परिचय

धान, मकै र गहुँ नेपालका प्रमुख खाधान्न बाली हुन्। यी बालीहरुको खेति नेपालको तराईदेखि तल्लो हिमालसम्म गरिन्छ| क्षेत्रफल अनुसार धान पहिलो, मकै दोस्रो स्थानमा पर्दछन् भने उत्पादनको हिसावले पनि धान पहिलो, मकै दोस्रो र गहुँले तेस्रो स्थान ओगटेका छन्।

विश्वमा धान बालीलाई प्रमुख खाद्यान्न बाली मानिन्छ । विश्वमा एशिया तथा दक्षिण एशियाका देशहरुको धान खेतीमा अग्रणी स्थान छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ भने त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, वंगलादेश, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल र जापान पर्दछन्। नेपालमा पनि धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धान खेतीको ठूलो महत्व रही आएको छ । हाम्रो साँस्कृतिक तथा धार्मिक रुपमा अक्षेता देखि खाद्यान्नसम्म धान नै चाहिने वेद, पुराणमा उल्लेख भै आएको पाईन्छ । धानको उपभोग गरीब देखि धनीसम्म र बच्चा देखि वृद्धसम्म सबैले गर्छन् । धानको चामल, भुजा, चिउरा प्रमुख उत्पादन हुन्। यसैगरी बढ्दो व्यवसायिक पशुपालन व्यवसायमा धान पराल, राईस ब्रान, धानको ढुटो मुख्य पशु आहार हुन् भने च्याउ उत्पादनमा धानको पराल अत्यधिक प्रयोग हुने गर्दछ । धानमा आधारित कृषि जन्य उद्योग गाउँ देखि शहर सम्म प्रशस्त छन्। यसैले नेपालको कूल जनसंख्याको करिब ६५% जनसंख्या कृषिमा आश्रित भै ३३% कूल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको करिब २० प्रतिशत योगदान धानको मात्र रहेको छ ।

जातहरु

जात  पाक्ने समय
(दिन) 
उत्पादकत्व
(टन/हे)
विशेषताहरु 
चैते–५ १००–१२५ ४.६ मसिनो
हर्दिनाथ–१  १०५–१२५  ४.५ मसिनो
चैते–२  ११५–१२५   ५.० मध्यम
चैते–४ १००–१२०  ५.१  मध्यम
चैते–६  १००–१२०  ४.५ मध्यम
जात  पाक्ने समय
(दिन) 
उत्पादकत्व
(टन/हे)
विशेषताहरु 
बहुगुनी 
धान– १
१०५  २.५-५.५ डुबान र खडेरी सहने, मध्यम दाना
बहुगुनी
धान–२
१०५  ३.५- ६.५ डुबान र खडेरी सहने, मध्यम दाना
सेहरांग 
सब– १
१३०  ४-४.५ डुबान सहने, मसिनो दाना
राधा–१४ १३५ ४.२  मसिनो दाना
सुगन्धित
धान– १
१४२ ४.५ बास्नादार मसिनो दाना
स्वर्णा 
सव–१
१३५ डुबान सहने, मसिनो दाना
साँवा
मसुली 
सव –१
१३५ ३.५ डुबान सहने, मध्यम दाना
सावित्री १४० मसिनो
रामधान १३५ ५.५ मसिनो
मकवानपुर–१ १५० ५.५ मोटो
जात पाक्ने समय (दिन) उत्पादकत्व (टन/हे) बिशेषताहरु
राधा
–१३
१४५ ४.४ खडेरी सहने, मध्यम दाना
सुख्खा
धान–१
१२३ ४.२ खडेरी सहने,  मध्यम दाना
सुख्खा
धान–२     
१२२ ३.५ खडेरी सहने, मध्यम दाना
सुख्खा
धान–३     
१२५ ३.६ खडेरी सहने, मध्यम मसिनो दाना
सुख्खा
धान–४     
१२५ ४.० खडेरी सहने, मध्यम दाना
सुख्खा
धान–५
१२५ ४.२ खडेरी सहने, मध्यम दाना
सुख्खा
धान–६     
१२५ ४.० डुबान र खडेरी सहने, मध्यम दाना
हर्दिनाथ–२ १२० ४.५ मोटो
राधा–११ १३५ ४.८ मसिनो
जात पाक्ने समय
(दिन)
उत्पादकत्व
(टन/हे)
विशेषताहरु
खुमल–१० १३६ ६.९ मसिनो
खुमल–८ १५५ १० मसिनो
खुमल–४ ७.३ ७.३ मसिनो
खुमल–११ १४० ८.६ मोटो
जात पाक्ने समय
(दिन)
उत्पादकत्व
(टन/हे)
विशेषताहरु
लेकाली
धान–१            
१६०–१९२ ४.५ २६०० मिटर सम्मको लागी, मोटो
लेकाली
धान–३            
१६०–१९२ ४.३ २६०० मिटर सम्मको लागी, मोटो
चन्दन
नाथ–१             
१६०– १९२ ५.५ २६०० मिटर सम्मको लागी, मोटो
चन्दन
नाथ–३             
१६०– १९२ ५.७ २६०० मिटर सम्मको लागी, मोटो
माछा
पुच्छ्रे–३             
१६४ ५.० २००० मिटर सम्मको लागी, मोटो
छोमरोङ                  १६४ ४.२ २००० मिटर सम्मको लागी, मोटो

आवश्यकता

नेपालको तराईका सम्पूर्ण जिल्लाहरु र मध्य पहाडी जिल्लाका बेशीहरुमा धान खेती गरिन्छ ।  धान खेतीका लागि ओसिलो र गर्मी हावापानी उपयुक्त हुन्छ । यसको खेती प्रशस्त सिँचाइ सुबिधा भएको, बढि ओसिलो हावापानी, लामो समयसम्म घाम लाग्ने ठाउँमा समुन्द्र सतहबाट ३०० मिटर सम्मको उचाइमा गर्न सकिन्छ । धान बालीको उत्पादन अबधिभरी ४१–४२ डि. सेन्टिग्रेड तापक्रम हुनु पर्दछ । धानको रोपाइँ गर्नको लागि प्रशस्त पानी चाहिने हुनाले नेपालमा धानको खेती मनसुनी बर्षा शुरु भएपछि गरिन्छ । यदि मनसुनी बर्षा ढिलो भएमा, धानको रोपाइँ ढिलो हुने हुनाले धानको उत्पादनमा ह्रास आउँदछ । अझै उन्न्त जातको धान रोपाइँ गर्दा यदि नर्सरीको बेर्ना २५ दिन भित्रमा रोपाइँ नगरेमा बाला नलाग्ने र उत्पादन नै लिन नसक्नेसम्म हुन्छ ।

चैते धानको माघ/फाल्गुन महिना रोपिन्छ र जेष्ठ/आषाढ महिनामा बाली काट्ने र थन्क्याउने गरिन्छ । त्यसै गरि बर्षे धानको खेती जेष्ठ/आषाढ महिनामा रोपिन्छ र कार्तिक/मंसीर महिनामा बाली काट्ने र थन्क्याउने गरिन्छ । जलवायु परिवर्तनका कारण हाल नेपालमा समयमा मनसुन नपर्ने र बाली काट्ने र थन्क्याउने समयमा पनि असिना पानी पर्ने गरेको पाइन्छ, तसर्थ धानबालीलाई जोगाउन यसतर्फ सचेत हुनु पर्दछ ।

छरुवा धान खेती सिंचित र असिंचित दुवै ठाउँमा गर्न सकिन्छ । धानको लागि बढी तापक्रम र आद्रता भएको अर्थात् उष्ण र उपोष्ण जलवायु उपयुक्त हन्छ। नेपालमा समुद्री सतहबाट ३००० मि उचाइसम्म धान खेति गर्न सकिन्छ |

२०–३० डिग्री सेल्सियस तापक्रममा धानको राम्रो उत्पादन हुन्छ । फुल फुल्ने र दाना लाग्ने बेलामा ३५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा भुसको मात्रा बढन गई उत्पादन घट्छ । त्यसैले यो ३५ डिग्री से भन्दा कम र १० डिग्री से भन्दा बढी भएको ठाउंमा खेति गरिने खाद्यान्न बाली हो तर वर्णशंकर जातहरु छोटो अवधि र बढी तापक्रममा पनि खेति गर्न सकिन्छ।

धान मुख्यतः छोटो दिन अवधिमा फुल्ने बिरुवा हो।

फुल फुल्ने बेलादेखि पाक्ने बेलासम्म प्रकाश संश्लेषणका लागि धानलाई धेरै सौर्य किरण चाहिन्छ।

धानको उत्पादनको लागि ५०० मि मि देखि २५०० मि मि सम्म वर्षा हनुपर्दछ।

प्राय सबैजसो माटोमा धानको खेति हन्छ| पाँगो मात्रा बढी भएको, चिम्ट्याइलो, दोमट, मलिलो, चिस्यान अड्याउन सक्ने, प्रशस्त मात्रामा प्रांगारिक पदार्थ भएको र पी.एच. ६.५-७.५ भएको माटो धान खेतिको लागि सर्वोत्तम मानिन्छ ।

कृषि इन्पुट

बेडमा बिउ लगाउँदा ४४-५५ की. ग्रा./हे ।

बिउ छर्दा ७०-८० की.ग्रा./हे ।

भरपर्दो सिँचाइको व्यवस्था भएको ठाँउमा सिड प्राईमिङ्ग एक उपयोगी अभ्यास हो । यसको लागी बीउलाई जुटको बोरामा राख्ने र १०-१२ घण्टा पानीमा डुबाएर ढड्याएको बीउलाई पानीबाट बाहिर निकाल्ने र थप अतिरिक्त ८-१२ घण्टा जुटको बोरामा राखी भण्डारमा गुम्स्याएर (ईन्कुवेशन) राख्ने र पानीको १–२ झर परेपछिको वा सिँचाइ गरेपछिको चिसो माटोमा बीउ छर्न सकिन्छ । प्राईमिङ्ग वा गुम्स्याएपछि बीउ छिटो रोप्नु पर्दछ । प्राईमिङ्गले बीउ द्रुत गतिमा उम्रन्छ र छिटो समयमा राम्रो बाली स्थापना हुन्छ । तर प्राईमिङ्ग गरेको बीउ सिड ड्रिल मेसिनबाट सजिलै प्रवाह हुन नसक्ने हुनाले केहि समस्या पर्न सक्छ । ईनक्लाईन्ड प्लेट बीउ खसाल्ने संयन्त्र भएका सिड ड्रिलको प्रयोगबाट पूर्व अंकुरण (प्रि–जर्मिनेशन) गरिएको बीउसमेत रोप्न सकिन्छ । तर पूर्व अंकुरण भएको बीउ फ्लुटेड रोलर बीउ रोप्ने संयन्त्र भएको सिड ड्रिल मेसिनबाट रोप्नु हुँदैन । पूर्व अंकुरण गरिएको बीउ सुक्खा माटोमा रोप्ने हो भने बीउ नउम्रीकन बीउ भुटिन अवस्था आउछ । तसर्थ रोप्ने वित्तिकै सिँचाइ दिन सक्ने अवस्था नभएमा प्राईमिङ्ग गरेको बीउ वा पूर्व अंकुरण भएको बीउ सुक्खा माटोमा रोप्नुहुँदैन ।

जुन ठाँउमा बीउबाट सर्ने जस्तैः लुज स्मट, फल्स स्मट, जरा कुहिने (रुट रट), जमिनको सतहमा सड्ने (कोलार रट) तथा डाँठ सड्ने (स्टीम रट) रोगहरुको प्रकोप छ, त्यस्तो ठाँउमा बीउ ढुसिनाशक विषादीबाट उपचार यी रोगहरु प्रकोप न्यून गर्न सकिन्छ । बेभिस्टीन वा थाईराइड वा सेरेसन वा डाईथेन एम्-४५ औषधि २ देखि २.५ ग्राम प्रति के.जी. धानको बीउ सुख्खा अवस्थामा नै उपचार गर्नु पर्दछ । अथवा यसको लागि कार्वोन्डाजिम/बेभिस्टिन २ ग्रामप्रति के. जी. बीउको दरले राखी बनाएको घोलमा २४ घण्टासम्म बीउलाई भिजाउनु पर्दछ । भिजाउन प्रयोग गरिने पानीको मात्रा बीउको मात्रासँग बराबर हुनुपर्छ । त्यसपछि बीउलाई उक्त विषादीको घोलबाट हटाई ४-५ घण्टा छायाँमा सुकाउनु पर्दछ ।डढुवा रोग जस्तो रोगका बिरुद्ध बीउहरुलाई नुन पानीको घोलमा भिजाएपछि १० लिटर पानीमा स्ट्रेप्टोसाईल्कन वा एग्रोमाईसिन १०० को एक ग्राम धुलो औषधि प्रति के.जी बीउको लागी उपचार गर्नु पर्दछ । यदि खेतमा माटोबाट सर्ने किरा जस्तै धमिराको समस्या छ भने किरा मार्ने विषादी जस्तै ईमिडाक्लोप्रिड ३ मिली लिटर प्रति किलो बीउका दरले बीउ उपचार गर्नुपर्दछ ।

जग्गा तयारी

अगौटे जातको लागि २-३ हप्ता, मध्यम अवधि जातको लागि ३-४ हप्ता र लामो अवधि जातको लागि ५-६ हप्ताको बेर्ना रोपाइ गरीन्छ।

पहाडमा जेठको पहिलो हप्ता देखि र साउनको पहिलो हप्ता सम्म (असार १५ देखि ३० गते सम्म) र तराईमा जेठ १५ गते देखि ३० गते सम्म गर्न उप्युक्त हन्छ ।

नेपालमा धानको रोपाइँ गर्ने काम मनसुनको शुरुवात भएपछि हुने हुनाले, धानको नर्सरी तयारी मनसुन शुरु हुन करिव १५–२५ दिन अगाडि अर्थात जेष्ठको दोस्रो हप्तामा गर्नु पर्दछ । करिव एक हेक्टरमा धान रोपाइँ गर्नका लागि ५००–७०० वर्गमिटर भएको नर्सरी ब्याड तयारी गर्नु पर्दछ, जसका लागि २०–२५ के.जी. बिउको आवश्यकता पर्दछ। नर्सरी ब्याडको तयारी गर्दा प्रर्याप्त मात्रामा राम्ररी पाकेको सुधारिएको गोठेमल र यूरिया मल ५–७ के.जी. ५००–७०० बर्गमिटर नर्सरीका लागि प्रयोग गर्नुपर्दछ ।

सुख्खा/पानी नर्सरी, हिले/पानी नर्सरी र ड्यापोग नर्सरी गरी तीन प्रकारका नर्सरीहरु नेपालमा प्रचलित छन् । आजभोली बिशेष गरी प्याराशुट तथा प्लान्टरबाट रोपाइँ गर्नको लागि नमूनाको रुपमा केही नर्सरीहरु शुरु गरिएका छन् । सुख्खा/पानी नर्सरीको तयारीका लागि जमिनको माथिल्लो भागको करिव १०–१५ सेन्टिमिटर जति माटोलाई जोतेर वा खनेर ढुङ्गा, जरा, तथा झारपातहरुलाई हटाउनु पर्दछ, डल्लाहरु फुटालेर, राम्ररी पाकेको गोवरमललाई मिसाएर माटो मसिनो र बुवुर्राउँदो बनाउनु पर्दछ । त्यसपछि ब्याडलाई जमिनबाट चार औलाजति उठाएर सम्म बनाउनु पर्दछ, त्यसमाथि धानको बिउ राम्रोसँग र बरावर पर्ने गरी छर्नु पर्दछ । त्यसपछि धानको बिउलाई पातलो माटोको तहले छोप्नु पर्दछ, जसले गर्दा धानको बिउलाई चराचुरुङ्गी तथा बर्षाको ठूलो पानीबाट जोगाउन सकिन्छ । हिले नर्सरीका जमिनको छनौट गर्दा लगातार सिँचाई तथा निकासको राम्रो प्रबन्ध भएको छनौट गर्नु पर्दछ । हिले नर्सरीका लागि जमिनको तयारी माथि बताए अनुरुप रोप्नका लागि जस्तै तयार गर्नु पर्दछ । जमिनको तयारी गर्नु भन्दा पहिले राम्रासँग एक पटक खनजोत गर्ने र जमिन सम्याउनका लागि पाटा लगाउने गर्नु पर्दछ । राम्रासँग सम्याइएको हिले नर्सरीमा बिउलाई राम्रोसँग र बरावर पर्ने गरी छर्नु पर्दछ । ड्यापोग नर्सरीलाई नेपालको बिभिन्न ठाउँमा बिभिन्न नामले चिनिन्छ । यो नर्सरी बिशेष गरी बाढीको प्रकोप हुने ठाउँहरुमा बाढी पश्चात बिरुवा उमारेर बाढीले नष्ट गरेको धान खेतमा पुनः रोपाइँ गर्नको लागि गर्ने गरिन्छ । जसका लागि जमिनबाट माथि उठाएर करिव १ मिटर लामो नर्सरी तयार गरिन्छ । खनजोत गरेर नर्सरीको तयारी गरेपछि त्यसमाथि केराको पात वा प्लाष्टिक ओच्छयाइन्छ । बिउलाई पानीमा भिजाएर राखिन्छ र जव बिउ उम्रन थाल्दछ, त्यसपछि उक्त उम्रन लागेको बिउलाई करिव २ सेन्टिमिटर बाक्लो हुने गरी केराको पात वा प्लाष्टिक माथि छरिन्छ । यो तरिकाद्वारा तयार गरिएको बिरुवा करिव ९–१४ दिनमा रोप्नका लागि तयार हुन्छ ।

माटोको तयारी धान लगाउने विधि, समय, तरिका, कृषि औजार, चिस्यान र माटोको किसिममा भर पर्छ । रोपाई भन्दा एक हप्ता अगाडी आली लगाउने र मुसाको प्वाल टाल्ने गर्नु पर्छ । गह्रामा पानी लगाएर झारपात कुहाउनु पर्छ। जमिनमा पानी लगाएर राम्रोसंग २ पटक जोतेर हिल्याउनु पर्छ र सम्याउनु पर्छ । तयारी जमिनमा ४-५ से. मि. सम्म पानी जमाउनु पर्छ र प्राङ्गारिक मललाई जग्गाको तयारीको बेला राम्रोसँग माटोमा मिलाउनु पर्छ। आधा भागमा नाइट्रोजन र पुरा भागमा डीएपी र पोटास अन्तिम तयारीमा माटोमा मिलाउनु पर्छ ।

सोझै बिउ छर्ने धानको लागि र रोपाई गर्ने धानको लागि जग्गाको तयारी फरक फरक हुन्छ । छरुवा धानको लागि जमिनको तयारी गर्दा जमिनलाई राम्रोसंग पाकेको सुधारिएको गोठेमल राखेर त्यसलाई जोत्ने, झारपातरहरु हटाउने र माटो सम्म पार्नको लागि दाँदे वा पाटा लगाउने गरिन्छ । जमिन सम्याई सकेपछि यसमा दाँते लगाइन्छ र धानको बिउ छरिन्छ । धानको बिउ छरेपछि पुन दाँते लगाएर धानलाई माटोले पुरिन्छ । रोपाइँ गरिने धानको लागि जमिनलाई बाली लगाउनु भन्दा करिव १–२ महिना अगाडी अर्थात बैशाख/जेष्ठ महिनामा जोतेर छाडिन्छ, जसले गर्दा झारपातहरु कुहिन्छ र माटोमा भएका रोग तथा कीराहरु पनि मर्दछन् । धानको बिरुवा रोप्ने दिनमा वा त्यस दिन भन्दा करिव १–२ पहिले पानी लगाएर पुन जोतिन्छ र पाटा लगाएर सम्म पारिन्छ । जमिनको तयारीका लागि गोरु, हाते ट्याक्टर वा ट्याक्टरको प्रयोग गर्न सकिन्छ । जमिनलाई हिल्याउने र पाटा लगाउने गर्नाले माटो नरम हुन्छ जसले गर्दा धानको बिरुवा रोप्न सजिलो हुन्छ भन,े जमिनमा पानी चुहिएर हुने नोक्शानी पनि कम हुन्छ ।

जमिनमा सिधै बिउ छर्ने

छरुवा धानको बिउ छर्नाको लागि जमिनको तयारी भई सकेपछि ६०–८० के.जी. प्रति हेक्टरका दरले दातेले बनाएको लाइनहरुमा पर्ने गरी एकनासले छर्ने । यसरी छरेपछि पुन दाँते लगाएर धानको बिउ माटोले पुरिदिने । यसरी सोझै बिउ छरेर गरिने खेती कम खर्चिलो, बिरुवा छिटो सर्ने हुन्छ र ३० प्रतिशत कम पानी चाहिने हुन्छ । तर यस तरिकामा झार बढि आउँछ, जसले गर्दा पहिलो पटक गोडमेल गरेर बिरुवा सार्ने काममा धेरै कामदारहरु लाग्दछ, बिरुवाहरु राम्रोसँग स्थापित नहुने र धान र परालको उत्पादन कम हुन्छ ।

धानको रोपाइँ

साधारणतयाः धुले ब्याडमा बिउ छरेको २१ दिन पछि र हिले/पानी नर्सरीमा बिउ छरेको १५ दिन पछि बिरुवा रोप्नका लागि उपयुक्त हुन्छ । धानको बिरुवाको फेदमा बुढी औला र अन्य औलाहरुले समातेर राम्रोसंग हिल्याएर पाटा लगाएर सम्याइएको खेतमा रोपिन्छ । यसरी रोप्दा एक गाँजमा २–४ बिरुवाका दरले बिरुवा देखि बिरुवाको र लाइन देखि लाइनको दुरी २०×२० सेन्टिमिटर हुने गरि रोपिन्छ ।

२-४ बेर्ना प्रति रोपोको दरले रोपिन्छ ।

६-१० इन्चको फरकमा पारेको बिरुवा रोपिन्छ।

बाली व्यवस्थापन तथा हेरचाह

विरुवाका आवश्यक खाद्यतत्वहरु मध्य कुनै एक तत्वको अभाव भयो भने विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन । माटोले विरुवालाई आवश्यकता अनुरुप नाइट्रोजन दिन नसके विरुवा बढन सक्दैन। विरुवाको पातमा हलुका पहेंलोपना देखा पार्दछ र बुढा पातहरुमा पहेंलोपना देखापर्दछ । सुधारका लागि नाइट्रोजन युक्त मल दिनु पर्दछ । यस्तैगरी फस्फोरसको कमीमा पातमा बैजनी रङ्ग (गाढा हरियोमा रातो मिसिएको) देखापर्दछ । विरुवा गाढा हरियो र ठाडो देखिन्छ । पोटासको कमीमा विरुवाको पूराना पातमा खैरोपनको पहेंलोपन (पातका किनारा डढे जस्तो) देखापर्दछ । म्याग्नेसियमको कमीमा विरुवाले धानको बुढो पातमा सुन्तला रङ्गको पहेंलोपना देखिन्छ ।

यी बाहेकका तत्वहरुको कमीमा कमीका लक्षणहरु नयाँ पातमा देखा पर्दछ । गन्धकको कमी भएमा पातमा फिका पहेंलोपनाको हरियो देखिन्छ । क्याल्सियमको कमीमा पात बेरिनुको साथै पहेंलो सहितको सेतो रुप देखापर्दछ| जस्ता (जिन्क) तत्वको समस्या नपालको प्रायः सबै जिल्लामा देखा परेको छ ट्र तराईमा यसको प्रकोप बढ्ता नै देखा परेको पाइन्छ । यसका कमीमा विरुवाको पात र डाठ कमला हुन्छ, पातमा बदामे रङ्गको खैरो दाग जस्टो रुप देखा पर्ने भएकाले यसलाई खैरा रोगको नामले पनि चिनिन्छ । बोट बढ्न सक्दैन र गांज पनि कम हाल्दछ । फलामको कमीमा धानका निस्कनै लागेका पातहरुमा अन्तरनशीय पहेंलोपना देखा पर्दछ । पछि गएर यो सेतोमा परिणत हुन्छ । फलामको कमीको लक्षण घैया धानमा यो बढ्ता देखिन्छ। यस्तै म्याङ्गनिजको कमीमा पनि नयाँ पातमा अन्तरनशीय खैरो किसिमको पहेंलोपना देखा पर्दछ । तामाको कमीमा धानको पातमा पहेंलो धर्सा जस्ता देखा पर्नु, पात आकाशे रङ्ग (निलो), हरियोमा परिणत हुनु र ओइलाउने जस्ता लक्षण देखा । सुहागको कमीमा नयाँ पात सेतो र टुप्पो बटारिएको देखिनुका साथै पातको विकास हुने ठाउँ नै मर्नु तथा बाला निस्कन नसक्नु जस्ता लक्षणहरु देखा पर्दछन ।

मलखादको दर माटोको उर्वराशक्ति, लगाउने जात, लगाउने विधि, सिंचाई सुविधा, माटोको बनोट आदिमा भर पर्छ ।

रासायनिक तत्वको नाम सिंचित क्षेत्र (प्रति हे.) असिंचित क्षेत्र (प्रति हे.)
नाइटोजन १०० की. ग्रा. ६० की. ग्रा.
फोस्फोरस ३० की. ग्रा. २० की. ग्रा.
पोटास ३० की. ग्रा. २० की. ग्रा.

नाईट्रोजन बाहेकका अन्य सबै खाद्यतत्व धान रोप्ने बेलामा हाल्नु पर्दछ ।नाईट्रोजन र फोस्फोरस तत्व पाईने अर्थात मिश्रित मल जस्तै डि.ए.पी. धान रोप्दा बीउसँगै छर्नु पर्दछ । यदि रोप्ने बेलामा माटोमा जिङ्क मलको प्रयोग गरिएको छैन भने रोपेको ३० दिन भित्रमा ०.५% को जिङ्क सल्फेटर १% यूरिया (अर्थात १० ग्राम जिङ्क सल्फेट र २० ग्राम यूरिया २०लिटर पानीमा) मिसाएको घोल धान बारीमा छर्नु पर्दछ । छरुवा धान रोप्दा प्रयोग गरिएको मिश्रित मलबाट बाँकी रहेको नाईट्रोजन ३-४ चरणमा समान्यतया रोपेको २-३ हप्ताबाट शुरु गरी बाला निस्कने बेलासम्म हाली सक्नु पर्दछ ।

हल्का माटो (बलौटे दुमट वा दुमट) मा लगाइएको छरुवा धान अक्सर फलामको कमीबाट ग्रसित हुन्छ र अझै कम वर्षा भएको अवस्थामा फलामको कमी हदैसम्म पनि हुन्छ । छरुवा धानमा फलाम तत्वको कमीको लक्षण सामान्यतया कलिलो उमेरमा पात पहेंलो, कक्रक्क परेको बोट र बेर्ना मर्ने हुन्छ । लक्षण देखा पर्ने बित्तिकै बालीमा १% फेरस सल्फेट को घोल छर्नु पर्दछ र यदिलक्षण देखा परि रहेमा उक्त घोल एक हप्तापछि पुन छर्नु पर्दछ ।

धान बालीमा पानी हुने भएकोले खासै समस्या देखिंदैन तर घैया खेतिको लागि १५-२० दिनको अन्तरालमा गोडमेल गरेर झार नियन्त्रण गर्न सकिन्छ साथै सहि मात्रामा विषादी प्रयोग गरेमा झार नियन्त्रण हन्छ।

सिँचाइको व्यवस्थापन

धानको रोपाइँ गरेको १५–२० दिनसम्म खेतमा पानीको सतह करिव २–५ सेन्टिमिटर रहने गरेर राख्नु पर्दछ । अन्यथा झारको प्रकोप बढ्ने गर्दछ । यदि पाखोबारीमा धान खेती गरिएको छ भने करिव २–५ पटकसम्म सिँचाइ गर्नु पर्दछ । धान बालीमा बिशेष गरी बाला लाग्ने तथा फूल खेल्ने समयमा पानीको अभाव हुनु हुँदैन, उक्त समयमा धेरै पानी भएमा रोग तथा कीराको प्रकोप बढ्दछ, भने कम भएको खण्डमा दाना कम लागि उत्पादन घट्न सक्दछ, तसर्थ पानी ठिक्क मात्रमा लगाउनु पर्दछ, यदि रोग तथा कीराको प्रकोप देखिएमा तुरुन्तै पानी सुकाउनु पर्दछ ।

गोडमेल तथा झारपातको व्यवस्थापन

साधारणतया धानबालीमा झारपातहरु हातले उखालेर नियन्त्रण गर्ने गरिन्छ । धानबाली झारपातहरु नियन्त्रण गर्नको लागि पहिलो पटक धान रोपेको २५ दिन पछि र दोस्रो पटक गाँज आउने बेलामा गोडमेल गरेर झारपातहरु हटाउनु पर्दछ । आजभोली किसानहरुले झार मार्ने बिषादीको पनि प्रयोग गरेको पाइन्छ, तर बिषादीहरु मानव जाती लगायत सम्पूर्ण जन्तुहरुको लागि हानिकारक भएकोले सकरभर प्रयोग गर्नु हुँदैन ।

धान–गहुँ–मकै नेपालका मुख्य बाली चक्र प्रणाली हो, यसका अलावा अन्य बाली चक्र प्रणालीहरु जस्तै धान–बाँझो–मकै, धान–तरकारी–मकै, धान/मसुरो–बाँझो, धान–गहुँ–मुंग बिन, धान–हिउदै मकै–बाँझो, धान–चना–बाँझो र धान–तोरी–मकै हुन । 

रोग व्यवस्थापन

धानको मरुबा रोग जस्तै यो प्रायः सबै क्षेत्रहरुमा ब्याप्त छ । धानको मरुबा रोग पछिको सबै भन्दा महत्बपूर्ण रोगको रुपमा लिईएको छ । यो रोगका कारण सन् १९४२ मा भारतको बङ्गाल राज्यमा धानको उत्पादनमा ब्यापक ह्रास आई भोकमरी समेत फैलिएको थियो । यसलाई बङ्गालको महामारीको रुपमा लिईन्छ । यो रोगको कारण नर्सरीका बिरुवामा शतप्रतिशतसम्म नोक्सानी पुर्याएको पाईएको छ भने धान रोपी सकेपछि ९० प्रतिशत सम्म नोक्सानी गरेको पाईएको छ । बिशेषगरी दानाको तौल, आकार र रंगमा यसको असर देखिन्छ । यो रोग बाईपोलारिस ओराईजा ९द्यष्उयबिचष्क यचथशबभ० कारणले गर्दा हुने गर्दछ । पातमा बाटुला अर्थात अण्डाकार थोप्लाहरु निस्कन्छन् जुन तिलको दानाको आकारका हुन्छन् । भर्खरका अर्थात बिकसित हुँदै गरेका थोप्लाहरु गाढा खैरो रंगका हुन्छन् भने, पूर्ण बिकसित थोप्लाहरु खैरो रंगका हुन्छन् र तिनका केन्द्र भाग फुस्रो अर्थात खरानी रंगको हुन्छ । यस्ता लक्षणहरु जरा भन्दा माथिका सबै भागहरु जस्तैः उम्रने अवस्थामा कोलियोप्टाईल, पातको आधार, डाँठ र डाँठका गाँठाहरुमा प्रष्ट देखिन्छन् । तथापि यसको प्रष्ट लक्षण भने पातमा मात्र देखिन्छ । नर्सरीमा भएको आक्रमणको प्रकोप अलि बढी नै छ भने यो खैरो रातो रंगले पुरै प्लटको भाग डढेको जस्तो लक्षण परैबाट प्रष्ट रुपमा देखिन्छ, तर बेर्ना भने मर्दैनन् । जबकी स्वास्थ्य नर्सरी भने स्पष्टसँग हरियो रंगको देखिन्छ । बेर्ना अवस्थाको शुरुमा साना खैरा रंगका थोप्लाहरु देखिन्छन् । रोपीसकेका बिरुवाको पातमा भने यस्ता थोप्लाहरु ठुला आकारका हुन्छन् । त्यसैगरी शुरुको अवस्थाका दानाको बाहिरी खोलमा गाढा खैरो बा कालो अण्डाकारका थोप्लाहरु देखिन्छन्, रोगको प्रकोप बढी भएको बेलामा दानाको पुरै सतह कालो हुन्छ र पछि खुम्चिन्छ ।

रोगको जीवाणु: Bipolaris oryzae

लक्षण:

पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरू देखिन्छन् । थोप्लाको केन्द्र भागमा खरानी रंगको हुन्छ |

1

व्यवस्थापन:

(क) यो रोग खासगरी मलजल नपुगेको अवस्थामा हुने हुँदा उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्ने

(ख) यो रोग बिउबाट पनि सर्ने भएकाले स्वास्थ्य बिउको प्रयोग गर्ने

(ग) बेभिष्टिन १—१.५ ग्राम प्रति के.जि. बिउका दरले बिउ उपचार गर्ने

(घ) डाईथेन एम्–४५ बा डाईथेन जेड्–७८ तीन ग्राम प्रति किलोग्राम बिउको दरले बिउ उपचार गरी ब्याड राख्ने

(ङ) आवश्यक परेमा माथि उल्लेखित बिषादी ३ ग्राम प्रति लिटर पानीका दरले बिरुवामा छर्ने

रोगको जीवाणु - Xanthomonas oryzae pv oryzae

लक्षण

यस रोग लागेपछि धानको पातको किनारा बा कुनै भागबाट पानीले भिजेको जस्तो लामा अर्ध पारदर्शक धर्साहरु देखिन्छन् । यी धर्साहरु पछि गएर लम्बाई तथा चौडाई दुबैतिर बढ्दछन् र अक्सर पातको किनारामा तरङ्गित अर्थात नागबेली रुपमा देखिन्छन् । पछि गएर यो भाग पहेंलो अर्थात सुकेको परालको जस्तो रङ्गमा परिणत हुन्छ । यो रोग डढुबा नै हो कि होईन भनी जांच्न रोगी पातलाई काटेर पानी भरेको सिसाको ग्लास वा टेष्ट ट्यूबमा नचलाई राखेमा काटिएको भागबाट मसिना धर्साहरुका रुपमा शाकाणुंहरु पानीमा झर्न थालेको प्रष्ट देखिन्छ ।

3

व्यवस्थापन

(क) रोग निरोधक जातहरु लगाउने । हालसम्म सिफरिस भएको जातहरुमध्ये लक्ष्मी, चन्दिना, बिन्देश्बरी, मलिका, जानकी, साबित्री, चैते – २, चैते – ४, आइ. आर.–२२, बर्षे – २, मकबानपुर – १, राधा –४, राधा–७, राधा– ११, राधा–१२, हर्दिनाथ– १ आदिमा यो रोग कम लाग्दछ (मानन्धर, २०६१) ।

(ख) हिले ब्याडको सट्टा धुले ब्याड राख्ने ।

(ग) बोटलाई सकेसम्म घाउचोट लाग्नबाट बचाउने र धानको टुप्पा काट्ने चलनलाई हटाउने जसले गर्दा यी शाकाणुंहरु सजिलैसँग बोट भित्र पस्न सक्दैन ।

(घ) नाईट्रोजनयुक्त मल मात्र बढी प्रयोग नगर्ने र पोटासको प्रयोगमा बिशेष जोड दिने ।

(ङ) आवश्यक परेमा एग्रीमाईसीन–१०० दुई ग्राम ३ लिटर पानीका दरले मिलाई छर्ने ।  

(च) गाईको ताजा गोबर ३०/३५ ग्राम प्रतिलिटर पानीका दरले घोल बनाई त्यसलाई छानेर पूरा बोटमा राम्ररी छर्दा पनि यो रोग केही हदसम्म नियन्त्रण भएको पाईएको छ ।

(छ) धान काटी सकेपछि खेतमा रहेका ठुटा ठुटी पोलेर नष्ट गर्ने ।

(ज) यो रोगको जीवाणुलाई आश्रय दिने खालका झारहरु जस्तै मोथे, बन्सो आदिको नियन्त्रण गर्ने ।

(झ) त्यसैगरी रोग सार्न मद्दत गर्ने किराहरु जस्तै पातको फड्के र फट्याङग्रा आदिको नियन्त्रणका लागि बिशेष तरिका अपनाउने ।

 

लक्षण:

यो रोग जिन्क तत्वको कमिबाट हुन्छ। तल्लो पातमा खैरा रंगका मसिना थोप्ला देखिएर बढ्दै गई एक आपसमा जोडिएर पुरा पात खैरो देखिन थाल्छ बोटको वृद्धि कम भई होचो हुन्छ। यस्तो रोपाई गरेको एक वा दुइ हप्ता भन्दा पछि सुरु हुन्छ|

ब्यवस्थापन: 

  • फोसफोरस मल बढी प्रयोग नगर्ने
  • खेतमा पानी निकास राम्रो गर्ने
  • ५ ग्राम जिक सल्फेट २.५ ग्राम चुना १ लिटर पानीमा मिसाई २५ — ३० लिटर प्रति कट्ठाको दरले छर्ने वा चीला मिन २ ग्राम १ लिटर पानीमा मिसाई छर्ने

रोगको जीवाणु: Rhizoctonia solani

लक्षण:

पातको फेदमा अण्डाकार थोप्लाहरु देखिन्छन् जुन पहिला खैरो–खैरो हरियो रंगका हुन्छन् । पछि यी थोप्लाहरुको आकारमा वृद्धि भई बेआकारका बन्दछन्, जुन पछि गएर खैरो रंगमा परिणत हुन्छन् । प्रकोप बढी भएमा यी थोप्लाहरु बोटको माथिल्लो भागमा सर्दै पातमा समेत पुग्दछन् र पुरै पातहरु सुकेर डढेको जस्तो देखिन्छन् र फलस्बरुप पुरै बोट नै डढेको जस्तो देखिन्छ । पातमा देखिने यस्ता लक्षणहरुमा ढुसीका काला डल्लाहरु प्रशस्त उत्पादन हुन्छन् ।

2

व्यवस्थापन:

  • नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने
  • उन्नत जातको धान रोप्दा बोटदेखि बोटको दूरी बढाउने 
  • Validamycin 3%L (Sheathmar, Valigan, Ozoro) ३ ग्राम प्रति लिटर वा Pencycuron 22.9 SC (Monceren 250) १.५ मि.लि. प्रति लिटर पानीमा वा कार्वेन्डाजिम ५० प्रतिशत डव्लुपी (वेभिष्टिन वा डेरोसाल) ढूसीनाशक विषादी १.५ ग्राम प्रतिलिटर पानीको दरले मिसाई १०–१२ दिनको फरकमा २ पटक छर्ने

रोगको जीवाणु: Fusarium monoliforme

रोगको लक्षण: रोगि बेर्ना/बोटहरु स्वस्थ बोट भन्दा अग्लो हुने, पहेँलिने र अन्त्यमा कुहिएर मर्ने गर्दछन्| रोगी बोटको तल्लो आख्लाबाट जरा निस्कन्छ |  यो ढुसीले जिबरेलिन (Gibberelin) अम्ल उत्पादन गर्दछ, जसले असामान्य रुपमा बिरुवाको एक्कासी वृद्धि गराउँदछ जसको कारणले यो रोगले आक्रमण गरेका बोटहरु खेतमा भएका अन्य स्वास्थ्य बोट भन्दा बढी अग्ला देखिन्छन् ।

व्यवस्थापन:

  • यो रोग बिउबाट सर्ने भएकोले स्वास्थ्य बिउको प्रयोग गर्ने
  • बेभिष्टीन वा डेरोसाल ३ ग्राम प्रति किलोग्राम बिउका दरले उपचार गरेर मात्र ब्याड राख्ने । यो विधि खासगरी खुमल ४ जातको धान खेतीको लागि आवश्यक छ ।
  • खेतमा यो रोग देखा परेमा रोगी बोटहरु उखेलेर फाल्ने र माथि उल्लेखित बिषादी २ ग्राम प्रति लिटर पानीमा मिलाई छर्ने 

यो रोगका कारण, यसले आक्रमण गर्ने बोटको भागको आधारमा ९० प्रतिशतसम्म नोक्सानी पुर्याएको पाईएको छ । बेर्ना अवस्थामा रोग देखा पर्यो भने पूर्ण रुपमा बिरुवा नष्ट पनि हुन सक्दछ । गाँज हाल्ने अवस्थामा रोगको आक्रमणले ३०—४० प्रतिशतसम्म नोक्सान गरेको पाईएको छ । साथै रोगले बालामा आक्रमण गर्नाले बाला टुक्रिने वा दाना नलाग्ने हुन सक्दछ र १०० प्रतिशतसम्म पनि नोक्सान पुर्याउँदछ । यो रोग पाईरीकुलारिया ओराईजा (Pyricularia oryzae) नामको ढुसीको कारणले गर्दा हुने गर्दछ ।

रोगको जीवाणु - Pyricularia oryzae

लक्षण:

पातमा स–साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् । बाला मुन्तिरको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । जसलाई नेक ब्लास्ट पनि भनिन्छ ।

यो रोगले पात, काण्ड, अन्तरकाण्ड र बालाको गर्धन बा घाँटीमा आक्रमण गरी साना मसिना थोप्लाहरु उत्पादन गर्दछ । पातमा शुरुको अवस्थामा साना, पानीले भिजेको जस्तो, खैरा तथा हल्का निला रंगका थोप्लाहरु देखिन्छन् । पातमा दुबै छेउतिर चुच्चिएका अण्डाकार बा डुंगा आकारका खैरा थोप्लाहरु निस्कन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ । यद्यपी यी थोप्लाका आकार र रंग, वातावरणीय अवस्था, रोग लागेको समय र धानको जातको प्रतिरोधात्मक क्षमतामा भर पर्दछन । यदि रोगको लागि उपयुक्त वातावरण छ भने थोप्लाहरुको आकार ठुला र गाढा खैरो रंगका हुन्छन । सापेक्षिक आद्र्ता बढी भएको अवस्थामा यो रोगको फैलावट एवम् वृद्धि एकदमै चाँडो हुन्छ । उपयुक्त वातावरणमा थोप्लाहरुको लम्बाई १—१.५ से.मी., चौडाई ०.३—०.५ से.मी.र थोप्लाहरुको छेउमा स्पष्ट खैरो रंगको सिमानाको बिकास हुन्छ । यदि धानको बोट छायाँमा हुर्किएको छ भने र जात रोग प्रति बढी संबेदनशिल छ भने सिमानामा पहेंलो रंग देखिन्छ । तर अवरोधक जातहरुमा भने एकदमै मसिना थोप्लाहरु मात्र देखिन्छ । रोगको प्रकोप बढी भएको खण्डमा एक अर्का थोप्लाहरु मिली पुरै पात डढ्न जान्छ । यसको अतिरिक्त आँख्लामा र बालाको घाँटीमा पनि यो रोग लाग्न सक्छ र बालाको घाँटीमा लाग्ने रोगलाई नेक ब्लाष्ट भनिन्छ । घाँटीमा औंठी आकारका खैरा तथा काला घुमाउरा दागहरु देखिन्छन् । घाँटी च्याउरी पर्ने र घाँटीको वरिपरी सतहमा खरानी रंगका भुबादार ढुसीले ढाकेको हुन्छ । यदि दाना लाग्नु भन्दा पहिले यो रोगले घाँटीमा आक्रमण गर्यो भने दाना लाग्दैन र बाला ननुहिकन ठाडो रहन्छन् । दाना लागिसकेपछि रोग लाग्यो भने पनि घाँटी कमजोर हुन गै भांचिन्छ र बाला झुण्डिन्छन् । अतः यो अवस्थामा रोगको कारणले सबै भन्दा बढी हानी पुर्याउँदछ ।  

3

व्यवस्थापन:

(क) रोग निरोधक जातहरु लगाउने । हाल मरुबा रोग निरोधक बा कम लाग्ने जातहरुमा पहाडी क्षेत्रको लागि कन्चन, खुमल–२, खुमल– ४, खुमल– ५, खुमल–६, खुमल–७, खुमल–९, खुमल–११, पालुङ–२, माछापुछ्रे–३, चन्दननाथ–१ र चन्दननाथ–२ छन् भने भित्री मधेस र मधेसका लागि परवानीपुर–१, लक्ष्मी, दुर्गा, जानकी, चैते –२, खजुरा–२, आई.आर–८, रामपुर मसुली, राधा–४, राधा–७, राधा–११, राधा–१२, हर्दिनाथ–१ आदि छन् (मानन्धर, २०६१) ।

(ख) रोग रहित बिउको प्रयोग गर्ने ।

(ग) रोग ग्रसित डाँठ, पात र ठुटाहरु जलाउने । एउटै परिवारका झारहरु जस्तै कोदे झार आदिलाई खेतको बरीपरीबाट हटाउने र नष्ट गर्ने ।

(घ) सुख्खा ब्याडमा हुर्काइएका बेर्नामा रोगको बढी आक्रमण हुनाले, बेर्नालाई हिले ब्याडको नर्सरीमा हुर्काउनु पर्दछ । यदि सुख्खा ब्याडमा विरुवा उमारिएमा पानीको राम्रोसंग व्यबस्थापन गर्नु पर्दछ । त्यसैगरी बलौटे माटोमा भन्दा चिम्ट्याईलो माटोमा रोगको प्रकोप कम हुनाले नर्सरीमा संभब भएसम्म चिम्ट्याईलो माटो प्रयोग गर्नुपर्दछ ।

(ङ) बिरुवा देखि बिरुवा बीचको दुरी बढाउनाले पनि रोगको प्रकोप कम हुन्छ । धान रोप्दा छिटो रोप्नाले रोग लाग्ने वातावरण शुरु नहुँदै बिरुवा हुर्कन सक्दछ । त्यसैगरी बिरुवा रोप्दा कम गहिराईमा रोप्नु पर्दछ । 

(च) नाईट्रोजनयुक्त मल मात्र बढी प्रयोग गर्नाले रोग बढ्ने हुनाल,े उक्त मल कम गरी फस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्ने ।

(छ) बीम २ ग्राम वा बेभिष्टीन वा डेरोसाल ३ ग्राम प्रति किलोग्राम धानको बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने ।

(ज) बेर्ना गाँज वा गाँज हाल्ने अवस्थामा यो रोग लागेमा हिनोसान १.५ मिलिलिटर वा बीम १ ग्राम प्रति लिटर पानीमा मिलाई छर्ने ।

(झ) नेकब्लाष्ट रोकथामको लागि बाला निस्कन ५–६ दिन अगाडी एक पटक र बाला निस्की सकेपछि एक पटक माथि उल्लेखित बिषादी छर्ने ।

(ञ) बेभिष्टिन २ ग्राम प्रति किलोको दरले बिउको उपचार गर्नाले र  किटाजीन जी.आर., बेभिष्टिनले माटोको उपचार गर्नाले पनि रोगको नियन्त्रण भएको पाईएको छ ।

(ट) मरीचको रस, मसलाको पातको रस, तुलसीको रस आदि घरेलु बिषादीको रुपमा प्रयोग गर्न सकिन्छ (पुरी, २०६१) । 

(ठ) यसका साथै ट्राईकोडर्मा भिरीडी (Trichoderma viridae), चिटोमियम ग्लोबोसम (Chitomium globosum) जस्ता सूक्ष्म जीवाणु प्रयोगले पनि रोग नियन्त्रणका लागि सहयोग पुर्याउँदछ ।

(ड) बिभिन्न जातका धानहरुको मिश्रित खेती प्रणालीले पनि रोग नियन्त्रण गर्न सकिन्छ ।

रोगको जीवाणु: Ephelis oryzae

लक्षण:

धानको वाला देखिने बेलामा खरानी रंगको मसिनो अगरबत्ती जस्तो देखिन्छ| प्रकोप बढी भएको बोट होचो र दाना लाग्दैन|

व्यवस्थापन:

१. रोगको अवरोधक वा रोग सहने जातको धान लगाउने

१. धानको बिउ ५२ डिग्री सेन्ट्रीगेटमा १० मिनटसम्म डुबाएर उपचार गर्ने

३. बालि भित्र्याईसकेपछि सम्पूर्ण रोगी बोटका अवशेषहरु खेतबाट हटाउने

४. विषाधि वेभिष्टिन (carbendezim)३ ग्राम प्रति किलोग्राम बीउका दरले व्यद राख्नु भन्दा पहिले उपचार गर्ने

५.  शुरुमै धान खेतमा रोगी बोट देखिएमा तुरुन्तै हटाउने

किरा व्यवस्थापन

पहिचान: वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतली हुन्छन् । लाभ्रेहरू फिका पहेंला अथवा गुलावी रङ्गका अथवा शरीरमा धर्का भएका हुन्छन् र यिनीहरू विरुवाको डाँठभित्र रहन्छन् ।

Stem Borer

क्षतिको लक्षण: बिरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गावा देखिन्छन् यदि विरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो वाला देखिन्छन् ।

व्यवस्थापन:

१. गवारोको क्षति कम गर्न हरेक वर्ष धान काटी सकेपछि रहेको सम्पूर्ण ठूटा निकाली जलाइ दिने अथवा ठूटा डुब्ने गरी पानी पटाइ दिने अथवा धान काटेपछि खेतलाई जोतिदिने 

२. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने 

३. प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने 

४. ट्राइकोग्रामा परजीवी कीरा ५०,०००–१,००,००० प्रति हेक्टरका दरले रोपाइ गरेको ३–४ हप्ता पछि छाड्ने

५. धानखेतको आलीमा भटमास लगाउने

६. व्यासीलस थुरीनजियन्सीस ३ ग्राम प्रति लिटर पानीका दरले छर्कने 

७. गवारोहरूको धेरै प्रकोप भएको खेतमा कार्वोफ्यूरान (फ्यूराडन, डाइफयूरान, की फयूरान आदि) वा कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) वा फिप्रोनिल ०.३% जीआर(रीफ्री, रिजेन्ट, टाटाजेन्ट आदि) दाना विषादी कुनै एक १.२५ के.जी. प्रति रोपनीका दरले वा क्लोरानट्रानीलीप्रोल ०.४% जिआर (फेरटेरा) खेतमा छिपछिपे पानी जमाइ छर्ने । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन 

८. माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने ​

पहिचान:

वयस्क अवस्था चम्किलो कालो हुन्छ र लाभ्रे खैरो रङ्गको हुन्छ । वयस्क र लाभ्रे दुवै माटो भित्र बस्दछन् । यो कीराको खुट्टा बढी मोटो र बलिया नङग्रा भएका हुन्छन् भने कीर्थोमा साधारण उफ्रने किसिमका खुट्टा हुन्छन् ।

1

क्षतिको लक्षण:

बिरुवाको कलिलो अवस्थामा माटो मुनि रहेको जरा र डाँठको भाग खाईदिन्छ र बिरुवाहरू मर्दछन् । ट्वाँटी कीराले आलीमा दुलो पारेर पानी चुहिने समस्या पनि गराउँछन् ।

व्यवस्थापन:

  • खेतमा पानी पटाउने
  • सालिन्दा आक्रमण हुने खेतमा, रोपाई गर्नु अगावै क्लोरपाइरिफस १० प्र जीआर ०.५ केजी (देभीवान) वा क्लोरपाइरिफस ४ जीआर ०.७५ केजी प्रति रोपनी वा क्लोरपाइरिफस २० ई.सी. (डर्सवान वा फिनेवान वा रुसवान ) नामक कीटनाशक विषादी १ मी.ली. प्रति लीटर पानीका दरले खेतमा पानी सुकाएर छर्ने ।

पहिचान:

वयस्क खपटे कीरा निलो–कालो रङ्गको काँडादार पँखेटा भएको हुन्छ ।
2

क्षतिको लक्षण:

यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन् ।

व्यवस्थापन:

१. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने ।

२. व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने ।

३. प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्पर्क विषादी क्लोरीपाइरिफस २०% इसी (डर्सवान,डरमेट,फाइनवेन) १.२५ मिलि प्रति लि वा लाम्डासाइहेलोथ्रिन ५ प्र. इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा मालाथियन ५०% इसी(साइथियन, अनु मालाथियन, सूर्याथियन) १.५ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।

पहिचान

हल्का खैरो रङ्गका वयस्क पुतली हुन्छन् । पखेटामा दुईवटा बाङ्गा– टिङ्गा धर्साहरू हुन्छन् । लार्भा हल्का हरियो रङ्गका हुन्छन् । 
1

क्षतिको लक्षण

पातलाई बेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ खाईदिन्छन् र पात सुक्दछन् ।

व्यवस्थापन

१. धान रोप्ने बेलामा स्वस्थ र बलिया बेर्नाहरूको प्रयोग गर्ने 

२. नाईट्रोजनयूक्त मलको उचित प्रयोग गर्ने 

३. धानखेतको राम्ररी गोडमेल गर्ने 

काँडेदार डोरी लिई दुवैछेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने  यसो गर्नाले धानको पातमा रहेका पात वेरुवाका लार्भाहरू पानीमा खसेर नष्ट हुन्छन् 

४. बि. टी. नामक जैविक विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई खेतमा छर्कने । यसरी जैविक विषादी प्रयोग गर्दा प्रति हेक्टर जमिनमा ५००—६०० लीटर जैविक विषादी र पानीको झोल प्रयोग गर्ने 

५. प्रकोप बढी भएमा विषादी क्लोरीपाइरिफस २०% इसी (डर्सवान, डरमेट,फाइनवेन) १.२५ मिलि प्रति लि वा कार्वो सल्फान २५% इसी (मार्सल) १ मिलि प्रति लिटर कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) १ मिलि प्रति लिटर वा लाम्डासहोइलोथ्रिन ५% इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा अजाडीराक्टीन ०.१५ प्र (मल्टीनेमोर, निकोनिम) ३–५ मिलि प्रति लिटर दरले छर्ने

पहिचान:

वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा पतेरो हरियो हुन्छ । यसलाई समातेर विस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ ।

1

क्षतिको लक्षण:

पातमा बढी आक्रमण भएमा वोट नै पहेंलिने हुन्छ र वालामा आक्रमण गरेको छ भने दानाहरूमा खैरो दाग देखिने, दानाहरू फोस्रा हुने अथवा आधा फोस्रिएका दाना हुने गर्दछ ।

व्यवस्थापन: 

  • खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रयस्थललाई नष्ट गर्ने
  • एकैसमय पाक्ने धानका जातहरू छनोट गरी लगाउने
  • प्रकाश पासोको माध्यमबाट वयस्क कीरालाई मार्न सकिन्छ
  • डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाई भैंसीको ताजा पिसावमा कपडा वा जुटको वोरालाई भिजाएर एउटा घोचोको एक छेउमा बांध्ने र उक्त घोचोलाई धानबारीको बीचमा लगेर गाड्ने गर्नु पर्दछ । ट्रयापमा आकर्षित भएका पतेरोहरूलाई बाहिर पट्टीबाट प्लाष्टिकको झोलाले छोपी संकलन गरी मार्ने
  • यो कीराको प्रकोप ज्यादा भएमा अन्तिम विकल्पको रुपमा कीटनाशक विषादी जस्तै मालाथियन ५०% इसी (साइथियन, अनु मालाथियन,सूर्याथियन) २ मिलि प्रति लिटर अथवा साइपरमेथ्रिन २५% इसी (अनुकील, साइपरसीड, केआइ साइपर) वा अथवा फेन्भेलेरेट २०% इसी (अनुफेन, फेनभल, कीफेन ) ०.५ मिलि प्रति लीटर पानीका दरले कुनै एक विषादी विरुवा राम्ररी भिज्ने गरी छर्नुपर्दछ

पहिचान: कुनै हरिया, कुनै सेता र कुनै खैरा किसिमका फुत्त फुत्त उफ्रने किसिमका मसिना कीराहरू हुन्छन् ।

Icon

क्षतिको लक्षण:

  • धानका विरुवाहरू सुकेर मर्दछन् । 
  • विरुवाहरू गाँजिन र बढ्न सक्दैनन् । 
  • धानको वोटमा वाला नलागी पराल जस्तो भई वोट सुकेर जान्छ ।

व्यवस्थापन:

१. उपयुक्त जातको छनौट गर्ने । ढिलो लगाईएको भन्दा छिटो लगाईएको र ढिलो पाक्ने भन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाईएको छ

२. गाँजको घनत्व कम गर्ने । धान रोप्ने समयमा प्रति गाँजमा २—३ वटा भन्दा बढी बेर्नाहरू नरोप्ने

३. नाईट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने

४. समय समयमा गोडमेल तथा सरसफाई गरी कीराको वैकल्पिक आश्रयस्थल नष्ट गर्ने 

५. ३–४ दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्नुपर्छ

६. धानखेतको पर्यावरणमा मित्रजीवको संख्या अत्यन्त कम वा शुन्य र शत्रुजीवको संख्या अत्यधिक रहेको समयमा अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने  दैहिक विषादीहरू एसीफेट ७५% एसपी (एसीफेट, आस्ताफ, लेन्सर) २ मिलि वा वुप्रोफेजिन २५% एससी (वुप्रोलोड, डेभिफेजिन) १.५ मिलि वा फिप्रोनिल ५% एससी (रिजेन्ट,स्टाल्कर,डेभिजेन्ट प्लस) २–३ मिलि वा इमिडाक्लाप्रीड १७.८ एसएल प्रयोग गर्ने

पहिचान

वयस्क सानो, गुलावी रङ्गको, नरम शरीर भएको, सेतो मैन जस्तो पदार्थले ढाकिएको हुन्छ । कुनै पखेंटा भएका हुन्छन् भने कुनै पखेंटा विहिन हुन्छन् ।
1

क्षतिको लक्षण

बिरुवा रोगाउने, बढ्न नसक्ने, जिङरिङ्ग परेर पहेंलिन्छन् र बिरुवामा बाला लाग्दैन ।

व्यवस्थापन

१. खेतमा पानीको सतह बढाउने 

२. खेतभित्र र वरीपरी रहेका घाँसपातहरू हटाउने 

३. कीराको प्रकोप ज्यादा भएमा अन्तिम विकल्पको रुपमा गवारोमा वताइएका विषादी प्रयोग गर्ने 

बाली कटानी तथा भण्डारण

धान राम्रोसँग पाकेपछि मात्र काट्नुपर्छ| धान बाली पहेंलो भएपछि मात्र पाकेको उपयुक्त मानिन्छ । धानको गेडा थिच्दा साह्रो र सुकेको र बिरुवा पहेंलो भैसकेपछि काटिन्छ| धानलाई केहि दिन सुकाएर दाना छुट्याइन्छ जसका लागि दाई लगाउने, ढुङ्गाको प्रयोग वा paddy thresher को प्रयोग गरिन्छ । राम्रोसंग सुकाएपछि सफा गरेर १०-१२ प्रतिशत चिस्यान हुँदा यसलाई थन्काइन्छ । ४–५ दिन घाममा सुकाई १३% चिस्यानमा झारी र राम्ररी केलाइ भण्डारण गर्नु पर्दछ । बिउलाई हावा नछिर्ने टीनको ड्रम, सिडबिन, माटोबाट बनाएको भकारीमा भण्डारण गर्न सकिन्छ । बिउ भण्डारण गरिएका टीनको ड्रम, सिडबिन, माटोबाट बनाएको भकारी काठको फलेक बनाई काठको फलेक माथि राख्नु पर्दछ । भण्डारण गरिएको कोठामा भेन्टिलेसनको व्यवस्था भएमा बिउको उमार शक्ति बढी हुन्छ । 

अन्य जानकारी

१. कलिलो तथा स्वस्थ्य वेर्ना रोप्ने

  • सम्याएर खेतको तयारी 
  • नुनपानीको घोलबाट स्वस्थ र पुष्ट बीउको छनौट 
  • उठेको सुख्खा नर्सरीमा बेर्ना उत्पादन
  • दुईपात एक सुइरो अवस्थामा रोपाई गर्ने

२. बेर्ना बिचको आपसी प्रतिस्पर्धा घटाउने

  • विरुवा देखी विरुवा सम्मको दुरी बढाउने (२० देखि ३० से.मी.)
  • धेरै गहिरो बेर्ना पर्ने गरी नरोप्ने
  • रोपेदेखि १५, ३० र ४५ दिनमा तीन पटक गोड्ने मेसिनको प्रयोग गरी गोड्ने

३. माटोको उर्वरा शक्ति वृद्धि र सुक्ष्म जिवाणुको सक्रियता बढाउने -

  • बढी भन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्ने
  • हरियो मल, जैविक मल तथा कम्पोष्टको प्रयोग गर्ने 
  • रासायनिक मल कम प्रयोग गर्ने

४. खेतलाई आलो पालो सुख्खा र ओसिलो राख्ने -

  • सकेसम्म जग्गा सम्याउने (लेजर लेबलर प्रयोग गर्न सके राम्रो)
  • विरुवा वृद्धिको अवस्थामा जमिन भिज्ने गरी सिंचाई गर्ने 
  • बेला बेला खेत भिजाउने र सुकाउने गर्ने 
  • पानी धेरै जम्न नदिने
  • कम पानी, थोरै जग्गा र थोरै बीउबाट अत्याधिक उत्पादन पाउन सकिने -
  • नढल्ने, बाढी र सुख्खाको असर कम पर्ने -
  • स्रोत संरक्षण प्रविधि -
  • स्थानिय स्रोत साधानमा आधारित खेती प्रविधि -
  • वातावरणमा हरित गृह ग्यांस (जस्तै परम्परागत धान खेती भन्दा मिथेन उत्पादन ६४ प्रतिशत कम उत्पादन हुने) को उत्र्सजन कम गर्ने
  • उपभोक्ता मैत्री, स्वस्थ र प्राङ्गारिक धान उत्पादन गर्न सकिने
  • धान खेतीमा आधा भन्दा बढी पानीको बचत गर्न सकिने
  • धानको उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउन सकिने ।

सन्दर्भ सामग्री

छरुवा धान खेती प्रविधि : सन्तोष मरहट्टा उप–प्राध्यापक वाली विज्ञान विभाग कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवन, नेपाल

धान खेति प्रविधि, धान सुपर जोन बर्दिया

धान बालीमा खाद्यतत्वको व्यवस्थापन, सदानन्द जैसी; प्रकाशक: कृषि द्वै–मासिक

NARC Krishi मोबाइल एप

कृषि प्रविधि संगालो