माटोको किसिम, स्याउको वोटको उमेर, लगाईने गरेको अन्तरवाली र हावापानीमा भर पर्दछ  ।  मलखादको प्रयोग गर्नु अगाडि माटोको परिक्षण गराएर प्रयोग गर्न सकेमा खाद्यतत्वको समुचित सदुपयोग हुन्छ । साधारणतया तालिका नं ४ मा उल्लेखित मलखादको मात्रा स्याउ खेतीमा प्रयोग  गर्दा लाभदायक हुन्छ ।


तालिका नं. ४: स्याउको वोटको उमेरको अधारमा  प्रयोग गरिने मलखाद 

क्र.सं. वोटको उमेर (बर्ष) गोबर वा कम्पोष्ट मल के.जी/वोट युरिया ग्राम/वोट  डि.ए.पि. ग्राम/वोट म्युरेट अफ पोटास ग्राम/वोट
१० १२३ ७६ ११७
२० २४६ १५२ २३४
३० ३६९ २२८ ३५१
४० ४९२ ३०४ ४६८
५० ५०५ ३८० ५८४
६० ६२८ ४५७ ७०२
७० ८६१ ५३३ ८१९
८० १८४ ६०९ ९३६
९० ११०७ ६८५ १०५३
१० १० र सोभन्दा माथि १०० १२३० ७६१ ११७०

गोबर वा कम्पोष्ट मल, डि.ए.पी र पोटास माथी उल्लेखित वोटको उमेर अनुसार मंसिर/पौष महिनामा समथर जमिनमा वोटको हांगा फैलिएको भागको मुनीतिर चारै तर्फ बराबर पुग्ने गरेर  छर्नु पर्दछ (चित्र ११)  र खनेर माटो संग मिसाउनुपर्दछ यदि मलखाद प्रयोग गर्ने स्थान भिरालो छ भने वोटको वरीपरी औठी अकारमा कुलेसो बनाई सबै मल मिसाएर चारै तर्फ बराबर हुने गरी मल दिने (चित्र १२) गर्दा राम्रो हुन्छ । 

 चित्र ११

चित्र ११: स्याउमा मल प्रयोग गर्ने क्षेत्र    

चित्र १२

चित्र १२: रासायनिक तथा प्रांगारिक मल प्रयोग गरीएको बिरुवा


सिंचित ठाउंहरुमा नाईट्रोजन मललाई दुई भागमा बांडेर एक भाग पालुवा फुटन लागेको समय र अर्को भाग पूmल फुलेको एक महिना पछि दिन राम्रो हुन्छ । 
 खाद्य तत्वको कमीका लक्षणहरु 
स्याउको वोटमा विभिन्न तत्वको कमी भएमा निम्न लक्षणहरु देखा पर्दछ ः
१. नाईट्रोजन – वोटको बृद्घि रोकिने, हांगाहरु छोटो,पातहरु रातो वा पहेलिने (चित्र १३)  र फल सानो हुने हुन्छ ।
२. फस्फोरस – हांगाहरु छोटो, पात सानो, फुस्रो रातो (चित्र १४)   र समय भन्दा अगाडी झर्ने  हुन्छ ।
३. पोटास – पातको नसाहरु पहेलिने र धेरै कमी भएमा बढ्न नसक्ने र पातहरु सानो हुने  हुन्छ (चित्र १५)   ।
४. क्याल्सीयम – पातहरु कप जसरी माथी तिर फर्किन्छ ,हांगाको टुप्पा सुक्दै जान्छ  (चित्र १६)  ।
५.म्याग्नेसियम – वोटको माथिल्लो भागको हांगाका पातहरु समय भन्दा अगावै झर्दछन (चित्र १७) ।
६. जस्ता – मुनावाट हांगाहर बृद्घि नहुने र पातहरु छोटो र सानो ९ीष्ततभि भिबा० हुने (चित्र १८) ।
७. बोरन – फलहरुको बृद्घि रोकिने र फलकोे बाक्लो बोक्रा हुने (चित्र १९) ।
८. फलाम – नयां पातहरुको नशाहरु पहेलिने र कहिले काही पुरै पहेलिने र पछि हरियो हुने (चित्र २०) । 
९. तामा – पातहरु कप जस्तो भई माथीवाट झर्दै जाने गर्दछ ।
चित्र १३

चित्र १३ः नाईट्रोजनको कमी  

चित्र १४

 चित्र १४ः फस्फोरसको कमी  

चित्र १५

 चित्र १५ः पोटासको कमी    

चित्र १६

चित्र १६ः क्याल्सियमको कमी 

 चित्र १७

चित्र १७ः म्याग्नेसियमको कमी

चित्र १८

चित्र १७ः जस्ताको कमी 

चित्र १८   

चित्र १८ः बोरोनको कमी    

चित्र १९

चित्र १९ः फलामको कमी

 

स्याउको वोटको अकार प्रकार मिलाउन र स्याउको वोटलाई व्यवस्थीत गर्न हरेक बर्ष  तालिम तथा कांटछांट गरिन्छ । त्यसैले स्याउको वोटको तालिम र कांटछांट स्याउ खेतिको लागी अति महत्वपुर्ण कार्य हो । तालिम र कांटछांट   राम्रोसंग  नगरेमा फल नफल्ने  वा कम फल्न पनि सक्दछ । स्याउको वोटलाई तालिम दिंदा निम्न फाईदाहरु हुन्छ ।

  • मुख्य हांगाहरु (scaffold branch) बलियो हुन्छ जसले गुणस्तरिय फल उत्पादन हुनुको साथै सो हांगाले धेरै फलहरु धान्न सक्दछ ।
  • लगातार हरेक बर्ष उत्पादन लिन सकिन्छ ।
  • बोटमा धेरै हांगा र पातहरु आउंंछन र सबै पातहरुले सुर्यको किरण प्राप्त गर्दछन् ।
  • ईच्छाएको मात्रा र दिशामा फल फलाउन सकिन्छ ।
  • बगैचा व्यवस्थापन (गोडमेल, विषादी छर्न, मलखाद दिन) सजिलो हुन्छ ।
  • वोटको सबै भागमा हावाको संचार हुन्छ ।
  • राम्रो तालिमले हांगाहरुलाई कडा सूृर्यको किरणवाट जोगाउंदछ ।
  • चांडै उत्पादनमा आउन सहयोग गर्दछ ।

नेपालमा प्रचलित तालिम दिने तरिकाहरु दुई प्रकारका छन्:
१. सुधारिएको नेता प्रणाली (Modified leader system)
विरुवा रोपेकै बर्षको बैशाख देखि जेष्ठ महिना सम्ममा रोपेका वोटहरुमा भएका हरेक मुना (axillary bud)  वाट नयां पालुवा (new flush) आई सक्छ । यसरी आएका नयां पालुवाहरु जमिनवाट ३० देखि ६० से.मी माथी तिरवाट ३ देखी ४ वटा मात्र राखेर घाम लागेको समयमा हातैले वा कैचिको सहयोगमा त्यहावाट पुनः पालुवा नआउने गरी हटाई दिनु पर्दछ । ति ३ वटा नयां पालुवाहरुको एक अर्काको दूरी  १० देखि २० से.मी कायम गर्नु पर्दछ । यस प्रक्रियालाई summer prunning भनिन्छ ।                          
दोस्रो बर्षमा सबभन्दा माथीको मुनावाट बढ्दै गरेको हांगावाट अघिल्लो बर्षमा जस्तै गरी तिनवटा मात्र मुना राखेर अरुलाई हटाई दिई summer pruning गर्नु पर्दछ । यसरी तेस्रो बर्षमा भने ४ वटा सम्म मुना राखेर हांगाहरुको व्यवस्थापन कार्य सकिन्छ । सुधारिएको नेता प्रणाली (modified leader system)  मा ठुला मुख्य हांगाहरु (scaffold branches) को संख्या १० देखि १२ वटा  (चित्र नं. २०) सम्म राख्न सकिन्छ ।
२. खुल्ला केन्द्र प्रणाली (Open center system)
विरुवा रोपेकै बर्षको बैशाख देखि जेष्ठ महिना सम्ममा रोपेका वोटहरुमा भएका मुना (axillary buds) वाट नयां पालुवा (new flush) आई सक्छ । यसरी आएका नयां पालुवाहरु जमिनवाट ३० देखि ६० से.मी माथी तिरवाट ३ देखि ४ वटा scaffold branches को रुपमा मात्र राखेर घाम लागेको समयमा हातैले वा कैचिको सहयोगमा त्यहावाट पुनः पालुवा नआउने गरी हटाई दिनु पर्दछ । ति ३ देखि ४ वटा नयां पालुवाहरुको एक अर्काको दूरी  सकभर कम गर्दा (चित्र नं. २०) उपयुक्त हुन्छ । खुल्ला केन्द्र प्रणाली (open center system) मा ठुला मुख्य हांगाहरु (scaffold branches) ३ देखि ४ वटा मात्र राखिन्छ  । ति मुख्य ठुला हांगाहरुलाई माथीतिर ठाडो रुपमा बडन नदिई तिनीहरुलाई लगभग तेर्सो रुपमा बढाउनु पर्दछ ।        

चित्र २०: स्याउको तालिमको तरिका (सुधारिएको नेता  र खुल्ला केन्द्रिय प्रणाली)

उत्पादन दिई रहेको बगैचामा बानस्पातिक बृद्घि (vegetative growth) र फल उत्पादनलाई तुलनात्मक हिसाबले बराबर गर्न हरेक बर्ष कांटछांट गर्ने गरिन्छ । स्याउको वोटको बृद्घि भएको टुप्पाको हांगाको बृद्धि नियन्त्रण गर्न,  बाक्लो भएका हांगाहरुलाई पत्ल्याउन एक अर्कामा खप्टीएका, अल्झीएका, भांचिएका, रोग र किरा लागी सुकेका हांगाहरुलाई हटाउन बार्षिक रुपमा कांटछांट  गर्नु पर्दछ । कांटछांटले बगैचामा भएको स्याउको वोटलाई धेरै अग्लो हुनवाट बचाई नियन्त्रित अवस्थामा ल्याउन सहयोग गर्दछ । यसले स्याउको फलमा राम्रो र∙ आउने, रोग, किरा नियन्त्रण, बगैचा व्यवस्थापनमा कम खर्च भई अन्तमा उत्पादन बृद्घि  गर्नमा सहयोग गर्दछ ।

काट्नुपर्ने हांगाहरु
स्करहरु
पुराना ठुटा वा भांचिएका हौगाहरु
तलतिर झुण्डीएर बढेका हांगाहरु
खप्टीएर घस्रने हांगाहरु
छांयापरेका भित्री हांगाहरु
त्ंछाड मछाड गरैर बडेका नेताहरु
सांगुरो भुजाहरु
मुख्य हांगाको वरीपरी तंछाड मछाड गर्ने हांगाहरु

 

चित्र २२: स्याउको कांटछांट गर्दा वोटको विचको भाग खुला राख्नु पर्दछ 

 

चित्र २२: स्याउमा कंँटछंँट


कांटछांट शुरु गर्दा माथी वा टुप्पावाट तल तिर क्रमशः झर्दै गर्नु पर्दछ । अकासे वा चोर हांगाहरु काट्दा ठुटा नछोडी काटनु पर्दछ । हांगाहरु काट्दा कुनै भाग नै खाली हुने गरेर काटनु हुदैन । यसो गर्दा ठुला साना हांगाहरुमा छांया नभई सोझै घाम पर्दा बोक्रहरु कालो वा हरियो हुनु पर्नेमा घामले गर्र्दा ९क्गलकअबमि० रातो हुन गई केही महिना पछि बोक्राहरु चर्केर फुटन थाल्दछन । परिणाम स्वरुप त्यस हांगाको क्षेत्र को बृद्घि विकासमा कमी भई उत्पादन घटदै जान्छ । कांटछांट गर्दा वोटको कुनै भाग खाली जस्तो देखिएमा त्यता तिर हांगाहरु आउने गरेर गर्नु पर्दछ । हांगाहरु काट्नासाथ  बोर्डो पेष्ट  लगाउनु पर्दछ ।

 

 स्याउको फल अन्य फलपूmलको तुलनामा धेरै नै लाग्दछ, उपयुक्त  आकारको फल उत्पादन गर्न बाक्लो फललाई पत्ल्याउन जरुरी हुन्छ । फल पत्ल्याउने काम हातले र रासायनिक विधीद्वार गर्न सकिन्छ । गुणस्तरिय फल उत्पादन गर्न एक वा दुई फल प्रति झुप्पा प्राविधिक हिसाबले राम्रो मानिन्छ । उच्च गणस्तरको फल उत्पादन गर्न साधारणतया २० देखि ४० पात प्रति फलको लागी सिफारिस गरिएको छ ।

 

स्याउ फल पाक्न साथ टिप्नु पर्दछ । फललाई  टाढाको बजारमा लैजानु पर्ने भएमा वा भण्डारण गर्ने हो भने पाक्नु भन्दा केही दिन अगाडी नै टिप्नु पर्दछ । धेरै कांचो र धेरै पाकेको फल पनि टिप्नु  हुदैन । कांचो भएमा भण्डारणमा फल चाउरिन सक्दछ भने धेरै पाकेको छ भने चांडै विग्रन्छ । फल टिप्दा फल टिप्ने झोलाको प्रयोग गर्नु पर्दछ । भेटनो सहितको स्याउ फल टिप्दा फल हातको पञ्जा भित्र पारी समातेर फललाई माथी तिर धकेलेर छिटो घमाउनु पर्छ जस्ले गर्दा फलको भेटनो सहित आउछ । भेटनो नहुने गरेर फल टिप्नु हुदैन । तर भेटनोलाई भने कैचीको सहयोगले फलको सतह भन्दा होचो हुने गरी छांटनु पर्दछ । भेटनो नभएको फल भण्डारणमा चांडै कुहिन्छ । पछि झोलामा फल राख्दा एक अर्कामा कुनै पनि हालतमा ठोकिन दिनु हुदैन ।  राम्रो ब्यबस्थापन गरेमा एक बोटबाट औषतमा ३० देखी ९० के.जी सम्म फल उत्पादन  लिन सकिन्छ ।

 

सेतो भुवादार लाही कीराको Erisoma lanigerum प्रजातिले सबै जातका स्याउमा नोक्सान गर्दछ । बैजनी र∙को यस कीराले सेतो भुवा निकाल्छ र त्यही सेतो पदार्थले शरीरलाई वरिपरिवाट ढाकेर सेतो कपासको गुच्छा जस्तो भएर बसेको देखिन्छ (चित्र २३, २४) । यसलाई हातले थिच्दा बैजनी र∙ निस्केको देख्न सकिन्छ । विरुवाको मूलबृत, हांगा, पात तथा जरामा बसेर विरुवाको कमलो भागवाट लगातार रस चुस्ने यस कीराले नर्सरी बगैंचाका बोटहरुमा नोक्सान पुर्याउछ । यस कीराले हिंउदमा पात झरेको बेला मूलकाण्ड र जमीन मुनीको भागलाई चुस्ने गर्दछ । यस्तो लाही कीराले बढी सताएको विरुवा भागहरुमा गिर्खाहरु निस्कने गर्दछन् भने बढी असर पारेका रुखहरुमा फल कम लाग्ने, फल कमसल खालको हुने र विरुवा नै मर्ने समस्या उत्पन्न हुन्छ ।
 

रोकथाम/व्यवस्थापन:
यस्तो कीराको नियन्त्रणका लागि देहायका उपायहरु अपनाउन सकिन्छ ।
१. बेना उत्पादन गर्दा Maling Metron (MM) series  वा Malus prunifola जातका कीरा अवरोधक रुटस्टकहरु प्रयोग गर्नुपर्दछ ।
२. कीरा बढी देखा पर्नेको क्षेत्रहरुमा लाहीको प्राकृतिक शत्रु Aphinus mali नामक परजीवी छोडी दिंदा त्यसले कीरा नियन्त्रण  गर्दछ ।
३. कीरा लागेका हांगा तथा मर्न लागेका बुढा बोटहरुलाई हटाएर सबै कीरा मार्दा पनि यसको रोकथाम हुन्छ ।
४. रोगर वा मालाथियन जस्ता कीटनाशक विषादी १मि.लि प्रति लिटर पानीमा मिसाई सबै ठाउमा पर्ने गरी बैशाख–जेष्ठ महिना १५–१५ दिनको फरक पारेर २–३ पटक छर्कदा भुवादार लाही कीराको समस्या नियन्त्रण हुन्छ ।

चित्र २३: स्याउको भुवादार लाही

चित्र २४: स्याउको भुवादार लाही

 Quadrapidipxotus pernisiosus बैज्ञानिक नाम भएको कत्ले किरा स्याउको मुख्य हानिकारक कीराहरुमा पर्दछ । यो कीरा स्याउ खेति गरिने सबै क्षेत्रहरुमा पाइन्छ ।  यसको रंग हल्का पहेंलो , सानो चेप्टो र गोलाकारको हुन्छ (चित्र २५, २६) । यस कीराले हांगाविगा लगायत फल र फूल दुवैमा आक्रमण गर्छ र रस चुसेर नोक्सान पुर्याउछ । यस कीराको बढी संक्रमण भएका बोटहरुको हांगाहरुमा  खरानी दलेको जस्तो देखिन्छ भने कलिला हांगाहरु ओइलिंदै गएर मर्ने सम्भावना हुन्छ भने फलको बाहिरी सतहमा पनि हल्का रातो र∙का गहिरो दागहरु देखा पर्दछन् र उत्पादित फलको  गुणस्तरहीन हुन्छ ।
रोकथाम/व्यवस्थापन:
१. कीरा लागेका र सुकेका हांगाहरु हटाउने ।
२. कीराको प्रकोप भएका ठाउका विरुवाहरु अन्यत्र नया ठाउंमा नलैजाने ।
३. स्याउको कत्ले किरा (scale insect) नियन्त्रण गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै ATSO वा servo oil १५देखी २० एम एल प्रति लिटर पानीमा मिसाएर वोटको सबै भागमा भिज्ने गरेर पौष/माघ महिना तिर १५–१५ दिनको फरकमा २ पटक छर्ने

चित्र २५: स्याउको  डंँठमा  कत्लेकीरा

चित्र २६: फलमा  कत्लेकीराको क्षति

झुसिलकीराहरुले वसन्त ऋतुमा आएका कलिला मुना एवं पातहरु खाएर बोट नै नाङ्गो बनाइ दिन्छन् । टेन्ट क्याटर पिलर जातको झुसिलकीराले साना हांगाको टुप्पा तिरको पातहरु सबैलाई मोडी माकुराको जस्तो जाल बनाएर शुरुमा ति साना झुसिलकीराहरुलाई सुुरक्षित हिसाबले बस्दछ र पात खाने गर्दछ (चित्र  २७, २८) ।

रोकथाम/व्यवस्थापन:
१. यसको नियन्त्रणका लागि बगैंचाको सरसफाई गर्ने, जालो भित्र बसेका लाभ्रेहरु जम्मा गरेर नष्ट गर्ने, टेन्ट लागेका हांगा काटेर जलाउने उपाय अपनाउन सकिन्छ ।
२. यस्ता कीरालाई  साइपरमेथ्रिन २ मि.लि प्रति लिटर पानीमा मिसाई  विषादीको झोल बनाई स्प्रे गर्नु राम्रो हुन्छ ।

चित्र २७: झुसिलकीरा

चित्र २८: झुसिलकीराको क्षति

सामान्यतया यस कीराको प्रकोप जेठ महिनातिर शुरु हुन्छ । यसले विरुवाको हांगाहरुको पातको पछाडी भागमा बसेर पातको रस चुस्ने गर्दछ । यस कीराको प्रकोप बढेपछि पात र हांगाहरुको कापाहरुमा रातो सिंदुरको थुप्रो जस्तो देखिन्छ (चित्र २९, ३०) । अन्त्यमा पातहरु विस्तारै रातो भएर अन्त्यमा सुक्न थाल्छन् ।

रोकथाम/व्यवस्थापन:
१. दैहिक systemic विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर १५–१५ दिनको फरकमा छर्ने ।
२. बिरुवामा छर्ने खनिज तेल जस्तै सर्भो आयल १० देखी १५  मि.ली. प्रति लिटर पानीमा मिसाएर १५–१५ दिनको फरकमा ३–४ पटक छर्ने

चित्र २९: स्याउको माईट    

चित्र ३०: स्याउमा  माईटको क्षति

स्याउको बगैंचामा साना ठूला हांगा र जराहरु दुवैमा प्वाल पारेर नोक्सान पु¥याउने खालको गबारोहरु देखा पर्दछन् । यस्ता गबारो कीराका लाभ्रेले हांगा वा जरामा प्वाल पार्दछन् र भित्र बसेर विरुवालाई नोक्सान पुर्याउछन् (चित्र ३१, ३२) । यसरी गबारो कीराले प्वाल पारेको ठाउ वरिपरि काठको धुलाहरु झरेको देखिन्छ ।
 

रोकथाम/व्यवस्थापन:
१. कीरा लागेका मसिना हांगाहरु काटेर हटाउने ।
२. कीराले पारेको प्वालमा मसिना तार घुसारेर सफा गर्ने र कपासमा मट्टितेल, पेट्रोल वा कीटनाशक विषादी चोबेर प्वालमा कोच्ने तथा गोबर वा माटोले प्वाल बन्द गरि दिने ।
३. बगैंचामा पाकेको मल मात्र प्रयोग गर्ने ।

चित्र ३१: स्याउमा गबारो    

चित्र ३२: बयस्क गबारो

भदौ असोज तिर यसको माउ पुतलीले स्याउको मुख्य र सहायक हांगाकोे कापा वा चर्केका बोक्रा भित्र तिर फुल पार्दछ भने माघ महिना तिर तापक्रममा हल्का बृद्घि हुन साथ अण्डावाट लार्भा निस्कन्छ (चित्र ३३) । यस कीराले पलाउने मुनाको siver tip अवस्थाको मुना र बोक्रा भित्रको कलिलो भाग खाई दिने र पालुवा आउने मुना नै खाई दिने भएकोले धेरै किरा लागेमा वोटमा नयां पालुवा विहिन अवस्थामा स्याउको वोट पुग्दछ ।
नियन्त्रण
यसको रोकथामको लागि माघ महिना को मध्य तिर  क्लोरोपाईरिफस र साईपरमेथ्रिन युक्त बिषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ ।

चित्र ३३: जिजेना मोथको लार्भा

यो रोग Venturia inaequalis भनिने ढुसीको कारणले लाग्दछ । यस ढुसीले स्याउको बोटको डांठ, हांगा, पात कोपिला तथा फलमा आक्रमण गर्दछ । यसको संक्रमण भएपछि शुरुमा वसन्त ऋतुमा पल्हाएका कलिला पातहरुको तल्लो भागमा तेलका थोप्ला जस्ता स–साना हरियो थोप्लाहरु देखिन्छन् । पछि पातको दुवै भागमा ढुसी फैलिदै जान्छ र गाढा र∙का धव्वाहरु बन्दछन् र पात पहेंलिदै गएर मध्यकर्मी समयमा झर्दछन् । ढुसीको संक्रमण भएको रुखको फलमा (चित्र न. ३४) कालो धव्वादार दागहरु देखिन थाल्छन् भने फलको वृद्धि राम्रो किसिमको नहुने, फल फुट्ने, झर्ने र फलको गुणस्तर घटाउने जस्ता समस्याहरु देखिन्छ । वर्षाको समयमा झरी वादल बडी लाग्ने र घाम कम लाग्ने ठाउंको स्याउको बगैंचामा यो रोग बढी देखा पर्दछ ।

चित्र ३४: फलमा दादे रोगको क्षति  

 चित्र ३५: पातमा दादे रोगको क्षति


रोकथाम/व्यवस्थापन:
१. यो रोग उत्पन्न गर्ने ढुसीहरु झर्ने अवस्थाका पातमा रहने हुनाले फल टिपिसकेपछि पात नझर्दै सबै बोटमा युरियाको झोल छर्ने र झरेका पातहरु जम्मा गरी जलाई दिने गर्नुपर्दछ ।
२. यसको रोकथामका लागि विभिन्न प्रकारका ढुसीनाशक विषादीहरुको प्रयोग गर्न सकिन्छ । जस्तै  फूल फुल्ने अवस्थामा वेभिष्टिनको १ ग्राम वा डाइथेन एम – ४५ को २ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे छर्दा यो रोगको नियन्त्रण हुन्छ ।

 

 

यो रोग Demotophora necatrix नामको ढुसीवाट लाग्दछ । यस रोगले  बढी चिस्यान भएको स्थान, पानी जम्ने तथा बढी पानी पर्ने क्षेत्रमा लगाइएका स्याउका वोटहरुलाई असर पार्दछ । यो रोग उत्पन्न गर्ने जीवाणु जमीनको सतहको नजिकको भागवाट विरुवामा प्रवेश गरेर जराको टुप्पोतिर बढ्दै जान्छ र संक्रमण बढी गरेर जरा नै कुहाई दिन्छ । ढुसीले बोटमा संक्रमण गरे पछि हांगा र पातहरु पहेंलिदै जाने, (चित्र नं. ३६) पातहरु धेरै नआउने, फलहरु साना हुने र बोटमै चाउरी पर्ने जस्ता लक्षणहरु देखिन्छन ।

चित्र ३६: स्याउको जरा कुहिने रोग

रोकथाम/व्यवस्थापनः
जराहरु कुहिसके पछि मात्र बोटमा जरा कुहिने रोग लागेको लक्षण देखिने भएकोले यस रोगको रोकथाम गर्न कठिन हुन्छ । त्यसकारण यस रोगको रोकथामका लागि पहिले नै सावधानी पुर्याउनु पर्ने हुन्छ ।
१. जमीनको सतहवाट कम्तीमा २० से.मि. माथि सम्म खाडल उठाएर र माटोको सतह भन्दा १५ से.मि. माथि कलमी भाग  पर्ने गरी नयां विरुवा रोप्नु पर्दछ ।
२. बगैंचामा पानी जम्न दिनु हुंदैन र निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।
३. बगैंचा भित्र अन्य बाली लगाउनका लागि जोत्दा जरामा चोट लाग्ने र त्यसै ठाउवाट रोगका जीवाणु प्रवेश गर्ने भएकोले त्यसरी जोत्ने वा अन्य बाली लगाउने गर्नु हुंदैन ।
४. यस्तो रोग लागेर मरेका सबै विरुवाहरु जरा सहित हटाएर जलाईदिनु पर्दछ । यसरी संक्रमित बोट उखालिएको ठाउमा आगो बालेर बोर्डो मिक्चर समेत छर्नु पर्दछ र त्यस्तो ठाउहरुमा कम्तिमा २ वर्षसम्म अर्को नयां विरुवा लगाउनु हुंदैन ।
५. समय–समयमा १ प्रतिशतको बोर्डो मिक्चरको झोल बनाएर छर्ने गर्नु पर्दछ ।
६. एक लिटर पानीमा वेभिष्टिन वा  १ प्रतिशतको बोर्डो मिश्रण झोल बनाएर वरिपरि छर्ने र माटोले खाडल पुरि दिने गर्नुपर्दछ ।

 

 

 

 

यो रोग (Phytophthora catorum/ Phytophthora syringae) भनिने ढुसीले गर्दा उत्पन्न हुन्छ । यस्तो ढुसीले विरुवाको फेद र माटोको सतह मुनीको भागमा समेत असर पार्दछ । फेद कुहिने रोगले प्रायः जसो १५ वर्ष उमेर पुगेका ठूला रुखहरुलाई बढी असर गर्दछ(चित्र ३७) । २५ सेल्सीयस भन्दा बढी तापक्रम र माटोमा चिस्यानको मात्रा बढी भएको बेला यो रोग बढी फैलिन्छ । फेद कुहिने रोग लागेपछि पातहरु पहेंलिंदै जाने  र समय नपुगी  झर्ने लक्षणहरु देखिन्छ । यो रोगको संक्रमण भएकोे स्याउको बोटको फोदका बोक्रा नरम र चिसो हुन्छ भने बोक्रा काटेर हेर्दा खैरा, हल्का सुन्तला रंगका धर्साहरु देखिन्छन् । विरुवा रोप्दा कलमी भाग सम्म माटोमा पर्ने गरी रोपेका विरुवामा यो रोग बढी लाग्दछ ।

चित्र ३७: स्याउको फेद कुहिने रोग

रोकथाम / व्यवस्थापन:
१. विरुवाको कलमी भाग माटो भन्दा १५ देखि २० से.मि. माथि पर्ने गरी बिरुवा रोप्नु पर्दछ ।
२. विरुवा कलमी गर्दा एम–२६ बाहेकका एम.एम. लायनका रोग अवरोधक रुटस्टकहरु प्रयोग गर्नु पर्दछ ।
३. विरुवाको फेद र माटोमा चैत्र र भदौ महिनामा १ प्रतिशतको बोर्डो मिक्चर हाल्नु पर्दछ ।
४. रोग लागेको बोटको फेदको वरिपरिको ५ से.मि. बोक्रा हटाएर १ के.जि. निलोतुथो, २ के.जि. चुना र ४ लिटर पानी मिसाएर वोर्डोपेष्ट वा ८०० ग्राम निलोतुथो, ८०० ग्राम रेड लिड र १ लिटर आलसको कांचो तेल मिसाएर चौवटिया पेष्ट बनाएर रोग रहेसम्म प्रत्येक वर्ष फागुन–चैत्र र भदौ–असोज महिनामा लगाउनु पर्दछ । यस्तो पेष्ट वरिपरिका रुखमा लगाउदा त्यस्ता बोटमा समेत संक्रमण हुन पाउदैन ।
५. विरुवाको फेदमा पानी जम्न नदिन निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ

 

यो रोग (Pedosphera leucotricha) भन्ने ढुसीवाट लाग्दछ । स्याउको खेती भएको ठाउंहरुमा चिसो मौसम र हावामा आद्र्रता बढी भयो भने यस रोगले आक्रमण गर्न शुरु गर्दछ । चैत्र–बैशाख महिनामा पालुवा पलाउदा बढी संक्रमण हुने यो रोग नर्सरीका विरुवामा बढी लागेको पाइन्छ । यो रोगले अन्य जातहरुमा भन्दा गोल्डेन डेलिसियस, जोनाथन, अन्ना र कक्स अरेन्ज पिपिन त्रयाब एप्पल जातका स्याउहरुमा बढी संक्रमण गरेको पाइन्छ । सेतो धुलो ढुसीले पातका कलिला मुनाहरमा बढी आक्रमण गर्दछ । यस रोगवाट प्रभावित पातहरु खुम्चिने वा दोव्रिने गर्दछन् भने कलिला मुना तथा पातको भित्री तथा बाहिरी सतहमा पाउडर जस्तो  सेतो धुलोले ढाकेको हुन्छ । ढुसी लागेको पात टिपेर हातमा टकटक्याउँदा समेत हातमा सेतो धुलो झर्दछ ।

चित्र ३८: फलमा धुले ढुसीको क्षति

रोकथाम/व्यवस्थापन :
१. हिउंदमा कांटछांट गर्दा रोग लागेका हांगाहरु हटाएर जलाईदिनु पर्छ ।
२. नर्सरीका विरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले २ ग्राम केरेथेन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने   गर्नु पर्दछ ।
३. फूल फुलेपछि रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २–३ ग्राम प्रति लिटर पानमिा मिसाएर छर्कनु पर्छ

 

नेपालका स्याउका बगैंचामा प्रशस्त देखा परेको यो रोग (Pellicularis salmonico)भन्ने ढुसीको कारणले लाग्दछ । यो रोग बढी मात्रामा रेड डेलिसियस, रोयल डेलिसियस र रिच ए रेड जातहरमा लागेको देखिएको छ । यस प्रकारको रोग लागेपछि शुरुमा बोक्रामा स–साना गोलाकार बैजनी रङक दागहरु देखा पर्दछन् र पछि दागहरु बढ्दै गएर बोक्राहरु नै चर्कन्छन् । यस प्रकारको ढुसी फैलिएपछि बोक्राको पातलो सतह सुख्खा हुन्छ र बोक्रा फुट्ने तथा खुइलिने लक्षण देखाउदै विरुवाको सबै भागमा फैलिन्छ । यस रोगको संक्रमण बढ्दै गए पछि बोट नै मर्दछ ।

चित्र ३९: बोक्रा खुइलिने रोग


रोकथाम/व्यवस्थापन :
१. रोगले बढी असर पारेका हांगाहरु काटेर हटाउनु र जलाउनु पर्दछ ।
२. रोग लागेको ठाउँमा चक्कुले हल्कासंग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ ।
३. बगैंचामा काँटछाँट गरेपछि १ प्रतिशत बोर्डो मिक्चर छर्नुपर्दछ ।
४. पोटास मलको प्रयोगले रोगसंग लड्ने क्षमताको बिकास गर्दछ ।

 

यो रोग (Gloeodes pomigena shu)नामक ढुसीवाट लाग्दछ । फलमा धव्वा हुने रोगको लक्षण स्याउको फलको बोक्रामा देखिन्छ । यो रोग लागेको फलको सतहमा फिक्का काला तथा खैरौ थोप्लाहरु देखिने भएकाले स्याउ हेर्दै नराम्रो देखिन्छ । बढी पानी पर्ने तर घाम प्रशस्त नलाग्ने क्षेत्रमा यो रोग वर्षा शुरु भएपछि  लाग्ने गर्दछ।

चित्र ४०: फलमा धब्वा हुने रोग
रोकथाम/व्यवस्थापन:
यस्तो रोगवाट प्रभावित भएका फलहरु टिपेपछि ५ प्रतिशत द्यभिबअजष्लन एयधमभच वा ३ प्रतिशत क्यमष्गm अजयिचष्मभ को झोलमा १० मिनेट जति डुवाएर सफा गरेर मात्र बजारमा पठाउनु पर्दछ । यस्तो रोग लागेर उपचार गरिएका फलहरु भण्डारण गरेर राख्नु चाहिं हुंदैन ।

 

यो व्याक्टेरियाद्धारा लाग्ने रोग हो  ।रोग लागे पछि स्याउको पात, पूmल, साना देखि ठुला हांगा सम्म डढेर मर्ने गर्दछ । यो रोग मध्य भूमध्य सागरिय देशहरुमा अत्यधिक मात्रामा लाग्ने गरेको पाईन्छ ।स्याउको बगैचामा कांटछांट गर्दा राम्रो संग नकाटिएको, काटदा ठुटा ९क्तगद० रहने गरी काटेको र आलो घाउमा बोर्डो पेस्ट नलगाएका अवस्थामा यो रोग लाग्ने संभाबना अत्याधिक हुन्छ ।

चित्र ४१: स्याको डढुवा
 

रोग व्यवस्थापन :

  • यो रोग संग सहन क्षमता कम भएका जातहरु फुजी(Fuji),ताइडमेन रेड (Tydmen red)गाला (Gala),जोना गोल्ड (Jona gold), लिबेर्टी (liberty)आदी नलगाउने |
  • डेलिसियसका सबै जातहरुमा यो रोग सहने क्षमता भएकोले यो रोग नलाग्ने रुटस्टकहरुको संयोजनमा कलमी गरिएको विरुवा मात्र रोप्ने ।
  • M.26, M.9, Mark जस्ता रुटस्टकहरुमा यो रोग धेरै लाग्ने भएकोले यो संयोजनमा कलमी गरिएका कलमी विरुवा नरोप्ने ।
  • रोग लागी सुकेका हांगाहरु काटेर राम्रो संग व्यवस्थापन गर्ने ।
  • माघ महिनामा १ प्रतिशतको बोर्डो मिक्चर छर्ने ।
  •  फुल फुल्ने समयमा (Streptomycin) १ एम एल प्रति ५ लिटर पानीमा मिसाई छर्ने ।
  •  समय समयमा किराहरुको नियन्त्रण गर्ने |

 १ विटर पिट (Bitter Pit)
पाकेको स्याउको ठिक बोक्रा मुनि र वीउ बस्ने वीच भागहरुमा सानो गोलाकार रुपमा सुुकेको खैरो दागहरु देखा पर्दछन (चित्र ४२) । यो समस्या विशेष गरेर डेलिसियस जातहरुमा देखा पर्दछन । यो विशेष गरेर ठुला र नपाकेको फलहरुमा भण्डारणमा देखा पर्ने गर्दछ । यो समस्या विशेष गरेर नाईट्रोजन मल धेरै राखेको बगैचाको फलहरुमा, धेरै छांया परेका स्थानहरुको फलमा र आवश्यक भन्दा बडी बर्षेनी कांटछांट गरेका वोटको फलहरुमा देखा पर्ने गर्दछ । यो समस्या ७० सेल्सीयस तापक्रम र ८५ देखि ९० प्रतिशत अद्रतामा फललाई भण्डारण गर्न सकेमा नियन्त्रण गर्न सकिन्छ ।

चित्र ४२ : बिटर पिट


२ स्काल्ड (Scald)
स्याउ फलको हरियो भागको बोक्राहरु बाक्लो भई छालाहरुको रुप बिग्रने र पछि फैलिदै गई रातो र∙ भएको भागमा पनि सर्दछ । त्यस्ता भागको  र∙ नै हरियोवाट गाढामा परिवर्तन हुन्छ (चित्र ४३) । यो समस्या  होचा भुभाग तथा उच्च तापक्रम भएका स्थानहरुमा देखिन्छ ।

 चित्र ४३ : स्क्याल्ड

 

महिना

प्रमुख कार्यहरु

श्रावण

  • बगैंचा सरसफाई गर्ने

  • बोक्रा खुइलिने (Papery Bark)रोगको लागी बोर्डोपेष्ट पेष्ट बनाई रोग लागेको भागमा लगाउने ।

  • धूलो ढूसी/खराने (Powdery Mildew)रोग देखा परेमा केराथेन १ देखी २ ग्राम÷लीटर पानीमा हाली छर्कने ।

  • पानी जम्ने ठाउंहरुमा पानीको निकासको प्रवन्ध मिलाउने ।

भाद्र

  • बगैचा सरसफाई गर्ने ।

  • स्याउको गुलावी रोगको रोकथामका उपायहरु अपनाउने ।

  • स्याउमा लाग्ने पाउडरी मिल्डयू रोग रोकथाम गर्न १% को बोर्डो मिश्रण स्प्रे गर्ने ।

आश्विन

  • स्याउको गुलावी रोग रोकथाम गर्न रोगग्रस्त भागलाई सफा चक्कुले खुर्केर बोर्डोलेप तयार गरि वु्रसले लगाउने ।

  • स्याउको फेद कुहिने रोगको रोग ग्रस्त भाग सफा चक्कुले हटाई बोर्डोपेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १ %को वोर्डो मिश्रण तयार गरी फेद नजिक माटोभित्र पस्ने गरि खन्याउने ।

  • रोग ग्रस्त स्याउको बोक्रा बटुली जलाई दिने ।

कार्तिक

  • बगैंचा सरसफाई गर्ने हल्का खनजोत गर्ने

  • बोट विरुवालाई  छापो दिने ।

मंसिर

  • झरेका पातहरुलाई बटुली जलाई दिने वा मल बनाउन खाडलमा हाल्ने ।

  • माटोमा चिस्यानको कमी भएमा सिंचाई गर्ने ।

  • कम्पोष्ट तथा रसायनिक मलको व्यवस्था मिलाउने ।

  • नया बगैंचा स्थापनाको लागि रेखाड्कन गर्ने, खाडल खन्ने र पुर्ने ।

पौष

  • या बगैंचा स्थापनाको लागि  खाडल खन्ने, पुर्ने र विरुवा रोप्न शुरु गर्ने

  • पुरानो विरुवा मरेको ठाउंमा नया विरुवा लगाउने ।

  • बोट विरुवाको कांटछांट शुरु गर्ने ।

  • कांटछांट सके पछि बोर्डो पेष्ट (BordoPaste)बनाएर काटेको भागमा र फेदमा लगाई हाल्ने ।

  • बोट विरुवा गोडमेल गरि कम्पोष्ट मलको साथै सिफारिश गरिएका रासायनिक मलको मात्रा प्रयोग गरि हल्का सिंचाई गर्ने ।

  • स्याउको कत्ले किरा (Scale insect)नियन्त्रण गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै (ATSO jf Servo Oil)१५ देखी २० एम एल प्रति लिटर पानीमा मिसाएर वोटको सबै भागमा भिज्ने गरेर छर्ने ।

  • (ATSO jf Servo Oil)छर्नु भन्दा अगाडी बगैचामा भएका सबै स्याउको वोटलाई भिज्ने गरी (Bordeaux Mixture)को घोल बनाएर छर्ने ।

माघ

  • पौष महिनामा गर्नु पर्ने अन्य कृयाकलापहरु नगरेको भए यस महिनामा पुरा गर्ने ।

  • स्याउको कत्ले किरा नियन्त्रण गर्न खनिज तेल (Servo Oil, ATSO jf Oil)१५ देखी २० ए   एल र  दैहीक बिषादी  १ एम एल प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

फाल्गुण

  • सिंचाई गर्ने ।

  • सिंचाईको व्यवस्था नभएको स्थानमा मल्चीङ्ग (छापो) को व्यवस्था गर्ने ।

चैत्र

  • बोटविरुवामा आएका सकरहरु, चोर हांगाहरु, तथा सुकेका हांगाहरु भए ति सबै हटाउने ।

  • सिंचाई गर्ने ।

  • मल्चीड्ग गर्ने ।

  • नयां पालुवा आउन साथ पाल बनाउने कीरा (Tent Caterpillar)रोकथाम गर्न  साईपरमेथ्रिन २ एम एल प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

बैशाख

  • सकरहरु, चोरहाँगाहरु तथा सुकेका हंँगाहरु भए ती हटाउने ।

  • बगैंचा सरसफाई गर्ने ।

 

  • Bal, J.S(1997), Fruit growing, kalyani Publisher, Ludhiana, New Delhi, India
  • Kanwar, S.M 1995. Apple Production Technology and Economics, Fourth Reprint 1995, Tata MC Graw Hill Publishing Company Limited, New Delhi
  • Chadha, K.L 2009,HAND BOOK OF HORTICULTURE Directorate Of Information And Publications Of Agriculture, ICAR, Krishi Anusandhan Bhawan, Pusa New Delhi 110 012
  • Different online sources through google.com/apple rertrieved on 2013,June

    नेउपाने ,फणीन्द्रप्रसाद (२०५८), बालीविरुवाका शत्रु र तिनको रोकथाम, साझ प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर,
    फलल विकास निर्देशनालय, (२०६८/०६९) बार्षिक प्रगति प्रतिवेदन, फलफुल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ ।
    गुरुङ्ग, चुट राज .।२०६९। आधुनिक स्याउ खेती,फलफूल बिकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ ।
    देबकोटा,धर्म प्रसाद ।२०६७/६८। स्याउ खेती प्रबिधि,बार्षिक प्रगति प्रतिवेदन, फलपूmल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ ।