गोलभेडा बाली खेती प्रविधि
  • कम्तीमा ६ घण्टाभन्दा बढी दैनिक घाम लाग्ने, हावा खेल्ने तर हुरी बतास नचल्ने ।
  • हालसालै गोलभेडा खेती नगरेको र कम्तीमा पनि ५ मिटर भन्दा बढी चौडा भएको जमिन ।
  • उचित रूपमा सूर्यको प्रकाश  उपलब्ध हुन  सक्ने स्थाद्न तथा पारदर्शी सूर्यको पराबैजनी किरण नछिर्ने प्लाष्टिक
  • प्लाष्टिक घरमा सेता झिंगा लगायत कीराको प्रकोप कम गर्न  वरिपरी कीरा नछिर्ने  जालीको प्रयोग  गर्नु पर्दछ ।
  • जाडो र बर्षातको समयमा पनि प्लाष्टिक घर भित्र बेमौसमी तरकारी खेती गर्न सकिन्छ।
  • प्लाष्टिक घरमा वाहिरको भन्दा रोग, कीरा र घाँसको समस्या कम देखिन्छ। 
  • प्रयोग गरेको मलखाद विरुवाले राम्रोसंग सदुपयोग गर्न सक्दछ ।
  • पात, डाँठ र फलमा लाग्ने डढुवा रोग, थोप्ले रोग र फलमा लाग्ने कीराहरुबाट  बाहिरभन्दा कम नोक्सानी देखिन्छ।
  • रोग तथा कीराको प्रकोप न्यूनिकरण गरी कम बिषादीको प्रयोगवाट खेती गर्न सकिन्छ ।
  • खुल्ला अवस्थामा लगाएको  तरकारी भन्दा प्लाष्टिक घरमा छिटो उत्पादन दिनुको साथै   विरुवाको आयु पनि  बढ्न गइ लामो समयसम्म उत्पादन लिन सकिन्छ ।

गोलभेंडा (Tomato) सोलानेसी (Solanaceae) परिवार अन्तर्गत पर्नेे तरकारी  हो । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ। गोलभेंडा न्यानो मौसममा उष्ण, उपोष्ण र शितोष्ण हावापानी भएको क्षेत्रमा खेती गरिने तरकारी बाली हो । गोलभेंडामा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन सि, फस्फोरस, क्याल्सियम, सोडियम, पोटासियम लगायत अन्य धेरै तत्वहरु पाईन्छ । गोलभेंडामा लाइकोपिन नामक  बुढ्यौली रोक्ने तत्व पाइन्छ । गोलभेंडालाई तरकारीको रुपमा तथा सलादको रुपमा प्रयोग गर्नुको साथै यसबाट अचार, केचप, जुस पनि तयार गरेर प्रयोग गर्न सकिन्छ । नेपालका प्राय सबै जिल्लाहरुमा गोलभेंडा खेती गरिन्छ । गोलभेंडा मौसमी र बेमौसमी तथा  उचित ब्यवस्थापन गर्न सकेमा बाह्रै महिना खेती गर्न सकिने भएकोले तरकारीमा यसको ठूलो महत्व छ ।

गोलभेंडालाई पकाएर तरकारीको रुपमा अथवा काँचै सलादको रुपमा खाइन्छ ।  प्रति १०० ग्राम गोलभेडामा १८ क्यालोरी शक्ति पाइन्छ । गोलभेडामा ९५ प्रतिशत पानीको मात्रा हुन्छ । गोलभेडामा प्रशस्त मात्रामा  भिटामिन सी, बायोटिन, मोलिब्लेडनम र भिटामिन के पाइन्छ । यसका अलाबा यसमा भिटामिन ए(बिटा क्यारोटिन), भिटामिन वी६, फोलिक एसिड (भिटामिन वि९, वायोटिन, भिटामिन सी, फस्फोरस, म्याग्नेसियम, रेशा आदि पाइन्छन् ।  यसमा अत्यन्त महत्वपूर्ण एन्टिअक्सिडेन्ट लाइकोपिन पाइन्छ जसको मात्रा बोक्रामा वढी हुन्छ । यो मुटु रोगी, क्यान्सर रोक्ने क्षमता भएको , छाला स्बस्थ राख्ने गुण भएको फल हो । हाल बिश्वमा बिभिन्न रंगहरु तथा प्रयोजनको लागि गोलभेडा समेत बिकास गरिसकिएको छ ।

विभिन्न रङ्गका गाेलभेडाहरु, नेदरल्याड

खाजाकाे रुपमा प्रयाेग गरिने गाेलभेडा, नेदरल्याड

प्लाष्टिक घरभित्र लगाउने जातको छनौट गर्दा बजारको माग तथा जातको उत्पादन क्षमतामा बिचार पुर्याउन जरुरी हुन्छ । सामान्यतया बढी उत्पादन दिने  लहरिने वा मध्यम लहरिने (Indeterminate or semi-indeterminate) जातहरु लाभदायक हुन्छन् ।

जातहरू

जातीय गुण

फलको

औषत तौल

(ग्राम)

विशेष

होचो बोट,

ब्याक्टेरियाबाट ओइलाउने रोग कम लाग्ने,

लाम्चो फल, फ्युजेरियम, निमाटोड र भाइरस लाग्न सक्ने ।

५०–७०

सृजना

अग्लो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग कम लाग्ने गोलो फल, फ्युजेरियम, निमाटोड र भाइरस लाग्न सक्ने,डढुवा खप्न सक्ने ।

५०–६०

मनिसा

अग्लो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग लाग्न सक्ने, अण्डाकार फल, फ्युजेरियम र निमाटोड लाग्न सक्ने ।

९०–१००

 

वीनसारी

अग्लो बोट, गरम खप्ने, धेरै फल्न सक्ने, अण्डाकार फल, निमाटोड लाग्ने ।

१२०–१४०

नेपालमा बागवानी अनुसन्धान महाशाखा खुमलटारद्धारा विकसित सृजना जातको गोलभेडाको मौसमी तथा बेमौसमी खेती बढ्दै गएको छ । यस लगायत नेपालमा खेतीका लागी २७ वटा गोलभेडाका जातहरु पन्जिकृत  भइ  विभिन्न भौगोलिक क्षेत्रको लागि सिफारिस गरिएको छ । गोलभेडाको जात छनौट गर्दा सिफारिस क्षेत्र, बजारको माग, रोग तथा कीरा सहन सक्ने गुण तथा प्रतिवोट उत्पादन, जातिय गुण तथा आबश्यक प्रविधिमा ध्यान दिन जरुरी छ ।
सृजना गोलभेडाको जातिय गुण

  • गोलभेंडामा नेपालको पहिलो वर्णसंकर जात,फल रातो मुटू आकारको टुप्पा तिखो भएको हुन्छ ।
  • फलको बोक्रा बाक्लो (४ – ४.८ मिलिमिटर) हुनुका साथै फलको स्वाद मध्यम अमिलो हुन्छ ।
  • बोटको उचाई ४.५ देखि ५ मिटर सम्म हुन्छ ।
  • बेर्ना सारेको ७५–८० दिनमा फल तयार हुन्छ ।
  • ९ देखि १० महिनाको अवधि सम्म फल टिप्न सकिन्छ ।
  • एक फलको तौल ६० देखि ८० ग्राम (मध्यम) हुन्छ ।
  • ओईलाउने रोग (ब्याक्टेरीयल वील्ट) सहन सक्ने सहन सक्ने ।
  • मध्य पहाडको ८०० देखी १६०० मिटर र तराईको १५० मिटर भन्दा माथिका उर्बर तथा सिंचित क्षेत्रहरुमा उपयुक्त।
  • २०६६ सालमा पञ्जीकृत भएको ।
सृजना गोलभेडा

क. छिमलमा फल्ने वा लहरिने जात (Inderterminate)

१. मनिसा

  • अग्लो बिरुवा उचाई २.५ मिटरसम्म हुन सक्छ  त्यसैले बलियो टेका दिनुपर्छ ।
  • बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ । तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ ।
  • एक बिरुवामा १२ के.जी. सम्म फल लाग्ने ।
  • अण्डा आकारको रातो रङ्गको फल ।
  • बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ ।
  • एक फलको तौल ८०–१०० ग्राम सम्म हुन्छ ।
  • तापक्रम सहन सक्ने ।
  • सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।

पुसा रुबी

  • बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
  • फल पुरा गोलाकार हुदैन र मध्यम गहिरो नलीहरु (Slight medium furrows) हुन्छ ।
  • समान रातो फल, एक फलको तौल ५० –७५ ग्राम हुन्छ  र पात तुलनात्मक रुपमा साँगुरो हुन्छन् ।
  • ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०४६ सालमा उन्मोचित गरिएको ।

.रोमा

  • बेर्ना सारेको ६५–७० दिनमा उत्पादन लिन सकिने  मध्यम जात हो ।
  • फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग (Bi-chambered) हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
  • एक फलको तौल ६०–८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
  • ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ ।
  • एकै पटकमा फल्ने हुनाले बोट होचो र झाङ्गिने किसिमको हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

मनप्रेसकस

  • बेर्ना सारेको ८०–९० दिनमा उत्पादन लिन सकिने  मध्यम अगौटे जात हो ।
  • फल ग्लोब आकारको, नरम,समान रातो, Bi/tri-chambered, कसिलो र बीउको मात्रा थोरै भएको हुन्छ ।
  • एक फलको तौल ७५–१०० ग्राम हुन्छ ।
  • ८०– ९० दिनमा फल टिप्न तयार हुन्छ ।
  • पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा  हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

५. एन.सि.एल–१

  • गर्मी र ओइलाउने रोग सहन सक्ने जात जुन बेर्ना सारेको ६५–७५दिनमा उत्पादन लिन सकिन्छ ।
  • फल आरु आकारको,अलि अलि गोलाकार ,कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ ।
  • एक फलको तौल ६०–७५ ग्राम हुन्छ ।
  • पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा  हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

. मध्यम उचाई हुने वा कम अग्ला वा होचा जातहरु (semi or indeterminate)

१. अविनास – २

  • एकै पटक फल्ने अथवा छिमलमा फल्ने जातको बिचको बिरुवा १२० से.मी. लामो हुन्छ ।
  • प्रशस्त मात्रामा फुल्ने, फल्ने, १० – १२ के.जी. एक बोटमा फल लाग्न सक्ने, एक फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ ।
  • रातो रङ्गको गोलाका फल हुने ।
  • गर्मी तथा पात घुम्रिने रोग सहन सक्ने ।
  • ६० – ६५ दिनमा प्रथम उत्पादन लिन सकिन्छ । तथा ९० – १२० दिनमा अधिकतम उत्पादन हुन्छ ।
  • सुख्खा माटो तथा सुख्खा समयमा राम्रो हुन्छ तर बर्षा समयमा राम्रो हुदैन । श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न उपयुक्त हुन्छ ।

२. एन. एस. – ८१५

  • छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
  • धेरै हांगाहरु हुन्छन् २ – ३ पटकसम्म धेरै फुल लाग्छ ।
  • गर्मी सहन सक्ने ।
  • गोलोदेखि अण्डाकार रातो फल, एक फलको तौल ७० – ९० ग्राम हुन्छ ।
  • राम्रो फल्छ, ४ – ७ के.जी. प्रतिबोट ( ४ – ७ मे.टन प्रति रोपनी ) ।
  • ५० – ६० दिनमा फल टिप्न तयार हुन्छ , तर ८० देखि ९० दिनमा बढी फल लिन सकिन्छ ।
  • बाक्लो छाला भएकोले भण्डारण धेरै दिनसम्म गर्न सकिन्छ  तथा टाढा बजारको लागी उपयुक्त छ ।
  • माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र पहिलो हप्तासम्म मध्य पहाड तथा आश्विन देखि माघ सम्म तराईमा रोप्न सकिन्छ ।

३. एन. एस. ८१२

  • छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
  • हांगाहरु ठीकै संख्यामा २ पटक फुल्ने ।
  • गर्मी सहन सक्ने, अण्डाकार रातो रङ्गको फल, प्रति फल ७० – ९० ग्राम तौल हुने ।
  • प्रति बोट ४ – ६ के. जी. फल्ने ।
  • ५५ दिनमा फल तयार, अधिकतम उत्पादन ८० – ९० दिनमा ।
  • माधदेखि बैशाख र आषाढ दोश्रो हप्तादेखि भाद्रको दोस्रो हप्तासम्म मध्य पहाडमा तथा आश्विन देखि  माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।

४. सुरक्षा

  • छोटो बिरुवा ८० से. मी सम्म अग्लो हुने ।
  • हांगाहरु तथा फुलको संख्या ठिकै ।
  • अलि अण्डाकार रातो फल, फलको छाला बाक्लो, तर भण्डारण गुण नराम्रो, फल टिपेको १ – २ रात मात्र राख्न सकिने ।
  • बेर्ना लगाएको ५५ दिनदेखि फल तयार हुने, प्रतिबोट ४ – ६ के.जी. फल्ने ।
  • गर्मी तथा ओइलाउने रोग सहन सक्ने ।
  • मध्य पहाडमा माघदेखि श्रावण तथा भाद्रदेखि माघसम्म बेर्ना सार्न सकिने ।

५. टि – ५९७५ 

  • बोट १०० से. मी. सम्म अग्लो हुने ।
  • धेरै हांगा आउने ३ – ४ पटक सम्म फुल्ने ।
  • गर्मी, पात तथा फलमा लाग्ने धेरै रोग सहन सक्ने ।
  • अलि अलि अण्डाकार साईजको रातो रङ्गको फल दिन् प्रति बोट ६ – ८ के. जी. फल लाग्ने, प्रति फलको तौल ७० – ९० ग्राम हुने ।
  • छाला राम्रो भण्डारण गुण राम्रो भएको ।
  • माघदेखि बैशाख, मध्य आषाढदेखि शुरु भाद्रसम्म मध्य पहाड तथा आश्विन देखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।

६. एन. एस. २५३५

  • छोटो बिरुवा, ८० से. मी. सम्म अग्लो हुने ।
  • धेरै हांगा लाग्ने २ – ३ पटकसम्म फुल्ने ।
  • गर्मी तथा केहि मात्रामा पातमा लाग्ने रोग सहन सक्ने ।
  • अण्डाकार रातो रङ्गको फल, प्रलि फलको तौल ७० – ८० ग्राम हुने ।
  • ५० – ६० दिनमा फल तयार हुने, अधिकतम फल ८० – १०० दिनमा उत्पादन हुने ।
  • प्रति बोट ५ – ७ के. जी. फल्ने बाक्लो छाला तथा भण्डारण गुण राम्रो भएको ।
  • माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र शुरुसम्म मध्य पहाडमा तथा आश्विनदेखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।

७. विशेष

  • बोट होचो सानो थाक्रा दिए हुने ।
  • फल ठूला साथै आकर्षक हुन्छन् ।
  • ओइलाउने रोग नलाग्ने ।
  • उत्पादन प्रति बोट ४ – ६ के.जी.

८. भिम

  • बोट लामो लामा थाक्रा दिनुपर्ने ।
  • धेरै ठूला फल फल्ने ।
  • ओइलाउने रोग कम लाग्ने ।
  • उत्पादन प्रतिबोट ६ – ८ के. जी. ।

९. डालिला 

  • फल लाग्ने क्षमता राम्रो भएको गर्मी समयमा रोप्नको लागी उपयुक्त, फल खँदिलो हुन्छ ।
  • बोटको उँचाइ ४ फिट हुन्छ ।
  • बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
  • बेर्ना सारेको ४०-४५ दिनमा फुल लाग्ने ।
  • फलको तौल प्रति दाना ४०–५० ग्राम हुन्छ ।
  • उत्पादन ३०,००० के.जी./ हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६७ सालमा सिफारिस भएको ।

१०. माधुरी  

  • फल आकर्षक रातो रङ्गको, अण्डाकार धेरैदिन टिक्ने र नफुट्ने हुन्छ ।
  • १ दाना बराबर १ बोट र प्रतिबोट सरदर ६५ बटा फल फल्छ ।
  • बोटको उँचाइ ११५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
  • फलको तौल प्रति दाना ५० ग्राम हुन्छ ।
  • उत्पादन १,२०,००० के.जी./ हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६७ सालमा सिफारिस भएको ।

११. जमुना 

  • फल आकर्षक रातो रङ्गको, चाडै नकुहिने र भण्डारण गर्न सजिलो हुन्छ ।
  • १ दाना बराबर १ बोट र प्रतिबोट सरदर १०० बटा फल फल्छ ।
  • बोटको उँचाइ ११५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १,२०,००० के.जी./ हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६७ सालमा सिफारिस भएको ।

१२. एन.एस. ७१९

  • बोटको उँचाइ ४८-५५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ७८-८० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ८०-९० मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१३. यूरेका

  • बोटको उँचाइ १६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०२ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ९३.७ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१४. साभेरा

  • बोटको उँचाइ १५० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ११३ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१५. नोभा 

  • बोटको उँचाइ १४० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १५२  मे.टन हुन्छ ।
  • तराइ र  मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१६. अस्त्र  ७१७

  • बोटको उँचाइ १३० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०३ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १३१ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१७. मरिना

  • बोटको उँचाइ १५०से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ११३ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१८. गौरब ५५५

  • बोटको उँचाइ २५०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १००—१०५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १०६ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम वीउको आवश्यकता पर्दछ । (एक ग्राम राम्रो उमारशक्ति भएको वीउबाट सरदर १५० देखी २ सय बेर्ना उत्पादन हुन्छ ) ।

गोलभेडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ । जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । नर्सरी १ मिटर चौडा र आबश्यकताअनुसार लम्बाईको बनाउन सकिन्छ । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे/प्लग ट्रेमा राख्नुपर्छ । ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्ने र २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो(अथवा निर्मलीकरण गरेको माटो २ भाग, राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने) (बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने) र १ से.मि. जति गहिराइमा एक–एक वटा वीउ राख्ने । वीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा वालुवाले छोप्नुपर्छ । हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ । बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६–७ घण्टा भिजाउँदा जराको वृद्धि विकासमा सहयोग पुर्याउँछ । यदि सेल ट्रे/प्लग ट्रेमा विरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र झारपातको बीउ रहित कम्पोष्ट वा २–३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धुलो (growing media)/मधुमास को प्रयोग गर्नु पर्दछ । यदि मधुमासको प्रयोग  गर्ने हो भने आधा भाग मधुमासमा आधा भाग रोग तथा कीरा मुक्त गड्यौली मल वा पाकेको कम्पोष्ट प्रयोग गर्दा विरुवाको बृद्धि विकास राम्रो भएको पाइएको छ ।

कोकोपिटको मिडियामा  रोपीएको बीउ पोलिपटमा जमाइएको रोप्न तयार बिरुवा

गुणस्तरीय र  राम्रो  उत्पादन लिनको लागि न्यानो र सुख्खा मौसम उपयुक्त हुन्छ । यसले बढी वर्षा र तुषारो सहन सक्दैन । यसको खेतीको लागि २०–२४ डि.से. तापक्रम  उपयुक्त मानिएको छ । गोलभेंडाको फल बढ्नका लागि र फल पाक्नका लागि १८–२७ डि.से. तापक्रम उपयुक्त हुन्छ । १२ डि.से. भन्दा कम तापक्रमले गोलभेंडाको सबै किसिमको वृद्धि विकासलाई प्रतिकूल असर गर्दछ । दिउँसोको तापक्रम २५ डि.से. र रातको तापक्रम १५–२० डि.से. भएमा  राम्रो उत्पादन लिन सकिन्छ भने   तापक्रम लामो समय सम्म ३५ डि.से. भन्दा माथि भएमा  परागसेचनमा असर परी कम फल लाग्दछ ।

प्रायः सबैजसो माटोमा गोलभेडा खेती गर्न सकिने भएता पनि प्राङ्गरिक बस्तु (Organic matter) प्रशस्त भएको उर्वर दोमट माटो गोलभेंडा खेतीका लागि उपयुक्त हुन्छ, माटोको पी.एच. ६ देखी ७ भएको,पानी नजम्ने माटो गोलभेडाको लागि उपयुक्त हुन्छ । पि.एच. मान कम भएमा गोलभेंडामा बिषेशगरि क्याल्सियम तत्वको लगायत अन्य (नाईट्रोजन, फस्फोरस, पोटास, सल्फर, आदि) तत्वहरुको उपलब्धता कम हुन्छ ।

खाद्यतत्वको  नाम

उपलब्धताको लागि उपयुक्त पि.एच

नाईट्रोजन,पोटासियम, सल्फर     

५.५ देखि ७.५

फस्फोरस          

६.५ देखि ७.५

क्याल्सियम, म्याग्नेसियम            

६.५ भन्दा बढी

तामा, फलाम, जस्ता म्यान्गानिज

५.५ देखि ७

बोरोन  

५ देखि ७

मोलिब्लेडनम    

५.५ देखि ७

  • गोलभेडाको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका हुन्छ । एक के.जी. गोलभेडा उत्पादन हुँदा विरुवाले नाइट्रोजन ६.१ ग्राम, फस्फोरस ७.० ग्राम, पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नेसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम आवश्यक पर्दछ ।
  • खाद्य तत्वको प्रयोग गर्दा माटो परिक्षण गराई सन्तुलित खाद्यतत्वको प्रयोगमा ध्यान दिनुपर्दछ र सामान्यतया प्रति वर्ग मिटर जग्गामा आधा के.जी जति कृषि चुन प्रयोग गरेर जोत्ने र २०–२२ दिन जमिनलाई त्यतिकै छाडिदिने गर्नाले विरुवामा क्याल्सियमको कमीले टुप्पो कुहिने समस्या समाधान हुनाको साथै माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्दछ । चुनको प्रयोग गर्नु अगाडि माटो परिक्षण गरेर सिफारिस मात्रामा मात्र प्रयोग गर्नु लाभदायक हुन्छ ।
  • माटोको उर्वरापन विचार गरी प्रति रोपनी जग्गामा सय के.जी. कुखुराको कुहिएको सुली, १५ सय के.जी. राम्ररी पाकेको गोबर मल, डी.ए.पी. १० के.जी., पोटास ५ के.जी., जिंक र वोरेक्स आधा–आधा के.जी. मिसाउनु उपयुक्त हुन्छ (जिंक तथा बोरोनको अत्याधिक प्रयोगले विरुवामा नकारात्मक असर पर्न जाने हुँदा एक वर्ष प्रयोग गरेपछि सामान्यतया २–३ वर्षसम्म प्रयोग गर्नु लाभदायक हुँदैन) ।
  • माथिको मलखादको साथै एक रोपनी जग्गामा निम वा तोरी वा चिउरीको पिना २५ देखि ३० के.जी.को दरले माटोमा प्रयोग  गर्नाले माटोमा रहेका धमिरा कमिला लगायतका कीरा कम गर्नका साथै निमाटोडको प्रकोप समेत कम हुन्छ
  • यदि प्रति बोटको हिसाबले यदि मलखाद प्रयोग गर्ने हो  भने ५ के.जी कम्पोष्ट, २५ ग्राम डि.ए.पी, १० ग्राम पोटास, बोरेक्स, जिंक आधा–आधा ग्राम प्रयोग गर्ने । बेर्ना सार्नुभन्दा एक हप्ता अगाडि ३० से.मी गहिरो र ४० से.मी चौडा कुलेसो बनाई उपरोक्त मल प्रयोग  गर्दा विरुवालाइ फाइदा पुग्दछ ।
  • मलखादको समुचित प्रयोगको लागि माटो परीक्षण गराएर सिफारिस मात्रामा प्रयोग गर्नु अत्यावश्यक हुन्छ ।
  • गोलभेडाको उत्पादन बढाउन विरुवा रोपेको महिना जति पछिनाइट्रोजन र पोटास क्रमशः१० ग्राम,१० ग्रामको दरले दिनु पर्दछ । गोलभेडामा तोरीको पिना तथा बायोग्याँसको लेदोको प्रयोगले उत्पादन बढाउन सहयोग गर्ने हुनाले  विरुवाको अबस्था विचार गरी प्रति बोट ३० ग्राम पिना र १ के.जी गोबर ग्याँसको लेदो प्रयोग गरी माटोले छोप्दा उत्पादन बृद्धिमा सहयोग गर्र्दछ ।

हाल थोपा सिचाइ प्रणालीबाट पानी तथा माटोमा घुलनशिल मलखाद प्रयोग गर्ने चलन नेपालमा  समेत बढीरहेका सन्दर्भमा माटो रहित विभिन्न मिडिया तथा माटो सहितको गोलभेडा खेतीको लागि निम्नानुसार खाद्यतत्वहरुको प्रयोग गर्न सकिन्छ :

प्रयोग गर्ने

समय

मलको नाम

प्रयोग मात्रा

(के.जि. प्रति  ८ रोपनि)

७ देखी ३० दिन सम्म

विहान  ७:३०

 युरिया     

०.५

१९:१९:१९

०.५

१२:६१:

::५०

विहान  ११:००

क्याल्सियम नाइट्रेट         

०.३५

१३:००:४५   

०.४

दिउसो १:००

चिलेटेड सुक्ष्म तत्व

४५  ग्राम

३१ देखी ६० दिन सम्म

विहान  ७:३०

युरिया

१.५

१९:१९:१९

०.५

१२:६१:

१.५

::५०

३.५

विहान  ११:००

क्याल्सियम नाइट्रेट      

०.७

१३:००:४५  

दिउसो १:००

चिलेटेड सुक्ष्म तत्व          

७०  ग्राम

म्याग्नेसियम सल्फेट

६१ देखी ९० दिन सम्म

विहान  ७:३०

युरिया

२.५

१२:६१:

१.७५

::५०

३.५

विहान  ११:००

क्याल्सियम नाइट्रेट         

१३:००:४५   

दिउसो १:००

चिलेटेड सुक्ष्म तत्व           

९०   ग्राम

म्याग्नेसियम सल्फेट

साधारणतया ४ देखि ५ पात आएको स्वस्थ विरुवा रोप्न योग्य हुन्छ । जमिन तयारी गरिसकेपछि जमिनभन्दा १५ देखी २० से.मी. अग्लो ड्याङ बनाई दुई ड्याङको बिचमा ४० से.मी. बाटो राख्ने र ड्याङमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी र एक लाइनदेखि अर्को लाइनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याङ दुई लाइन विरुवा रोप्ने र हल्का सिंचाई दिने कार्य गर्नुपर्छ । विरुवाको दुरी जात तथा माटोको उर्वरापन , तालिम तथा काँटछाँट बिधिमा निर्भर हुन्छ । होचो हुने जातलाई डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ४० से.मी. राख्दा उपयुक्त हुन्छ । अग्लो हुने जात यदि दुई काण्डिय प्रणालीमा लैजाने हो भने डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ६० से.मी. कायम राख्नु पर्छ । एक काण्डिय प्रणालीमा लैजाने हो भने बोट देखी बोटको दुरी ४० से.मी. राख्दा हुन्छ ।

झारपातको प्रकोपकलाई बिचार गरी बेला बेलामा झारपात हटाउने कार्य तथा चिस्यानको मात्रा विचार गरेर पानी दिने गर्नुपर्दछ ।  गोलभेडालाई फूल फुल्ने, फल लाग्ने तथा मलखादको प्रयोग गरिसकेपछी पानीको आबश्यकता पर्दछ । माटोमा चिस्यान मात्रा कायम हुने तर पानी नजम्ने गरी आबश्यकता हेरी बेला बेलामा सिंचाइ गर्नुपर्छ । यदि गोलभेडा खेतीमा झारपातको प्रकोप कम गरी उत्पादन बृद्धि गर्ने हो भने थोपा सिंचाइ र  सिल्भर लाईनिंग (silver lining) भएको प्लाष्टिक मल्च प्रयोग गर्दा राम्रो हुन्छ ।

तालिम तथा काँटछाँटले सूर्यको प्रकाश तथा हाबाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग  गराई गोलभेडाको उत्पादनमा वृद्धि गर्न सहयोग गर्दछ । गोलभेडालाइ लहरिने/फुल फुल्दै फल्दै गर्ने/ छिमलमा फल्ने (indeterminate) र नलहरिने / फुल फुलेपछि बोट नबढ्ने (determinate) जातमा बर्गिकरण गरिएको छ । साधारणतथा नलहरिने जातलाई त्यति धेरै तालिम तथा काँटछाँटको आबश्यकता नपरेतापनि ३ देखि ४ बटा काण्ड राखेर बाँकी हटाउँदा उत्पादन राम्रो हुन्छ । लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्न सकिन्छ । एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउनुपर्छ । दुई काण्डिय प्रणालीमा लैजाने हो भने जमिनबाट करिब ३० देखि ४० से.मी. वीचबाट आएको एउटा मुना राखेर अन्य मुना हटाई मुख्य काण्ड र उक्त मुनालाई बढ्न दिनु पर्दछ । विरुवा रोप्ने बेलामा प्रत्येक ४ वटा विरुवाको बिचमा पर्ने गरेर ठाडा २.५ मी अग्ला दह्रा भाँटा राख्ने र विरुवा १ महिनाको भएपछि शुरुमा ३० से.मी.को फरकमा र त्यसपछि ४५ से.मि. फरकमा तेर्सा भाटा राखेर थाँक्रा दिने कार्य गरी  गोलभेडालाई डोरीले भाटामा बाँध्नुपर्छ  । भाँटा राख्दा बाँसको चिल्लो भाग बिरुवातर्फ फर्काउन पर्दछ ।  थाँक्राको सट्टा गोलभेडालाई डोरीमा मात्र पनि फलाउन सकिन्छ । यसको लागि गोलभेडालाई थाँक्राको रुपमा बलियो प्लाष्टिकको यु.भी.डोरीमा तालिम गर्नुपर्दछ । यसरी यु.भि. डोरीमा तालिम गर्दा प्रति इकाइ उत्पादन लागत घटाउन सकिने कुरा अध्ययन तथा कृषकहरुको अनुभबबाट पाइएको छ ।

 

  • विरुवा सरेपछि १० देखी १५ दिनको फरकमा झोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्नुपर्छ वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २–३ इन्च पर वरिपरी पर्ने गरी जरा भिजाउनुपर्छ वा यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्नुपर्छ । थोपा सिँचाइको सेट उपलब्ध छ भने विरुवाको जरामा पिसाव पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिनु राम्रो हुन्छ । यसो गर्दा विरुवामा रोग किराबाट लड्ने क्षमताको विकास  हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ ।
  • यदि प्लाष्टिक मल्च नहालीकन लगाइएको विरुवा हो भने विरुवा सरेपछि गाउँघरमा उपलब्ध हुने तितेपाती, बनमारा, असुरो, खिर्रो आदि ( तिता, पिरा ,टर्रा गन्ध आउने बनस्पति जे उपलब्ध हुन्छ) लाई  १–२ इन्चको टुक्रा बनाई ५–७ दिन ओइलाएर गोलभेडाको फेद नछुने गरी ड्याङमा हालेमा धमिरा, कमिलाको प्रकोप न्युनिकरण गर्न तथा विभिन्न ढुसीजन्य रोगका माटोमा रहेका जिवाणुलाई कम गर्न सहायता पुग्छ ।
  • माटोमा छुन लागेका तथा पुराना पात कैचीको सहायताले काट्नुपर्छ । पात हटाउँदा फललाई छोपेको पात सकभर हटाउनुहुदैन । प्रत्येक पटक पात तथा मुना हटाउँदा कैचीलाई ढुसीनाषक विषादीमा डुबाएर प्रयोग गर्ने र मुना काटिसकेपछि २ ग्राम कपर अक्सिक्लोराइयुक्त विषादी १ लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ वा झोलमल छर्नुपर्दछ ।
  • विरुवामा फूल  फूलेर फल फल्न शुरु गरेपछी फलको अबस्था हेरेर मल्टिप्लेक्स वा टोमाटो स्पेशियल वा अन्य सुक्ष्म तत्व ४–५  पटक छर्नुपर्छ ।
  • विरुवा लगाएको २०–२५ दिन पछिबाट पहेलो स्टिकी ट्रयाप  १०–१२ वटा प्रति टनेल राख्नुपर्छ । जसले गर्दा सेतो झिँगालगायत अन्य चुसाहा किराको उपस्थिति पत्ता लगाई बेलैमा नियन्त्रण गर्न सहयोग पुग्दछ ।
  • गोलभेडा टिप्दा कम क्षति पुर्याउने किसिमबाट कैचीको सहायताले भेट्नो सहित टिप्नुपर्छ ।
  • बोटको जरामा गाँठा बनाउने, जुका देखापरेमा पछिल्लो अवस्थामा नियन्त्रण गर्न कठिन हुने हुँदा गोबरग्याँसबाट निस्केको लेदो गोबरमल प्रति बोट ५ सय ग्राम जतिको दरले फेदबाट २–३ इन्च वरिपरी राखी माटोले छोपेको खण्डमा माथिबाट जराको वृद्धि विकास हुन मद्धत पुर्याइ उत्पादनमा ह्रास हुनबाट बचाउँछ । 
  • बाह्रै महिना एवं लगातार टनेल भित्र गोलभेंडाको खेती गर्दा रोग किराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा गोलभेडा लगाएपछि भटमास वा अन्य दालबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ । एकचोटि गोलभेडा लिइसकेपछि प्लाष्टिक तथा  बाँसका थाँक्राहरू हटाएर सयपत्री फूल वा तोरी रोपी १–१.५ महिनाको भएपछि माटोमा मिलाइ सेतो प्लाष्टिकले ३०–४२ दिन छोपेर माटोमा मिसाउनाले  निमाटोड तथा अन्य माटोमा रहेका कीरालाइ नियन्त्रण गर्न सहयोग गर्दछ ।
  • विरुवा पहेलो हुँदै गएमा र उत्पादनमा ह्रास आउन थालेमा दुई लाइनको बिचमा जरा नखल्बलिने गरी ५ से.मी जति गहिरो लामो खाडल खनी ५–७ दिन कुहाएको पिना प्रति बोट ३० ग्रामको दरले दुई लाइनको बिचमा प्रयोग गर्नुपर्छ । गोवरग्याँसबाट निस्केको कुहिएको लेदो छ भने प्रतिबोट आधा के.जी जति परिमाणमा हुने गरी लाइनमा पिनासँगै हाल्ने र सिँचाई गर्नुपर्छ ।
  • विरुवामा खाद्यतत्व (नाइट्रोजन, फस्फोरस र पोटास) को सन्तुलित रूपमा प्रयोग नभएमा रोग कीराको आक्रमण बढी हुने हुँदा सन्तुलित खाद्यतत्वको प्रयोगमा सधै ध्यान दिनुपर्छ । नाइट्रोजन तत्वको बढि प्रयोगले विरुवाको छिटो वृद्धि गराई विरुवा कमजोर बनाउने हुनाले रोग कीराको आक्रमण बढी हुन्छ । साथै गोलभेडालाई सूर्यको प्रकाशको पनि अधिक आवश्यकता पर्ने हुँदा उचित रूपमा प्रकाश छिर्न सक्ने गरी प्लाष्टिक घरको निर्माण गर्ने र विरुवाको बिचमा हावाको सञ्चार हुन सक्ने गरी विरुवाको दुरी कायम गर्नुपर्छ ।

यदि लहरिने जात जस्तै सृजना जातको गोलभेडा लगाईएको छ र उचित व्यवस्थापन गरिएको छ भने प्रतिबोट ८ देखि १० के.जी. सम्म उत्पादन लिन सकिन्छ (प्रति रोपनी ५ हजार ५ सयदेखि ९ हजार ५सय के.जी.सम्म) । प्लाष्टिक घरको प्रयोग नगरी खुल्ला ठाउँमा खेती गरिएको छ भने प्रति रोपनी  दुई हजार देखी  तीन हजार के.जि सम्म उत्पादन लिन सकिन्छ ।

विवरण

एकाई

परिमाण

   दर रु.

जम्मा (रु.)

चालु खर्च

 

 

 

२१०७६०

मानव श्रम

जना

२५२

४५०

११३४००

पशुश्रम

दिन

८००

६४००

ट्याक्टर

घन्टा

१०

९००

९०००

स्प्रेयर

घन्टा

१८

२०

३६०

बीउ

के.जी

०.२

१२५०००

२५०००

मल (कम्पोष्ट)

के.जी

१५०००

३००००

युरिया

के.जी

२००

२५

५०००

डि.ए.पी.

के.जी

१२०

५०

६०००

पोटास

के.जी

१००

३६

३६००

सूक्ष्म तत्व/हर्मोन

सर दर

 

 

४०००

बाली संरक्षण रसायनहरु

सर दर

 

 

५०००

व्यवस्थापन खर्च

सर दर

 

 

३०००

सिंचाई व्यवस्थापन ( पम्पसेट  खर्च)

घण्टा

१२

२५०

 

संचालन खर्चमा ब्याज

%

 

१०

स्थिर खर्च

 

 

 

३१७६०

जग्गा भाडा

हे

३००००

३००००

जग्गाको कर

रु.

 

 

६०

पानी महसुल

रु.

 

 

२००

ह्रास कट्टी

रु.

 

 

५००

मर्मत संभार

रु.

 

 

१०००

कूल खर्च

रु.

 

 

२४२५२०

जम्मा आम्दानी ( फार्म गेट )

रु.

 

 

 

मुख्य उत्पादन

के. जी.

३००००

२०

६०००००

जम्मा नाफा ( फार्म गेट )

रु.

 

 

३५७४८०

उत्पादन लागत प्रति के. जी.

रु.

 

 

८.०८

नजिकको थोक बजारसम्म पु¥याउदा

 

 

 

 

बजार लागत

रु.

 

 

५४५६.७

बजारमा विक्री परिमाण र मुल्य

रु.

२७०००

२३

६२१०००

खूद नाफा

रु.

 

 

३७३०२३

नाफा र लागतको अनुपात  (B/C ratio) फार्म गेटमा : १.४७

नोट : माथिको खेती खर्च र आम्दानीको विश्लेषण कृषि ब्यवसाय तथा बजार अनुसन्धान कार्यक्रम हरिहरभबनले खुला खेतवारीमा गोलभेडा खेतीको लागि तयार गरिएको तालिकाको परिमार्जित रुप हो ।यदि चितवन जस्तो तराइको जिल्लामा कम्तिमा ७ देखी ८ महिना सम्म  गोलभेडा फलाउने हो भने नेट हाउस,प्लाष्टिक मल्च तथा थोपा सिचाइको जरुरी पर्दछ जुन सुविधाको लागि प्रति बर्ग मिटर  सरदर ८०० रुपैयाँ थप खर्च लाग्दछ । जसवाट ५ बर्ष सम्म खेती गर्न सकिन्छ र गोलभेडा उत्पादन  कम्तिमा  तेब्बर हुनका साथै उपजको बेमौसमी मूल्य समेत बढी हुने देखिन्छ । तसर्थ बेमौसमी गोलभेडा खेतीको लागि निम्न अनुसार खेती खर्च र आम्दानी विश्लेषण गर्न सकिन्छ  । प्रति के.जि. लागत यस प्रविधिमा वढी भएतापनि यस प्रविधिवाट खुल्ला खेती भन्दा आम्दानी समेत वढी लिन सकिन्छ ।

विवरण

एकाई

परिमाण

दर रु.

 पहिलो बर्ष खर्च रु.

नेट हाउस निर्माण

बर्ग मि

१००००

८००

१६०००००

चालु खर्च

 हे

२०००००

२०००००

स्थिर खर्च

 हे

३१७६०

३१७६०

 कुल खर्च

१८३१७६०

उत्पादन थलोको आम्दानी 

 गोलभेडा

 टन

९०

३००००

२७०००००

उत्पादन थलोको खुद नाफा

८६८२४०

 उत्पादन लागत प्रति के.जी.

२०.३५

कैफियत : जम्मा नेट हाउस निर्माण संरचनामा ८० लाख खर्च हुने र संरचानाको आयु ५ बर्ष हुने हुँदा पहिलो बर्षको खर्च रु १६ लाख राखिएको

प्लाष्टिक घरभित्र गोलभेडा खेतीमा अन्य खेतीको तुलनामा बढी लगानी आबश्यक पर्दछ । खेतीको थालनी गर्न अगाडी आफुले उत्पादन पुर्याउने बजारको पहिचान, त्यहाँका उपभोक्ताको रुची ,बजारमा बर्षभरि गोलभेडाको  माग,आपूर्ति र मुल्य जस्ता कुरामा ध्यान दिन जरुरी छ ।

प्लाष्टिक घर भित्र गोलभेडा बाली व्यवस्थापनको कमजोरीले गर्दा गोलभेडामा डढुवा, डाँठ कुहिने रोग, ढुसी तथा ब्याक्टेरियाजन्य ओइलाउने रोग, भाइरस, निमाटोड, पात खन्ने टुटा कीरा, सेतो झिंगा आदिको प्रक्रोप बढ्दै गएको छ । जसले गर्दा प्लाष्टिक घरभित्र गोलभेडा खेतीमा प्राविधिक चुनौति थपिएको छ । गोलभेडा खेतीमा देखिने मुख्य कीराहरु, रोगहरु तथा अन्य समस्याहरु (खाद्यतत्वको असन्तुलन, प्रतिकुल मौसम) को सहि पहिचान र उपयुक्त ब्यवस्थापन गरी थोरै क्षेत्रफलबाट अधिक उत्पादन लिन सकिन्छ । गोलभेडामा लाग्ने रोग कीराहरुको व्यवस्थापनमा एकीकृत बाली सरक्षणका विधिहरु अवलम्बन गर्नु उपयुक्त हुन्छ । जसका लागि स्वस्थ बाली हुर्काउनु, खेतबारीको नियमित अवलोकन गर्नु, मित्र जीवको संरक्षण गर्नु, कृषक स्वयं दक्ष बन्नु आवश्यक हुन्छ । 

परिचय
पातमा अनियमित रुपमा खनेको, पारदर्शी लक्षण नियाल्नुस् जसमा कहिलेकाही लार्भा र प्यूपा हुनसक्दछ, मुनामा लार्भाले खाएको र कालो बिष्टाहरु, फलको बोक्रामा अनियमित धब्बाहरु र अधिक क्षति भएको अवस्थामा, गोलभेडाको बोटहरु सुकेको जस्तो देखिन्छ । क्षति गरेको भागमा हरियो सेतो देखि गुलाबी रंगका ०.९ सेमीका लार्भाहरु देखिन्छन जस्को टाउकोमा अर्धचन्द्राकार घेरा भएको हुन्छ । बयस्क माउ पुतलीलाई पातको तल्लो पट्टी देख्न सकिन्छ |

व्यवस्थापन

  • कीराले संक्रमण गरेका पातहरु र अन्य बिरुवाका भागहरु हटाई नष्ट गर्ने (जलाउने वा कम्तिमा १ फुट गाड्ने ।बयस्क माउ पुतलीलाई नियन्त्रण गर्न
  • टिएलएम ल्युर वटा-टि पासो प्रति रोपनी ५ का दरले राख्ने अथवा प्रति रोपनी १ बत्तिको पासो प्रयोग गर्ने ।
  • निममा आधारित कीटनाशक बिषादी एजाडिरिक्टिन १ % ईसि ३ मिलि प्रति लिटर पानीमा मिसाई ७–७ दिनको अन्तरालमा छर्ने ।
  • मेटारहिजिएम एनिसोफिलाई (१ह१०८ सिएफयु प्रति ग्राम) २००–२५० ग्राम प्रति रोपनीका दरले माटो उपचार गरि लार्भालाई मारेर प्यूपा अवस्थामा जान रोक्न सकिन्छ ।
  • गहुँत पानी १ः५ को अनुपातमा मिसाई ५–५ दिनको अन्तरालमा छर्ने ।
  • बिटि कुस्टाकी १ % डब्लु पि २ ग्राम प्रति लिटर पानीमा मिसाई ७दिनको फरकमा छर्ने ।
  • रसायनिक विषादीहरुको प्रयोग गर्दाः

क्लोरोएन्ट्रानिलिप्रोल १८.५ % एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।स्पिनोस्याड ४५ % एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।
फ्लुबिन्डियामाईड ३९.३५ % एससि १ मिलि प्रति ३–५ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।

ईबामेक्टिन बेन्जोएट ५ % डब्लुडिजी १ मिलि प्रति ३ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।

  • कीराले बिष पचाउने क्षमताबाट बचाउन माथि उल्लेखित कीटनाशक बिषादीहरु आलोपालो गरि प्रयोग गर्ने । 

परिचय 

गोलभेडाको फलमा लाग्ने माउ पुतलीले फूल पार्दछ र फूलबाट लार्भा वा गवारो बन्दछ । सोही गवारोले गोलभेडाको फलमा क्षति गर्दछ । हेलिकोभर्पा गबारो फल भित्रै पसेर गुदी खाई नोक्सानी गर्दछ भने स्पोडोप्टेरा गबारोले फलको बोक्रा खाई नोक्सानी गर्दछ । कीराको अचल अवस्था (प्यूपा) माटो मुनी रहन्छ र पुनः वयस्क पुतली निस्कन्छ । यसरी कीराको जीवन चक्र र क्षति गर्ने अवस्था अनुसार व्यवस्थापनका बिधिहरु अपनाउनु पर्दछ । 

व्यवस्थापन

  • कीराका लार्भाहरुलाई समातेर मार्ने । कीराले क्षति गरेको फललाई नष्ट गर्ने ।
  • हेलिल्यूर र स्पोडो ल्यूर पाराफेरोमोन फनेल ट्रयापमा प्रयोग गर्ने (प्रति रोपनी कम्तिमा १,१ वटा अनुगमनका लागि र ४–५ वटा व्यवस्थापनका लागि) ।
  • झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।
  • निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
  • सयपत्री वा असर्फी फूल जस्ता विरुवा जुन कीराहरुले फुल पार्न मन पराउछन् बारीको वरिपरि लगाउने र त्यसमा आर्कषण भएका
    कीरहरुलाई बिषादी प्रयोग गरि मार्ने ।
  • जैविक विधि अन्र्तगत वि.टि. १% डब्लु पि १–२ ग्राम प्रति लि. पानीमा मिसाई प्रयोग गर्न सकिन्छ । वा एच.एन.पी.भी. जैविक विषादीको ३ मिलि १ लिटर पानीका दरले मिसाएर गोलभेडा बालीमा छर्ने । 
  • ट्राईकोग्रामा केईलोनिस परजिबी कीराको प्रयोग गर्ने जसले यस कीराका अण्डाहरु नष्ट गर्छन् (७००० अण्डा प्रति रोपनी प्रति हप्ता
    ६ महिना विरुवाको वृद्धि अवधि भर) ।
  • साइपरमेथ्रीन २ मिलि वा साइपरमेथ्रीन र क्लोरोपाईरिफस १.५मिलि प्रति लि. पानीमा मिसाई छर्ने । वा डेल्ट्रामेथिन वा फिप्रोनिलवा ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराईड प्रयोग गर्न सकिन्छ । 

 

परिचय 

स–साना मसिना सेता झिंगाले बिरुवाको विभिन्न भागबाट रस चुसेर खान्छन् र यिनले भाइरसजन्य रोगहरू पनि सार्दछन् ।

व्यवस्थापन

  • नाइट्रोजनयुक्त मल सन्तुलित मात्रामा प्रयोग गर्ने ।
  • खेतवारी सफा र खुला राख्ने । पुरानो पातहरु हटाउने र राम्रो हावा खेल्नका लागि एक फिट उचाई भन्दा माथि तीन वटा मुख्य हांगा राख्ने । प्लाष्टिक घरको उचाई कम्तिमा ३.५ मि. वनाउने ।
  • कीराको अनुगमन साथै व्यवस्थापन गर्न पहेंलो च्याप च्यापे पासो प्रयोग गर्ने ।
  • झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।
  • निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम ३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
  • एसिटामिप्रिड वा डाइमेथोयट वा इमिडाक्लोरोपिड वा डायफेनाथियुरोन जन्य रासायनिक कीटनाशक बिषादीको प्रयोग गर्ने ।

परिचय 

यि कीराले बिरुवाको विभिन्न भागबाट रस चुसेर खान्छन् साथै भाइरसजन्य रोगहरू पनि सार्दछन् ।

व्यवस्थापन

  • विभिन्न प्रकारका प्राकृतिक शत्रुहरुले लाही कीरालाई नाश गर्दछन् ।जस्तैः स्त्री स्वभावको खपटे, यिनको पहिचान, संरक्षण र उपयोग गर्ने।
  • झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।
  • गहुँको मसिनो पिठो बिहानै शीत नओभाउदै छर्ने वा पानीमा मिसाई स्प्रे गर्ने, पिठो सुके पछि लाही कीराको कमलो शरिर फुटेर कीरा मर्दछन् ।
  • निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम ३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
  • दैहिक विषादी डाइमेथोयट वा इमिडाक्लोरोपिड वा ईवामेक्टिन बेन्जोएट जन्य रासायनिक कीटनाशक बिषादीको प्रयोग गर्ने ।

परिचय 

वयस्क अवस्थाको पोथी कीरा झिंगाहरुले पातमा छिद्र वा प्वाल पारीै फुल पार्दछन् । ती फुलहरुबाट मसिना औसा निस्की पातको माथिल्लो भागमा नागवेली सुरुङ्गहरु बनाउदछ, जुन पातमा लेखेको जस्तो देखिन्छ ।

व्यवस्थापन 

  • स्वस्थ विरुवा हुर्काउने । जाली घर भित्र बेर्ना उत्पादन गर्ने ।
  • उचित सिंचाई व्यवस्थापन गर्ने । सुख्खा याममा धेरै क्षती हुने हुँदा पानीमात्र छर्न सकिन्छ ।
  • क्षति भएका पातहरु टिपेर हटाउने, नष्ट गर्ने ।
  • झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।
  • निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम ३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
  • रसायनिक विषादी डाईक्लोरोभस (नुभान) वा ट्राईएजोफस छर्ने ।

परिचय 

वयस्क झिगाँले फूल पार्दछ । फूलबाट औँसा निस्की फलको गुदी खाई फल कुहाउदछ । कीराको प्यूपा अवस्था माटो मुनी बस्दछ र निश्चित समय पछि वयस्क निस्कन्छ ।

व्यवस्थापन

  • बाली चक्र अपनाउने । फललाई व्यागिङ्ग गर्न पनि सकिन्छ ।
  • खाद्य पासो वा प्रोटिन चारोको पासो प्रयोग गर्ने ।
  •  वयस्क कीराको अनुगमन तथा व्वस्थापनका लागि कम्पोजिट ल्यूरको मोहिनी पासो प्रयोग गर्ने  ।
  • रसायनिक बिषादी प्रयोग गर्दा चिनी या सख्खर मिसाई छर्ने ।
  • समस्याग्रस्त फलहरु संकलन गरि गाड्ने वा नष्ट गर्ने ।

परिचय 

यो गोलभेडा बालीको बेर्ना अवस्थामा लाग्ने ढुसी जन्य रोग हो । वेर्ना सारीसकेपछि पनि फेद कुहिने समस्या हुन सक्दछ । बेर्ना सार्दा नर्सरीमा माटो मुनी बेर्नाको जती भाग पुरिएकोछ, त्यती मात्र पुरेर रोप्ने ।

व्यवस्थापन

  • पारिलो ठाँउमा नर्सरी बनाउने ।
  • कार्बेन्डाजिम २ ग्राम प्रति केजी बीउका दरले बीउ उपचार गर्ने ।
  • रोग रहित माध्यममा बेर्ना तयार गर्ने साथै नाइट्रोजनको धेरै प्रयोग नगर्ने ।
  • बचावटका लागि बेर्ना सार्नु अगावै पाकेको गोवरमल १०० के.जी. मा २५० ग्राम ट्राइकोडर्मा जैविक विषादी मिसाई जमीनमा प्रयोग गर्ने यसैलाई नर्सरीको माटो उपचार गर्न प्रयोग गर्न सकिन्छ ।
  • ढुसीनाशक बिषादी बेभिष्टिन ५ ग्रा. प्रति वर्ग मि. नर्सरी ब्याडकोदरले माटो उपचार गर्ने ।
  • नर्सरीमा बीउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने ।
  • बीउ छर्नु अगावै नर्सरी ब्याडको माटो निर्मुलीकरण गर्ने । (फर्मालिन प्रयोग गरेर वा सेतो प्लाष्टिकले छोपेर)
  • रोग देखा परे पछि ५ ग्राम ट्राइकोडर्मा १ लि. पानीका दरले बिरुवाको जरा र वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने ।
  • ब्याडमा रोगको लक्षण देखिनासाथ कार्बेन्डाजिम वा म्यानकोजेव १ ग्राम प्रति लिटर पानीका दरले पानीमा मिसाई ड्रेन्चिङ्ग गर्ने । बेर्ना सार्ने बितिकै ट्राइकोडर्मा ५ ग्राम प्रति लिटर पानीमा वा कार्बेन्डाजिमयुक्त ढुसीनाशक बिषादी १ ग्राम प्रति लिटर पानीका दरले घोल बनाई जरा वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने ।

परिचय 

पातमा डढेको जस्तो देखिन्छ । शुरुमा पानीले भिजेको जस्तो हल्का खैरो हुन्छ र पछि गाढा खैरो वा कालो रंगमा परिणत हुन्छ । अनुकुल मौसममा त्यस्ता थोप्लाहरु पुरै पात, डाठँ र फलमा समेत फैलिन्छन् र बोट पुरै डढ्दछ । ओसिलो अवस्थामा पातको तल्लो सतहमा सेतो ढुसी देखिन्छ ।

व्यवस्थापन 

  • रोग लागेका फल र विरुवा जम्मा गरेर डढाउने, नष्ट गर्ने, सरसफाई गर्ने ।
  • घुम्ती बाली अपनाउने । (बाली चक्रमा गोलभेडा, भण्टा, खुर्सानी आदी जस्ता बाली लगाउनु हुदैन ।)
  • धेरै नजिक नजिक विरुवा नरोप्ने , उचित दुरीमा विरुवा लगाउने ।
  • रोग निरोधक जात लगाउने ।
  • नाईट्रोजनयुक्त मलको धेरै प्रयोग नगर्ने ।
  • रोगलाई संरक्षण दिने झारपात हटाउने ।
  • फल टिपिसकेपछि झांङ्ग खेतमै नकुहाउने ।
  •  नियमित रुपमा कांटछांट गर्ने । रोगी, पुराना पातहरु हटाई स्वास्थ्य हाँगाहरु राख्ने ।
  •  सिंचाई र निकासको व्यवस्थापनमा साबधानी अपनाउने ।
  • बचावटका लागि पाकेको गोवरमल १ मे.ट. मा २.५ के.जी ट्राइकोडर्मा जैविक विषादी मिसाई प्रति रोपनी प्रयोग गर्ने । र रोग देखा परे
    पछि ५ ग्राम ट्राइकोडर्मा १ लि. पानीका दरले बोटमा छर्ने ।
  • बालीको नियमित अनुगमन गर्ने र म्यानकोजेवयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लि. पानीमा राखेर ७ दिनको अन्तरालमा पातको दुवै  तर्फ पर्ने गरी छर्ने ।
  •  रोग धेरै बढेमा मेटालेक्सिल ८%+म्यान्कोजेव ६४% डब्लुपि २ ग्राम वा डाईमेथोमर्फ ५०% डब्लुपि. २ ग्राम वा फेनामिडन १०% +म्यान्कोजेव
    ५०% डब्लुपि २ ग्राम प्रति लिटर पानीको दरले बोट भिज्ने गरी छर्ने ।

परिचय 

गोलभेडाको डाँठ डढेर कालो हुन्छ ।

व्यवस्थापन 

  • काँटछाँट गर्ने, रोगी पात हाँगाबिंगा हटाउने ।
  • रोगी भागमा कपरअक्सिक्लोराईड (ब्लाईटक्स ५०) पानीमा मिसाई लेप लगाउने ।

 

परिचय 

पातमा स–साना काला खैरा थोप्लाहरुदेखा पर्दछन् र पछि गएर ती दागहरुनियमित चक्र बन्न थाल्दछ । बिस्तारैखैरा दागहरु ठूला भएर एक आपसमा जोडिन गई पूरा पात डढेर झर्दछ ।

व्यवस्थापन

  • गोलभेडा बालीको उचित व्यवस्थापनमा ध्यान दिने । कमजोर वा नसप्रेको बालीमा बढी रोग देखिने भएकोले स्वस्थ खेती प्रबिधि अपनाउनु पर्दछ ।
  •  समय समयमा गोडमेल गर्ने, रोगी तथा पुराना पातहरु नष्ट गर्ने ।
  •  उचित बाली चक्र अपनाउने । (बाली चक्रमा गोलभेडा, भण्टा,खुर्सानी आदी जस्ता बाली लगाउनु हुदैन ।)
  • हेक्जाकोनाजोलयुक्त ढुसीनाशक बिषादी १.५ मिलि प्रति लिटरका दरले वा म्यानकोजेवयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लिटरका दरले पानीमा मिसाई गोलभेडाको पुरै पातमा पर्ने गरी छकर्नु पदर्छ ।

परिचय 

ढुसीजन्य ओईलाउने रोगका कारक जीवाणुहरु माटोमा रहेका हुन्छन् । गोलभेडाको बोटमा रोग संक्रमणको शुरुवातमा तलका पातहरु पहेंलिन्छ । डाठँ काटेर हेर्दा भित्री भाग खैरो कालो देखिन्छ, पछि बोटहरु ओईलाउदछन् ।

व्यवस्थापन 

  • निरोधक जात र रोगरहित स्वस्थ बीउ प्रयोग गर्ने ।
  • रोग रहित वारीवाट उत्पादन गरिएको वेर्ना प्रयोग गर्ने ।
  • रोग लाग्ने वित्तिकै स्वस्थ बोटमा सर्न नदिन रोगी विरुवाहरुलाई उखेलेर नष्ट गर्ने ।
  • बाली चक्र अपनाउने, खाद्यान्न वाली र गोलभेडा एक पछि अर्को गरि लगाउने ।
  •  उचित मलखाद र सिंचाई प्रयोग गर्ने ।
  •  पानी निकासको उचित ब्यवस्था गर्ने ।
  • माटो उपचार गर्ने ।
  •  पुरानो रोगी बालीको अवशेष नष्ट गर्ने ।
  •  बचाउका लागि बेर्ना सार्नु अगाडी ढुसीनासक विषादी ट्राइकोडर्मा ५ ग्राम प्रति लिटर पानीमा वा कार्वेन्डाजिम १ ग्राम प्रति लिटर पानीको घोलमा जरा डुबाएर बेर्ना उपचार गरी रोप्ने ।
  •  ५ ग्राम ट्राइकोडर्मा १ लि. पानीका दरले बिरुवाको जरा वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने । वा कार्वेन्डाजिम वा कार्वेन्डाजिम र म्यानकोजेवयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई जरा र वरपरको माटो भिज्ने गरी प्रयोग गर्ने, ड्रेन्चिब गर्ने ।

परिचय 

बोटहरु टुप्पोबाट सर्लक्क ओईलाउदछन् । बिहान, बेलुका स्वस्थ देखिन्छ ।शुरुको अवस्थामा दिउँसो घाम लागेको बेलामा ओईलाउदछ । अन्तमा सबै बोट ओईलाउदछ ।

ब्याक्टेरियल विल्ट (ओईलाउने रोग) रोगको परीक्षणका लागि उज टेष्ट :

  • सफा सिसाको पारदर्शी गिलासमा पानी राख्ने
  • त्यसमा ओईलाएको विरुवाको डाँठ गिलासको पिंध नछुने गरि राख्ने
  • केहि मिनेटमा डाँठबाट सेतो चुरोटको धुवाँ जस्तो आएमा व्याक्टेरियाजन्य ओईलाउने रोग लागेको  बुझ्नु पर्दछ ।

व्यवस्थापन 

  • रोग निरोधक जात लगाउने । 
  • रोगमुक्त बीउ प्रयोग गर्ने । 
  • बाली चक्र अपनाउने (सोलानेसी परिवार बाहेकका बालीसंग घुम्ती बालि अपनाउने )
  • माटो उपचार गर्ने ।
  • रोगी विरुवा नष्ट गर्ने । 
  • जरामा चोट पटक नलगाउने |
  • कपर अक्सिक्लोराईड वा स्ट्रेप्टोमाईसिन सल्फेट + टेट्रासाईक्लिन हाईड्रोक्लोराईड (एग्रिसिन), वा सफ्टगार्ड प्रयोग गर्ने ।

परिचय 

बोटहरुको बृद्धि विकास राम्रो हुदैन । पातहरु पहेलिएर झर्न थाल्दछन् । त्यस्ता बोटको जरामा गिर्खाहरु हुन्छन् । पछि बोट ओईलाउदछ र मर्दछ ।

१

व्यवस्थापन 

  • रोग निरोधक जात लगाउने, बाली चक्र अपनाउने (खाद्यान्न वाली र गोलभेडा एक पछि अर्को गरि लगाउने अन्तरालमा लगाउने ।
  • फल टिपिसकेपछि बोट जरा सहित हटाउने । गिर्खा भएका विरुवा उखेलेर जलाउने ।
  •  बेर्ना उत्पादन गर्न अनिवार्य रुपमा माटो नीर्मलिकरण प्रविधि अपनाउने ।
  • निमको पिना २५ केजी प्रति रोपनीका दरले बेर्ना रोप्नु अगाबै जमिनको तयारीमा माटोमा मिसाउने ।
  •  प्लाष्टिक घर वरपर सयपत्री फूल लगाउने, तथा बेर्ना सार्नु अगावै जमिनमा सयपत्री लगाई त्यसलाई माटोमा मिलाउन सकिन्छ ।
  • माटो उपचार गरि निमाटोड नियन्त्रण गरेर बाली लगाउन सकिन्छ । माटो उपचार गर्दा सेतो प्लाष्टिकले माटो ढाकेर नीर्मलिकरण गर्ने, वा फर्मालिनको घोलले माटो भिजाई सेतो प्लाष्टिकले ढाकेर, वा हाईट्रोजनपेरोअक्साईड वा ब्लिचिङ्ग पाउडर प्रयोग गर्न सकिन्छ । रसायनिक तरिकाले माटो उपचार गर्दा माटोका लाभदायक शुक्ष्मजीवाणुहरुको बारेमा ख्याल गर्नु पर्दछ । यस प्रकार माटो उपचार गर्ने बिधि माटोबाट सर्ने ढुसी तथा व्याक्टेरियाजन्य रोग
    व्यवस्थापनमा समेत उपयोगी हुन्छ ।
  •  यसका अलवा माटोको जैविक तवरले उपचार गर्ने, प्लाष्टिक घरभित्रको गोलभेडा खेतीमा अन्तरबालीको रुपमा प्याज, लसुन लगाउने या अन्य बिधिहरुलाई एकीकृत रुपमा अपनाउने ।
  • गोलभेडाको कलमी विरुवा (Solanum sisymbryfoliumमा) रोप्ने ।

 

परिचय 

पातमा सेतो खरानी जस्तो लक्षण देखा पर्दछ र धेरै प्रकोप भएमा डाँठ समेतमा लक्षणहरु देखा परी पातहरु सुक्दछन् ।

व्यवस्थापन 

  • खेतवारी सफा राख्ने रोग लागेको पातहरु र झारहरु नष्ट गर्ने ।
  • रोगी समस्याग्रस्त पातहरु टिपेर नष्ट गर्ने ।
  • डिनोकाप (काराथेन) वा थायोफेनेट मिथाएल वा कार्बेन्डाजिम (बेभिष्टिन) वा ट्राईडेमर्पm (क्यालिक्जिन) पानीमा मिसाई पातहरु राम्ररी भिज्ने गरी छर्ने ।

परिचय 

यो गोलभेडा नेपालमा विकास गरिएको पहिलो हाइब्रिड गोलभेडा हो । नेपालमा व्यवसायिक तरकारी खेतीको करिब ६० प्रतिशत क्षेत्रफल वर्णसङ्कर बीउले ढाकेको अनुमान छ  (के.सी. २०७१) । नेपाल कृषि अनुसन्धान परिषद्ले गोलभेंडाको वर्णसङ्कर जात सिर्जना विकास गरी वि. सं. २०६६ (सन २०१०)मा यस जातको पंजिकरण गरेको हो । सृजना गोलभेडा बेमौसमी खेतीको लागि उपयुक्त हुनाका साथै यसको स्वाद समेत उपभोक्ताले मन पराउने र ब्याक्टेरियावाट ओइलाउने रोग समेत सहन सक्ने गोलभेडाको जात भएकोले काठमाण्डौ उपत्यका लगायत आसपासका मध्यपहाडी क्षेत्रमा यसको प्लाष्टिक घरभित्र ब्यापक खेती हुँदै आएको छ ।

1

सृजना  Intermediate type  को गोलभेंडा हो । प्रायः हरेक ३ पातको अन्तरमा फूलको झूप्पा लाग्दछ । तलको फल टिपीसक्दा पनि माथिको फल लाग्दै जान्छ ।

  • बोटको उचाई                  : ४.५ देखि ५ मिटरसम्म ।
  • पहिलो फूल फूल्ने सम       :  बेर्ना सारेको ३० देखि ३५ दिनमा ।
  • फल तयार हुने समय         : बेर्ना सारेको ७५ देखि ८० दिनमा ।
  • फल टिप्ने अवधि               : ९ देखि १० महिना सम्म ।
  • प्रति बोट फूलको झुप्पा      : २० देखि २५ ।
  • प्रति झुप्पा फलको संख्या   : १० देखि १२ ।
  • प्रति बोट फल उत्पादन      : खुला खेतबारीमा– ४ देखि ४.५ केजी , प्लाष्टीक घरभित्र– १० देखि १२ केजी 
  • प्रति हेक्टर फल उत्पादन   : १०५ देखि  ११० टन ।
  • फलको आकार                :मुटु आकारको टुप्पा तिखो ।
  • फलको साइज                  :६० देखि  ८० ग्राम (मध्यम) ।
  • फलको रंग                       : रातो ।
  • फलको बोक्रा                    :  बाक्लो (४ देखि ४.८ मिलिमिटर) ।
  • स्वाद                               :मध्यम अमिलो ।
  • कुल घुलनशील ठोस पदार्थ  :५.२० ब्रीक्स ।
  • फलको उपयोग                 : सलाद र पकाएर खान उपयुक्त ।
  • भण्डारण क्षमता                 :  परिपक्व तर नपाकेको गोलभेंडालाई सामान्य भण्डारणमा बढिमा २ हप्ता सम्म राख्न सकिन्छ ।
  • रोगसहने सक्ने क्षमता          : ओईलाउने रोग (ब्याक्टेरियल वील्ट) सहन सक्ने ।
  • सिफारीशगरिएको उपयुक्त क्षेत्र  : मध्य पहाड र तराईका उर्वर तथा सिचिंत क्षेत्रहरु
  • दुई शुद्ध  (Pure inbred line) तर भिन्दा भिन्दै गुण भएका एउटै प्रजातिका (Species) का भिन्न जातहरूलाई क्रस गरी बनाएको नयॉ जात नै वर्णसङ्कर जात हो
  • सृजना जात यसै गरी बिकास गरिएको जात हो  ( पोथी एच आर डी १ र भाले एच आर डी १७ को क्रस  ) 
  • एच आर डी १ को गुण : ब्याक्टेरियावाट ओइलाउने रोग सहन सक्ने, गोलो आकारको सानो फल फल्ने  अग्लो हुने (Intermediate) जात ।
  • एच आर डी १७ को गुण : लाम्चो तथा ठुलो फल फल्ने  होचो हुने (determinate) जात
  • क्रंसिग गर्न आबश्यक माथिका जातहरुको  वीउ (parental line) वागवानी अनुसन्धान माहाशाखा, खुमलटारवाट प्राप्त गर्न सकिन्छ ।

वर्णसङ्कर जात बनाउन आवश्यक  सामाग्री तथा बस्तुहरु

  • एकरुपता भएको (Pure) भाले र पोथीको बीउ (Pure inbred line seeds)
  •  सिंचित र उब्जनीयुक्त जग्गामा रहेको प्लास्टिक घर 
  • पराग सङ्कलन गर्ने प्लास्टिक वा कॉचको भॉडो (पेट्रिडिस) । 
  • भाले भाग हटाउन चिम्टा (Forceps)
  • दक्ष जनशक्ति

      भाले र पोथीलाई छुटृै नर्सरीमा रोप्ने र २० देखी २५ दिनको बेर्नालाई बीउ उत्पादन गर्ने जग्गामा/प्लास्टिक घरमा सार्ने

  • भाले वोटको १० देखि १५ दिन अगाडि बीउ खसाली बेर्ना सार्नु पर्दछ 
  • बेर्ना सारेको ३० देखि ३५ दिनमा पहिलो फूल फुल्छ र पहिलो फूलको झुप्पालाई (First cluster)क्रसिङ् नगरी हटाई दोस्रो झुप्पावाट क्रसिङ् सुरु गरिन्छ 

इम्यासकुलेसन (Emasculation)

  • बोट बिरुवामा फूल लागेपछि, त्यसको पंखुरी पत्रदल भाले अङग वा पोथी अङग चिम्टा वा अन्य कुनै कृत्रिम तरिकाले फूलबाट अलग गर्ने तरिकालाई इम्यासकुलेसन (Emasculation)भनिन्छ ।  
  • इमास्कुलेसन हात वा चिम्टा (Forceps) ले गरिन्छ । 
  • इमास्कुलेसन गर्दा कोपिला (Bud) छनौटमा ध्यान दिनु पर्छ । भोलि पल्ट खुल्ने अलिक पहेंलो देखि सकेको तर नखुलेको फूल को पत्ता अलिक पहेंलो भइ सकेको तर नफुलेको कोपिला छनौट गर्नु पर्छ एउटा झुप्पामा पहिलो पटक आएका ३÷४ वटा फूलहरू छनौट गरी अरु मसिना फूलहरू फोरसेपको सहायताले निकालेर फालिदिनु पर्छ । 
  • इम्यसकुलेसन गर्दा पोथी अङग (Stigma) लाई चोटपटक नलाग्ने गरी भाले अङग हटाउनुपर्छ । 
  • इम्यासकुलेसन दिउँसो पनि गर्न सकिन्छ । 
  • क्रसिङ्ग गर्ने कोपिलाको २—३ वटा हरियो सेपललाई आधा जति काटी दिनु पर्दछ । 

परागसेचनः पोथी अङ्ग (Stigma) मा पराग कण (Pollen)लगाउने प्रक्रिया

  • परागसेचन गर्न पहिले पराग (Pollen) जम्मा गर्नुपर्छ । 
  • पराग जम्मा गर्न पहिले बिहान ७ वजेदेखि ११ वजे भित्र फुलेका फूलहरू जम्मा गर्ने ।
  • यी फुलेका फुलहरूलाई पेट्रिडिसमा राखी १० देखि १५ मिनेट घाममा राखिदिने जसले गर्दा परागको थैली फुट्दछ ।
  • पेिट्रडिसको फुललाई एउटा एउटा गरी चिम्टाले समाती डिसको डिलमा टक टक हानी पराग (पोलेन) झार्ने । 
  • उक्त पोलेनलाई इमास्कुलेसन गरेको पोथी अङ्ग (Stigma) मा बिस्तारै छुवाउने ।
  • पोथि अङ्ग (Stigma) मा सेतो पाउडर नरहेसम्म छुवाउने । 

  • पोलिनेसन गर्दा ७ देखि ११ वजे भित्रसम्म गरिसक्नु पर्दछ । 
  •  एउटा इमास्कुलेसन गरेको ९क्तष्नmब० मा २÷३ पटकसम्म पोलिनेसन गर्न सकिन्छ ।
  • परागसेचन गरेको चार देखि पाँच दिन भित्र फल बन्न सुरु हुन्छ । 
  • परागसेचन गरेको ३० देिख ४० दिन भित्र फल पाकी सक्दछ । 
  • क्रसिङ् गरी सकेपछि कमसेकम चार घण्टा कुनै बिषादी वा अरु कुनै पनि स्प्रे गर्नु हुदैन । 
  • अघिल्ला दिन इमास्कुलेसन गरिएको छ भने भोलिपल्ट बिहान ७ देखि ११ बजेसम्म परागसेचन (Pollination) गरी सक्नु पर्दछ ।
  • भाले र पोथीलाई छुट्टै नर्सरीमा रोप्ने र १८ देिख २२ दिनको बेर्नालाई बीउ उत्पादन गर्ने जग्गामा सार्नु पर्दछ । 
  • पहिलो फूल, सारेको ३० देखि ३५ दिनमा फुल्छ र पहिलो फूलको झुप्पालाई(First cluster) हटाउने।दोस्रो फूलको झुप्पावाट क्रसिङ् सुरु गर्नु पर्दछ। 
  • रोपेको एक हप्तापछि मरेको वेर्नाहरूलाई फेरि सार्ने । रोपेको एक महिना देखि लगातार ठिमाहा वा बेजात बोट हटाउनु पर्दछ । 
  • पोथी भन्दा भालेलाई १०÷१२ दिन अगाडि बीउ खसाली बेर्ना सार्नु पर्दछ । 
  • पोथीको बीउ जमाएको २५ दिन पछि १५ ÷ १५ दिनको अन्तरमा पुन तिन पटकसम्म भालेको बीउ जमाउनु पर्दछ । यसले गर्दा पोथी बोटमा फुल फुलुन्जेल क्रसिङ्ग गर्न पाईन्छ । 
  • माऊ बोटमा आँख्लाको बीचबाट निक्लिएको हाँगा वा मुनालाई चिमटेर हटाउनु पर्दछ । 

माऊ पोथी र भाले बोटलाई कम्तीमा २ मिटरको फरक दुरीमा रोप्नु पर्दछ ।

वर्णसङ्कर जात निकाल्दा माऊ बोटको व्यवस्थापन

  • हरेक झुप्पामा ३  देखी ५ वटा मात्र फल राख्ने ।  हरेक बोटमा ६०–६५ वा बढीमा ७० वटा सम्म फल राख्ने । 
  • भाले र पोथी रोप्दा ५ वटा पोथीलाई एउटा भालेको अनुपातमा रोप्ने ( सालाखाला २० प्रतिसतका दरले) । 
  • भाइरस वा अरु कुनै रोग लागेको बोटलाई उखाली नस्ट गरिदिने । 
  • परागसेचनदेखि बीउ बन्ने वेलासम्म नियमित रुपमा सिंचाइ  दिने कार्य गर्ने ।
  • ८ मी ह २८ मी  को एउटा प्लाष्टिक घरबाट सरदर २५०० देखी ३००० ग्राम सम्म वीउ उत्पादन भई प्रति ग्राम रु ११५ को दरले २ लाख ८७ हजार देखी ३ लाख ४५  हजार  सम्म आम्दानी लिन सकिने देखिएको छ  । उक्त साइजको जाली सहितकोे प्लाष्टिक घर फलामको फ्रेम राखी बनाउँदा सरदर ३ लाख ५० हजार खर्च लाग्ने देखिन्छ जुन पाँच बर्ष सम्म साधारण मर्मत गरी सजिलै प्रयोगमा ल्याउन सकिन्छ । केन्द्रीय तरकारी वीउ उत्पादन केन्द्र खुमलटारमा वीउ उत्पादन गर्दा प्रति के.जी क्रसिंग गरीएको ताजा गोलभेडावाट सरदर ३.५ ग्राम सुकाएको वीउ उत्पादन भएको पाइएको छ । सामाजिक आर्थिक महाशाखा,नार्क ले २०७२/७३ मा गरेको स्थलगत सर्भेक्षण अनुसार ६० बर्ग मीटरको प्लाष्टिक घरमा वीउ उत्पादन खर्च रु ४०,६४५ लाग्ने पाइएको थियो भने उक्त साइजको घरवाट १ के.जि सम्म वीउ उत्पादन गर्न सकिने देखिएको थियो । वीउ उत्पादनमा लाग्ने कुल खर्चको ८१ प्रतिशत खर्च ज्यामीमा लाग्ने देखिएको थियो । वीउ उत्पादन प्राविधिक काम भएकोले यसको लागि क्रसिंगमा दक्षता हासिल गरेको जनशक्क्ति आबश्यकता पर्दछ ।
  • उक्त साईजको प्लाष्टिक घरमा बाली ब्यबस्थापनमा ५० हजार र ५ महिना सम्म क्रसिंग गर्न सरदर ९५ हजार गरी जम्मा १ लाख ४५ हजार जति खर्च लाग्ने देखिन्छ ।
  •