परिचय

मासु र अण्डा उत्पादन गर्न कुखुरा पालन गरिन्छ । परम्परागत रुपमा स्थानिय जातका कुखुरबाट नै  मासु र अण्डा उत्पादन गर्ने गरेकोमा यी वस्तुहरुको माग बजारमा अत्यधिक रुपले बढ्दै गएको र स्थानिय जातका कुखुराको उत्पादन क्षमता कम भएको हुँदा उत्पादन बढाउन उन्नत जातका कुखुरा पालनको थालनि भयो । उन्नत जातकाका कुखुरा अण्डा उत्पादन, मासु उत्पादन र अण्डा र मासु दुबैको उत्पादन हुने गरी तिन किसिमका भिन्दाभिन्दै उद्देश्य प्राप्त गर्नको लागी कुखुरा पालन गर्न थालीयो । उन्नत जातविकासे जातमा मासुको लागी पालीने कुखुरालाई ब्रोइलर भनिन्छ   ब्रोइलर लाई हप्तासम्म (हाल ६ हप्तासम्म) पालीन्छ र यो उमेरमा यस्को तौल करीब २ के.जी को हुन्छ । त्यस्त अण्डा उत्पादनको लागी पालीने कुखुरालाई लेअर भनिन्छ । लेअरले करीब १८ हप्ताको उमेरबाट अण्डा पार्न सुरु गरेर ७२ हप्ता उमेरसम्म फाईदाजनक रुपमा अण्डा पार्दछ । यसैगरी अण्डा र मासु दुबै उत्पादन गर्नेलाई डुवल पर्पस कुखुरा भनिन्छ । यस किसिमका कुखुराको शारिरीक तौल पनि बढि हुने र अण्डा पनि धेरै उत्पादन गर्ने गुण हुन्छ । कुन कुन स्थानमा कुन किसिमको कुखुरा पाल्ने भन्ने विषय कृषकको चाहनाको साथै बजारको माग र सम्भावनाको आधारमा निर्भर गर्दछ ।

कुखुरा पालन व्यवसायबाट फाइर्दा लिनका लागी निम्न विधिहरु अपनाउनु पर्छ ।

  • पेशाको रुपमा अंगाल्ने ।
  • उपयुक्त खोर र्निमाण गर्ने ।
  • निरोगी, गुणस्तरीय चल्लाहरु खरीद गर्ने ।
  • जैविक सुरक्षाका विधी अपनाउने ।
  • गुणस्तरीय दाना प्रयोग गर्ने ।
  • सफा स्वच्छ पानीको व्यवस्था गर्ने ।
  • योग्य र अनुभवी भेटनरी डाक्टरको सल्लाह अनुसार भ्याक्सिनेशन तथा औषधि उपचार गर्ने ।
  • तथ्याङ्क  राख्ने ।
  • बिमा गराउने ।

महत्व

कुखुराको मासुमा २१ र अन्डामा १३% प्रोटिन पाईन्छ भने कुखुरालाई जिउदो प्रोटिन बैंक भनिन्छ |

 

  • बस्नको लागि, दाना खान र पानी पिउनको लागि पर्याप्त स्थान चाहिन्छ ।
  • एक खोरबाट अर्को खोरको दूरी कम्तिमा ३० फीट हुनु पर्छ ।
  • खोरमा पर्याप्त उज्यालो र भेन्टिलेसनको व्यवस्था गरी कुखुरालाई आरामदायी वातावरण दिन गर्मी मौसममा ठण्डा र जाडो मौसममा न्यानो हुने व्यवस्था मिलाउने ।
  • हरेक ब्याचको कुखुरा बिक्री पछि खोरबाट मल र सोतर हटाउने, भुँई र भित्ता सफा गर्ने, पानीले पखाल्ने, चुनले पोत्ने, निसंक्रमण गर्ने र ०.५ प्रतिशतको मालाथीयोन वा अन्य किटनासक विषाधी जस्तै: असुन्तोल पाउडर २० ग्राम प्रति ली. पानीमा मिसाएर वा वुटोक्स २ देखि ४ एम.एल. प्रति ली. पानीमा मिसाएर स्प्रे गर्ने ।
  • ब्रुडर, दाना तथा पानीका भाडाहरु पनि बाहिर निकालेर सफा गर्नेपानीले पखाल्ने, घाममा सुकाउने, निसंक्रमण गरेर मात्र खोरमा लैजाने । निसंक्रमणको लागि भिर्कोन, अल्डिपोल ए.एच., अल्डेकोल, वायोसील, वायो क्वाट, वायोवुस्टर, वायोसाईड, क्लोरासोल, कर्सोलीन जस्ता संक्रमणमुक्त गर्ने सामाग्रीहरु कम्पनीको सिफारिस अनुसार पानीमा मिसाएर घोल बनाएर स्प्रे गर्नुपर्छ ।
  • सफा र सुख्खा सोतर ४ ईन्च बाक्लो हुनेगरी भुँईमा फिजाउने ।
  • दानालाई सफा, उज्यालो र हावादार कोठामा काठ माथि भण्डारण गर्ने । चिसो कोठामा फंगस लागेर दानाको गुणस्तर छिटो बिग्रन्छ ।
  • खोरमा मुसा नियन्त्रण गर्ने, यसले दाना नोक्सानी हुन पाउँदैन ।
  • दैनिक दाना दिएको रेकर्ड राख्ने दाना खपत बारे निगरानी गर्ने । रोग लागेको अवस्थामा, खोरमा अधिक गर्मी वा न्यून गुणस्तरको दाना भएमा दाना खपत कम हुन्छ
  • सफा र ताजा पानी हरसमय  खोरमा उपलब्ध हुनुपर्छ । दिनको कम्तीमा दुई पटक पानीको भाँडा सफागरी पानी दिने । पानीको भाडोमा कुखुरा नपस्ने व्यवस्था हुनुपर्ने । गर्मीको मौसममा ठण्डा पानी दिनु फाईदाजनक हुन्छ ।
  • कुखुरा फार्ममा रोगबाट बचाउनको लागि खोर र उपकरणहरुको सरसफाई, सन्तुलीत आहारा, ताजा सफा पानी, स्वस्थ्य चल्ला, नियमित खोप र जैविक सुरक्षाको उपायहरु अपनाउनु पर्छ ।
  • एकै उमेरको कुखुरामा सरसफाई र खोप कार्यक्रमको साथै अन्य व्यवस्थापन कार्य र जैविक सुरक्षा प्रणाली अपनाउन सहज हुने हुँदा एकै उमेरका कुखुरा एकै पटक राख्ने र एकै पटक हटाउने प्रणाली (All In All Out System) अपनाउनु हरेक दृष्टिले राम्रो हुन्छ ।

जातहरु

  • पर्यटकको आगमन हुने ठाउमा स्थानीय कुखुरा जस्तै साकिनी, घाँटी खुइले र प्वाँख उल्टे पाल्न सकिन्छ जसको तौल २-२.५ केजी, भाले १.५ र २ केजी पोथी हुन्छ | 
  • यिनीहरुले बर्षमा ६०-९० वटा सम्म अन्डा पार्छन भने यिनमा आफै अण्डाकोरल्ने गुण हुन्छ |
  • मासु स्वादिलो हुनुको साथै स्वस्थकर हुन्छ र यिनीहरु ६ महिनामा खान योग्य हुन्छन्र
  • हाल सम्म छाडा छोडेर पाल्ने गरिए पनिअर्ध सघनप्रणालीमा पाल्दा घाँस तथा कीरा फट्यांग्रा खाने हुँदा उत्पादन लागत कम हुन्छ भने स्याल, चिल, मोलछाप्रोबाट हुने नोक्सानी धेरै कम हुन्छ |
  • उन्नत कुखुरामा गिरिराज ४-५केजी भाले, ३-३.५ केजी पोथी, न्यू हेम्पसायर, अष्ट्रालोर्प ३-३.५ केजी भाले, २-२.५ केजी पोथी पाल्न सकिन्छ |
  • यिनीहरुले २२-२४ हप्ता पछी अन्डा पार्छनभने बर्षमा १९०-२१० वटा सम्म अन्डा दिन्छन, स्थानीय कुखुरा जस्तो ओथारो बस्दैनन् |
  • यि जातका कुखुरालाई अर्ध सघन प्रणालीमा पाल्दा २०-२५% सम्म घाँस खुवाउन सकिने हुँदा उत्पादन लागत कम हुन्छ |
  • मासुको माग भएको ठाउमा अनि छिटो आम्दानी लिन ब्रोइलर पाल्नुपर्छ जसको तौल ४२ दिनमा २.५ केजी भन्दा बढी हुनुपर्छ्र , ब्रोइलरका जात मध्येका ब १०० र काब ५०० पाल्नु उपयुक्त हुन्छ 
  • यिनीहरुलाई ४२-४८ दिन सम्ममा बेची सक्नु पर्छ नत्र लगानीको अनुपातमा वृद्धिकम भई घाटा लाग्छ |
  • यदि ६ महिना सम्म धर्य गरि तेस्पछी आम्दानी लिने हो भनेरअन्डाको माग बढीभएको ठाउमा लेयर्स पाल्नुपर्छ | हाइलाइन, ल्होमेन ब्राउन जातहरु नेपालमा प्रख्यात छन् |
  • यिनिहरूले २२ हप्ता पछी अन्डा दिन सुरु गर्छ र ७२ हप्ता उमेर सम्ममा ३१० वटाअन्डा पार्छन |

स्थानीय जातका कुखुराहरु स्थानिय हावापानीमा सजिलै हुर्कन सक्छन । यिनिहरुमा विभिन्न रोगहरु खप्न सक्ने क्षमता हुन्छ । घरको भान्छामा खेरजाने खानेकुरा, घर वरीपरीका घास, किराफट्रयाग्रा आदि खाएर अण्डा तथा मासु  उत्पादित पदार्थको उत्पादन गर्ने हुदा उत्पादन खर्च कम लाग्छ । नेपालमा पाईने स्थानीय जातका कुखुराहरुमा शाकिनी, प्वांख उल्टे (दुम्सी) र घाटी खुईले हुन् । यी तीनै जातका कुखुराहरु नेपालको ग्रामीण क्षेत्रमा मासु तथा अण्डाकोलागि पालिँदै आईएको छ । यी जातका कुखुराहरुको सरदर शारीरिक तौल भालेको २ के.जी. र पोथीको १.५ के.जी. हुन्छ । यी जातका कुखुराले वार्षिक औषत ६० वटा फुल उत्पादन गर्दछन् । साथै माउले कुखुरा ओथारा बसेर अण्डाबाट चल्ला कोरल्ने र हुर्काउने काम गर्छ ।  यी सबै गुण हुँदाहुँदै पनि वंशाणुगत रुपमा उत्पादन क्षमता कम भएकोले स्थानीय जातका कुखुरालाई व्यवसायिक रुपमा पाल्न फाईदा हुँदैन । स्थानिय जातका माउले अण्डा बाट चल्ला कोरल्ने र हुर्काउने गर्छ ।

यो अमेरीकन वर्गमा पर्ने शुद्ध नश्लका फुल र मासु दुवैको लागि उपयुक्त जात हो । रातो रङ्गको हुने यो जातको कुखुराले खैरो रङ्गको अण्डा पार्दछ । सिङ्गल कम्ब (सिउर) हुने, कानको लोती रातो हुने र छाला तथा नलिखुट्टीको र पहेंलो हुनु यसको पहिचान हो ।

तराईदेखि उच्च पहाड सम्मको हावापानीमा सजिलैसँग गाउँघरमा हुर्काउन र खुला छाडेर समेत पाल्न सकिने यो एक लोकप्रिय  जात हो । यसको वार्षिक कुल फुल उत्पादन २०० देखि २२० गोटासम्म छ भने वयस्क अवस्थाको सरदर शारीरिक जिवित तौल भाले २.७ के.जी. र पोथी १.८ के.जी. भएको पाईएको छ।

यो वेलायती वर्गमा पर्ने उन्नत एवं शुद्ध नश्लको फुल मासु दुवैको लागि उपयुक्त जातको कुखुरा हो । हेर्दा कालो देखिने यो कुखुराको छाला सेतो, कानको लोती रातो र नली खुट्टाको रङ्ग स्लेट जस्तो हुन्छ । तराई देखि उच्च पहाड सम्मको हावापानीमा सजिलैसँग गाउँघरमा खुला छोडेर समेत पाल्न सकिने । वार्षिक फुल उत्पादन  १८० देखि २०० गोटासम्म हुने यो अर्को लोकप्रिय कुखुराको जात हो । यसको शारीरिक जिवित तौल भाले ३.९ के.जी. र पोथी ३ के.जी. भएको पाईएको छ ।

यो फुल र मासु दुबैका लागि पालीने जातको कुखुरा हो । खास गरी यसलाई छाडा छोडेर वा अर्ध छाडा छाडी पालीने विशेष  किसिमको कुखुरा हो । यो जातको कुखुरामा अरु भन्दा रोग विरुद्ध लड्न सक्ने क्षमता बढि हुन्छ । यस्ले गाउ घरमा खेर गएको दाना, घास, साग पात र अन्य खाएर पनि फुल र मासु राम्ररी उत्पादन गर्न सक्छ । दिन सक्ने खालको कुखुरा हो । यो जातको कुखुराको अधिकांश शरीरको भागमा प्वाख सेतो छिरबिरे रङ्गको हुन्छ र यसले खैरो अण्डा पार्दछ । भालेको शारीरिक तौल ४ के.जी र पोथीको तौल सरदर ३ के.जीको हुन्छ । साधारण व्यवस्थापनमा यो जातको कुखुराले एक बर्षमा १६० देखी १८० वटा सम्म अण्डा पार्दछ । हाल यी फुल र मासु दुबैको लागि उपयुक्त जातका कुखुराहरु ब्रुडर फार्म खजुरा, पशु विकास फार्म पोखरा, कृषि अनुसन्धान केन्द्र परवानीपुर, तरहरा र खुमल्टारमा उत्पादन गरी विक्री वितरण गरिन्छ । यी जातका कुखुरालाई मध्य पहाडी तथा उच्च पहाडी भेगमा स्थानीय कुखुराहरुको नश्ल सुधारको लागि व्यापक रुपले प्रयोगमा ल्याईएको छ । ग्रामीण क्षेत्रमा यी जातका कुखुरा अत्यन्त लोकप्रिय भएकोले सरकारले पशु सेवा प्रसार कार्यक्रमको ग्रामीण कुखुरा विकास कार्यक्रम अन्र्तगत यी जातका कुखुरा वितरण गर्ने गरेको छ ।

फुल तथा मासु उत्पादन लागि उपयुक्त हुने किसिमका व्यावसायिक जातका चल्लाहरु उत्पादन गर्न त्यस्ता प्रकारका कुखुराको माउ चल्ला (प्यारेन्ट स्टक) विदेशबाट मगाई तिनीहरुबाट चल्ला उत्पादन गरेर कृषकहरुलाई विक्री वितरण गर्ने गरिन्छ । केही वर्ष अघिबाट ब्रोईलर चल्लाको माउ स्वदेशमा नै उत्पादन गर्न ग्राण्ड प्यारेन्ट स्टक  फार्म नेपालमानै स्थापना भएर माउ चल्ला (प्यारेन्ट स्टक) उत्पादन गरी ह्याचरीहरुमा वितरण गरीदै आएको छ । त्यस्ता प्यारेन्ट स्टकबाट उत्पादन भएको अण्डाबाट ह्याचरीहरुले चल्ला उत्पादन गरेर वितरण गरिने चल्लाहरुलाई व्यवसायीक चल्ला भनिन्छ । यस्ता कुखुराको फुलबाट पुनः चल्ला उत्पादन गर्नु हुँदैन । चल्ला उत्पादन गरिएमा त्यसमा बढी उत्पादन गर्ने वंशाणुगत गुणमा ह्रास आउने हुन्छ । त्यसकारण ह्याचरीले पनि आफ्नो कुखुरा बूढो भए पनि पुनः माऊ चल्लाको व्यवस्था गर्नुु पर्दछ । यस्ता कुखुराको मासु तथा फुल उत्पादन क्षमता अन्य शुद्ध नश्लको भन्दा धेरै हुन्छ । नेपालमा प्रचलनमा रहेका र फुल तथा मासु उत्पादनको उद्देश्यले विकास गरिएका व्यावसायिक जातका कुखुराहरु यस प्रकार छन् ।

नेपालमा हाल हाईसेक्स ब्र्राउन, नोभोजेन ब्र्राउन, एच एण्ड एन निक ब्र्राउन, हाइलाईन ब्र्राउन, लोम्यान ब्र्राउन, बि.भी. ३८०, बोभान्स ब्राउन, इसा ब्राउन र डोमिनान्ट सि जेड  आदि जातका लेयर्स तथा हब्बार्ड फ्लेक्स, मार्सल आर, कसिला, प्योर लाईन जेनेटिक्स, कब १००, कब ५००, कब एभियन ४८ र रोस–३०८, ईण्डीएन रिभर, लोम्यान आदि जातका ब्रोईलर कुखुराका प्यारेन्टहरु आयात गरि चल्ला उत्पादन गरेर र बिक्रि वितरण हुने गरेको छ । हाल कुखुराको आहारा, प्रजनन् तथा व्यवस्थाापन सम्बन्धी प्रविधिको विकासले गर्दा लेयर कुखुराले ७२ हप्ताको उमेरमा करीब ३०० गोटा फुल पार्दछन र ६–७ हप्ताको उमेरमा करिब २ केजी तौलको हुन्छ ।

खोर व्यवस्थापन

  • पहारिलो ठाउमा पुर्व पश्चिम लामो हुने र उत्तर दक्षिण मोहडा हुने गरी ब्रोइलरको लागि १ वर्ग फीट, लेयर्स, लोकल, न्यू हेम्पसायर, अष्ट्रालोर्पको लागि १.५ वर्ग फीट र गिरिराजको लागि २ वर्ग फीट क्षेत्रफल पुग्ने गरि खोर बनाउनुपर्छ |
  • एक खोर देखि अर्को खोर १० मिटरको फरकमा र बस्ति देखि कम्तिमा २०० मिटर पर खोर बनाउनुपर्छ |
  • खोर बढीमा ३० फिट चौडा र आवस्यकता अनुसार लम्बाईको बनाउने, जमिनबाट ठाउ हेरी १.५-२ फीट गार्होलगाउने र माथि बलियो जाली लगाउने | खोर छेउमा ७ फिट अग्लो हुनु पर्छ भने छानो गर्मीमा बढी गर्मि नहुने अनि जाडोमा चिसो नहुने गरि बनाउने सोहि अनुसार तापक्रम र हावाको व्यबस्था मिलाउने |
  • लेयर्स, लोकल, ब्रोइलर र उन्नत कुखुरा एकै व्यक्तिले पाल्ने हो भने फरक फरक कम्पाउन्डमा पाल्नुपर्छ |
  • खोरलाई राम्रोसंग चुना, फिनेल, आगोको ज्वालाले निर्मलीकरण गरेरमा ४ इन्च भुस बिछ्याउनु पर्छ, भुस चिसो भयो भने, गन्द आयो भने तत्काल फेर्नुपर्छ |

कुखुरा घरपालुवा पंक्षी भएकोले विषम वातावरणमा बाँच्न पूर्णरुपमा उत्पादन दिन नसक्ने हुनाले कुखुरालाई हर प्रकारले हर मौसममा सुविस्ता हुने किसिमको घरको व्यवस्था हुनुपर्दछ । राम्रो तरिकाले बनाएको घरमा कुखुरा पाल्दा सन्तोषजनक उत्पादन लिन सकिने र रोग व्याधिको संभावना कम हुने हुन्छ । कुखुरा घर पानी नजम्ने, पानी निकासरको राम्रो व्यवस्था भएको, पानी बढी सोस्न सक्ने किसिमको माटो भएको, जमिन केही भिरालो र बस्ती भएको स्थान भन्दा अलि पर भएमा उपयुक्त हुन्छ । कुखुरा घर व्यवस्थापन गर्दा रेखदेख गर्न पनि सजिलो हुने र वास्तीमा प्रदूषणको समस्या पनि नहुने किसिमले स्थानको छनौट गर्नुपर्दछ । हिउँदमा बढी जाडो स्थानमा  घरको मोहडा पूर्व वा दक्षिण पारेर बनाइएमा दिउँसोको घाम प्रशस्त मात्रामा प्राप्त हुन सक्छ ।

कुखुरा घरको भूइँ सकभर सिमेन्ट र कंक्रिटबाट बनाई हल्का किसिमले स्लोप –भिरालो) राखिएमा सफागर्न सजिलो हुन्छ । गर्मी स्थानमा घरको गारो जगबाट  २ (३ फिट अग्लो बनाई त्यसमाटि जाली लगाइएको हुनु पर्दछ भने चिसो स्थानमा झ्यालको व्यवस्था गरेर गारो लगाउनु राम्रो हुन्छ । घरको गारोको उचाई कम्तीमा ७ फीट र चौडाई ३० देखि ४० फिट भएमा घर मित्र हावाको संचार राम्रो हुन सक्छ । कुखुरा घरको झ्याल गर्मीको समयमा खुल्ला राख्ने र जाडोको समयमा पर्र्दा लगाउने गर्नु पर्दछ । कुखुराको दानाको बोरा वा अन्य त्यस्तै सस्तो सामाग्री प्रयोग गरी पर्दा बनाउन सकिन्छ । कुखुरा घर बनाउँदा सकभर सस्तो स्थानीय सामाग्रीको प्रयोग हुने गरी र मर्मत खर्च पनि सस्तो पर्ने तथा घर स्वस्थकर समेत हुने हिसावले बनाउनु पर्दछ । कुखुरा घर बजारबाट नजिक आगलागीबाट सुरक्षित, अन्य चरा, विरालो, न्याउरीमुसा लगायतका हिंस्रक जन्तु जनावरहरु पस्न नसक्ने किसिमको हुनु पर्छ ।

कुखुरा घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

स्थान छनौट

पानी नजम्ने, पानीको निकासको व्यवस्था भएको, पानी सोस्न सक्ने सकभर बलौटे माटो भएको, बस्ती र कुखुरा फार्महरुभन्दा टाढा, बजार व्यवस्थापन, यातायातको सुविधा भएको स्थान छनौट गर्न राम्रो हुन्छ ।

मोहडा

कुखुरा घरको लम्बाई पूर्ब पश्चिम फैलीएको र दक्षिण मोहोडा पर्ने गरी जाडो याममा पनि खोरभित्र सूर्यको प्रकाश सोझै खोरभित्र जान सक्ने खालको हुनुपर्छ ।

जग

कुखुरा घरको भार थाम्न सक्ने बलियो जग हुनुपर्छ । इट्ठा, कंक्रिट, कंक्रिट ब्लक वा अन्य स्थाई सामाग्री को प्रयोग गरी धमिरा नलाग्ने गरी निर्माण गर्नु राम्रो हुन्छ । वर्षाको याममा जमिनको पानी घरभित्र पस्न नपाओस भनेर जगको उचाई जमिनबाट करीब २ देखि ३ फीट हुनु राम्रो हो ।

चौडाई

डिप लिटर प्रणाली र प्राकृतिक तवरको भन्टीलेशन प्रणाली अनुरुप पाल्दा कुखुरा घरको चौडाइ बढीमा ३० फीटसम्म राख्न सकिन्छ । तर हाल कृषकहरुले अपनाई आएको व्यवस्थापन प्रणालीमा २० फीट चौडाईमा राम्रो नतिजा देखिएको छ । चौडाई बढी भएमा खोरभित्र हावाको ओहोरदोहोर कम हुने र कुखुरामा विभिन्न समस्या देखिन सक्छ । घरको लम्बाई पनि आवश्यकता अनुसार ३०० देखि ४०० फीटसम्म राख्न सकिन्छ ।

भुँई क्षेत्रको निर्माण

सिमेन्ट र कंक्रिट भुँई सफा गर्न र पखाल्न सजिलो हुन्छ तर यसको निर्माण खर्र्च अलि महगो पर्छ । माटो माथि बालुवा र इँटा राखेर पनि सानो स्केलमा कुखुरा पाल्न सकिन्छ तर यसमा भुँई सफा गर्न अलि बढी मिहेनत गर्नु पर्छ र एक ब्याचबाट अर्को ब्याच कुखुरा राख्ने बिचको अवधि लामो राख्नुपर्ने हुन्छ । धोईपखाली गर्दा सजिलोको लागि चौडाईपट्टि हल्का स्लोप परेको हुनुपर्छ ।

उचाई

खोरको लम्बाईपट्टि पर्खालको उचाई ७ फीट र धुरीको उचाई १० फीट हुनुपर्छ । गर्मी ठाउँमा खोरको लम्बाईपट्टिको उचाई ९ फिट र धुरीको उचाई ११ देखि १२ फिट हुनुपर्छ ।

साईड भित्ता

भुँईबाट बढीमा २—३ फीट उचाईसम्म ईटाको पर्खाल बनाउने । त्यसपछि तारको जाली राख्नु पर्छ यसले खोरभित्र प्रसस्त उज्यालो आउनुको साथै बाहिरी वस्तु छिर्न सक्तैन र हावाको आवागमन पनि भई रहन्छ । कुखुरालाई हावा, पानी, र घामबाट सुरक्षा प्रदान गर्न कखुरा घरको लम्बाई पटिको दुई साईडमा पर्दा लगाउनु पर्छ । साना घरमा हातबाट र लामो घरमा यान्त्रिक तरिकाले आवश्यकतानुसार पर्दा खोल्ने र बन्द गर्न सकिन्छ ।

छाना

छानामा खोरभित्र तातो र चिसो दुवै कम गर्ने गुण भएको सामाग्रीको प्रयोग गरी बनाउनु राम्रो हुन्छ । छाना खोरको पर्खालबाट ३ फीट बाहिर निस्किएको हुनुपर्छ यसले वर्षादमा पानीको छिटा भित्र छिर्नबाट रोक्छ र गर्मीको याममा सितल प्रदान गर्न मद्दत गर्छ । यदि टिनको छाना राखेको भए जाडोको समयमा छानो माथि पराल वा घाँसपात राखेर खोरभित्र न्यानो पार्न सकिन्छ । आधुनिक कखुरा घरभित्र चिसो र तातोको मात्रा कम गर्न कुखुराको घरभित्र छानोको मुनी एक विशेष प्रकारको सामाग्री (ईन्सुलेटिङ्ग मेटिरियल) प्रयोग गर्न सकिन्छ । यस्तो सामाग्री बजारमा उपलब्ध छ ।

 

  • एकदिने चल्ला ल्याउने बित्तिकै गुल्कोज पानी खुवाएर ३५ सेल्सियस तापक्रम भएको ब्रुडर कोठामा राख्नेर सो कोठाको तापक्रम प्रत्यक हप्ता २.५ सेल्सियसका दरले घटाउदै लाने र अन्त्यमा २१ सेल्सियस कायम गर्ने | 
  • यसरी चल्ला हुर्काउदा गर्मीमा ४ हप्ता र जाडोमा ६ हप्ता सम्म ब्रुडरमा राख्नु पर्छ र त्यस पछी लेयर्स र ब्रोइलर लाई सघन प्रणाली तथा उन्नत र लोकल कुखुरालाई अर्ध सघनप्रणालीमा पाल्ने |

सामान्यतयाः कुखरा पालन प्रणालीहरु ४ किसिमका छन् जस अनुसार

खुला छाडेर पाल्ने

स्थानिय कुखुराहरु यहि प्रणालीबाट हाम्रो देशका गाउघरमा पालींदै आएको छ । दिनभरी घर वरीपरी कुखुरालाई छाडा छाडिन्छ  र साझ परेपछि खोरमा राखिन्छ । कुखुराले किरा फट्याग्रा, घास, घासको बिउ आदि खाएर आफ्नु आहाराको ठुलो हिस्सा आपुर्ति गर्दछ । थोरै संख्यामा यो प्रथाबाट कुखुरा पाली गरिब कृषकहरुले कम लगानीमा फाईदा लिई रहेकाहुन्छन् । व्यवसायीक हिसाबले यो पथ्राबाट कुखुरा पालन गर्न सकिंदैन ।

फोल्डिङ्ग यूनिट प्रणाली (Folding Unit System)

प्रसस्त घाँस भएको जमिनमा यस प्रणालीको खोर बनाउदा एक ठाउबाट अर्को ठाउँमा सार्न सकिने गरी बनाउनु पर्छ । यसमा प्रति कुखुरा  १ बर्ग फुट स्थानमा कुखुरा राख्न र ३ वर्ग फिट स्थान कुखुरा हिडडुल गर्न र खेल्नको लागी दिईन्छ ।  यो प्रणालीमा २५ वटासम्म कुखुरा पाल्न उपयुक्त हुन्छ । तसर्थ ५ फिट चौडाई र २० फिट लम्बाई भएको खोरमा २५ वटा कुखुरा पाल्न सकिन्छ । यस प्रणालीमा कुखुरा पाल्दा कुखुरालाई प्रसस्त हरियो घाँस, किराफट्याङ्ग्रा आदि आहाराको रुपमा प्राप्त हुन्छ । खोरलाई दिनदिनै एक ठाउँबाट अर्को ठाउमा सार्नु पर्ने हुँदा कृषकलाई अली अप्ठारो हुने भएपनि कुखुराले जमीनलाई मलिलो बनाउँछ । तर यो प्रणाली हाम्रो देशमा प्रचलित छैन ।

अर्ध सघन प्रणाली (Semi-intensive system)

खुला छाडेर पाल्ने ठाउँको कमी भएको स्थानमा यो प्रणालीबाट कुखुरा पालन गर्दा उपयुक्त हुन्छ । यसमा कुखुराहरुलाई तार जालीको घेरा गरी दिउसोको समयमा छाडिन्छ भने रातको समयमा खोरभित्र राखीन्छ । यस प्रणालीमा प्रति कुखुरा खोर भित्र २ वर्ग फिट र खोर बाहिर जालीको घेरामा उपलब्ध खुला ठाँउ घुमफिर तथा चर्नको लागि उपलब्ध गराईन्छ । खुला स्थान खोरको दुबैतिर पर्ने गरी बनाउनु पर्दछ ।

सघन प्रणाली (Intensive System)

यस तरिकामा कुखुराहरुलाई पुर्णरुपमा खोर भित्र नै राखी त्यसको लागि दानापानी लगायत सम्पुर्ण व्यवस्था खोर भित्र नै मिलाईएको हुन्छ । सिमित जग्गा जमिन भएको ठाउमा यो तरिका उपयुक्त मानिएको छ किनभने एउटै खोरमा धेरै कुखुरा कुनै समस्या बेगर नै पालन गर्न सकिन्छ । हाल हाम्रो देशमा सानो वा ठुलो स्केलमा व्यवसायिक रुपमा कुखुरा पालन यसै प्रणालीमा आधारित भएर गरिएको छ । सघन प्रणाली बाट  कुखुरा पालन गर्न मुख्यतयाः दुई तरिका अपनाईएको छ ।

केज वा व्याट्रि प्रणाली  (Cage or battery system)

शहरी क्षेत्रमा जग्गाको कमी र महंगो पनि हुने भएकोले यो पद्धतीले निकै लोकप्रियता कमाईसकेको छ । यो पद्धतीमा  खासगरी फुल पार्ने कुखुरा (Layers) लाई केज अर्थात पिंजडा भित्र राखीन्छ । केजमा कुखुरा उठबस गर्न सजिलैसग सक्ने तर घुमफिर को लागि स्थान कम दिएको हुन्छ । एउटा केजका ३—५ वटा सम्म कुखुराअटन सक्ने स्थानको व्यवस्था मिलाईएको हुन्छ । यो केज तिन तल्ला (Three tier system) सम्मको हुन्छ । फुल पार्ने किसिमका कुखुरा (layers) पालन गर्दा ८ हप्ता देखि १६ हप्ता सम्मको लागि ग्रोअर केज (grower cage) मा राखीन्छ । जसमा प्रति केज ५ वटा सम्म कुखुरा राखीन्छ । प्रत्येक केजको साईज १८”× १५”× १५” को हुन्छ । प्रति चल्ला ५४ वर्ग इन्चको क्षेत्र उपलब्ध गराइएको हुन्छ । तिनै तल्लाका केज यहि हिसाबले बनाईएको हुन्छ । केज बलियो ग्याल्भानाईज्ड गरिएको तारबाट बनाईएको हुन्छ । दाना पानी दिने स्थान केजको बाहिर पट्टि कुखुराले सजिलैसँग खान सक्ने गरी व्यवस्थित तरिकाबाट राखीएको हुन्छ । फुल पार्ने अवस्थाका कुखुरा अर्थात १७ हप्ता भन्दा बढि उमेर पुगेका कुखुरालाई प्रति के.जी ३ वटाको हिसाबले राखीन्छ । प्रति केज १५” × १२” × १५” क्षेत्रफल राखी प्रति कुखुरा ६० वर्ग ईन्च क्षेत्रफल उपलब्ध गराईएको हुन्छ । यो तरिकामा प्रति ईकाई स्थानमा बढि कुखुरा राख्न सकिन्छ । हरेक उद्देश्य अनसुार केज भिन्न भिन्न कुखुरा संख्याको लागि भिन्न भिन्न साईजको केज बनाईन्छ । जस्तै एउटा मात्र कुखुरा राख्ने केज (Individual cage), धेरै कुखुरा राख्नको लागि केज (Colony cage) प्रयोग गरिन्छ । एउटा मात्र कुखुरा राख्ने केज अनुसन्धान कार्य वा ब्रिडर स्टकको लागि प्रयोग गर्न सकिन्छ । हरेक कुखुराको सजिलैसँग रेखदेख गर्न सकिने हुँदा अनुत्पादक कुखुराहरुलाई हटाउन र फुल उत्पादन रेकर्ड राख्न सजिलो पर्दछ । एक आपसमा ठुगाठुग गर्ने समस्या कम हुन्छ र सफा फुल उत्पादन हुन्छ, दाना पानी सबै कुखुराले एक नाससँग पाउदछन् । कक्सिडियोसिस र आन्तरिक परजिवीलाई सजिलोसग नियन्त्रण गर्न सकिन्छ । यस तरिकाबाट कुखुरा पालन गर्दा केहि फाईदा र केहि बेफाईदाहरु दुबै देखिन्छ ।

फाईदाहरु

  • यस प्रणालीमा पालीएका कुखुराहरुलाई प्रभावकारी रुपमा निरीक्षण गर्न सकिन्छ ।
  • प्रत्येक कुखुराको गुण सजिलैसँग पत्ता लगाउन सकिन्छ र अनुत्पादक कुखुरालाई हटाउन सकिन्छ।
  • कुखुराको मृत्यू दर सोत्तर विच्छाई पाल्ने (Deep litter system) तरिकामा भन्दा कम हुन्छ ।
  • कक्सिडियोसिस रोगको प्रकोप कम हुन्छ ।
  • व्यवस्थापन कार्यको लागि कम श्रमिक/ज्यामीको आवश्यकता पर्दछ ।
  • सफा फुल उत्पादन हुन्छ ।
  • प्रति दर्जन फुल उत्पादनका लागि आवश्यक पर्ने दाना डिपटिर तरिकामा भन्दा कम आवश्यकता पर्दछ ।

बेफाईदाहरु

  • शुरुमा केज निमाणका लागि बढि पुंजी लाग्ने ।
  • सबै कुखुरालाई पक्राश तथा भेन्टिलेसन आवश्यकता अनसुार मिलाउन कठिनाई पर्ने ।
  • धेरै कुखुरा एउटै केजमा राख्दा खुट्टा कमजोर हुने, फुल पार्ने कुखुरा चाडै थाक्ने (Cage fatigue) जस्ता समस्या देखिन्छन् ।
  • खोरमा झिंगा बढि लाग्ने र गन्हाउने हुन्छ ।
  • दाना पानी दिनको लागि बढि ज्यामी लाग्ने ।

सोत्तर विच्छाई कुखुरा पालन गर्ने प्रणाली (Deep litter system)

यो प्रणाली विश्वव्यापी रुपमा कुखुरा पालन जगतमा बृहत रुपमा अपनाईदै आईएको छ । यस पद्धतीमा कुखुरालाई ठुल्ठुला खोरमा भुईंमा सोत्तर विच्छाएर पालीन्छ । कुखुरालाई चिसोबाट बचाउन ४ ईन्च जती बाक्लो हुने गरी भुइ मा सोत्तर विच्छयाउनु पर्दछ । सोत्तरको प्रयाोग गर्दा नरम हुनुको साथैओसिलोपनलाई बढि सोस्न सक्ने, ढुसीरहित, सस्तो र स्थानिय स्तरमा उपलब्ध हुन सक्ने र सधै ओभानो रहिरहने गुण भएको हुनुपर्दछ । यसको लागि काठको धुलो, परालको टुक्रा, बदामको बोक्रा, उखुको खोईला आदि प्रयोग गर्न सकिने भएता पनि हाम्रो देशमा धानको भुसलाई सोत्तरको रुपमा अत्यधिक रुपमा कृषकले प्रयोगमा ल्याएका छन् ।

कुखुराको सुली, पोखिएको दाना पानी आदिका कारणले गर्दा शुक्ष्म जिवाणुको सक्रृयता बढि सोत्तर सड्दै र टुक्रदै जाने हुँदा समय समयमा नयाँ सोत्तर थप्दै जानु पर्दछ । यो तरिकाबाट माटोले लिपेको भुई वा ईट्टा विच्छाईएको भुईंमा सोत्तर राखी कुखुरा पालन गर्न सकिएता पनि पछि खोर सफाईमा कठिन पर्ने हुँदा सिमेन्ट प्लाष्टर गरेको भुईं/भित्ता भए राम्रो हुन्छ । किनभने यस्तो भुईं वा भित्ताहरु सफा गर्न र किटाणु मुक्त पार्न सजिलो हुन्छ । सोत्तरमा बढि ओसिलोपन भई ढिक्का परेमा उक्त खोरबाट कुखुरा संख्या घटाई हावा ओहोर दोहोरका लागि भेन्टिलेसनको उचित प्रबन्ध मिलाउनु पर्दछ ।

डिपलिटर प्रणालीबाट कुखुरा पालन गर्दा निम्न लिखित सावधानी अपनाउनु पर्दछ ।

  • कुखुरा राख्ने भुईं जमीनको सतहबाट ४५—५० से.मी. उचाईमा हुनु पर्दछ । पक्का भुई (Cemented floor) यस प्रणालीको लागि उपयूक्त मानिन्छ ।
  • प्रति कुखुराको लागि भुईंको क्षेत्रफल २—३ वर्ग पिट उपलब्ध गराउनु पर्दछ ।
  • सात्तेर अथवा भुइँ ओसिलो हुनु हुँदैन यसलाई सधैं ओभानो राख्ने व्यवस्था मिलाउनु पदर्छ ।
  • खोरमा राम्रोसँग हावा आवतजावत गर्न सक्ने व्यवस्थाको लागि भेन्टिलेसनको राम्रो व्यवस्था गर्नु पर्दछ ।
  • सोत्तरको प्रयोग प्रयाप्त मात्रामा गर्नु पर्दछ ताकी यसको गहिराई ४”(१० से.मी.) हुनु पर्दछ ।
  • कुखुराको खोर भित्र विभिन्न उपकरणहरु जस्तै दाना दिने, पानी दिने, फुल पार्ने गुंड आदि उचितडस्थानमा मिलाएर राख्नु पर्दछ ।
  • कुखुराहरुलाई भिटामिन ए र डि युक्त दाना खुवाउनु पर्दछ । किनकी कुखुराहरु खोर भित्रे थुनेर पालिने हुँदा प्रयाप्त मात्रामा सुर्यको प्रकाश लिन पाउँदैनन् ।

सोत्तर व्यवस्थापन (Litter management)

  • खोरमा सोत्तर विच्छयाउनु भन्दा पहिले भुई र पर्खालको भित्ताहरु सफा गरि त्यस्मा लाईसोल, फिनेल, ब्लीचिङ्ग पाउडर वा चुनापानी छर्की किटाणुमुक्त बनाउनु पर्दछ ।
  • कुखुराको खोरमा गर्मी मौसममा भुईंको सतहबाट ४ ईन्च उचाई र जाडोको मौसममा ६ ईन्च उचाईसम्म सोत्तर विच्छयाउनु पर्दछ
  • विच्छयाईएको सोत्तर सधैं ओभानो राख्नु पर्दछ । ओसिलो सोत्तरको कारण सानो उमेका कुखुराहरुका कक्सिडियोसिस रोग लाग्नसक्छ । यस्तो अवस्थामा सोत्तरलाई ओभानो राखी राख्न ५०० ग्राम चुना वा १ के.जी सुपर फस्फेट प्रति वर्ग मिटरमा प्रयोग गर्न सकिन्छ ।
  • सोत्तरलाई डल्ला पर्नबाट जोगाउन खोर भित्रको सापेक्षिक आर्द्रता कम गर्नुको साथै कम्तिमा हप्ताको १ पटक सोत्तरलाई ओल्टाई पल्टाई गर्नु पर्दछ ।
  • कुखुरा खोरमा राख्नु पुर्व नयाँ र ताजा सोत्तर विच्छयाउनु पर्दछ । यस प्रणालीबाट कुखुरा पालन गर्दा सकेसम्म सुख्खा मौसमबाट शुरु गर्नुपर्दछ ।
  • पुरानो सोत्तरलाई वर्षाद पछि अर्थात हिउंद शुरु हुनु भन्दा अगावै खोरबाट हटाई सक्नुपर्दछ ।
  • ओभानो सोत्तरको लागि खोरभित्र पानी दिने भांडा आवश्यकता अनुसार व्यवस्थित रुपमा राख्नुको साथै खोरको छाना तथा झ्यालबाट पानी नचुहिने व्यवस्था मिलाउनु पर्दछ ।

यस प्रणालीबाट कुखुरा पालन गर्दा हुने फाइदाहरु

  • कुखुरालाई सुरक्षित रुपमा खोर भित्र राख्न सकिन्छ ।
  • थोरै मात्रामा भए पनि कुखुराले सोत्तरबाट प्रोटिन, भिटामिन र हर्मोन प्राप्त गर्न सक्दछन् ।
  • कुखुरालाई आराम र सुविधा प्राप्त हुन्छ ।
  • सोत्तरलाई ओभानो अवस्थामा राख्न सकेको खण्डमा कुखुराहरुमा रोगको प्रकोप पनि कम हुन्छ ।
  • फर्सदको समयमा कुखुराहरु सोत्तरमा खोस्रेर आफुलाई व्यस्त राख्ने हुंदा एक आपसका ठुगाठुगं गर्ने समस्या कम हुन्छ । 
  • यस प्रणालीमा खोरहरुलाई सधैं सफा गरिरहनु नपर्ने हुँदा ज्यामी ज्यालामा बचत हुन जान्छ ।
  • यस प्रणालीबाट तयार भएको मल मुल्यवान र राम्रो गुणस्तरको मानिन्छ । राम्रोसँग तयार भएको सात्तेर मलमा करिव ५% नाइट्रोजन, २% फस्फारेस र २% पाटोस पाइन्छ । यसरी एउटा फलु पार्ने कुखुराले आफ्नो जीवनकाल (७२ हप्तामा) मा १८—२० के.जी. सोत्तर मल उत्पादन गर्न सक्दछ ।
  • सोत्तरले एकैनासको तापक्रम कायम गरीराख्ने हुँदा वायूमण्लको तापक्रम बढ्नासाथ कुखुराले यताउती खेली आफुलाई ठण्डा पारी राख्दछ ।

आहार व्यवस्थापन

कुखुरामा अन्य जनावरको जस्तो दाँत नभई दुईवटा चुच्चो हुन्छ जस्को सहायताले दाना मुखमा राख्छ र जिब्रोको सहायताले दाना भित्र धकेल्छ । कुखुराको पाचन प्रणालीमा निम्न भागहरुहुन्छन्

इसोफागस (Oesophagus): यो मुखबाट गाँड सम्मको नली हो जसबाट आहारा गाँडमा पुर्याइन्छ

गाँड (Crop): यो इसोफागसको फुकेको भाग हो जस्मा आहारा केहिबेरको लागी जम्मा हुन्छ र त्याहा आहारालाई नरम बनाईन्छ । गाँडको भित्रीभाग खुम्चने र बढने क्रममा आहारालाई पेटमा घचेट्दछ ।

प्रोभेटिकुलस (पेट) (Proventriculus): गाँडभन्दा २—३ ईन्च पर यो अँग रहन्छ । यस्को मोटाई ०.५ देखि ०.७५ सम्म र लम्बाई १.२५ देखि २ इन्च हुन्छ । गाँडबाट आहारा पेटमा आएपछि यस्को भित्रपटीको सतहमा रहेका ग्रन्थिहरुबाट निस्कने पाचन अम्ल आहारामा मिसिन्छ जस्ले आहारालाई नरम बनाई पचाउन सजिलो बनाउछ ।

गिजार्ड (Gizzard): यो दुई वटा कडा मासुले बनेको भागहो जुन प्रोभेटिकुलसको पछाडि रहेको हुन्छ । पेट बाट आएको आहाराको मसिनो भागहरुलाई डिउडेनममा तुरुन्त पठाई खस्रो र कडाबस्तुहरुलाई यस्ले छानेर राख्छ । कडाबस्तुहरुलाई यस्ले पिनेर सानो सानो टुक्रा वा धुलो बनाइरु मात्र डिउडेनमा पठाउँछ ।

पानकृयाज (Pancreas): यो डिउडेनमको फोल्डको बिचमा रहेको हुन्छ । पानकृयाजले एक किसिमको रस निकाल्छ जसलाई पानकृयाटिक रस भनिन्छ जुन डिउडेनममा झर्दछ । यस रसमा विभिन्न प्रकारका इन्जाइमहरु पाईन्छ जस्ले प्रोटिन, कार्बोहाइट्रेड र चिल्लो पदार्थलाई पचाउन सहयोग गर्दछ ।

कलेजोः यो शरीरको सबैभन्दा ठूलो  ग्रन्थी हो र यस्मा दुई वटा लोब हुन्छ । यस्ले एक  प्रकारको रस निकाल्छ जसलाई पित्त भनिन्छ । यस्ले चिल्लो पदार्थलाई पचाउन सहयोग गर्दछ । कलेजोबाट नलीको माध्यामबाट एउटा थैलीमा पित्त जम्मा हुन्छ जस्लाई पित्त थैली भनिन्छ । पित्त थैलीका   साना नलीको माध्यामबाट पित्त पुन डिउडेनमको आखिरी भागतिर झर्दछ ।

सानो आन्द्रा (Small intestine): यो पाचन अङ्गको मुख्य भाग हो जुन गिजार्डदेखि सिकासम्म फैलिएको हुन्छ । बयस्क कुखुरामा यस्को लम्बाई करिब ५ फिट हुन्छ । यस्को भित्रीभागमा साना साना काडेदार रुपका भीलाई हुन्छन् । यहाँ पाचन क्रिया हुनगई आहाराको पोषण तत्वहरु साना रगतको नली र लिम्फ नलीबाट शरीरमा सोसेर लिन्छ । सानो आन्द्राको पहिलो भाग फेरो परेर रहेको हुन्छ । यस्लाई डिउडेनम भनिन्छ । यस्को फेरोमा पानकृयाज रहेको हुन्छ । यहाँ पाचन रसको साथै पानकृयाटिक रस आहारामा मिसिन्छ ।

सिका (Caeca): सानो आन्द्राको अन्त्य र ठूलो आन्द्राको शुरुमा दुई ओटा ५—७ इन्च लामो शाखाहरु बाँडिएको देखिन्छ जस्लाई सिका भनिन्छ । यो एकातिर आन्द्रामा मिसिएको हुन्छ र अर्कोतिरको यस्को भाग बन्द हुन्छ । यस्ले पचेर बाँकि भएको पदार्थलाई केहिबेर भण्डारण गर्दछ । यहाँ सुक्ष्म जिवाणुको मद्दतले रेसादार पदार्थलाई पचाउने कार्य गर्नुको साथै आहारामा भएको पोषकतत्वहरु शरीरमा सोस्ने कार्य हुन्छ ।

ठूलो आन्द्राः सिका र क्लोएका (मलद्वार) को बिचको भागलाई ठूलो आन्द्रा भनिन्छ । पशुहरुमा हुने ठुलो आन्द्राको प्रतिनिधित्व कुखुरामा  रेक्टमले गर्दछ र यस्को लम्बाई ४ इन्च हुन्छ । यहापनि केहि मात्रामा पाचन कृया भई पोषण तत्व शरीरमा सोस्ने कार्य हुन्छ । साथै शरीरमा पानीको सन्तुलन कायम गर्न यहाँबाट पानी शरीरमा सोसिन्छ ।

क्लोएका (मलद्वार): यहा प्रजनन, पाचन र मुत्र प्रणालीको भागहरु खुलेको हुन्छ । त्यसकारण यसबाट सुली, पिसाब, फुल वा भालेको सिमेन बाहिर निस्कन्छ । रेक्टमबाट पाचन भइसकेको आहारा सुलीको रुपमा र  मृगौलाबाट पिसाब क्लोएकामा पठाउँछ । कुखुराको मृगौलाबाट युरीक एसिड मात्र सुलीमा मिसीएर सुलीलाई सेतो रङ्ग दिन्छ र त्यस्ता किसिमका पदार्थहरु भेन्टबाट बाहिर निस्कन्छ ।

दाना खुवाउने सिद्धान्तहरु

सर्वप्रथमत दानाले कुखुराको जीवन बचाउन मद्दत गर्दछ । यसको अलावा दानाले विभिन्न महत्वपुर्ण कार्यहरु गर्दछ । जस्तैः

  • शरीरको संरक्षण तथा वृद्धिमा मद्दत गर्दछ ।
  • उत्पादन क्षमतालाई कायम राख्दछ (मासु तथा अण्डा उत्पादन) ।
  • सामान्य शरीरको तापक्रमलाई कायम राखी छाड्दछ ।
  • शरीरबाट काम नलाग्ने चीज/विषालु पदार्थलाई बाहिर्याउँछ ।

दाना व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु

  • कुखुराहरु सर्वभक्षी (Omnivores) प्रकृतिका भएकोले तिनीहरु वनस्पति तथा जन्तुबाट उत्पादित खानेकुरा खान्छन् । ड्ड  कुखुरा साधारण पेट भएको र उग्राउने पशुहरुको भन्दा छोटो पेट भएकोले गर्दा पाचनक्रिया पनि छिटो हुन्छ ।
  • कुखुराको ओठ र दाँत हुदैन र तिनीहरुले दाना चपाउन सक्दैनन्, त्यसैले
  • कुखुराहरुलाई बढि सन्तुलित दाना (अनाजबाट तयार) को आवश्यकता पर्छ ।
  • कुखुराहरु सानो उमेरमा छुट्टाछुट्टै खानुको सट्टा सामूहिक रुपमा दाना खान रुचाउँछन् । कुखुराको मेटाबोलिक दर अन्य जनावरको तलुनामा बढि हुने भएकाले सहि किसिमको सन्तुलित दाना हनुपुर्छ । जसले गर्दा पोषण सम्बन्धी समस्या हुन पाउँदैन ।
  • कुखुराको पाचन प्रणाली अन्तरगत खाएको दाना भण्डारण गर्ने स्थानलाई गाँड (Crop) भनिन्छ जुन थैली आकारको घाटीको अघिल्तिर अन्तिम भागमा रहेको हुन्छ भने खाएको दानालाई पाचन प्रक्रियामा सहज बनाउन जांतोको (Gizzard) ठूलो भूमिका रहेको हुन्छ जसले दानालाई पिसेर मसिनो बनाउँदछ । जुन प्रोभेन्टिकुलस देखि तलतिर कडा मांशपेशीबाट बनेको हुन्छ । यो प्रकृया अरु जनावरको पाचन प्रणालीमा हुँदैन ।
  • अण्डाको बाहिरी बोक्रा, भित्री सेतो र पहेंलो भाग बन्नकोलागि क्याल्सियम, प्रोटिन, भिटामिन र खनिज पदार्थहरुको आवश्यक पदछ, त्यसैले दानाको माध्यमबाट यी सबै पोषक तत्वहरुको उचित मिश्रण बनाई कुखुराहरुलाई खुवाउनु पदछ ।
  • चल्लाको वृद्धि दर ९न्चयधतज च्बतभ० र फुल पार्ने कुखुराको फुल उत्पादन दर दानाको गुणस्तर र परिमाणमा भर पर्ने भएकोले कुखुराको उमेर र अवस्था अनुसार गुणस्तरीय दाना आवश्यकता अनुसार उपलब्ध गराउनु पर्दछ ।

दानापानीको व्यवस्थापन

कुखुरा पालन क्षेत्रमा कुल खर्चका ६०—७० प्रतिशत खर्च दानाको लागि आवश्यक पर्दछ । कुखुरापालक कृषकहरुको आर्थिक अनुभवका आधारमा जुनसुकै प्रयासबाट पनि दानाको प्रभावकारितामा सुधार ल्याउन सकेमा मात्र मुनाफा बढ्न सक्छ । शारीरिक वृद्धि तथा विकासको लागि दाना आवश्यक हुन्छ । कुपोषणका कारणबाट चल्लाहरुको शारीरिक वृद्धि दर कम हुनु, मृत्युदर बढनु र अण्डा उत्पादनमा कमी आउनु जस्ता समस्याहरु आउँछन् । कुखुराको शारीरिक विकास र उत्पादन क्षमताको लागि विभिन्न प्रकारको पोषण तत्वहरुको आवश्यकता पर्दछ र त्यसको आपूर्ति दानाको माध्यम बाट गरिन्छ । शरीरलाई आवश्यक पर्ने पोषणतत्वहरु सही ढंगले उपलब्ध गराएमा कुखुराको फुल र मासु उत्पादनको साथै शारीरिक वृद्धि पनि राम्रो हुन गई को साथै शरीरलाई स्वस्थ र निरोगी राख्नमा सहयोग मिल्दछ । त्यसकारण कुखुराको लागि अति आवश्यक सबै तत्वहरु पर्याप्त मात्रामा मिसाईएको सन्तुलित आहाराको उपयोगले मात्र कुखुराको उमेर र अवस्था अनुसार आवश्यक पर्ने पोषण तत्वहरु प्रदान गर्दछ र कुखुराबाट अपेिक्षत लाभ पाउन सकिन्छ । कुखुरालार्इ दिइने पौष्टिक आहारा निम्नलिखित पय्राजेनका लागि उपयागे हुने गर्दछ ।

क. जीवन यापनको लागि: शरीरको तापक्रम र शारीरिक तौल कायम राख्न एंव शरीरको अन्तरिक शरीरिक क्रिया संचालन गर्न आहाराको आवश्यकता पर्छ ।

ख. उत्पादनको लागि: कुखुरालाई दिइने कुल दाना मध्ये जीवनयापनको लागि प्रयोग भइसकेपछि बाँकी रहने आहाराको भाग साना चल्लाहरुमा शारीरिक वृद्धिका लागि र वयस्क कुखुरामा शारीरिक तौलमा वृद्धिको  लागि एवं फुल उत्पादनको लागि उपयोग हुने गर्दछ ।

कुखुराको दाना बनाउन प्रयोग गरिने सबै खाद्य पदार्थहरुमा धेरै प्रकारका पोषक तत्वहरु पाइन्छ तर कुनै पनि खाद्य वस्तुहरुमा कुखुराको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु पाइँदैन तसर्थ कुखुराको आहारा कुनै एउटै मात्र वस्तुबाट भन्दा धेरै प्रकारका पदार्थहरु मिसाएर तयार पारिन्छ । कुखुराको दाना तयार पार्दा कुखुराको अवस्था अनुसार आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु उपलब्ध हुने हिसावले खाद्य पदार्थहरुको अनुपात कायम गरिएको हुन्छ ।

यसरी तयार गरीने दाना कम खर्चिलो हुनुको साथै कुखुराले मन लगाएर खाने र कुखुरालाई आवश्यक पर्ने सबै पोषक तत्वहरु उपलब्ध गराउछ । यसको लागि कुखुराको दाना बनाउन प्रयोग गरिने खाद्य पदार्थहरुमा पाइने पोषक तत्वहरुको साथै तिनको मूल्यको समेत जानकारी हुनु अति आवश्यक छ । कुखुराको दानामा विभिन्न प्रकारका पोषक तत्वहरु समावेश भएका हुन्छन् । तापनि फुल पार्ने जात र मासु उत्पादन गर्ने (बोईलर) जातका कुखुराका विभिन्न अवश्थामा निम्न अनुसारका मुख्य मुख्य पोषक तत्वहरुको आवश्यकता पर्दछ ।

तालिका: लेयर तथा ब्रोइलर कुखुराको लागि आवश्यक पोषक तत्वहरु

पोषक तत्व

इकाई

स्टार्टर रासन

ग्रोअर रासन

लेयर रासन

ब्रोइलर स्टार्टर

ब्रोइलर ग्रोअर

मेटाबोर्लाजेवल इनर्जि

किलो क्यालोरी प्रति के.जी

२८००

२५००

२६२७००

२९००

२८००२९००

प्रोटिन

किलो क्यालोरी प्रति के.जी

२२

१६

१८

२२

२०

चिल्लो पदार्थ

किलो क्यालोरी प्रति के.जी

क्याल्सियम

किलो क्यालोरी प्रति के.जी

१.१

१.०

३.५

३.५

१.१

फस्फोरस

किलो क्यालोरी प्रति के.जी

०.६

०.६

०.६

०.६

०.६

नून

किलो क्यालोरी प्रति के.जी

०.३

०.३

०.३

०.३

०.३

माथि उल्लेखित पोषक तत्वहरुको आपूर्तिको लागि तलको तालिकामा दिइए बमोजिमको खाद्य पदार्थहरुको मिश्रणबाट दाना तयार पार्न गरिएको हुन्छ ।

सिं.नं.

सामग्री

स्टार्टर रासन

ग्रोअर रासन

लेयर रासन

ब्रोइलर स्टार्टर

ब्रोइलर ग्रोअर

मकैको टुक्रा

५०.०

३०.०

४५.०

४८.०

४९.०

तेल झिकेको चामल ढुटो

२२

१६

१८

२२

२०

चामलको कनिका

-

१०.०

१०.०

-

-

बदाको पिना

१५.०

१०.०

१०.०

१२.०

१०.०

सुर्यमूखिको पिना

१५.०

१०.०

१०.०

१२.०

१०.०

डाइ क्याल्सियम फस्फेट

१.५

१.५

१.५

१.५

१.५

चुन ढुङ्गा सिपीको टुक्रा

१.०

१.०

५.०

१.०

१.०

नून

०.३

०.३

०.३

०.३

०.३

मिटामिन र खनिज तत्व

०.२

०.२

०.२

०.२

०.२

उपरोक्त दानाहरु कुखुराको किसिम र उमेर अनुरुप तलको तालिकामा दिइए अनुसार खुवाउनुपर्ने हुन्छ ।

तालिका: कुखुराका उमेर अनुसार आवश्यक पर्ने दानाको प्रकार र खपत

कुखुराको प्रकार

दानाको प्रकार

उमेर (हप्ता)

दाना खपत (के.जी)

प्रोटिन प्रतिशत

फुल पार्ने

१ स्टार्टर रासन

०.८

१.६५

२२

२ ग्रोअर रासन

-१८

४.३०

१६

३ लेयर रासन

१८ र माथि

४४.७०

१८

बोइलर

१ ब्रोइलर स्टार्टर रासन

-

१.१५

२२

२ ब्रोइलर फिनिसर रासन

-

३.२४

२०

 

 

 

 

 

चल्लाको अर्डर गर्ने

कुखुरा पालन गर्दा पहिलेनै कति वटा कुखुरा पाल्ने हो यकिन गरि सोहि अनुसारको यो जना बनाउनु पर्दछ । आफ्नो योजना अनुसारको खोर बनाएर खोरको क्षमता अुनसार कुखुराको चल्ला अर्डर गर्नु पर्छ । आफ्नो कुखुरा खोरको क्षेत्रफल यनिन गरे पछि कतिवटा वयस्क कुखुरा अट्ने हो, त्यसमा कम्तिमा ५ प्रतिशत थप गरी चल्ला किन्दा वा बुक गर्दा केही चल्लाहरुको मृत्यु भएतापनि घरको पूर्ण क्षमता अनुसार कुखुरा रहन्छन् । उदाहरणको लागि कुखुराको घरको क्षेत्रफल २००० बर्गफुट छ भने त्यसमा १००० गोटा लेयर्स राख्न सकिन्छ जस्मा  ५ प्रतिशत चल्ला बढी  बुक गर्दा  ५० वटा चल्ला थप हुन जान्छ । तर २ प्रतिशत चल्ला ह्याचरीले थप दिने भएकाले १००० चल्लामा २० गोटा थप प्राप्त हुने हुनाले ५३० गोटा चल्ला मात्र बुक गरे पुग्छ । धेरै संख्यामा कुखुरा पाल्दा यसले निकै फरक पार्छ ।

चल्लाको गुणस्तर

न्यून गुणस्तरका चल्लाहरु राखिएमा यस्ता चल्लाहरुलाई रोग लाग्न सक्ने र त्यस्ता चल्लाले अन्य चल्लाहरुलाई पनि रोग सार्न सक्ने सम्भावना हुन्छ । त्यसैगरी न्युन गुणस्तर का कमजोर चल्लाहरु ढिलो बढ्ने र  पछि गएर थोरै संख्यामा फुल पार्छन । न्यून गुणस्तर का चल्लाहरुको मृत्यु दर पनि अत्याधिक हुन्छ । राम्रा गुणस्तरका चल्लाहरुको पहिचान निम्न आधारमा गरिन्छ ।

राम्रो गुणस्तरको चल्लाहरु

न्यून गुणस्तरका चल्लाहरु

फुर्तिलो, चञ्चले

लोसे

चम्किलो अनुहार र रङ्ग

धमिलो अनुहार

शरीर सफा र सुकेको

शरीर भिजेको र च्यापच्याप लाग्ने

दुई ओटा चम्किला आँखा

विकृत आँखा, अन्धो

चुच्चो सिधा मिलेको

चुच्चा बाङ्गिएको, नमिलेको

नरम पेट

कडा र फुलेको पेट

खुट्टा र औंलाहरु सोझो, मिलेको

बाङ्गिएको

मलद्वार सफा

मलद्वार फोहोर

नाइटो राम्रो सँग बन्द भएको

नाईटो राम्रोसँग बन्द नभएको

 

ब्रुडिङ्ग

चल्लाहरुलाई एक दिनको उमेरदेखि आवश्यक तापक्रम, दाना, पानी आदि बैज्ञानिक ढंगले निर्मित ब्रुडरमा प्रदान गरी उपयुक्त वातावरण सिर्जना गरेर चल्लाहरु हुर्काउने प्रक्रियालाई ब्रुडिङ्ग भनिन्छ र चल्ला हुर्काउने स्थानलाई ब्रुडर भनिन्छ । फुल पार्ने जातका (लेयर)  चल्ला लाई ८ हप्ता सम्म ब्रुडिङ्ग गरीन्छ र त्यसपछि फुल नपारुन्जेलसम्म हुर्काउनको लागी ग्रोअर हाउसमा सारिन्छ । तर ब्रोईलर चल्लालाई ४ हप्तासम्म ब्रुडिङ् गरीन्छ र त्यसपछि सोहि घरमा ब्रुडरलाई हटाई ठाउ बढाएर बिक्रि गर्ने उमेर सम्म राखिन्छ ।

चल्ला ल्याउनु भन्दा पहिलेको तयारी

चल्ला ल्याउनु भन्दा करीब दुई हप्ता देखिनै कुखुरा राख्ने घरको तयारी शुरु गर्नु पर्छ । दाना पानीको भाँडो र अन्य उपकरणहरु प्रयोग गरिसकेको भए सफा गरी मर्मत गर्ने साथै ब्रुडिङ्ग कोठा पनि सफा गरी किटाणु मुक्त पार्नुपर्छ । यसको लागि घरको बाहिर र भित्रका भागहरुभुइँ, छाना र पर्खालमा भएको फोहोर र धुलो लाई सफा गर्नु पर्छ ।  भुईमा फोहोर टासिने हुनाले खोस्रेर सफा गर्नु पर्छ । त्यसपछि सफा पानीको फोहोराले पखाल्नुपर्छ । कुखुरा घरमा भएका हानिकारक जिवाणु, बिषाणु आदि लाई नष्ट गर्न संक्रमणमुक्त (Disinfectant) गर्ने झोलले स्प्रे गर्नु पर्छ । कुखुरा घरलाई सरसफाई र संक्रमणमुक्त गरे पछि नया ब्याच चल्ला राख्नको लागी करिब २ हप्ता खाली राख्नु पर्छ । कुखुरा घरमा प्रयोग गरिने उपकरणहरुलाई सफा गरिसकेपछि शुद्धिकरण गर्नु पर्छ । यस कार्यको लागि सबै उपकरणहरु एउटा सानो कोठामा राखी १०० वर्ग फिट स्थानको लागि १२० मि.लि. फरमल्डिहाइडमा ६० ग्राम पोटासियम परम्यागनेटको दरले हिसाब गरी राखेर कोठामा २० मिनेटसम्म झ्याल ढोका बन्द गरी राख्नु पर्छ । यसबाट पिरो ग्याँस निस्केर सबै किटाणु नष्ट पारी दिन्छ । यो कार्य गर्दा आफू उक्त कोठामा बस्नू हुदैन।

चल्ला ब्रुडिङ्गको तयारी

दाना पानीको भाँडो सोतर, चिक गार्ड, तातो दिनको लागी प्रयोग गरिने उपकरणहरु आदि चल्ला आईपुग्ने २/३ दिन अघिनै राखिसक्नु पर्छ । यसरी सबै कुरा तयारी गरेपछि चल्ला ल्याउनु २४ घण्टा अघिबाट ब्रुडरमा आवश्यक तापक्रम दिन शुरु गर्नु पर्छ । चल्ला तातो स्थानबाट टाढा नजाउन भनेर छेक्नको र लागि गोलो आकारमा कार्डबोर्ड, टिनको पाता वा प्लाईउड आदिलाई प्रयोग गरी ब्रुडरलाई घेरेर राखिन्छ, यसलाई चिकगार्ड भनिन्छ । यसको उचाई १.५ देखि २ फीटको हुन्छ र ब्रुडरबाट ३ फीटको दूरीमा हुनुपर्छ ।  चल्लाको आकार दैनिक बढदै जाने भएकोले चिकगार्ड लाई दैनिक अलिअलि बढाउँदै लाने र करिब एक हप्तामा पुरै हटाई सक्नु पर्छ । दाना र पानीको भाडाहरु होवरको बाहिरपटि वरिपरि राख्नु पर्छ । ब्रुडर तयारी गरी सोतर (काठको धुलो वा धानको भुस) लाई सबैतिर बराबरी पारी करीब ४ ईन्च मोटाई हुनेगरी ओछ्यानु पर्छ ।

चल्ला आएछिको व्यवस्थापन

चल्लालाई ह्याचरीबाट ल्याउँदा जतिसक्यो त्यति छिटो ल्याई  तयार भइसकेको ब्रुडरमा राख्नुपर्छ । ह्याचरीबाट चल्ला ढुवानीको लागि प्याकिङ बक्सामा राखेपछि सकेसम्म छिटो ब्रुडर घरमा पुर्याउनु राम्रो हुन्छ किनभने जतिधेरै समय चल्ला बक्सामा बस्छ, चल्लाको शरीरबाट त्यतिनै धेरै पानी शरीर बाट निस्कन्छ र निर्जलीकरण  हुन जान्छ । निर्जलीकरणले गर्दा चल्ला कमजोर भई शारीरिक वृद्धिदर कमहुने र मृत्युदर बढ्ने सम्भावना हुन्छ । चल्ला आईपुगेपछि स्वास्थ्यको स्थिति हेरी छिटो र सावधानीपूर्वक गिन्ती गरेर आवश्यक तापक्रम पूरा भैसकेको ब्रुडरघरमा चल्ला राख्नु पर्छ ।  साधारणतया एउट चल्लालाई ब्रुडरमा ५०—६० वर्ग सेन्टिमिटर स्थान चाहिन्छ । विद्युतीय उपकरणबाट संचालित ब्रुडरमा एक व्याचमा ५००, मट्टितेल बाट संचालित ब्रुडरमा २५० देखि ५०० वटा र ग्यॉस हिटरमा संचालित ब्रुडरमा २५०० वटासम्म चल्ला हुर्काउनु राम्रो हुन्छ ।

करीब २.५ फीट व्यास भएको होवरमा ५०० चल्ला ब्रुड गर्न सकिन्छ । चल्लाको शारीरिक वृद्धि छिटो हुने हुँदा दोश्रो हप्ताबाट होवरको उचाई क्रमिक रुपले बढाउँदै लाग्नुपर्छ । गर्मी मौसममा चल्ला हुकाउँदा खासगरी तराई क्षेत्रमा अधिक गर्मी हुने भएकोले दिउँसोको समयमा तापक्रम दिन आवश्यक पर्दैन तर मौसम हेरेर आवश्यक भएमा तापक्रम दिन पनि सकिन्छ । चल्लाहरु ल्याउँदा थाकेको र तिर्खाएको हुने भएकोले पहिले पानी दिनु पर्छ । पानी दिएको २ देखि ३ घण्टापछि दाना दिनु पर्छ । दानाको भाँडो होबरको छेउको वरीपरी राख्नु पर्छ । ब्रुडरमा प्रसस्त उज्यालो हुनुपर्छ यसले दानापानी खान सजिलो हुन्छ । शुरुमा नाङ्घलो, चिक ल्पेट वा बाक्लो कागजमा दाना दिनुपर्छ यसोगर्दा चल्लाले छिटो दाना खान सिक्छ र २ दिनपछि यसलाई हटाउनु पर्छ । यसरी दाना दिँदा थोरै तर धेरै पटक दिने गरेमा दाना फोहर हुँदैन र खेर जाँदैन । पछि उमेर अनुसारको दानाको भाडा प्रयोग गर्नुपर्छ । चल्लाले दाना पानी खाएको छकि छैन भनि राम्रोसँग ख्याल गर्नुपर्छ । पानी खान नजानेका चल्लालाई आफैले समातेर बिस्तारै चुच्चोलाई पानीमा छुवाएर पानी पिउन सिकाउनु पछ । त्यस्तै केही चल्ला दाना खान जान्दैनन् । दाना खाएका चल्लाको गॉड छाम्दा दानाले भरिएको हुन्छ । दाना राख्दा भाडामा आधा जति राख्नुपर्छ यसोगर्दा चल्लाले दाना पोख्न पाउँदैन ।

ब्रुडरको  प्रकारहरु

कुखुरा फार्मको आकार र उपलब्ध सुबिधाको आधारमा ब्रुडरहरु अनेक प्रकारका हुन्छन् । नेपालमा कृषकहरुले हालसम्म प्रयोगमा ल्याई नसेकको भएता पनि अन्य विकसित मुलुकमा चलनचल्तीमा रहेका विभिन्न प्रकारका ब्रुडरहरु छन् । नेपालमा हाल भएको कुखुरा पालनको विकासको क्रमलाई हेर्दा यस्ता ब्रुडरहरु भविष्यमा नेपाली कृषकहरुले पनि प्रयोगमा ल्याउन सक्नेछन् ।

१.  पुरै घर तातो पारेर: यो तरीकामा पु्रा ब्रुडर घरलाई केन्द्रीय ताप प्रणालीबाट तातो पारिन्छ । यसको लागि  तातोपानीका पाईप लाईन भुइको सतह मुनिबाट लानुको साथै तातो हावाको प्रबन्ध मिलाएको हुन्छ।

२.  तोकिएको स्थानमा मात्र तातो पारेर: यो तरिकामा  चल्लाको ब्रुडिङ्ग स्थान मात्र तातो पारिन्छ र तातो नपारेको ठाउँमा सित्तल हुन्छ  ।

३.  मिश्रीत तरीकाले तातो पारेर: यो तरीकामा चल्लालाई ब्रुडिङ्ग गर्ने स्थानमा केन्द्रीय ताप प्रणालीबाट तातो पारिन्छ र अन्य स्थानमा हिटर आदिबाट तातो पारीन्छ ।

४.  घरको सानो भाग तातो पारेर: यो तरिकामा मोटो प्लाष्टिक वा अन्य सामाग्रीले पर्दा लगाएर घरको एक भागलाई तातो पारेर चल्ला ब्रुडिङ्ग गरिन्छ ।

साधारणतया नेपालमा अधिकांश कृषकहरुले चल्ला हुर्काउँनको लागि छाता आकारको मेटलबाट निर्मित सामाग्रीलाई सिलिङ्गमा मेटलको सिक्रिले झुण्डाएर यसको मुनीपट्टि तातो दिनको लागि बल्बहरु राखि चल्लालाई ब्रुडिङ्घ गर्दछन् यसलाई होभर भन्दछन । चल्लाको उमेर बढ्दै गएपछि तापक्रमको आवश्यकता कम हुने हुनाले होभरलाई क्रमिक रुपमा जमिनबाट माथि सार्दैलानु पर्छ ।  चल्लालाई तापक्रम दिन बिभिन्न किसिमका उपकरण प्रयोगमा ल्याईन्छ जस्तैः

१.  विद्युतिय उपकरण: बिजुलीको चिम, हिटर

२.  ग्यास उपकरण: ग्याँस हिटर

३.  मट्टितेलबाट संचालित उपकरण: (बत्ती नभएको ठाउँमा) लालटेन, मट्टितेल हिटर आदि ।

४.  भुखारी संचालित उपकरण: (बत्ती नभएको ठाउँमा) कोईला, भुस, काठको धुलो आदि । यस्लाई ब्रुडरको  रुपमा थोरै कृषकहरुले मात्र प्रयोग गर्दछन् तर जाडो समयमा ब्रुडिङ्ग कोठाको तापक्रम बढाउनको लागि धेरै कृषकहरुले प्रयोग गर्दछन् । यसको प्रयोग गर्दा धुवाँ व्यवस्थापनमा ध्यान दिनुपर्छ । 

तापक्रम

चल्लाले २ हप्ताको उमेरसम्म शरीरमा तापक्रम पैदा गर्न नसक्ने हुँदा शुरुको अवस्थामा तापक्रम अति आवश्यक पर्छ । तसर्थ चल्ला ल्याउनु २४ घण्टा अगाडिबाट नै ब्रुडरलाई तताउन थाल्नु पर्छ ।

चल्ला ब्रुडिङ्घको उद्देश्य

  • चल्लाहरु एकनासे हुनु
  • उमेर अनुसारको तौल हुनु
  • सही रुपले पखेटाको बिकास हुनु

धपेडी सहन सक्ने क्षमता बिकास हुनु ब्रुडरमा ठीक तापक्रम पुग्न सकेको नसकेको चेक गर्नुपर्छ र  यदि पुग्न नसकेको भएमा सुधार गर्नु पर्छ । ब्रुडरको तापक्रम नाप गर्न ब्रुडर मुनी सोतर बाट २ इन्च देखि ४ इन्चमाथि थर्मोमिटर झुन्डाउने र तापक्रम ३५० से. कायम गर्ने । त्यसपछि उमेर अनुसार निम्न बमोजिम तापक्रम  दिने व्यवस्था गर्नु पर्छ ।

उमेर (दिन)

१—२

७—१३

१४—२०

२१— २७

२८ दिन पछि

तापक्रम (डिग्री से)

३५०

२९०

२७०

२४०

२१०

 

व्यवहारिक रुपमा तापक्रम पुगेको नपुगेको भनि ब्रुडरमा चल्लाको स्थिति अनुसार थाहा पाउन सकिन्छ । चल्लालाई मौसम अनुसार ४–६ हप्ताको उमेरसम्म तापक्रम दिइन्छ । ब्रुडरमा आवश्यक तापक्रम भएमा चल्लाहरु आरामले दाना पानी खाएर बासेस्ेका हुन्छन । तापक्रम कम भएमा होभरको मुनि एकै ठाउँमा थुप्रिएर  बस्छन् भने तापक्रम बढी भएमा तापक्रमको श्रोतबाट टाढा भागेर ब्रुडरको छेउको बरिपरि बसेको हुनछन् र पानी बढी मात्रामा पिएर पातलो सुली निकाली सोत्तर चिसो बनाउँछन् । चल्ला ब्रुडिङ गर्दा  तापक्रमको साथै आद्रताको पनि ध्यान दिनुपर्छ ।

दाना र पानीको व्यवस्था

पानीको भाडा ब्रुडरको ठिक बाहिरपट्टि ५० चल्लाको लागि एउटा भाँडाको दरले हुने गरि राख्नुपर्छ । पानीको भाँडालाई दुई दिनसम्म सोतर माथि राख्ने र त्यसपछि ईटा वा काठ आदिलाई सोतरमाथि पारेर त्यसमा पानीको भाँडा राख्नुपर्छ यसले पानीमा तयारी ब्रुडर सोतर पर्न पाउदैन । पहिलो दिन पानीमा भिटामिन सी को साथै बजारमा कुखुराको लागि उपलव्ध ग्लुकोज (जीवनजल) निर्माताले तोके अनुसार वा पशु चिकित्सकको राय सल्लाह अनुसार पानीमा राखी ३ दिनसम्म दिनु पर्छ । त्यसपछि भिटामिन ए र बी कम्प्लेक्स एण्टीबायोटिक पानीमा मिसाएर ७ दिनसम्म दिनु राम्रो हुन्छ । आवश्यक संख्यामा दाना पानीको भाडा बढाउँदै जानुपर्छ । पानीको भाडामा लेउ लाग्ने हुनाले दैनिक बैसले सफा गरेर पानी दिनु पर्छ । त्यस्तै कुखुराको उमेर अनुसारको उपयु्क्त आकारको दानाको एउटा भाडो ५० वटालाई पुग्ने गरी राख्नु पर्छ ।                                                        

उपकरणहरु

कुखुरा घरमा पानीको भाँडो, दानाको भाडो, ब्रुडर, चिक गार्ड, ल्फेम गनतराजु, स्प्रेयर, सफा गर्ने उपकरण आदि हुनुपर्छ । करीब ३००० वटासम्मको कुखुरा खोरमा पानीको भाँडा दैनिक सफा गरेर पानी दिन सकिन्छ  भने १०००० सम्मको कुखुरा घरमा बेल आकारको पानीको भाँडो प्रयोग गर्नुपर्छ जसमा पानीको पाईपलाई ट्यांकीसँग जोडेर हमेसा पानी उपलब्ध गराउनु पर्छ । निप्पल ड्रिकरको प्रयोग १०,००० भन्दा बढीको कुखुरा घरमा राम्रो हुन्छ । एउटा पानीको भाँडा गोलाईको आकार अनुसार ५० चल्लालाई पुग्ने गरी राख्नु पर्छ ।                                                                                                  

आद्रता

हावामा मिसिएर रहने पानीको मात्रा लाई आद्रता भनिन्छ । कुखुरा खोरमा आद्रता बढी भएमा सोतरमा भएको चिसो सुक्न पाउँदैन । चल्लालाई पहिलो ३ दिनसम्म सापेक्षित आद्रता ६५—७० प्रतिशत कायम गर्नु पर्छ । यस अवधिमा आद्रता कम भएमा पानी प्यास बढी लाग्ने र पानी धेरै पिउनाले छेरपटी हुने र आहारा कम खाने हुनाले प्वाख ढिला विकास हुनुको साथै चल्लाको तौल पनि एकनासको हुँदैन । आद्रता बढाउनको लागि ब्रुडरमा एउटा ल्पाष्टीकको बाटामा पानी राखेर चल्ला नछिर्ने गरी जालीले ढकनी लगाएर राख्नु पर्छ । त्यसपछि आद्रता ५०—६० प्रतिशत कायम गर्नु पर्छ । तापक्रम र सापेक्षित आद्रता नजिक एउटै पोइन्टमा पुग्ने अवस्थालाई ड्यु पोइन्ट भनिन्छ । यो अवस्था श्रृजना भएको बेलामा मृत्यु दर बढ्ने गर्छ।         

भेन्टिलेसन

ब्रुडिङ्कको लागि मट्टितेलबाट चल्ने स्टोभ, लालटेन, कोईला, भुसेचुलो आदि प्रयोग गरेमा बढी धुवा जम्न गई चल्लालाई नोक्सानी हुने हुनाले बिजुलीको प्रयोग गरेको कोठामाभन्दा भेन्टिलेसन बढी व्यवस्थित हुनुपर्छ । चल्लाले स्वास फेर्दा हावासँग निस्कने पानीको साथै सुलीको मात्रा बढ्दै जाने भएकोले सोतर चिसो हुदै गएर एमोनीया ग्यॉस बढ्दै जान्छ जसले गर्दा शारीरिक वृध्दिमा असर पर्नुको साथै स्वास प्रस्वास सम्बन्धी रोग लाग्ने संभाबना बढ्छ । एमोनीया ग्यॉसले मानिसको आखाँ पिरो हुनेहुँदा यो ग्यॉस  बढेको सहजै थाहा पाईन्छ । तसर्थ ब्रुडिङ्क कोठामा स्वच्छ हावाको आवत जावत भएमा सोतर सुक्नुको साथै कुखुरा स्वस्थ्य रहन्छन् । तर ब्रुडिङ्कको समयमा धेरै हावाको आवत जावतले  ब्रुडिङ्क कोठाको तापक्रम र आद्रतामा पनि असर पार्ने हुनाले  भेन्टिलेसनको व्यवस्था मिलाउँदा बढी साबधान हुनु जरुरी हुन्छ ।

प्रकाश

चल्लालाई २ हप्ता उमेर सम्म २४ घण्टानै उज्यालो दिनुपर्छ यस्लेगर्दा दाना र पानीको भाँडो देख्न सजिलो हुन्छ । २ हप्ता उमेर पछि उज्यालोको मात्रा चाहि कम गर्दै जानु पर्ने भएकोले दिनको १ घण्टाको दरले घटाउदै लानु पर्छ र २५ दिनको उमेर भएपछि दिनको उज्यालो मात्र दिनु पर्छ । रातिको बेलामा हल्का उज्यालो राखे हुन्छ । २.९.१४. स्वास्थ्य सुरक्षा चल्लालाई उपयुक्त व्यवस्थापनमा पालिएतापनि यिनिहरुलाई बेलाबेलामा बिभिन्न संक्रामक रोग लाग्ने हुनाले त्यस्को बिरुद्धमा विभिन्न खोप लगाउनु पर्छ । त्यस्तै कक्सीडियोसीस रोगले पनि आक्रमण गर्ने भएको हुँदा यो रोग नलाग्ने औषधि दानामा राखेर खुवाउनु पर्छ र रोग लागेमा रोग निदान गरी उपयुक्त औषधि खुवाउनु पर्छ । त्यस्तै चल्लामा बिभिन्न किसिमका पेटका जुकाले सताउने हुनाले चल्लाको शारिरीक विकास कम हुने, छेरपटि लाग्ने आदि लक्षण देखिने हुनाले चल्लाको उमेर ६ हप्ता भएपछि पहिलो पटक र त्यसपछि हरेक महिना सुलीको जाच गराएर जुगाको औषधी दिनु उपयुक्त हुन्छ ।

चुच्चो काटने

चल्लाहरुमा एकआपसमा ढुङने र पखेटा तान्ने बानी हुनसक्ने भएकोले यसलाई कमगर्नको लागी चल्लालाई ६ देखी १० दिनको उमेरमा पहिलो पटक चुच्चो काट्न सकिन्छ ।

ग्रोअर भन्नाले लेयर्स जातका ९-१८ हप्तासम्मका कुखुरालाई जनाउँछ । यिनिहरुलाई ९ हप्ताको उमेर भएपछि हुर्काउने घरमा सारिन्छ वा एकै घरमा उपयुक्त स्थान दिएर राखिन्छ । ग्रोअरलाई  ९-१८ हप्ता उमेर सम्म ग्रोअर रासन दाना दिइन्छ । कुखुरालाई स्टार्टर स्टर्टर रासन ( चीक मास) बाट ग्रोअर रासनमा एकै पटक परिवर्तन गर्दा पचाउन समस्या समस्या हुने हुदा स्टर्टर रासन र ग्रोअर रासन ७५:२५, ५०:५०, २५:७५ को अनुपातमा क्रमिक रुपले परिवर्तन गर्नुपर्छ । यो दानामा प्रोटिनको मात्रा अन्य दाना भन्दा कम हुन्छ । ग्रोअरलाई उपयुक्त बस्ने स्थान, आहारा र पानी पीउने स्थान हुनुको साथै खोरमा हावाको राम्रो ओहर दोहर हुनुपर्छ । यो उमेरमा कुखुरा हुर्किसकेको तर फुल उत्पादन नहुने भएकोले यस्को व्यवस्थापन प्रति ध्यान कम मात्र पुग्न सक्छ । तर यस अवस्थामा राम्रो व्यवस्थापन कायम गर्न सकेमा मात्र कुखुराको शारिरीक बृद्धि एकनासको हुन्छ र पछि फुल उत्पादन एकनासको हुनजान्छ । यस अवधिमा कुखुराको रेखदेख तथा व्यवस्थापन खासगरी आवास, दानापानी, प्रकाशको आवश्यकता, विमारी र परजीविबाट रोकथाम आदि कार्यहरु गरिन्छ । यस अवस्थामा सोत्तर ४” बाक्लो हुनुपर्छ र दाना खपत बारे माथि नै तालिका नं. २.३ मा उल्लेख भई सकेको छ । ग्रोअरलाई विस्तारै प्रकाश घटाएर १८ हप्ताको उमेरसम्म ८-१० घण्टा उज्यालोमा ल्याउनु पर्छ ।

तालिका: उमेर अनुसारको दाना, आश्रयको लागि, दाना खाने र पानी पिउने स्थान प्रति कुखुरा

कुखुराको जात

उमेर (हप्ता)

खोरमा बस्नको लागि स्थान  (वर्ग फुट)

दानाको किसिम

दाना खानको लागि स्थान (इन्च)

पानी पिउनको लागि स्थान (इन्च)

फुल पार्ने

-

०.५

स्टर्टर रासन

२.०

०.६

-१८

१.५

ग्रोअर रासन

३.०

०८

१८ र माथि

२.०

लेअर रासन

४.०

१.०

ब्रोइलर

-

०.५

ब्रोईलर स्टर्टर रासन

२.५

०.८

-

०.७५

ब्रोईलर ग्रोअर रासन

३.०

१.०

-

१.०

ब्रोईलर फिनिसर रासन

४.०

१.०

 

चुच्चो काट्ने

कुखुराको उमेर १४-१६ हप्ता पुगे पछि चुच्चो काट्नपर्छ । चुच्चो काट्दा इलेक्ट्रिक डिविकर वा अन्य धारिलो चक्कुलाई तताएर पनि काट्न सकिन्छ । यसरी चुच्चो काट्दा माथिल्लो चुच्चो १/३ देखि १/२ भाग काट्नुपर्छ र तल्लो चुच्चो अलिक लामोे राख्नु पर्छ । माथिल्लो चुच्चोलाई पहिले काट्नुपर्छ । चुच्चो काट्नु अघि केही घण्टा कुखुरालाई दाना दिनुहुँदैन र खोप पनि लगाउनु हुँदैन । चुच्चे काटिएका कुखुरालाई वथानमा केहि दिन भिटामिन के दिनु उपयुक्त हुन्छ । चुच्चो काट्ने अवस्थामा कुखुराहरु स्वस्थ्य  हुनु अनिवार्य हुन्छ ।

लेयर जातका कुखुरालाई १८ हप्ताको उमेर पुगे पछि अथवा बथानको ५ प्रतिसत कुखुराले फुल पार्न थालेपछि लेअर हाउसमा सारिन्छ । लेयर हाउसमा कुखुरा सार्नु अघि खोेर सफा गरेर निसंक्रमण गरी नया सोतर ओछ्याउनु पर्छ । तर गा्रेअरलाई लेयर हाउसमा नै हुर्काएको भएमा कुखुरा घर सफा गरी राख्नु पर्दैन । लेयर कुखुरालाई एकैपटक भित्र्याएर एकैपटक हटाउने तरिका (All In All Out System) अवलम्बन गरिन्छ । यस तरिकामा कुखुरा घर मा एकै उमेरका कुखुराहरु रहन्छन् । यो तरिकामा कुखुरालाई रोग लाग्ने सम्भावना कम हुने हुनाले यस्ता वथानमा कुखुराबाट फुल उत्पादन बढी हुन्छ ।

फुल पार्ने अवस्थाका कुखुरा लाई लेयर रासन (दाना) दिनुपर्छ । ग्रोअर रासनबाट लेयर रासन दाना परिवर्तन क्रमिक रुपले गर्नु पर्छ । किनभने एकैपटक दाना परिवर्तन गर्दा कुखुराले नपचाउन पनि सक्छ । दानाको भाँडोको उचाई कुखुराको काँधको बराबर हुनुपर्छ । साधारणतया लेयरले एक दिनमा ११०—१२० ग्राम दाना खान्छ भने दानाको २.५—३  गुना बढि पानी खान्छ । पानीको भाँडोलाई दैनिक सफा गरेर पानी दिनुपर्छ । गर्मीको मौसममा पनि पिउने ठाउँ बढाउनु पर्छ । कुखुरालाई साना साना ढुङ्गाका टुक्रा ९न्चष्त० प्रति हप्ता ५०० ग्राम प्रति गोटा कुखुराको दरले दिनुपर्छ । त्यस्तै एउटा भाँडोमा सिपीको टुक्रा राखी दिएमा क्याल्सियमको आपूर्ति हुन्छ । फुल पार्ने कुखुरालाई दैनिक १६ घण्टा उज्यालो आवश्यक पर्छ । तसर्थ, राती थप समयको लागि विजुलीबाट उज्यालो दिनुपर्छ । फुल पार्नु भन्दा २–४ हप्ता पहिले देखि फुल पार्ने गुँड राखी दिनुपर्छ ।  फुल पार्ने कुखुराको लागी उपयुक्त तापक्रम २१ डिग्रि से. (७० डि एफ.) हुन्छ ।  कुखुरा घरको तापक्रम २७ डिग्रि से.नाघेपछि फुल उत्पादन घटन थाल्छ । त्यस्तै तापक्रम १२.८ डिग्रि से. भन्दा कम भएमा चिसोको असर देखिन्छ ।  

फुल पार्ने गुँड

फुल पार्ने ठाउँमा अँध्यारो तर हावा ओहोर दोहोर हुने व्यवस्था गर्नुपर्छ । फुल पार्ने गुँडको चौडाई १२ इन्च, गहिराई १४ इन्च र उचाई १४ इन्च भएको हुनुपर्छ । यस्तो एउटा गुँडमा ७ वटा कुखुराले फुलपार्न सक्छन् । यस्तै किसानले सामुदायिक गुँड पनि राख्न सकिन्छ । त्यस्तो गुँडमा ७५ वटासम्म कुखुराले फुल पार्न सक्छन् । सामुदायिक गुँडको साइज चौडाइ २ फिट र लम्बाई ८ फिट हुन्छ । उपरोक्त गुँडहरु बाहेक पेट्रोलियम पदार्थ राख्ने पुरानै ड्रमको बीचमा प्वाल पारेर राख्दा पनि राम्रो नतिजा देखिएको छ । फुललाई दैनिक ३ पटक संकलन गर्नु पर्छ । लेयर जातका कुखुराले १ बर्ष सम्म फुल उत्पादन राम्रोसँग दिन्छ । त्यसपछि बजारमा फुलको भाउ हेरी माउ विक्री गर्नु पर्छ ।

फुल संकलन

फुललाई समयमा जम्मा नगरेमा चर्कने, फुट्ने, फोहर लाग्नेआदि संभावना बढी हुने भएको ले  यस्तो फुलको संख्या बढी भएमा आर्थीक नोक्सानी बढी हुन्छ  तसर्थ  दिनमा कमसे कम ३ पटक फुल जम्मा गर्नु पर्छ । फुल जम्मा गर्दा ल्पास्टिकको भाडोमा जम्मा गरेमा फुट्ने संभावना कम हुन्छ । फुल जम्मा गरिसकेपछि यस्लाई ग्रेडिङ्ग गर्नु पर्छ । साधारणतया ग्रेडिग गर्दा साना, मझ्यौला, ठिक्कको, अति ठुलो र चर्केको तथा फोहर लागे को फुललाई छुट्याएर ट्रे मा राख्नु पर्छ ।

स्वास्थ्य संरक्षण

कुखुराको स्वास्थ्य दैनिक निरीक्षण गर्नु पर्छ । यसरी निरीक्षण गर्दा बाह्य परजीवी जस्तो जुम्रा, उपियाँले आक्रमण गरेको नगरको राम्रोसँग हेर्नु पर्छ । साथै दानापानी कमखाने, फुलको संख्या र आकार घट्ने, सुली पातलो वा रगत मिसिएको देखिएमा कुखुराको  स्वास्थ्यमा केही गडबडि छ भनेर बुझुनु पर्छ । बिभिन्न रोगको बिरुद्धमा समयमै खोपलगाउनुको साथै पेटको जुगाको बिरुद्धमा निएमित रुपले औषधि खुवाउनु पर्छ ।

स्वास्थ्य व्यवस्थापन

सास फेर्दा घ्यार घ्यार आवाज आउने, नाक तथा मुखबाट बाक्लो तरल पदार्थ बग्ने, सिउर र लोती सुन्निने र रङ निलो हुने, पहेंलो हरियो वा फीका वा सेतो रङको दिशा आउने, जसको लागि सल्प्रिमभेट पाँचदिन सम्म खुवाउने । 

चल्लाहरुले सेतो चक जस्तो वा पहेंलो रङको दिसा गर्ने, झोक्राउने र मल द्धार वरि परि सेतो वा पहेंलो रङको दिसा टाँसिएर मलद्धार नै टालिने । जसको लागि सुलकोप्रिम पाँच दिन सम्म खुवाउने । 

यो रोगको लक्षण पुलोरम र अन्य व्याक्टेरियल रोगसँग मिल्दो जुल्दो नै हुन्छ । जसको लागि सल्प्रिमभेट पाँच दिन सम्म खुवाउने ।

कठिनाइसाथ सास फेर्ने, छिक्ने तथा खोक्ने, नाक र आँखाबाट तरल पदार्थ निकाल्न, घ्यार घ्यार आवाज आउने गरी कराउने । जसको लागि टाइलोसिन, इराइथ्रोमाइसिन, टायामुटिन जस्ता औषधी पशु चिकित्सकको सल्लाह अनुसार दिने ।

हरियो वा सेतो पानी जस्तो छेर्ने, मलद्धारमा सुली टाँसिन, सिउर फिका हुने, श्वास प्रश्वास सम्बन्धी समस्या देखिन्छ । जसको लागि कोलिस्टिन, सिप्रोसिनभेट जस्ता औषधि खुवाउने | यो रोग दुषित पानीबाट सर्ने भएकोलेपानी सफा गर्न एसिडापियोर १० लि. पानीमा १ एम.एल. को दरले मिसाई उक्त पानी खुवाउने |

 यस रोगका लक्षणहरूमा प्वाँख लत्रिने, मलद्धार बाट चकलेट रङको वा रगत आउने वा रगतै छेर्ने (कहिले काहीँ दिशामा रगत नआउन पनि सक्छ),  दाना पानी कम खाने, सिउर लोती पहेँलिने, ४०–५० प्रतिशत सम्म मृत्यु दर हुन सक्ने । कुखुरालाई पोस्ट मार्टम गर्दा सिकामा रगत भरिएको वा रक्तश्राव र आन्द्रामा रगत हुन्छ । जसको लागि सुपर कक्स, एम्प्रोलियम जस्ता औषधीहरू पशु चिकित्सकको सल्लाहमा पानीमा मिसाई ३ देखि ७ दिनसम्म खुवाउने । 

यो कुखुराको पेट वरपरको भागमा पानी जम्ने समस्या हो । जसको लागि गउट आउट, क्यारीटोल जस्ता औषधीहरू पशु चिकित्सकको सल्लाहमा पानीमा मिसाई खुवाउने । 

टाउको सुन्निने, नाकबाट तरल पदार्थ बग्ने, कुखुराले छिक्ने, आँखा रसाउने, झोक्रेर बस्ने, आँखा पक्ने र नाक सुन्निने जसको लागि टाईलोसिन, सल्कोप्रिम, सिप्रोसिनभेट जस्ता औषधीहरू पशु चिकित्सकको सल्लाहमा पानीमा मिसाई खुवाउने ।

सास फेर्न कठिन, टाउको बटार्ने, पक्षघात हुुने, हरियो रङको गनाउने छेर्ने, घुमेर हिँड्ने, पखेटा शरीरबाट बाहिर फिजाउने, स्नायु सम्बन्धी लक्षणहरू देखिने । उपचार प्रभावकारी नहुने भएकोले खोप र जैविक सुरक्षामा ध्यान दिने ।

श्वास प्रश्वास सम्बन्धी समस्या देखिने, खोक्ने, छिक्ने, स्या–स्या गर्ने, टाउको ठूलो भई सुन्निने, मुख खोलेर सास फेर्ने, आँखा तथा नाकबाट पानी बग्ने, अण्डा भित्रको सेतो भाग (अल्वुमिन) सानो हुने, मृगौला सुन्निने आदि । उपचार प्रभावकारी नहुने भएकोले रोकथाम र जैविक सुरक्षामा ध्यान दिने ।

सेतो वा पातलो पखाला लाग्ने र मलद्धारको चारैतिर माटो टाँसिएको जस्तो देखिने, क्लोकल बर्षा सुन्निई यसमा रातो दागहरू देखिने, छाती र खुट्टाको भित्रि मासु सुनिन्छ र यसमा रगतका धर्साहरू देखिन्छन् । उपचार धेरै प्रभावकारी नहुने भएकोले खोप र जैविक सुरक्षामा ध्यानदिने ।

dv

 यो रोग मुख्यतः रोगी कुखुराको र्‍याल, सुली, प्वाँख, नाकबाट निस्केको फोहोरबाट फैलन्छ । चल्लाहरू लक्षण नदेखाई मर्ने, सास फेर्न कठिनाई, हरियो पातलो छेर्ने, शरीर भित्रका नशा सुन्निने, खुट्टा, गर्धन र पखेंटाको पक्षघात हुने र एकातिर तन्किने, स्नायु सुन्निने, पक्षघात हुने आदि । उपचार प्रभावकारी नहुने भएकोले खोप र जैविक सुरक्षामा ध्यान दिने ।

प्वाँख नहुने ठाँउमा (सिउर, गुदद्धार, खुट्टा, नाक आदि) फोका आउने र पछि त्यसमा पिप भरिने र पाप्रा बन्ने, जिब्रो, मुख र श्वास नलीमा पनि फोका देखिने, आँखामा बढी असर गरी कुखुरा अन्धो हुने या दाना पानी राम्ररी नदेख्ने आदि ।
एन्टिवायोटिक लगाई अन्य संक्रमण हुनबाट जोगाउन सकिन्छ । उपचार प्रभावकारी नहुने भएकोले खोप र जैविक सुरक्षामा ध्यान दिने ।

क्याल्सियम कमी भए हड्डी कमजोर भै भाचिने, जोर्नी ठुलो हुने, अन्डाको बोक्रा कमजोर  चल्लाको दानामा क्याल्सियम १५ तथा फस्फोरस ०.५% नभएमा वा लयर्समा २.५ तथा ०.७५ को अनुपातमा नभएमा लक्षण देखिने जसको रोगथामको लागि क्याल-के, सेलेसेनइ जस्ताऔषधि खुवाउने र प्रोटिन कमी भए चल्लाहरु कम बढ्ने, भुत्लाखजमजिने, एकनासको नहुने, अन्डाको साइज सानो हुने जसको रोगथामको लागि पानामिन, एम्बीप्लेक्स प्रोटिन प्लस जस्ताऔषधि खुवाउने ,


भिटामिन ए कमी भए हिड्दा लडखराउने, भालेमा बाँझोपन, कमजोर अण्डाको बोक्रा, परजीविको जोखिम बढ्ने, आँखा र नाकबाट तरल पदार्थ बग्ने, अन्धोपन |

भिटामिन इसेलेनियमस् कमीका लक्षणहरु: घाँटी र टाउको बटार्ने, अचानक मर्ने, पखेँटा लगायत पेट र अन्य भागमा पानी जम्नुु र सुन्नीने हुन्छ जसको रोगथामको लागि सेलेसेनइ अथवा इ-सेल जस्ता औषधि खुवाउने |

  • कुखुरामा मुख्य तया भित्रि परजीवीमा जुकाको प्रकोप हुने हुँदा प्रत्यक ३ - ३ महिनामा पिप्राजिन ३०-६० एम.एल. प्रति १०० कुखराको लागि १ दिन खुवाउनुपर्छ |
  • सुलसुले तथा गमे जस्ता बाहिरी परजीवीको लागि भने प्रत्यक हप्ता भीरकोन १ ग्रामर किङ्ग किल र १ एम.एल.  १ लिटर पानीमा मिसाई छर्दा नियन्त्रण हुन्छ |

अन्य व्यवस्थापन

खोप लगाउनु भनेको कुखुरामा रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्नु हो । रोग लाग्न नदिन खोप लगाउनको साथै उचित व्यवस्थापन र जैविक सुरक्षा विधि अपनाउनु नितान्त आवश्यक हुन्छ । खोप लगाउनु अगाडि त्यस क्षेत्रमा कस्ता किसिमका रोगहरु देखापरि रहेको छ र के कस्ता प्रकारका खोपहरु प्रयोग भइरहेको छ भनि बुझ्नु पर्दछ । प्रायगरी कुखुरामा दुइ प्रकारका खोपको प्रयोग भई राखेका छन् : १. जिवित : यो एकै प्रकारका एण्टिजनबाट तयार गरेको हुन्छ र यस्तो खोप नाक, मखु, आखाँमा दिइन्छ। 

२. मृत अवस्था : यो /३ पक्रारका एण्टिजनबाट तयार गरेको हुन्छ र यो खोप छाला वा मासमुा सइुर्बाट दिइन्छ ।

खोपको प्रयोग विधि

  • खोप सँधै स्वस्थ्य कुखुरालाई मात्र दिनु पर्दछ । बिरामी कुखुरालाई दिनु हुँदैन ।
  • खोप मिलाई सकेपछि १ देखि २ घण्टाभित्र प्रयोग गरी सक्नु पर्दछ ।
  • खोप तालिका अनुसार खोप गर्ने । नामचलेको कम्पनीले उत्पादन गरेको उच्च गुणस्तरको खोप प्रयोग गर्ने । खोपलाई ठण्डामा राखी घामबाट बचाई खोप लगाउने र बाँकी भएको खोपलाई पुन प्रयोग गर्न हुँदैन र सहि रुपले तहलगाउने । म्याद नाघेको खोप प्रयोग गर्न हुँदैन ।
  • खोप सँधै २ देखि ८ डिग्री सेल्सियस तापक्रममा चिसाएर राखेको हुनु पर्दछ ।
  • एक पटकमा एकै किसिमको खोप मात्र प्रयोग गर्ने ।
  • खोप एक ठाउँबाट अन्य ठाउँमा लैजाँदा संधै थर्मसमा बरफ राखी मात्र लैजाने ।
  • खोप प्रयोग गर्नु अगाडि खोपको प्रयोग बिधि हेर्नु पर्छ ।
  • खोप प्रयोग गर्दा ४ डिग्री  सेल्सीयसको तापक्रम दिनु पर्दछ ।
  • खोप पानीमा मिसाएर दिने हो भने एक लिटर पानीमा ५ ग्राम पाउडर दूध मिसाएर बरफ हाली दिनु पर्दछ । पानीमा खोप दिनुभन्दा अगाडि घटिमा एक घण्टा अगाडि खोरबाट पानी झिकि दिनु पर्दछ, यसले गर्दा कुखुरा तिर्खाउछन र खोपयुक्त पानी छिटो पिउँछन । पानीमा कुनै प्रकारको औषधीहरुमिसाउनु हुंदैन ।
  • खोप सकभर बिहान बेलुका चिसो समय पारी दिनु पर्दछ ।
  • एउटा बथानलाई एकै पटक खोप दिनु पर्दछ ।
  • खोप दिएको २४ घण्टासम्म कुनै पनि एण्टिबायोटिक दिनु हुंदैन । भ्याक्सिन लगाउन ३ दिन अधिपछि लिभामिसोल, भिटामिन ई, स्ट्रेसरोक/जि स्ट्रेस आदि औषधी दिए राम्रो हुन्छ ।

कुखुरामा लगाईने खोप तालिका

लेयर कुखुराको लागि खोप तालिका

उमेर (दिन)

खोपको नाम

खोप लगाउने ठाउँ

म्यारेक्स भयक्सिन

छालामा सुई

७ दिन भित्र

रानीखेत  एफ– १

नाक, आँखामा थोपा

१४

गांवारो इन्टरमिडियट (जीवित)

नाक, आँखामा

२१

रानीखेत एफ– १ वा लासोट

नाक, आँखामा

२८

गँवारो इन्टरमिडियट(जीवित)

नाक, आँखामा

३५

आई.वि.एम. ४१(जीवित)

नाक, आँखामा

४२

फाउल पक्स

प्वाखको प्वालहरुमा

५०

रानी खेत एफ–१ व लासोट

पानीमा

६५

आर २ वि एफ स्ट्रेन

मासुमा सूई लगाउने

८५

आर २ वि एफ स्ट्रेन

मासुमा सूई लगाउने

१००

ई.डी.एस ७६

मासुमा सूई लगाउने

 

ब्रोइलर कुखुरालाई लगाइने खोप

ब्रोइलर कुखुरालाई निम्न अनुसारको खोप लगाइन्छ ।

उमेर (दिन)

खोपको प्रकार

खोप लगाउने तरिका

७ दिन भित्र

रानीखेत (लासोटा), एफ स्ट्रेन

आँखा वा नाकमा एक थोपा राख्ने

७— ९

एच. पी. एस् (लिचि हार्ट डिजिज)

०.२ एम.एल. घाटीको छालामा

१०—१२ 

गम्बारो ईन्टरमिडिएट (जिवित)

नाक, आँखामा एक थोपा राख्ने

१६—१८ 

गम्बारो ईन्टरमिडिएट वा प्लस

नाक, आँखा वा पिउने पानीमा

२१

लासोटा वा लासोटां आइ.बी

नाक, आँखा वा पिउने पानीमा

 

खोप तालिका आवश्यकता अनुसार फेरबदल हुन सब्छ । म्यारेक्स तथा रानीखेत रोग विरुद्धको खोप धेरैजसो ह्याचरीमा नै एक दिनको उमेरमा लगाइको हुन्छ तसर्थ कृषकले लगाउनु पर्दैन । यदि खोप नलगाएको भएमा उल्लेखित तालिका अनुसार गर्नुपर्छ ।

जैविक सुरक्षा

कुखुरालाई रोग लाग्ने कारणहरुबाट बचाउन तिनको फार्मभित्र प्रवेशमा रोक लगाउन अपनाईने सुरक्षा प्रणालिलाई  जैविक  सुरक्षा भनिन्छ । कुखुरालाई रोगबाट बचाउन, उत्पादन लागत घटाउन र संभाव्य जुनोटिक रोगबाट आफु बच्नको लागि जैविक सुरक्षाका उपायहरु अपनाईन्छ । कुखुरा खोरमा जैविक सुरक्षाका उपायहरु

  • फार्मभित्र जनावर, मुसा, चरा आदि नपस्ने गरी कुखुराको खोर निर्माण तथा व्यवस्था गर्ने ।
  • फार्म वरिपरि झाडी, फोहोर तथा पानी जम्न नदिने ।
  • आगन्तुकहरुलाई फार्ममा छिर्न रोक लगाउने । यदि आवश्यक पर्यो भने खुट्टा फिनेल पानीमा चोप्ने, हात धुनलगाउने र एप्रोन, बुट लगाएर मात्र भित्र छिराउने । हात धुनको लागि क्लोडेक्स पोलीकर एन.सी, साभलोन आदि संक्रमणमुक्त गर्ने सामाग्रीहरु कम्पनिको सिफारिस अनुसार पानीमा मिसाएर घोल बनाएर हात धुने वा चोप्न प्रयोग गर्न सकिन्छ ।
  • कुखुराको खोरमा भित्रबाहिर गर्दा गमबुट वा जुत्तालाई फुट बाथमा डुवाएर मात्र गर्ने ।
  • खोर भित्र पस्दा एप्रोन वा फार्ममा काम गर्दा लगाउने ड्रेस लगाउने ।
  • फार्मभित्र पस्दा र निस्कँदा साबुन पानीले राम्रोसँग हात धुने, संक्रमणमुक्त (Disinfect) गर्ने झोलमा पांग्रा डुवाएर वा स्प्रे गराएका गाडीलाई मात्र फार्म भित्र प्रवेश गराउने ।
  • कुखुरा बिरामी परेमा छुट्टै कोठामा राखी उपचार गर्ने ।
  • मरेका कुखुरालाई सुरक्षितसाथ तह लगाउने ।
  • कुखुराहरु धेरै संख्यामा बिरामी वा अस्वाभाविक मृत्युभएको पाईएमा तुरुन्त पशु चिकित्सकलाई सम्पर्क गर्ने ।
  • कुखुरा ओसार पसार गर्ने गाडीमा चल्ला तथा दाना ढुवानी नगर्ने ।
  • निसंक्रमण गरेको गाडीमा मात्र कुखुरा ढुवानी गर्ने ।

लामो दिन भएको महिनामा चल्ला हुर्काउन थालेमा यसले लामो समय सम्मा उज्यालो पाउछ र छोटो दिन भएको महिनामा भन्दा छिटो उमेरमा बयस्क भएर फुल पार्न थाल्छ । दिनको उज्यालो समय घटदै जाने महिना (श्रावण, भाद्र)मा भन्दा दिनको उज्यालो समय बढदै जाने महिना (पौष, माघ)मा हुर्काउन शुरुगरेको चल्ला भन्दा छिटो बयस्क भएर फुल पार्न शुरु गर्छ । सानो उमेरमा दिनको प्रकाश घण्टाको परिवर्तनले खास फरक पर्दैन तर करिब ८ हप्ताको उमेर भएपछि कखुरा प्रकाश प्रति संबेदाशील हुन्छन् । तसर्थ कुखुरालाई उमेर अनुसार निम्न रुपमा प्रकाशको व्यवस्था गर्नु राम्रो हुन्छ ।

  • २ हप्ता उमेरसम्म : २४ घण्टा प्रकाश दिने ।
  • २ हप्ता उमेर पछि दिनको १ घण्टाको दरले घटाउने ।
  • २५ दिनको उमेर भएपछि दिनको उज्यालो मात्र दिने ।
  • बढ्ने उमेरका लागी ८–१० दिनको उज्यालो मात्र दिने ।
  • २१ हप्ता उमेर भएपछि दिनको १४ घण्टा उज्यालो दिने ।
  • प्रति हप्ता ०.५ घण्टाको दरले उज्यालो समय बढाई १६ घण्टा पुर्याउने र ४२ हप्ता सम्म यस्लाई कायम राख्ने ।
  • ४२ हप्ता उमेर भएपछि उज्यालो समय बढाउँदै लगेर १७ घण्टा पुर्याउने।

प्रकाशको मात्रा बढी भएमा पर्ने असर

  • ठुगाठुग (Cannibalism) हुने ।
  • कुखुरा छिटो छिटो बढने र छिटै वयस्क हुने ।
  • कुखुराले छिटै उमेरमा (१७–१८) हप्ताको उमेरमा फुल पार्न थाल्दछ ।
  • अण्डा सानो हुने ।
  • भण्डार फर्कने (Prolapse)

प्रकाशको मात्रा कम भएमा पर्ने असरः

  • कुखुराले ढिला उमेरमा (२३–२४ हप्तामा) फूल पार्न थाल्दछ ।
  • अण्डा उत्पादन कम हुन्छ ।

खोरमा प्रकाशको व्यवस्था मिलाउने तरीका

  • १० फिटको दुरीमा भुईभन्दा ६ फिट माथी ४० वाटको बिजुलीको  चिम राख्ने ।
  • प्रत्येक १०० वर्गफिटमा ४० वाटको बल्ब ढकनी ९च्भाबिअतयच० सहित प्रयोग गर्दा ५ लक्स प्रकाश कुखुराले पाउँछ ।
  • कुखुरा खोरको क्षेत्रफलको आधारमा कति वटा बल्ब राख्नुपर्छ भनि तय गर्नुपर्छ ।

गर्मीको मौसममा कुखुराको तापक्रम पनि बढ्दै जाने हुनाले ८०० एफ. (२७० से.) तापक्रम नाघेपनि कुखुराहरु वेचैन हुन थाल्दछन् र तापक्रम १००० पुगेपछि कुखुराहरु छट्पटिन थाल्दछन्, तिनमा पानीको प्यास बढ्छ, श्वास प्रश्वास दर, शरीरको तापक्रम र धपडेी बढछ् । यस्तो बेलामा दाना कम खाने र शारिरीक रोग पनि बढ्ने भएकाले निम्नानुसारको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

  • भेन्टिलेसन पूर्ण रुपले बढाउने ।
  • खोर खुल्ला हावा चल्ने ठाउँमा हुनु पर्दछ ।
  • खोरको छानो खर वा छ्वालीको भए राम्रो हुन्छ । जस्ताको छाना छ भने जस्तामाथि खर ,पराल, छ्वाली फैलाउनु राम्रो हुन्छ । सेतो रंग लगाउनु पनि राम्रो हुन्छ ।
  • बढी गर्मी भएमा पंखा चलाउनु पर्दछ ।
  • कुखुरालाई खाँदेर राख्नु हुंदैन । पातलो गरि राख्ने ।
  • ताजा र चिसो पानी दिने ।
  • पानीको भाँडाको संख्या बढाउने ।
  • ताजा दाना सितल हुने समय, बिहान र बेलुका दिने ।
  • दाना कम खाने हुनाले दानामा प्रोटिनको मात्रा बढाउने ।
  • कुखुरा घरमा पानी छर्कन फोगर्सको प्रयोग गर्ने ।

कुखुरापालनमा सबैभन्दा बढी खर्च दानामा हुने हुँदा यसको उचित तरिकाबाट भण्डार गर्नु अति जरुरी छ । दाना भण्डारणमा अपनाएको अलिकति असावधानीको कारणले कृषक वर्गले ठूलो नोक्सानी खेप्नु परेको धेरै उदारणहरु  देखिन्छ । दानाको सही भण्डारणले कुखुरा व्यवसाय सफल बनाउन ठूलो सहयोग गर्दछ । दानालाई लामो समयसम्म घाममा राख्दा दाना तातेर ज्यादै फुका भई धुलो उड्ने, दानामा  भएको भिटामिनहरु नष्ट हन्छ । दाना भिजेमा वा ओषिलो स्थानमा राखेमा चिसोले डल्लो पर्ने, पोषकतत्व नष्ट हुने र ढुसीले दाना विषाक्त भई विभिन्न प्रकारका ढुसी विषादीहरुले हुने रोगहरु जस्तै एफ्लाटाक्सिकोसिस, ओक्राटक्सिकोसिस आदि लाग्ने हुनाले दाना भण्डारण गर्दा निम्नानुसारको व्यवस्था गर्नु पर्दछ ।

  • वर्षातको समयमा सकभर पानी छलेर दाना ढवुानी गर्ने । पानीले दाना नभिज्ने गरी प्लाष्टिकले  छोपी मात्र ढुवानी गर्ने ।
  • सिधा घाम पर्ने अथवा पानी चुहिने वा छिटा पस्ने ओस लाग्ने स्थानमा दाना भण्डारण नगर्ने ।
  • उज्यालो, सफा, सुख्खा, ओस नलाग्ने र पानीले नभिज्ने स्थानमा दाना भण्डारण गर्ने ।
  • भूँईको चिसो तथा मुसा आदिबाट दाना बचाउन करिब ६ इन्च अग्लो दाना राख्ने काठको र्याक बनाउने ।
  • दाना कोठा भित्र भण्डार गर्दा भित्तामा बोराले नछुने गरी चाङ लगाएर राख्ने र एक चाङबाट अर्को चाङको बीच केही दूरी कायम राख्ने ।
  • दाना भण्डारण गर्ने कोठामा हावा राम्रोसँग चल्ने हुनु पर्दछ । दाना भण्डारण गर्ने कोठा मुसा बिरालो र अन्य पन्छीबाट बचाउन झ्याल ढोकामा जाली प्रयोग गर्ने ।
  • दाना खरीद गरी लामो समयसम्म भण्डारण नगर्ने । एक लटमा सात दिनको लागि पुग्ने दाना मात्र राख्ने।

कुखुरा फार्मलाई व्यवस्थित गर्न सही ढंगले अभिलेख राख्नु पर्छ । अभिलेखले फार्मको प्रगति तथा कमजोरी पत्ता लगाउन सहज हुन्छ र त्यसको आधारमा फर्मको उन्नति गर्न सहायक सिद्धहुन्छ । राम्रो अभिलेख राख्नाले यसको आधार मा आउने दिनहरुमा आफ्नो व्यवसायको योजना बनाउन महत्वपूर्ण योगदान प्रदान गर्छ । फार्मको हरेक लटको कुखुराको प्राविधिक र आयव्यय गरेर दुई किसिमको अभिलेख राखिन्छ ।

प्राविधिक अभिलेखमा दैनिक कुखुरा संख्या, दाना खपत, ब्रोईलरको साप्ताहिक औषत तौल, खोप लगाएको, औषधी दिएको मृत्यु संख्या विवरण राख्नुपर्छ र यो विवरणलाई साप्ताहिक रुपमा केलाएर कमी कमजोरी देखिएको कार्यलाई सुधार गर्नुपर्छ । त्यस्तै आयब्यय अभिलेखमा चल्ला खरीद, उत्पादन सामाग्रीहरु जस्तै दाना, औषधी, खोप (प्राविधिकको फिस समेत) खरिद खर्च, सोतर, पानी, बिजुली, ज्यामी ज्याला  आदि सबै किसिमको खर्चको अभिलेख राख्नु पर्छ । त्यस्तै ब्रोईलर कुखुरा, मल तथा दानाको खाली बोरा विक्रीबाट भएको आम्दानीको सही अभिलेख राख्नु पर्छ । यसले चालु खर्चको तुलनामा कती आम्दानी भयो सहजै पत्ता लाग्छ । अभिलेखकै आधारमा पछि पालिने कुखुराको हरेक लटमा पहिले भएको कमी कमजोरीलाई सुधार गरी व्यवसायलाई प्रतिस्पर्धी बनाउन सहज हुन्छ ।

परिचय

ब्रोइलर कुखुरा मासु उत्पादनको लागि पालिन्छ । ब्रोइलर कुखुराको शरीरिक वृद्धि दर अत्याधिक रुपले हुने भएकोले यसलाई बिगत केहि बर्ष अघि सम्म २ महिनासम्म पालेर बिक्री गरिने चलन थियो र दुई महिनाको उमेरमा यिनीहरुको शारीरिक तौल करीब २.० के.जी. हुन पुग्दथ्यो । हाल प्रबिधिको बिकासले गर्दा उच्च नश्लको  ब्रोइलरको विकास भएको र यसलाई साथै यस्ता नश्ललाई सुहाउदो उपयुक्त दानाको उपलब्धताले गर्दा ब्रोइलरको परिभाषा नै  आसिक रुपमा बदलीन पुगेको छ । हालको परिभाषामा ब्रोइलर भन्नाले भाले र पोथी एकैसाथ वा भाले वा पोथी अलग ६–८ हप्ता उमेरसम्म मासुको लागि पालिने कुखुराको जात हो भन्ने बुझिन्छ । यसको मासु मुलायम, नरम, कमलो हुनाको साथै छातीको भागमा मासुले भरिएको हुन्छ । यो पहिलेको परिभाषा हो, तर  हाल प्रविधिको विकासले गर्दा ब्रोइलर कुखुरा ५ देखि ६ हप्ताको उमेरमा नै २ देखि २.५ के.जी तौलका हुन्छन र विक्री गरिन्छ । नेपालमा सेतो प्वाँख भएका ब्रोइलर कुखुरा पाल्ने गरेको र यहाँपालिएका ब्रोइलर जातका कुखुराहरुमा कब १००, कब ५००, कब एभिएन ४८, कब युरो, हबर्ड क्लासिक, हबर्ड फेक्स, लोहमान ईन्डिएन रिभर, मार्सल–आर, रोस ३८०, आर्बोर एकर्स, प्योरलाईन जेनेटिक्स, कसिलाआदि प्रमुख हुन् । कुखुराको मासु नेपालमा निकै लोकप्रिय हुदै गएकोले ब्रोईलर पालन व्यवसाय निकै फष्टाउँदै आएको छ । हाल बजारमा स्वास्थ्य र गुणस्तरीय ब्रोईलरको मासु उपलब्ध हुनुपर्ने उपभोक्ताहरुको चाहाना बढ्दै गएकोले वैज्ञानिक ढंगलब्रोईलर पालन गर्नु अपरिहार्य भएको छ । तसर्थ ब्रोईलर पालनमा सफलता हासिल गर्नकोलागि निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्छ ।

१.  स्थान छनौट एवं खोर निर्माण

२.  एकै उमेरको कुखु्रा मात्र पाल्ने

३.  आवश्यक उपकरणको व्यवस्था

४.  गुणस्तरीय चल्लाको खरीद

५.  हरेक ब्याचकोलागि खोरको तयारी

६.  व्यवस्थापन

७.  हरेक ब्याचको रेकर्ड राख्न

८.  बजार व्यवस्थापन

दाना खपत तालिका

तालिका: ब्रोइलरको उमेर अनुसार तौल, दाना खपत तथा दानालार्इ मासमुा परिवतर्न दर

उमेर(दिन)

तौल (ग्राम)

दाना खपत (ग्राम)

दानालाई मासुमा परिवर्तन दर

१५०

११०

०.८५

१५

४००

३५०

०.९०

२२

७५०

८००

१.१०

२९

१०५०

१३६०

१.२३

३६

१६००

२२००

१.४७

४२

२०००

३५००

१.७५

श्रोतः टि. कोटाइ, ब्रोईलर फार्मीङ्घ (२००९).

माथिको तालिकाबाट यो बुझिन्छ की अत्यन्त राम्रो व्यवस्थापनमा ब्रोईलरले  ६ हप्ताको उमेरमा ३.५ के.जी दाना खाएर २ केजी तौलको बन्छ अर्थात दानालाई मासुमा परिवर्तन गर्ने दर (एफ.सि.आर) १.७५ रहेको छ । यसको मतलब १ केजी तौल बढ्नको लागि १.७५ केजी दाना चाहिन्छ । तर हाम्रो कृषकहरुले यो नतिजा प्राप्त गर्न सकेको छैन ।

नेपालमा ब्रोईलरको एफ.सि.आर दर करीब २.२ पाईन्छ अर्थात १ केजी तौल पुर्याउन २.२० केजी दाना खर्च गर्नु पर्ने हुन्छ ।  तसर्थ हामीले ब्रोईलर पालन व्यवस्थापनलाई निकै सुदृढ बनाउन जरुरी छ अनीमात्र यो व्यवसायबाट बढी फाईदा प्राप्त गर्न सकिन्छ । तसर्थ, ब्रोइलरलाई दिइने दानामा अन्य कुखुराको दानामा भन्दा बढी शक्रि र प्रोटिनको मात्र हुनुपर्दछ । ब्रोइलर उत्पादनबाट बढी फाइदा लिनको लागि दाना व्यवस्थापनको अलावा पाल्ने तरिका, तापक्रम र अन्य व्यवस्थापकीय कार्य उचित रुपले गरिनु अति आवश्यक हुन्छ । दाना दिने कार्यक्रम ब्रोइलरलाई १० फीटभन्दा बढी हिडन नपर्ने गरी दाना र पानीको भाँडो राख्नुपर्छ । हालको व्यवस्थापनमा ब्रोईलरलाई उमेरको आधारमा निम्न अनुसारको दाना दिनुपर्छ ।

ब्रोइलर स्टार्टर दाना : ०–२१ दिनसम्म दिने

ब्रोइलर ग्रोअर दाना : २२–४२ दिनसम्म दिने

ब्रोइलर फिनिसर दाना : ४३ दिनदेखि बिक्री गर्ने उमेरसम्म दिने

दाना अचानक परिवर्तन गर्दा चल्लाले दाना नखाने, अरुची हुने तथा अपच हुने भएकोले दाना एकैपटक परिवर्तन नगरी दुबै किसिमको दानालाई २५:७५, ५०:५० र ७५:२५ को दरले मिसाएर कम्तिमा चौथो दिनबाट पूर्णरुपमा दाना परिवर्तन हुनेगरी व्यवस्था गर्ने ।

  • दाना दिन रात दुबै समयमा दिनु पर्दछ ।
  • दाना खेर जान नदिन फिडरमा एक तिहाई तर पटक पटक दिनु पर्दछ ।
  • खोर चिसो भएमा दानाको खपत बढी  हुन्छ ।
  • फिडर होचो भएमा दाना बढी खेर जाने हुँदा ब्रोईलरको ढाडको लेबलमा फिडरको उचाई हुनु पर्दछ।

राम्रो व्यवस्थापन प्रणालीमा ब्रोइलरको उमेर अनुसार निम्न अनुपातमा दाना खाने, पानी खाने खोरमा बस्नको लागि क्षेत्र उपलव्ध गराउनु पर्दछ । 

तालिका: ब्रोइलरलाई बस्न, खान र पानी पीउने स्थान

क्र.सं.

चल्लाको उमेर

दाना खाने क्षेत्र (इन्च)

पानी खाने क्षेत्र (इन्च)

खोर वर्ग फीट

प्रथम र दाश्रो हप्ता

१.५

०.५

०.३

तेश्रो  र चौथो हप्ता

२.५

१.०

०.६

पाँचौ र छैठौ हप्ता

३.०

१.०

०.८

सातौ र आठौं हप्ता

४.०

१.०

१.०

उल्लेखित चार्ट गाईडलाइन मात्र हो । आधुनिक ब्रोइलरको हकमा प्राइमरी ब्रिडर कम्पनीले तोके अनुसार  उपलव्ध गराउनु राम्रो हुन्छ ।

पानी

कुखुराको शरीरमा ६० देखि७० प्रतिशत पानी रहनेहुँदायसले महत्वपुर्ण कार्यहरु गरेको हुन्छ जस्तैः शरीरको तापक्रमलाई कायम राख्र्ने, पाचन प्रक्र्रियामा मद्दत गर्ने, शरीरबाट फोहर पदार्थ निस्कासन गर्न मद्दत गर्ने तथा रगतको उत्पादनमा मद्दत गर्ने आदि ।

ब्रोईलर फार्ममा धेरै कृषकहरुले आफ्रनो फार्ममा बोरीङ्घ तथा ईनारबाट पानी निकाली गुणस्तर परीक्षण नगरी प्रयोग गर्ने गरेको पाईन्छ । फार्ममा न्यून गुणस्तरको पानीले गर्दा कुखुराहरुमा अनुमाननै नगरेका समस्याहरु देखिन्छ र कुखुराको धेरै जस्तो रोग पानीको कारण बाटनै हुने भएकोले कृषकहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।ब्रोइलर लाई सधैं ताजा सफा पानी प्रशस्त मात्रामा दिनुपर्छ । ब्रोइलरमा पानीको खपत मौसम हेरी दानाको खपत भन्दा २ – ३ गुण बढी हुन्छ । अर्थात् १ के.जी दाना खाएपछि २ – ३ लिटर मानी पिउँछ ।

पानी स्वाँद, रङ्घ र गन्ध नभएको तर सफा र स्वच्छ हुनुपर्छ । बिभिन्न प्रकारको खनिज लवणले  पानीको स्वाँदमा असर गर्छ । बढीमात्रामा आईरन र म्यागनिज सल्फेटले गर्दा पानीको स्वाँद तितो हुनजान्छ । यस्तो पानीले गर्दा कुखुराको उत्पादनमा ह्रास आउँछ जस्तै तौल नबढने, दाना खपतको तुलनामा शारीरिक बृद्धि कमहुने, मृत्युदर बढने देखिन्छ ।

कुखुराको लागि दिने पानीमा घुल्ने ठोस पदार्थको मात्रा १००० भन्दा कम, पि.एच ६.८ देखि ७.५ सम्म र कोलीफर्म जिवाणु संख्या प्रति एम एल पानीमा ५० भन्दा बढी नभएको उपयुक्त हुन्छ । तसर्थ पानीको नमुनालाई प्रयोगशलामा जँचाएर राम्रो गुणस्तर भएको पानी मात्र दिनुपर्छ । कुखुराको लागि दिने पानी मानिसले पिउने सरहको गुणस्तरको हुनुपर्छ र निम्न अनुसार दिनुपर्छ ।

  • सफा, स्वच्छ, तथा ताजा पानी यथेष्ट मात्रामा उपलव्ध हुनुपर्ने ।
  • पानीको तापक्रम कुनै पनि हालतमा कोठाको तापक्रम भन्दा बढी हुनु हुँदैन ।
  • पानी दिने भाँडा दैनिक दुई पटक राम्रो संग सफा गरेर मात्र पानी दिने गर्नु पर्दछ ।
  • पानीको भाँडामा चल्लाहरु पसेर फोहर गर्न नसक्ने खालको हुनु पर्छ ।
  • पानीको भाँडामा चल्लाको चुच्चो राम्रोसंग डुब्ने गरी पानी भर्नुपर्दछ ।
  • पानीको भाँडा वरिपरी पानीले सोतर भिज्ने हुँदा भिजेको सोतरलाई फेरि दिनु पर्दछ ।
  • कुखुरामा पानीको खपत मौसम अनुसार फरक पर्छ तापनि साधारणतया दानाको अनुपातमा पानीको खपत दुई गुना बढी हुन्छ । गर्मीको मौसममा तीन गुनाभन्दा पनि बढी पानी खपत हुन्छ।

पानी उपचार गर्ने तरिका

ब्लिचिंग पाउडरबाट : ५ ग्राम ५ लीटर पानीमा मिसाउने र थिग्रिन दिने । थिग्रेको भाग फालेर १००० लीटरमा मिसाउने  र कुखुरालाई खुवाउन दिने ।

सोतरको व्यवस्था

सोतरको लागि धानको भुस वा काठको धुलो प्रयोग गर्न सकिन्छ । धानको भुस प्रयोग गर्दा २० देखि २५ प्रतिसत चिस्यान हुनुपर्छ । यो भन्दा कम चिस्यान भएमा सोतरमा धुलो निस्कने र योभन्दा बढी चिस्यान भएमा सोतर चिसो भईरहन्छ । सोतरमा चल्लाको सुलीबाट र पानीको भाडोबाट पानी पोखिएर चिसो भई लट्टा पर्ने हु‘दा त्यस्तो घरमा भेन्टिलेसनको कमी भएमा विभिन्न रोगहरु लाग्न सक्छन् । त्यसकारण सोतरलाई सुख्खा राख्न जरुरी हुन्छ । यसकोलागि सोतरलाई बारम्बार ओल्टाई पल्टाई गर्नु पर्छ, लट्टा परेको र पानीको भाँडा वरिपरिको चिसो सोतर हटाउनु पर्छ ।सोतर चिसो भएको बेलामा उपयुक्त भेन्टिलेसन कायम गर्नुको साथै चुन ४ के.जी. प्रति १०० वर्गफुट को दरले छर्ने । सोतर धेरै मात्रामा हटाएको भएमा नयाँ सोतर थप्नुपर्छ ।

प्रकाश

चल्लालाई दुई दिन सम्म २४ घण्टामा २३ घण्टा उज्यालो दिनु पर्छ जस्ले गर्दा दानापानीको भाँडो देख्नलाई  सजिलो हुन्छ । त्यसपछि नहटाउन्जेल सम्म दैनिक १८ देखि१९ घण्टा उज्यालो दिनु राम्रो मानिन्छ । यसरी केही घण्टा थोरै मात्र उज्यालोमा राख्दा कुखु्रामा रोगसँग लडन सक्ने क्षमता अभिवृध्दि हुनुको साथै अचानक मृत्यु हुने र खुट्टामा हुने समस्या कम देखिन्छ । शुरुमा बिजुलीको बल्ब उज्यालोको लागि प्रयोग गर्दा ६० वाट प्रति १०० वर्गफुट आवश्यक पर्छ । त्यसपछि उज्यालोको मात्रा घटाउदै जानुपर्छ । बिजुलीको बल्बमा धुलो लागेर उज्यालो कम आउने भएकोले बल्ब लाई हरेक हप्ता सफा गर्नुपर्छ । अन्य कुखुरालाई जस्तै ब्रोइलर घरमा पनि हावाको राम्रा ओहर दोहोर हुनु पर्दछ । ब्रोइलर लाई राम्रो व्यवस्थापनमा पाल्दा चु्च्चो काट्नु पर्दैन । ब्रोइलरबाट बढी फाइदा लिन ६ हप्तासम्म पाल्नु पर्ने र सबै ब्रोइलरलाई एकै पटक बिक्री गरेर कुखुरा घरलाई सफा गरी किटाणमुक्तु पारेर २ हप्ता पनि पनुः अर्को लट राख्न सकिन्छ । यसरी एक लट ब्रोइलर कुखुरा पाल्न ६ हप्ता सम्म लाग्ने र खोर सफा पारि अर्को लट राख्नको लागी तयारी पार्न २ हप्ता गरी १ लट ब्रोइलर पाल्न ८ हप्तालाग्ने भएकोले चुस्त र व्यवस्थित तरिकाले ब्रोइलर पाल्दा १ वर्ष मा एउटा घरमा ६ लट पाल्न सकिन्छ । खोप तालिका आवश्यकता अनुसार फेरबदल हुनसक्छ । रानीखेत रोग बिरुद्धको खोप धेरैजसो ह्याचरीमा नै एक दिनको उमेरमा लगाइको हुन्छ तसर्थ कृषकले लगाउनु पर्दैन । यदि खोप नलगाएको भएमा उल्लेखित तालिका अनुसार गर्नुपर्छ । ब्रोईलरको अन्य व्यवस्थापन कार्य लेअर कुखुराको अनुसार नै हुनेछ ।

अन्य जानकारी

बजार व्यवस्थापन

कुखुरा फार्ममा उत्पादन हुने फूल तथा ब्रोइलर कहा र कुन दरमा बिक्रि गर्ने हो पहिले नै समन्वय गर्नु पर्छ अन्यथा उत्पादित सामाग्रि बाध्य भयर आफुले नचाहेको मुल्यमा बिक्रि गर्नुपर्ने हुन्छ ।

करीब ६ हप्ताको उमेर भएपछि ब्रोइलरलाई विक्री गर्ने योजना बनाउनु पर्छ । तसर्थ ब्रोईलरको बजारभाउ बुझिरहनु पर्छ । यदि बजार भाउ केही दिन अगाडि वा पछाडि बढी हुने बुझियो त्यसै अनुसार बिक्री गर्नु पर्छ । कुनै चाडपर्व नजिक छ भने त्यसबेला लाई लक्ष गरेर पनि बिक्रि योजना बनाउँदा बजारमा बढी मूल्यमा बिक्री हुने हुँदा फाईदाजनक हुन्छ ।

ब्रोइलर कुखुरा ४२-४८ दिन भित्र बेच्नु पर्छ अन्यथा खर्चको तुलनामा आम्दानी कम हुन्छ  

  • लेयर्स कुखुराको हकमा भने २२ हप्तापछीअन्डा दिन सुरु गर्छ र ७२ हप्ता सम्म राम्रो उत्पादन दिन्छ, त्यस पछी मासुको लागि बेच्न सकिन्छ |
  • उन्नत तथा लोकल कुखुरा ६ महिना मासुकोलागि उपुक्त हुन्छ र अन्डाको लागिथप १ वर्ष पाल्ने र मासुको लागि बेच्ने | यस्ता कुखुराबाट चल्ला उत्पादन गरि बेच्न पनि सकिन्छ जसको लागि पोथी र भालेको अनुपात १०:१ राख्नुपर्छ |

कुखुराको वथानबाट उत्पादन क्षमता कम भएका कुखुराहरुलाई छानेर हटाउने प्रविधिलाई कलिङ्ग भनिन्छ । यसरी अनुत्पादक वा कम उत्पादन दिने कुखुराहरुलाई छानेर हटाउने कार्य खोरमा राखे देखि खोरबाट नहटाउने बेलासम्म जारी रहन्छ । अनुत्पादक कुखुराहरुलाई हटाउने कार्य अति महत्वपुर्ण हुन्छ किनभने उत्पादन नदिने कुखुराहरुलाई पनि दाना खुवाउनु पर्दा धेरै अनावश्यक खर्च हुनजान्छ । कुखुरा छान्नु भन्दा पहिले तिनिहरुको स्वभावलाई खोरमा राम्रोसँग नियालेर हेर्नुपर्छ । यसरी हेर्दा बथानमा भएको स्वस्थ र अस्वस्थ कुखुरा तिनिहरुको स्वभावबाट नै थाहा पाउन सकिन्छ ।

अस्वस्थ्य/ अनुत्पादक कुखुरा

धेरै हिडडुल नगरी बसिरहन मन पराउने, दानापानी मन नलगाई खाने, टाउको झुकाएर बस्ने, आखाँ बन्द गर्ने, प्वाँखहरु ठाडो पर्ने, पखेटो र पुच्छर लतार्ने गर्छ। साथै अर्कालाई ठूग्ने, आफ्नै पखेटालाई चुच्चोले तान्ने, स्वास प्रस्वास सम्वन्धी अस्वभाविक लक्षण देखाउने गर्छ । सोतर, प्वाख आदि खाने सवथै पोथी कुखुामा भालेको स्वभाव बढ्दै जाने गर्छ ।

स्वस्थ्य/ उत्पादशील कुखुरा

स्वस्थ्य कुखुराहरु फुर्तिलो, तेजिलो, रातो सिउर तथा लोती भएको, चम्किलो आँखा, स्वाभाविक स्वर निकाल्ने, मन लगाएर दाना पानी खाने, सोत्तरमा खोस्रिने र खेल्ने प्रवृत्तिका हुन्छन् यस्ता कुखुराले बढी संख्यामा फुल उत्पादन गर्दछन् ।

कुखुरालाई छनौट गर्ने तरीका

अनुत्पादक कुखुराको छनौट गर्दा कुखुराको खोरमा गएर बथानमा कुखुराहरुलाई नियालेर हेर्नुपर्छ । यसरी नियालेर हेर्दा ब्रुडिङ्ग गरिरहेको चल्लाहरुमा आखाँ सुकेको, पखेटा लत्रेको, खुट्टा दुखेको, विमारी तथा कमजोर चल्लालाई देख्नासाथ वथानबाट छुट्टै राख्नुपर्छ । त्यस्तै हुर्किएका चल्लाहरुमा शारिरीक वृद्धि कम भएका, खुट्टा कमजोर भएका, पखेटा लत्रिएका, ज्यादै कम शरिरीक वृद्धि भएका र विरामी भएकालाई पनि छानेर निकाल्नु पर्छ । त्यस्तै फुल पार्ने वा पारीरहेका कुखुरालाई पनि निम्न आधारमा उत्पादनशील र अनुत्पादक कुखुरा हुन् भनि छनौट गरिन्छ । 

आधार

उत्पादनशील कुखुरा

अनुत्पादक कुखुरा

सिउर/लोती

ठूलो, रातो, चम्किलो

धमिलो, खुम्चिएको

चुच्चो

छोटो, सेतो

धेरै लामो, पहेलो

गाँड

आहाराले भरिएको, नरम

धेरै कडा, शरीरमा झुण्डिएको

छाती

छातीको हाड सोझो र मासुले भरिएको

छातीको हाड बाङ्गो र मासुको भाग कम भएको

पेट

नरम, ठूलो लच्कने, पेलभिक बोन र किलबोनको फरक ४ औला भएको

कडा, तन्किएको , ट्यूमर भएको पानीले भरिएको पेलभिक बोन र किलबोनको फरक ४ औला भन्दा कम

मलद्वार

ठूलो रसिलो, फूलको आकार जस्तो रातो, पेल्भिक बोनको दुरी २–३ औला

सानो खुम्चिएको सुख्खा, गोलो, पहेलो पेल्भिक बोनको दुरी २ – ३ औंला भन्दा कम

नलीखुट्टा

सिधा, बलियो र चम्किलो

लुलो र हिड्न नसक्ने

 

छनौट गर्ने समय

ब्रुडीङ्ग गरिरहेका चल्लाहरुलाई दिनको कुनै पनि समयमा छान्न सकिएता पनि हुर्कीरहेका कुखुरालाई दाना खाएको समयमा छनौट गर्दा उनिहरुमा धेरै धपेडि पर्ने हुनाले करिब ६ घण्टा सम्म दाना नदिनु राम्रो हुन्छ । साधारणतया हुर्किरहेका र फुल उत्पादनमा रहेका कुखुराहरुलाई बिहान वा बेलुका को समयमा छनौट गर्नु राम्रो हुन्छ । यसरी छनौट गर्दा छनौट गर्नु एक दिन पहिले देखि तिन दिन सम्म पानीमा मल्टीभिटामिन मिसाएर दिनु राम्रो हुन्छ ।

रोग बाहके अन्य कारणहरुले पनि चल्लाहरुको मृत्यु वा नोक्सानी हुने हुनाले निम्न कुराहरुमा ध्यान दिनपुर्छ:

चिसो (Chilling)

आवश्यकता अनुसार तापक्रम नपाए चल्लाहरु एकै ठाउँमा थुप्रिन्छन् यसले गर्दा स्वास फेर्न गाह्रो भई चल्लाहरु मर्दछन् । चिसोमा चल्लाले दाना कम खाने, साँस फेर्न गाह्रो हुने र पखेटा लतार्ने गर्दछन् । ६० डिग्री फरेनहाइट भन्दा कम तापक्रम भएमा धेरै चल्लाहरु मर्दछन् । यसरी मरेको चल्ला चिरेर हेर्दा गाँडमा कम दाना हुने, फोक्सो रातो हुने, किड्नी फिका रंगको हुने र पहेंलो नपचेको हुन्छ । चल्लाहरुलाई आवश्यकता अनुसार ब्रुडर र तापक्रमको कमी तथा बु्रडिंग कोठामा हावाको प्रवाह सिधा आउने भएमा चिसोको असर पर्दछ । तसर्थ उपयुक्त तापक्रमको व्यवस्था मिलाउनु पर्छ ।

तापक्रम (Temperature)

ब्रुडिंग तापक्रम आवश्यक भन्दा ज्यादा भएमा चल्लाहरुले दाना कम खाने, आवश्यकता भन्दा २/३ गुणा पानी पिउने, स्वांस फेर्न गाह्रो अनुभव गर्ने, निर्जलीकरण हुने, पानीको भाँडा भएको ठाउँमा झुम्मिने र मर्ने गर्दछन् । यसरी मरेको चल्ला हेर्दा आँखा भित्र गाडिएकोे, खुट्टा सुकेको हुने र कुनै खास रोगको लक्षणहरु नदेखिने हुन्छ ।

निर्जलिकरण (Dehydration)

चल्लाहरुलाई हमेसा सफा ताजा स्वच्छ पानीको आवश्यकता पर्दछ अन्यथा चल्लाहरु सुक्दै जाने, कमजोर हुने, दिशा कडा हुनुको साथै कब्जियत हुने र मर्न थाल्दछ । यस्तो अवस्था ४/५ दिनसम्म रहेमा मृत्युदर निकै बढ्न सक्दछ । कुनै कारणबस चल्लाहरुले ६/७ दिन पानी प्राप्त गर्न नसकेमा ७५ देखि १०० प्रतिशतसम्मै मर्न सक्दछन् । चल्लाहरु निम्न कारणले निर्जलिकरण हुनसक्छ ।

  • चल्लाहरुमा कुनै रोग भएमा ।
  • आवश्यकता अनुसार पानीको  भाँडा कम भएमा ।
  • पानीको भाँडा फोहर भएर पानी खान लायक नभएमा ।
  • पानीमा आवश्यक भन्दा बढी औषधी मिसाएमा ।
  • पानी बढी चिसो वा तातो भएमा ।
  • पानी खान नसक्ने भई अग्लो ठाउँमा राखिएमा ।
  • पानीको तापक्रम कोठाको तापक्रम भन्दा बढी भएमा ।
  • कोठामा उज्यालो कम भएमा ।
  • ब्र्रुडर घरमा आवश्यकभन्दा बढी तातो भएमा ।

चल्लाहरु भोकै भएमा (Starvation)

कुनै कारणबस चल्लाहरु भोकै रहन सक्दछ्रन्, जसको कारणले गर्दा एकै स्थानमा थुप्रिने, प्वाखहरु नबढ्ने वा फोहरी देखिने, एक आपसमा ठुँङने, चिउ चिउ कराउने, जे पायो त्यो खाने वा दिसा पनि खाने, चल्लाहरु कमजोर हुने, तौल घट्ने र मृत्युदर बढ्नेसम्म हुनजान्छ । निम्न कारणले चल्लाहरु भोकै हुनसक्छन् ।

  • चल्लाको तौल आवश्यकता भन्दा कम भएमा ।
  • चल्ला हुर्काउने कोठा सानो भएमा वा दाना दिने भाँडा कम भएमा ।
  • ब्रुडिंग तापक्रम कम वा कोठामा बढी तातो भएमा ।
  • कोठामा उज्यालो कम भएमा ।
  • चल्लामा कुनै रोग भएमा ।
  • दानाको आकार खानै नसक्ने गरि ठूलो भएमा । त्यस्ता चल्लाहरु चिरेर हेर्दा निम्न लक्षणहरु देखिन्छन् ।
  • गाँड खालि हुने र कहिलेकाहीँ दिसा पनि भेटिने ।
  • आन्द्रा खाली र म्यूकस भरिएको देखिने ।
  • कलेजो सानो र पित्तथैली पित्त भरिएर ठूलो हुने ।
  • छालाको तल वा भित्र जेली जस्तो र्याल परेको पदार्थ भेटिने ।

औषधीको गलत प्रयोग  (Wrong medication)

अनुभबिहिन व्यक्तिहरुसँग प्राविधिक परामर्श लिएर औषधी खुवाउने गरेमा उपचार खर्च बढ्नुको साथै चल्लाको मृत्युदर समेत बढने हुँदा औषधीको प्रयोग गर्नुपर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

  • औषधी जहिले पनि पशु चिकित्सकको सल्लाह अनुसार मात्र खुवाउने । पशु चिकित्सकको सल्लाह विना औषधि किनी खुवाउँदा बढी खर्चिलो र नराम्रो असर पनि पर्न सक्दछ ।
  • औषधी पूर्ण मात्रामा खुवाउने ।
  • कहिलेकाँही औषधी मिसाएर खुवाउँदा रासानिक प्रतिकृया हुन सक्ने  हुँदा जुन पायो त्यहीँ औषधी नमिसाउने । जस्तै जडिबुटीको औषधी र अन्य औषधी नमिसाउने, धेरै थरिको एण्टिबायोटिक औषधी एकै पटक नखुवाउने आदि ।

हानिकारक ग्यासको कारणले (Harmful gases)

चल्ला ब्रुडिङ्ग गर्दा तापक्रम व्यवस्थापन गर्न भुखारी, मट्टितेलको स्टोभ आदि प्रयोग गर्दा निस्कने धुवाको राम्रो व्यवस्थापन हुन नसक्दा खोरभित्र हानिकारक ग्याँस जम्मा भएर चल्लाहरुको मृत्यु हुन सक्दछ । खोरमा भेन्टिलेशनको राम्रो व्यबस्था भएन भने सोतर चिसो रहन्छ साथै सोतरमा पानी पोखियो भने पनि त्यसबाट एमोनिया ग्याँस बढी मात्रामा जम्मा हुन सक्छ । खोरमा २० पी.पी.एम. भन्दा बढी एमोनिया कुनै पनि हालतमा जम्मा हुनु हुँदैन । एमोनिया ग्याँस बढी भएमा मानिसको आँखासमेत पोल्छ । त्यस्तै कार्वन मोनअक्साइड र कार्वनडाइअक्साइड ग्यासको मात्रा बढी भएमा पनि मृत्यु हुनसक्छ ।

एकै स्थानमा थुप्रिएर मर्ने  (Huddling)

ब्रुडरमा बढी संख्यामा चल्लाहरु ब्रुडिङ्घ गरेको खण्डमा कहिलेकाहि  एकै ठाउँँमा थुप्रियर तथा खाँदिएर मर्न सक्दछन् । चल्लाहरु प्रायगरेर अचानक बत्ति बन्द हुँदा वा कुनै कडा आवाज एक्कासी आउँदा तर्र्सिएर कोठाको कुनामा थुप्रिन गई कोचिएर, निसास्सिएर मर्न सक्दछन् । तसर्थ जहिले पनि चल्ला हुर्काउने कोठाको कुनामा चिक गार्डको व्यबस्थाको साथै अचानक बत्ति निभ्दा बत्तिको बैकल्पिक व्यबस्था गर्नु पर्दछ । त्यस्तै हुर्किरहेको चल्ला राख्दा समेत काठको फलेक, टिनको पाता वा अन्य सामाग्रीले कोठाको कुनाहरु छेक्नु पर्छ ।

नेपाल सरकार

कृषि विकास मन्त्रालय

AFACI/ATIN Project

सिंहदरबार, काठमान्डौ, नेपाल ।