अदवुालाई वज्ञौनिक नाम जिन्जिबर अफिसिनाल (Zingiber officinale) ले चिन्ने गरिन्छ । यो एक वर्षीय नगदे तथा मसलाबाली हो । या बाली कहिलकोहि मात्र फुल्ने हनुाले यसको पस्रारणमा अलैङ्गिक विधि नै अपनाइन्छ । यसमा वास्ना, पीरोपन र रसयुक्त गुणहरू हुन्छन् । 
तरकारी, माछा, मासु, अचार तथा अन्य खाद्य परिकार तयार गर्दा स्वादिला, रुचिकर, आकर्षक र वास्नायक्त बनाउन सहायक खाद्य वस्तकुा रूपमा यसको प्रयोग गरिन्छ । अदुवा आयुर्वेदिक औषधीहरूमा पनि अत्यधिक प्रयोग हुन्छ । यसलाई दम, खोकी, रुघा, सर्दीजस्ता रोगहरूमा औषधीको रूपमा पय्रागे गरिन्छ । अदवुाका वानस्पतिक भागलार्इ पाना, सरा र पात गरी ३ भागमा छुट्याउन सकिन्छ  (तस्वीर १) । यसका बारेमा छोटकरीमा तल उल्लेख गरिएको छः
पाना
अदवुाका पानाहरू जमीनको सतहमा फैलिएर रहन्छ । यी पानाहरू करीब १५ से.मी. लम्बाइ र ५ से.मी. जति चाडौइका हुन्छन्। यिनै पानाहरूबाट टुसा पलाई सरा हुन्छन् तथा तल्लो भागबाट जराहरू आउछन् । यसका पानाहरूमा १–२% जति तेलको मात्रा हुन्छ, जसका कारण मीठो वास्ना र पीरो स्वाद हुन्छ । अदुवाको व्यावसायिक महत्व यिनै पानाहरूको कारणले भएको हो । बिरुवाले तयार गरेको खाद्य तत्वलाई सञ्चय गर्ने काम पानाहरूले गर्दछ ।
सरा
पानाबाट निस्किएका टुसाहरू बढेर सराहरू बन्दछन् । पातहरू बेरिएर डाठ बनेको हुन्छ । सरामा पात आउने आख्ला नजीक हुन्छन् । यिनै पातका फेंदहरू एक–आपसमा बेरिएर काण्ड/डाठ बनेको हुन्छ । सराहरूको उचाइ एवम् संख्या जातअनुसार फरक पर्दछ ।
पात
डाठमा भएका प्रत्येक आख्लाबाट पात निस्कन्छ । पातहरू हरिया, लामा र टुप्पोतिर सागुरिदै गएका हुन्छन् । पातको पेंmदबाट टुप्पोसम्म एउटा मुख्य नसा र अन्य धेरै नसाहरू गएका हुन्छन् । यी पातका फेंदले डाठलाई ढाकेको÷बेरेको हुन्छ । डाठमा पातहरू एकपछि अर्को विपरीत दिशाबाट निस्कन्छन् ।
 

अदुवा न्यानो तथा छहारी भएको हल्का सेपिलो ठाउमा राम्रो उत्पादन हुने मसलाबाली हो । यो बालीको सफलतापूर्वक खेती गर्नाका लागि ३०० मीटरदेखि १,६०० मीटर उचाइ भएका क्षेत्रहरू उपयुक्त हुन्छन् । यो बालीलाई दिनमा २०–३० डिग्री सेन्टिग्रेड सम्मको तापक्रम उपयुक्त मानिन्छ भने यसले अधिकतम ३५ डिग्री सेन्टिग्रेड सम्मको तापक्रम सहन सक्दछ । बाली अवधिमा १,५००–३,००० मिलीमीटर वर्षा भएमा यसको उत्पादन राम्रो हुने पाइएको छ । यो बालीले बतास तथा सुख्खापन सहन सक्न ेभए तापनि तषारोले भने यसको उत्पादनमा प्रतिकलू असर पादर्छ । नेपालमा यसको खेती भित्री मधेश, उपत्यका तथा मध्य–पहाडी क्षेत्रमा सफलतापूर्वक गर्न सकिन्छ। पानाहरू रोपेपछि टुसाउने बेलासम्म माटोमा उचित चिस्यान हुनु आवश्यक हुन्छ । बाली अवधिभर पानीको राम्रो व्यवस्था मिलाउनुपर्दछ । तर, बाली थन्क्याउनु १ महीनाअघि भने मौसम सुख्खा हुनु उपयुक्त हुन्छ । 
पानीको उचित निकास भएको र प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटोमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । धेरै चिम्ट्याइलो तथा बढी बलौटे माटोलाई अदुवाखेतीको लागि उपयुक्त मानिंदैन, तथापि पानीको उचित निकास मिलाउन सके अन्य सबै खाले माटोमा तथा जल फडानी पश्चात्को नयाँ माटो (कृषि–वन) मा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । अदुवाबालीले माटोबाट अधिक मात्रामा खाद्य तत्व लिने भएकाले वर्षैपिच्छे एउटै जमीनमा अदुवाखेती गरिरहनु उपयुक्त मानिँदैन ।

नेपालमा धेरै अदुवाका स्थानीय जातहरू खेती गरिंदै आएको पाइन्छ । अदुवामा हुने रेसाको मात्राअनुसार धेरै रेसा भएको अदुवालाई ‘नसे’ र कम रेसा भएकालाई ‘बोसे’ भनिन्छ । नेपालमा जातहरूको नामाकरण बीउ सकंलन गरिएको मूल स्थानको आधारमा गर्नेचलन पनि छ । जस्तैः सल्यान, इलाम, भाजेपुर आदि । स्थानीय जातहरूबाटै गानो छनौट गरी नयाँ जातहरूको विकास गरिन्छ। अदुवामा फूल नफुल्ने र बीउ नलाग्ने भएकोले अदवुाको वर्णशंकर जातको विकास हालसम्म हुन सककेो छैन । दशेका विभिन्न स्थानबाट सकंलित अदवुाका बीउहरूमध्ये सल्यान, भाजपुर, मकवानपुर र इलाम सेलेक्सनहरू उत्पादनका दृष्टिले उत्कृष्ट मानिएका छन् । यी सबै जातहरू ‘बोसे’ वर्गमा पर्दछन् । नेपाल कृषि अनुसन्धान परिषद्, अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोट, सल्यानबाट कपरुकाटे–१ अदवुाको जात उन्माचेन भर्इ खतेीको लागि सिफारिश गरिएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटले कपुरकोट–१ को अलावा अन्य विभिन्न जातहरूमा अध्ययन–अनुसन्धानको कार्य गर्नुका साथै तिनीहरूको संरक्षण गर्ने कार्य समेत गरिरहेको छ ।
कपुरकोट–१
 नेपालमा उन्मोचित अदुवाको यो मात्र एक जात हो । वि.सं. २०५६ सालमा उन्मोचित अदुवाको यो जातलाई तराईदेखि उच्च पहाडसम्म लगाउन सकिन्छ । अदुवाको यो जात २२५–२४० दिनमा तयार हुन्छ भने ३५–४० मेट्रिक टन प्रतिहेक्टर यसको उत्पादन रहेको छ । यसको एउटै बोटबाट ४००–५४० ग्रामसम्म उत्पादन लिन सकिन्छ । यो जातको १०० ग्राम काचो अदुवाबाट १८ ग्रामसम्म सुठो बन्दछ । यसमा भोलाटाइल तेलको मात्रा २.१६% तथा ओलियोरेजिनको मात्रा        

1

तस्वीर: कपुरकोट–१ को पाना

७.१२% सम्म रहेको हुन्छ । यो जातले गानो कुहिने रोग सहन सक्छ तथा यसको पानाहरूमा ४% भन्दा कम रेसाहरू हुन्छन् ।
 (ख) कपुरकोट–२
 यो नेपालमा हालै उन्मोचित अदुवाको जात हो । अदुवाको यो जात इलामको जिमर्ले भन्ने ठाउँको स्थानीय जातबाट छनौट गरी विकास गरिएको हो । वि.सं. २०७३ सालमा उन्मोचित यो जातलाई नेपालको मध्य पहाडी क्षेत्रको लागि सिफारिश गरिएको छ । पाना रोपेको करीब २४०–२६० दिनमा यो बाली तयार हुन्छ । यसको उत्पादन क्षमता ४०.२ मेट्रिक टन प्रतिहेक्टर छ । एक बोटबाट करीब ३५०–५०० ग्रामसम्म उत्पादन लिन सकिन्छ । यो जातको बोटको उचाइ सरदर ६२.६ से.मी. हुन्छ । यो जातले सरा हाल्ने क्षमता ९ वटासम्म भएको पाइएको छ । उत्पादनमा एकरूपता हुनु, बढी उत्पादन दिन सक्नु र गानो कुहिने रोग सहन सक्नु यो जातको विशिष्ट गुणहरू हुन् ।

2

तस्वीर: कपुरकोट–२ को पाना

मनसूनको शुरूवातसगै जमीन खनजोतकार्य शुरू गर्नुपर्दछ । यो बाली लगाउनका लागि पानी नजम्ने जग्गाको छनौट गरी कम्तीमा ३–४ पटक खनजोत गरेर जमीन तयार गर्नुपर्दछ । बालीलाई आवश्यक पर्ने गोबर– मललार्इ जमीन तयारी गदार्को अन्तिम जातोइको बलोमा पय्रागे गनर्पुदर्छ । यसो गर्नाले गोबरमल माटोमा एकनासले मिसिन्छ । माटोमा चिस्यान रहने तथा सुख्खा नहुने क्षेत्रमा अदुवा फागुनदेखि चैत्र महीनासम्म रोप्नु उपयुक्त मानिन्छ । तर, पहाडीभेगमा वैशाख १५ भन्दापछि अदुवा लगाएमा गानाको वृद्धि रामा्रसेग नहुने भएकाले उत्पादनमा कमी आउँछ । तसर्थ, मध्य पहाडी भेग (१,६०० मीटर) मा चैत्र महीनाभित्र अदुवा रोपिसक्नपुर्दछ । भण्डारणबाट झिकिएको अदवुाको बीउलाई १५ दिनभित्रै जमीनमा लगाइसक्नुपर्दछ । समयमै लगाउन नसके बीउ अदुवा सुक्न गई उत्पादनमा प्रतिकूल प्रभाव पार्दछ ।
 

अदुवामा फूल फुले पनि बीउ भने लाग्दैन । त्यसैले यसलाई अलैंगिक तरीकाबाट पस्रारण गरिन्छ। बीउको रूपमा गानो पय्रागे गरिन्छ । बीउको रूपमा पय्रागे गरिने गानालोर्इ ‘बीउगानो’ भनिन्छ । अदवुाको बीउगानो ५०– ६० से.मी. साइजको हुनुपर्दछ । बीउको मात्रा अदुवाको जात, हावापानी र लगाउने समयमा भर पर्दछ । एक रोपनी अथवा डेढ कठ्ठा जग्गाको लागि ठूलो गानो हुने अदुवाको जात ३०० के.जी. र सानो गानो हुने अदुवाको जातको लागि २०० के.जी. बीउ–अदुवाको आवश्यकता पर्दछ ।
 

 बीउको रूपमा प्रयोग गरिएको माउगानो (ब्रुनी) लाई यदि बाली तयार हुनुअगावै जमीनबाट निकाल्नु छ भने टुसाउने भागलाई तल बनाई सबै गानोहरूलाई एकै दिशातर्फ फर्काई रोप्नुपर्दछ । यसो गर्नाले ब्रुनी भएको ठाउँ पत्ता लगाई झिक्नलाई सजिलो हुन्छ । ब्रुनी झिक्ने उपयुक्त समय साउन–भदौ हो । व्यावसायिक रूपमा अदुवाखेती गर्दा आवश्यक दूरी मिलाई लगाउनुपर्दछ । पानी जम्ने ठाउमा करीब १५ से.मी. अग्लो, १–१.२ मीटर चौडाइको र आवश्यकता अनुसारको लम्बाइको ड्याङ बनाई अदुवा रोप्न सकिन्छ । जमीन तयार गरेपछि हारदेखि हार ३०–४० से.मी. र बोटदेखि बोट २५–३० से.मी.को बनाई १० से.मी. गहिरो कुलेसो बनाउनुपर्दछ । अदवुाको पानालाई ५–६ से.मी.जति माटोको तह हुने गरी पुरिदिनपुर्दछ । यसो गर्नाले टुसा राम्रोसग पलाई बोटको वृद्घि विकासमा मद्दत पुग्दछ।                      

१

तस्वीर ४: टुसाएका बीउगानाहरू                                           
 

असल बीउगानोको छनौट 
अदुवामा पाइने रेसा (Crude fiber) को मात्राले गुणस्तरमा निकै प्रभाव पार्दछ । रेसा नै नहुने अदुवाको जात नभए तापनि जातअनुसार रेसा कम र बेसी भने हुन्छ । अदुवाखेती गरिने माटोको भौतिक अवस्था र पोषक तत्वहरूको साथै अदुवाको खन्ने उमेरले पनि अदुवाको रेसाको मात्रामा फरक पार्दछ । अदुवाको असल बीउगानो छान्न निम्न कुराहरूमा ध्यान दिनुपर्दछः
⦁    जातीय शुद्धता भएको एउटै जातको गानो 
⦁    उपयुक्त साइज तथा आकार ४०–६० ग्राम तौल भएको
⦁    पोटिलो, छिप्पिएको (पहाडमा भए ९ महीनामा खनेको)
⦁    कम्तीमा एउटा पुष्ट, मोटो टुसा निस्कन सक्ने क्षमता भएको
⦁    रोग–कीराको प्रकोपबाट मुक्त, साथै माउबोटमा गानो कुहिने रोग नलागेको
⦁    घाउ/चोट नलागेको, बीचमा नकाटिएको, बोक्रा टासिएको (नखुइलिएको)
 अघिल्लो वर्षहरूमा गानो कुहिने रोग नलागेको खेतमा उत्पादन गरिएको (स्वस्थ माटोमा उत्पादन भएको) ।

बीउ उपचार
अदुवाबालीमा लाग्ने रोगहरूमध्ये गानो कुहिने रोग एक प्रमुख रोगको रूपमा चिनिन्छ । यो रोगको संक्रमण नेपालको सबै अदुवा लगाइने क्षेत्रहरूमा भएको पाइएको छ । बीउ–उपचार गरी अदुवा लगाउनु नै एक प्रभावकारी तथा व्यावहारिक उपाय मानिन्छ । बीउ–उपचार गर्नु भनेको रोग तथा कीराहरूको आक्रमणबाट बीउलाई जोगाउन गरिने एक 
  प्रभावकारी उपाय हो । अदुवाको बीउको उपचार गर्नु भनेको गानोबाट सर्ने रोगहरूलाई प्रतिरोध गर्नु हो । बीउअदुवालाई २ पटकसम्म उपचार गनर्पुदर्छ । पहिलो भण्डारण गनर्पुर्वू र दास्रो बाली लगाउनपुर्वू ।
बीउअदुवाको गानालाई प्रतिलिटर पानीमा २.५ ग्राम म्यानकोजेब वा १ ग्राम कार्बेण्डाजिमको घोलमा एक घण्टासम्म डुबाई छायामा सुकाएर सुख्खा भएपछि मात्र भण्डारण गर्ने, वा रोप्ने कार्य गर्नुपर्दछ । आवश्यकता अनुसारको पानी र बिषादीको मात्रा मिलाई ठूलो भाडामा तयार पारी बीउगानालाई उपचारका लागि डुबाउनुपर्दछ ।
बीउ उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरू
⦁    सिफारिश गरिएको बिषादी र त्यसको सिफारिश मात्रा प्रयोग गर्ने
⦁    म्याद नाधेको बिषादीको प्रयोग नगर्ने
⦁    बीउगानोलाई १ घण्टासम्म बिषादीको घोलमा डुबाएर राख्ने
⦁    उपचार गरिएको पानालाई छायामा पूर्ण रूपमा सुक्न दिनुपर्दछ
⦁    पानाहरू पूर्ण रूपमा सुकेपश्चात् मात्र भण्डारण गर्ने, वा बारीमा लगाउनुपर्दछ
⦁    बिषादी प्रयोग गर्दा आवश्यक सम्पूर्ण सावधानी अपनाउनुपर्दछ ।
 

 अदुवा रोपिसकेपछि स्थानीय स्तरमा प्राप्त हुने सुकेका पातहरू, हरिया पातहरू, खर, बाबियो आदिलाई छापोको रूपमा प्रयोग गर्न सकिन्छ । चाडै सड्ने वस्तहुरू अदवुाखतेीको छापोको लागि उपयक्तु मानिन्छ । त्यसलै अदवुा रोपेपछि ४–५ से.मी. बाक्लो हुने गरी छापो हाल्नुपर्दछ । छापोको उपलब्धता भएमा अदुवाखेती गर्दा दुई पटकसम्म छापोको प्रयोग गर्न सकिन्छ । पहिलोपटक रोप्ने बेलामा र दोस्रोपटक पहिलो गोडाइपश्चात् । अदुवाबालीमा छापो लगाउनाले लामो समयसम्म माटोमा चिस्यान बचाएर राख्नलाई मद्दत पुग्दछ । यसबाहेक छापोले झारपात पलाउन  दिंदैन, भूक्षय हुनबाट बचाउछ र वर्षाको पानीले छापो सड्न गई माटोमा प्राङ्गारिक पदार्थ थप हुन गई माटोको उर्वराशक्ति बढाउने काम गर्दछ ।          

२

तस्वीर: अदुवामा छापोको प्रयोग
 

शुरूको अवस्थामा अदुवाको बिरुवाको वृद्धिदर सुस्त रहन्छ भने हामीले पय्रागे गरको ेमलखादका कारण झारपातको वृद्धि भने चाँडा–ेचाँडो हुन्छ । यसले गर्दा झारपातले मुख्य बालीसग खाद्य तत्व, चिस्यान, प्रकाश आदिका लागि प्रतिस्पर्धा गरी बाली उत्पादनमा प्रतिकूल असर पार्दछ । अदुवाबालीमा प्रयोग गरिएको छापोले झारपात नियन्त्रणमा केही हदसम्म मद्दत पुगे पनि सफल खेतीका लागि हामीले कम्तीमा दुई पटकसम्म गोडमेल गर्न जरूरी हुन्छ।
पहिलो गोडाइ
बीउ उम्रेको १ महीनापछि गानालाई असर नपर्ने गरी गोडाइ गर्नुपर्दछ । युरियाको प्रयोग यसै समयमा गर्नुपर्दछ ।
दोस्रो गोडाइ 
बीउ उम्रेको २ महीनापछि दोस्रो गोडाइ गर्नुपर्दछ । साथै, बचेको थप मलखाद पनि त्यसै बेला प्रयोग गर्नुपर्दछ ।
सिँचाइ
अदुवा वर्षायाममा खेती गरिने बाली भएकाले सिंचाइका लागि खासै समस्या देखिँदैन । तर माटामा चिस्यान नभएमा रोप्नुअगावै सिंचाइ गर्नुपर्दछ । मौसम सुख्खा भएमा रोपेको एक महीनापछि दुई ड्याङको बीचमा पानी हाल्नुपर्दछ । थपमल दिएपछि माटाको चिस्यान हेरी हल्का सिंचाइ गर्नुपर्दछ । पानी जम्ने खालको जग्गा हो भने पानी जम्न नदिन पानीको निकासका लागि उचित व्यवस्था मिलाउनुपर्दछ ।

एकै समयमा दुई वा सोभन्दा बढी बालीहरू एकै ठाउमा रोपी खेती गर्ने तरीकालाई ‘अन्तरबाली’ भनिन्छ । प्रतिइकाई क्षेत्रबाट अधिकतम फाइदा लिनका लागि अन्तरबाली प्रणालीलाई उपयुक्त मानिन्छ । अदुवा  रोपेपछि बाली तयार हुनका लागि झण्डै ९ महीना लाग्ने भएकाले अदुवाखेतीबाट अधिक फाइदा लिन स्थानीय मौसमअनुसार तपसिलका अन्तरबाली प्रणाली अपनाउन सकिन्छ । यो बालीलाई मुख्य बाली तथा घुसुवाबालीका रूपमा पनि लगाउन सकिन्छ । अन्तरबाली प्रणालीहरूमध्ये अदुवा–मकै अन्तरबालीलाई सबैभन्दा सफल प्रणाली भएको मानिन्छ । अन्तरबाली छनौट भने हामीले स्थानीय हावापानीअनुरूप गर्नुपर्दछ, जसको फलस्वरूप बढी उत्पादन भई बढी फाइदा हुन्छ । अदुवालाई घुसुवाबालीको रूपमा विभिन्न फलपूmलका बगैंचाहरू (आप, लिची, सुन्तला आदि) मा पनि लगाउन सकिन्छ । अदुवासग गर्न सकिने अन्तरबालीहरूमा
अदुवा+मकै            अदुवा+रहर          अदुवा+खुर्सानी       अदुवा+ढैंचा        
अदुवा+सूर्यमुखी         अदुवा+केरा         आदि मुख्य पर्दछन् ।

 अन्तरबालीका फाइदाहरू 
⦁    स्थानीय स्रोत–साधनको सदुपयोग
⦁    बाली सखाप हुने जोखिमबाट सुरक्षा
⦁    झारपात नियन्त्रण एवम् रोकथाम
⦁    रोग–कीराहरूको नियन्त्रण
⦁    भूक्षय नियन्त्रण
⦁    उत्पादनमा फाइदा
⦁    आर्थिक लाभ
⦁    जैविक विविधीकरणमा वृद्धि
⦁    खाद्य तथा पोषणमा सुधार                                      

1

तस्वीर ७: अदुवा–मकै अन्तरबाली

 मकैसँग अदुवा अन्तरबाली प्रविधि विकासका लागि कृषि अनुसन्धान केन्द्र, पाख्रीबासले बाîय अनुसन्धान स्थलहरूमा सञ्चालन गरेको ३ वर्षे अनुसन्धानको नतीजाबाट एक ठाउमा दुई बोट मकै राख्नाले मकैको बिरुवा–संख्या कायम भई मकैको उत्पादन राम्रो हुनुको साथै अदुवाको उत्पादन पनि राम्रो भएको देखियो । उक्त अनुसन्धानमा २ बोट मकै १०० से.मी. ह ५० से.मी.को दरूीमा लगाई २ लाइन मककौ बीचमा ५० से.मी. ह २५ से.मी.को दूरीमा अदुवा लगाउदा परम्परागत कृषकको चलनभन्दा राम्रो उत्पादन र नाफा लिन सकिने निष्कर्ष निकालिएको छ । व्यावसायिक रूपमा वर्षेनी एउटै बारीमा अदुवाखेती गर्नुहुदैन । वर्षैपिच्छे एउटै जग्गामा अदुवा लगाएमा रोग–कीराको प्रकोपमा वृद्धि हुने तथा माटाको उर्वराशक्तिमा ह्रास आउने हुन्छ । फलस्वरूप उत्पादन घट्दछ । तसर्थ, अदुवाखेती गर्दा बालीचक्र अपनाउनुपर्दछ भने तीन वर्षे बालीचक्रमा एक वर्ष भने कोसेबाली लगाउनुपर्दछ ।
 

2       

तस्वीर ८: ब्रुनी निकाल्ने

अदवुाका ‘ब्रुनी’ (बढूी) भनकेो शुरूमा बीउका रूपमा रोपिएको माउगानो हो। बनु्री निकाल्नु भनकेो लगाएको अदवुाबाली तयार नहुदै बिरुवा स्थापित भइसकेपछि माटाबाट लगाएको बीउगानो बाहिर निकाल्ने प्रक्रिया हो । अदुवा रोपेको चार महीनापछि ब्रुनी बाहिर निकाल्नु उपयुक्त हुन्छ । यसरी ब्रुनी निकाल्दा बोटहरूलाई कुनै नराम्रो असर पर्दैन र पछि लिने उत्पादन पनि राम्रै हुन्छ । ब्रुनी निकाल्ने समयमा बजारमा अदवुाको आपूर्ति न्यनू हुने भएकाले ब्रुनीले राम्रो मूल्य पाउँछ । 
 

आवश्यकता एवम् उद्देश्यअनुरूप अदुवा खन्ने गरिन्छ । यो बालीलाई ६ महीनाबाट ९ महीनाभित्र खन्न सकिन्छ । यदि बजारमा अदुवाको भाउ राम्रो छ र हिउदेबाली लगाउनु छ भने ६ महीनापश्चात् अदुवा खन्न सकिन्छ । सठो बनाउने पय्राजेनका लागि अदवुा लगाइएको छ भने ८–९ महीनाभित्र खन्नु उचित हुन्छ । अदुवालाई आउने सालका लागि बीउको रूपमा प्रयोग गर्नु छ भने ९ महीनापछि मात्र खन्नुपर्दछ । अदुवाको औसत उत्पादन ६०० के.जी. प्रतिरोपनी भए तापनि ३५ देखि ४० टन प्रतिहेक्टरसम्म उत्पादन लिन सकिन्छ ।
 

क्षतिका दृष्टिकोणले अदुवामा लाग्ने विभिन्न प्रकारका रोगहरूमध्ये गानो कुहिने रोग प्रमुख मानिन्छ । यो रोगले बिरुवाको वृद्धि अवस्थादेखि भण्डारण एवम् उपभोक्तामाझ पुग्ने अवस्था सम्ममा कुनै न कुनै रूपले क्षति पुर्याएको हुन्छ । नेपालमा यो रोग अदुवाखेती गरिने प्रायः सबै क्षेत्रमा कम वा बढी लागेको पाइन्छ । तर अदुवाबालीमा रोगको संक्रमण स्थान विशेषअनुसार कम वा बेसी (५ देख ७५% सम्म) हुने गरेको रोग सर्वेक्षणबाट थाहा भएको छ । यो रोगबाट मात्रै राष्ट्रिय अदुवा उत्पादनमा प्रतिवर्ष सालाखाला ३० % सम्म क्षति हुने अनुमान गरिएको छ ।
रोगको लक्षण
 रोप्नुअघि नै बीउगानामा ढुसीको संक्रमण भइसकेको रहेछ भने उम्रने वित्तिकै टुसाहरूमा पानीयुक्त (water soaked) धब्बाहरू देखिन्छन् । रोग बढ्दै गएमा टुसाहरू नै मर्दछन् । माटाबाट बिरुवामा रोग सरेको भए सरा (pseudo stem) को फदेंको पातका टुप्पा पहेँलिन्छ र पातको दुवै किनारा हुँदै सम्पूर्ण पातहरू नै पहेँलिन्छ। अन्तमा सराहरू कुहिन्छन् र सुकेर जान्छन् । माटा मुनिका गानाहरूबाट रोग लागेको सरा सजिलै उखेल्न सकिन्छ । रोगको उग्र अवस्थामा पहेंलो देखिने सम्पूर्ण सराहरू जमीनमाथि लडेका देखिन्छन् । रोग संक्रमित गानो उखेलेर हेर्ने हो भने गानो फ्यात्त सडेको पाइन्छ र केही गन्हाउछ । यो रोगबाट गानो फ्यात्त पररे सडने भएकाले यो      
रोगलाई ‘सफ्ट रट’ (soft rot) पनि भनिन्छ। 

१

तस्वीर ९: गानो कुहिएको लक्षण
रोगको कारक
अदुवाको गानो प्यात्त परी सडने रोग (Pythium) ‘पिथियम’ पज्रातिका विभिन्न ढुसीहरूबाट हुने गरेको पाइएको छ । साथै, फ्युजारियम ढुसीका  कारणले पनि अदुवामा यो रोग देखा पर्दछ । अदुवाखेती गरिने धेरै मुलुकहरूमा पिथियमको संक्रमणद्वारा उत्पादनमा क्षति भएको पाइन्छ । पिथियमका विभिन्न प्रजातिहरूमध्ये पिथियम एफनिडर्माटम(Pythium aphanidermaticum), ग्रामिनिकोलम (graminicolum), मारियोटाइलम (myriotilum) र ग्रासिली (gracile) धेरै ठाउमा संक्रामक भएको पाइन्छ। यो रोग बीउ र माटो दवुबौट सदर्छ ।
 रोगचक्र
यो रोगको ६०% जति संक्रमण बीउबाट नै शुरू हुने गर्दछ । एकपटक ढुसीबाट खेतीयोग्य माटो संक्रमित भइसकेपछि सो माटामा रोगबाट बाली–बिरुवालाई जोगाउन निकै कठिन हुन्छ । माटो, वा रोगी गानो, वा डाठमा यो ढुसीको जीवाणु (oospore) २ वर्षसम्म जीवित रहन सक्दछ । उचित वातावरण पाएमा यसले पुनः बिरुवामा आक्रमण गर्दछ । पिथियम पज्रातिका प्राय: सबै ढसुीहरूले जमीनमा पानी जम्नजेस्तो उचित वातावरण पाएमा पानीमा तैरिने खालका असंख्य जीवाणु जन्माउछन् र बग्ने पानी र वर्षाको पानीको छिट्टाको माध्यमबाट एक ठाउबाट अर्को ठाउमा पुग्छन्, अनि नयाँबिरुवामा आक्रमण गर्दछन् । वायुमण्डलमा प्रशस्त आर्द्रता भएको र तापक्रम २५ देखि ३५ डिग्री सेन्टिग्रेड भएको न्यानो अवस्थामा रोगको वृद्धि छिटो हुन्छ । श्रावण र भाद्र महीनामा यो रोगको प्रकोप ज्यादै देखिन्छ । यो रोग सर्न र पैmलन बीउ, माटो र वातावरणको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
रोगको रोकथाम 
बाली–बिरुवामा लाग्ने रोगलाई एउटै मात्र विधि अपनाएर दिगो रूपमा रोकथाम गर्न सकिंदैन । वरिपरिको वातावरणलाई कुनै पनि नकारात्मक असर नपर्ने गरी कृषिकमर्मा सधुार ल्याएर, रोग प्रतिरोधी जात लगाएर, बिषादीको कम प्रयोग गरेर तथा जैविक विधि अपनाएर बाली–बिरुवाका रोगहरूलाई रोकथाम गर्नु हाम्रो मुख्य उद्देश्य हुनुपर्दछ । अदुवाको गानो कुहिने रोगको दिगो रोकथामको लागि तपसिलका उपायहरू एकीकृत रूपमा अपनाउनुपर्दछ । रोग नियन्त्रणमा रोग लागिसकेपछि निको पार्ने तरीकाभन्दा रोग नै लाग्न नदिने तरीका सर्वोत्तम उपाय हो । रोगको संक्रमण कम गर्न तलका उपायहरू निश्चित रूपमा अपनाउनुपर्दछः
निरोगी बीउ–गानोको प्रयोग
अदवुाको बीउ गानो रोगरहित स्थानमा उत्पादन भर्इ प्राप्त भएको हनुपुदर्छ । नाङ्गो आखाले ढुसी देख्न सकिंदैन । तर रोगको लक्षणहरू भने देख्न सकिन्छ । यदि गानाको बाहिरी भाग (pith) मा असाधारण ध्वासेको प्रभाव देखिएको छ भने ढुसीको आक्रमण भइसकेको ठानी यस्तो गानो बीउको लागि छनौट गर्नुहुदैन । बीउको लागि अदुवाको पाना भाच्दा रोगको कुनै पनि लक्षण देखिनुहुदैन ।
रोग अवरोधी वा रोग सहन सक्ने जातको प्रयोग
पूर्ण रूपमा गानो कुहिने रोग नलाग्ने अदुवाको जात अहिलेसम्म विकास भएको छैन । तर रोग सहन सक्ने (रोग लागे तापनि क्षति कम हुने) जातहरू राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोट, सल्यानले सिफारिश गरेको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटले जेड.आई.–९७२१ र जेड.आई.–८५०२ अदुवाका जातहरू गानो कुहिने रोग सहन गर्न सक्ने एवम् बढी उत्पादन दिने जातका रूपमा छनौट गरेको छ ।
बालीचक्र
एकपटक कुनै पनि बाली एक ठाउमा लगाइसकपेछि त्यही बाली कम्तीमा २ वर्षसम्म सोही ठाउमा नलगाई, अन्य परिवार (family) को बाली मात्र लगाई खेती गर्ने तरीकालाई ‘बालीचक्र’ भनिन्छ । कुनै एक जमीनमा एउटै बाली लगातार खेती गरिरहेमा त्यसमा लाग्ने रोगका कीटाणुहरूको संख्यामा वृद्धि हुन गई रोगको प्रकोप अझ बढ्न सक्दछ । पिथियम ढुसीको जीवाणु कम्तीमा २ वर्ष माटोमा वा संक्रमित गानामा बाच्न सक्ने भएकाले एउटै जमीनमा वर्षेनी अदुवाखेती गर्नुहुदैन । रोग कम गर्न अदुवाबालीको कम्तीमा तीन वर्षे बालीचक्र अपनाउनुपर्दछ । बालीचक्र अपनाउदा मकै र कोदो समावेश गरिनु बालीमा रोगको रोकथामका लागि बढी प्रभावकारी हुन्छ । मुख्य बाली अदुवा, मकै र कोदो भए तापनि ती बालीहरूसग अन्य कोसेबाली मिश्रित वा अन्तरबालीको रूपमा खेती गर्न 
जमीनमा पानी निकासको उचित प्रबन्ध 
पानी जम्ने सम्भावना भएको जग्गामा खेती गर्दा ड्याङमा अदुवा रोप्ने व्यवस्था मिलाउनुपर्छ । भिरालो जमीनमा भने ड्याङ बनाइराख्नुपर्दैन । तर पानी निकासको उचित व्यवस्था मिलाउनुपर्छ । अदुवाको प्लटमा पानी जम्न पाएन भने रोग व्यापाक हुन पाउदैन ।
बीउ–भण्डारण 
रोगरहित बीउ बनाउन भण्डारणमा पनि ध्यान दिनुपर्दछ । आगामी वर्षको लागि बीउ छनाटै गरिसकपेछि उचित भण्डारणको व्यवस्था मिलाउनुपर्दछ । बीउलाई खाडलमा राख्न सकिन्छ । तर परम्परागत किसिमको भण्डारणमा केही सुधार गरिनुपर्छ । खाडल १ मीटरभन्दा गहिरो हुनुहुदैन । खाडल ओभानो हुनुपर्दछ । बीउ उपचार गरेर मात्र भण्डारण गरिनुपर्दछ ।
बीउ–उपचार 
बीउका लागि छनोट भएका अदुवाका गानाहरू प्रति १० लिटर पानीमा म्यान्कोजेब १० ग्राम र कार्बेण्डाजिम १० ग्राम मिसाई बनाएको घोलमा एक घण्टासम्म डबुाउने र छायामा सकुाउने। बीउहरू ओभानो भइसकपेछि भण्डारण गर्ने । भण्डारणबाट निकालेपछि र रोप्नुभन्दा अगाडि पनि यो कार्य दोहोर्याउनु पर्दछ, अनि मात्र जमीनमा रोप्ने । एकपटक बनाएको घोलमा ३–४ पटकसम्म बीउ–अदुवा उपचार गर्न सकिन्छ ।
जमीनको सरसफाइ 
अदुवामा छापो राखिए तापनि केही झारहरू आउन सक्दछन् । ती झारपातलाई हटाउनुपर्दछ । रोगी बोट देखा पर्नासाथ जरासहित उखेलेर हटाउनु जरूरी हुन्छ । अदुवा खनिसकेपछि अदुवाको कुनै पनि भाग बारीमा छोड्नुहुदैन । जरा, डाठ, पात, कुहेका वा चाउरिएका गानाहरू समेत संकलन गरी गहिरो खाडलमा पुर्नुपर्दछ, वा जलाइदिनुपर्दछ । रोगको जीवाणु रहेन भने आगामी वर्ष रोग कम लाग्छ ।
बिषादीको प्रयोग
बिरुवा उम्रेको १ महीनाभित्र रोगको प्रारम्भिक लक्षण देखा परेमा लक्षण देख्नासाथ इन्डोफिल एम–४५ एक ग्राम र बेभिस्टिन आधा ग्राम वा रिडोमिल आधा ग्राम प्रतिलिटर पानीका दरले मिलाई बनेको घोलले जरा भिज्ने गरी ड्रेन्चिङ गर्ने र फाटफुट रोगी बोटहरूलाई उखेली हटाउनुपर्दछ । बेभिष्टिन र रिडोमिल ०.२ % (१:१) र तोरीको पीना २ टन प्रतिहेक्टरका दरले प्रयोग गर्नुपर्दछ । भण्डारण गर्नुअघि अदुवाको बीउलाई मेनकोजेब ०.२५% का दरले उपचार गर्ने, तथा त्यस बीउलाई रोप्नुअघि मेनकोजेब ०.२५% र कार्बनडाजिम ०.१% का दरले उपचार गरेर मात्र बीउलाई जमीनमा लगाउनुपर्दछ । असोज महीनातिर रोगका लक्षण फाटफुट रूपमा देखा परे फलेको जति अदुवा खनेर बेच्नु नै उपयुक्त हुन्छ । यो अवस्थामा बिषादी प्रयोग गर्दा आर्थिक रूपले लाभदायक हुँदैन ।

यो रोग (Fusarium oxysporum f.sp. Zingiberi) नामक ढुसीबाट हुने गर्दछ । नेपालमा २०५४–०५५ मा अदुवाबालीमा गरिएको रोग सर्वेक्षणअनुसार यो रोग ज्यादै व्यापक भएको पाइयो । विभिन्न अदुवाका पकेटक्षेत्रबाट संकलित ८५ रोगी अदुवाका नमूनाहरूमध्ये ६१ वटा नमूना फ्युजारियमबाट संक्रमित भएको पाइयो ।
रोगको लक्षण 
संक्रमित बिरुवाका पातहरू टुप्पाबाट पहेंलिन थाल्छन् र क्रमशः पूरै पात पहेंलिन्छ । रोगले उग्र रूप लिदैं जादा पूरै बोट पहेंलिन्छ, सुक्छ, तर आफै ढल्दैन । ढुसीको संक्रमणपछि गानाको वृद्धि रोकिन्छ । गानो क्रमशः सुकेर चाउरिंदै जान्छ । यो रोगलाई सुख्खा सडन (Dry rot) पनि भनिन्छ। यो रोगको संक्रमण पिथियम ढुसीबाट हुने गानो कुहिने रोगभन्दा कम व्यापक हुन्छ भने स–साना पकेटक्षेत्रमा मात्र सीमित रहेको पाइन्छ । यो पनि बीउ र माटो दुवैबाट सर्ने रोग हो ।
रोकथाम 
गानो कुहिने रोगको रोकथामका लागि अपनाइने सम्पूर्ण उपायहरू नै यसमा पनि अपनाउनुपर्दछ ।
 

अदुवामा लाग्ने थोप्ले रोग (Phyllosticta zingiberi Ramkr.) नेपालमा निकै व्यापक भएको पाइन्छ । यो रोगबाट सरदर ५% सम्म उत्पादनमा क्षति हुने अनुमान गरिएको छ ।
रोगको लक्षण 
 सबैभन्दा पहिले पातमा स–साना गोलाकार वा अण्डाकार हल्का पहेंला थोप्ला, विशेष गरी श्रावण–भाद्र महीनामा, बढी देखा पर्दछ । रोगको प्रकोप बढ्न गएमा थोप्लाहरू एक–अर्कोमा जोडिन्छन् र थोप्लाको बीचको भाग सेतो नेपाली कागजजस्तो देखिन्छ । बीच–बीचमा सुकेर च्यातिन वा प्वाल पनि पर्न सक्दछ । यस रोगको असर कलिलो पातमा बढी हुन्छ । प्रकोप बढी भएमा अदुवाको बोट दोब्रिने, लत्रिने वा होचो हुने हुन्छ । पातमा हरितकण घट्न जाने भएकोले उत्पादनमा क्षति पुग्न जान्छ।                  

१

तस्वीर १०: पातमा थोप्लेरोगको लक्षण

 रोगचक्र 
पातको बीचको सेतो भागमा स–साना काला बिन्दजुस्ता दाग देखा पर्दछन् । उचित वातावरण पाई ती फिक्निडियाहरूबाटै पिक्नियोस्पोर उत्पन्न भई नयाँपातहरूमा दोस्रो पुस्ताको संक्रमण शुरू गर्दछन् र रोग फैलिंदै जान्छ । संक्रमित पातमा बनेका पिक्निडियाहरू प्रतिकूल वातावरणमा १४ महीनासम्म जीवित रहन सक्छन् । अनुकूल वातावरणमा पिक्निडियाबाट बनेका पिक्नियोस्पोरहरूले पानीको बाहुल्यतामा पुनः आक्रमण गर्दछन् र रोगचक्र निरन्तर रूपमा चलिरहन्छ ।
रोग व्यवस्थापन 
⦁    यस रोगका ढुसी अदुवाको बोटमा सुषुप्तावस्थामा रहिरहने हुनाले नयाँखेती गर्दा पुराना अदुवाका बोट छापोको रूपमा प्रयोग गरिनुहुदैन । पुराना अदुवाका बोटहरू अदुवा खनेपछि जम्मा गरी, जलाई नष्ट गर्ने
⦁    बारीमा रोगी बिरुवाका पात देखिनासाथ जम्मा गरी जलाइदिने
⦁    रोगको प्रकोप कम गर्न वा रोग व्यवस्थापन गर्न ३ वर्षको बालीचक्र अपनाउने
⦁    आंशिक छाया दिने खालको अन्तरबाली वा मिश्रित बाली प्रणाली अपनाउने
⦁    रोगको प्रकोप ज्यादै बढी भएमा कप्पर अक्सिक्लोराइड ५० % डब्लु.पी. (ब्लाइटक्स) ३ ग्राम प्रतिलिटर पानीका दरले रोग देखा परेपछि छर्कने

यो रोग पनि शंकाणु (Ralstonia solanacearum) द्वारा लाग्ने रोग हो । यो रोग बीउ र माटाबाट पनि सर्न सक्ने प्रकृतिको हुन्छ । भारतको केरला, उडिसा र सिक्किम क्षेत्रमा यो रोग व्यापक रूपमा फैलिएको पाइन्छ । २०५४–५५ को अदुवा रोग सर्वेक्षणअनुसार नेपालमा भने मोरङको लेटाङ, झापाको बाहुनडागी र स्याङ्जाको करेनडाडा पकेट क्षेत्रहरूमा मात्र यो ओइलाउने रोग देखा परेको थियो। हालको अवस्थामा यो रोग नेपालमा त्यति व्यापक भइसकेको छैन ।                                          
2       

2         

3                                    

तस्वीर ११: ओइलाउने रोग 
रोगको लक्षण 
ओइलाउने रोगको लक्षण प्रायः साउन–पहिले पातहरू ओइलाएजस्ता देखिन्छन्। पातका किनारा तलतिर फर्केर बेरिएजस्ता देखिन्छन् । रोगको विकसित अवस्थामा सराहरू सुक्दछन् र गानाको वृद्धि रोकिन्छ । गानामा शंकाणुको संक्रमण भएपछि कुहिन्छन् । कुहिएको गानाबाट अण्डा कुहिएजस्तो नराम्रो दुर्गन्ध आउछ । सडेको भाग निचोर्दा पीपजस्तो लेदो बाहिर आउछ । रोग लागेको लक्षण देखिएको संक्रमित बिरुवाको जरा वा गानो काटेर सिसाको सफा पानीको गिलासमा १ देखि ५ मिनेटसम्म डुबाएर राखेमा, शंकाणुबाट  ओइलाउने रोग उत्पन्न भएको भए, काटेको ठाउबाट पीपको लेदो पानीमा तलतिर झरेको देख्न सकिन्छ।
रोग व्यवस्थापन 
अदुवाको ओइलाउने रोग एकदमै जटिल एवम् गम्भीर रोग हो । यो रोग लागिसकेपछि रोकथाम गर्न निकै कठिन पर्दछ, तापनि तल उल्लेखित उपायहरू अपनाएमा कहेी हदसम्म रोगको पक्रापेलार्इ कम पार्न सकिन्छ ।
कानूनी बन्देज
नेपालभित्र ओइलाउने रोगको समस्या भएका पकटे क्षत्रे पहिचान भइसकेपछि त्यस्ता रोगी ठाउमा उत्पादन भएको अदुवा कमसेकम बीउका लागि अन्यत्र लजौन काननूी रूपमा बन्देज लगाइनुपर्दछ, वा रोगमुक्त क्षेत्रमा रोगग्रस्त क्षेत्रमा उत्पादित बीउ प्रयोग गर्नुहुदैन ।
स्वस्थ बीउको प्रयोग
रोगी अदुवाको गानाहरू बीउका लागि छनौट गरिनुहुदैन । बीउका लागि भनेर ओइलाउने रोगको समस्या भएको क्षेत्रबाट अदुवा लिनुहुदैन ।
लामो बालीचक्र
ओइलाउने रोगको शंकाणु लामो अवधिसम्म माटामा बाच्न सक्ने भएकाले कम्तीमा तीन वर्ष एउटै जग्गामा अदवुा लगाउनहुदैन। अदवुाको अतिरिक्त आलु, गोलभेंडा, खुर्सानी, भण्टा, बदाम आदिमा पनि यो रोग लाग्ने भएकाले बालीचक्रमा यी बालीहरू समावेश गरिनुहुदैन ।
रासायनिक विधिबाट रोकथाम
ओइलाउने रोगको शंका उत्पन्न भएमा स्ट्रेप्ट्रोसाइक्लीन २०० पी.पी.एम. (२ ग्राम प्रति १० लिटर पानी) का दरले बनाएको घोलमा १ घण्टासम्म बीउगानो डबुार्इ बीउ–उपचार गर्ने र सोहि घालले माटो पनि उपचार गरमो केही हदसम्म ओइलाउने रोगको रोकथाम गर्न सकिन्छ । अदुवा रोप्ने माटामा ब्लिचि· पाउडर पय्रागे गर्नाले पनि यसको राकेथाम गर्न सकिन्छ ।

यस रोगले अदुवा खनेपछि उपभोक्तासम्म पुग्दा उल्लेखनीय क्षति गर्ने गरेको पाइन्छ । काचो अदुवा भण्डारण गर्दा यो रोगबाट २०% सम्म क्षति भएको पाइन्छ । सुठो भण्डारणमा ७ महीनाको अवधिमा ५% सम्म क्षति हुने अनुमान गरिएको छ । यसरी क्षति हुनुको मुख्य कारणमा अस्वस्थ भण्डारण व्यवस्था र अव्यवस्थित ढुवानी साधन प्रयोग गरिनुलाई मान्न सकिन्छ । अदुवाको बोक्रा खुइलियो भने भण्डारणमा विभिन्न किसिमका ढुसीहरू लाग्दछन् र यसले अदुवालाई सडाउने काम गर्दछन् । भण्डारणका क्रममा संक्रमित गानाहरूमा विशेष गरी एक्रोमोनियम(Acremonium) , आल्टरनेरिया (Alternaria),  एस्परजिलस (Aspergillus), युजारियम (Fusarium), पिथियम (Pythium), राइजोक्टोनिया(Rhizoctonia), स्क्लेरोसियम (Sclerotium) आदिजस्ता रोगका प्रजातिहरूको संलग्नता रहेको पाइएको छ । विभिन्न प्रकारणका ढुसीहरूको कारणले संक्रमित गानाहरूले विभिन्न लक्षण देखाउछन्, जस्तैः रातो (Nectria inventa), कालो (Rosellinia bunodes), खैरो (Diplodia metalinsis) आदि । भण्डारणमा आक्रमण गर्ने उपरोक्त ढुसीहरूमध्ये एस्परजिलस (Aspergillus flavus) अन्तर्राष्ट्रिय महत्वको छ । यो ढुसी लागेको अदवुाबाट सठो बनाइयो वा सठोको उचित भण्डारणमा अनकुलू वातावरण मिलेन भने यसले ‘एफ्लाटक्सिन’ (Aflatoxin) भन्ने मानव शरीरमा क्यान्सर गराउने विषालु पदार्थ उत्पन्न गर्दछ । Aspergillus flavus बाट संक्रमित खाद्य वस्तुमा ४ प्रमुख एफ्लाटक्सिनहरू, B1, B2, G1  G2पाइएका छन् । एफ्लाटक्सिन B1 सबैभन्दा बढी खतरनाक रहेको थाहा भएको छ ।
भण्डारणमा लाग्ने ढुसी रोगको व्यवस्थापन
⦁    भण्डार गरिने स्थानको तापक्रम १२–१४ डिग्री सेन्टिग्रेड र सापेक्षिक आर्द्रता ६५–७५% सम्म हुने गरी व्यवस्था मिलाउनुपर्दछ । खाडलमा भण्डारण गरिने हो भने हरेक वर्ष पानी नजम्ने ठाउमा नयाँखाडल बनाउने । खाडलको पिंधमा बालुवा, पराल वा धानको भुस राख्ने, त्यसमाथि रोग नलागेको अदुवा नच्यापिने गरी मिलाएर राख्ने । खाडलको माथि ६ इञ्च भाग खाली राख्ने खाडललाई फल्याकले छोप्ने, खाडलमा हावा सञ्चारको लागि ढक्कनको बीचमा प्वाल पारी बास वा पोलिथिन पाइप राखी पानी नपस्ने गरी माटोको गुम्बज बनाउने । घामपानीबाट बचाउन अस्थायी छाप्रो पनि बनाउन सकिन्छ । भण्डारण गरिने अदुवा रोग–कीरा नलागेको हुनुपर्दछ । संक्रमित अदुवाको गानो भण्डारण गरियो भने खाडलको पूरै अदुवा सडाउन सक्छ ।
⦁    प्रत्येक १ महीनाको अन्तरमा अदुवाको भण्डारण स्थितिको निरीक्षण गर्ने ।
⦁    खायन अदुवा भण्डारणको लागि ट्राइकोडर्माद्वारा उपचार गरेर भण्डारण गरिएमा अन्य ढसुीहरूको संक्रमणबाट बचाउन सकिन्छ ।
⦁    बीउको लागि मात्र अदुवा भण्डारण गरिने भए म्यान्कोजेब ०.१% को घोलमा १ घण्टा डुबाउने र छायामा सुकाउने । ओभानो भइसकेपछि भण्डारण गर्ने ।
⦁    एस्परजिलस फ्लेभस तथा अफ्लाटक्सिनबाट बचाउन अदुवाको बोक्रा नखुइलिने गरी ढुवानी एवम् भण्डारण गर्ने । सुठो बनाउदा बोक्रा छोडाइसकेपछि नसुकुञ्जेलसम्म लगातार घाममा वा ड्रायरमा सुकाउने ।
⦁    भण्डारण गरिने सठुामो १०% भन्दा बढी चिस्यान हनुहुदुनै । धेरै लामो समयसम्म सुठो भण्डारण गर्नु परेमा एक–एक महीनाको अन्तरमा घाममा सुकाइरहनुपर्दछ ।
 

 गबारो अदुवाको खतरनाक कीरा मानिन्छ । यसको माउ मध्यम  साइजको पुतली हुन्छ । शुरूमा यसको लार्भाले सराको ५—७ से.मी.माथि फेंदमा प्वाल पारी गुदी खादै टुप्पोतिर जान्छ । डाठमा प्वाल देखिन्छ र प्वाल कीराको बिष्टाले टालिएको देखिन्छ । बोट पहेंलिएर गानो कुहिने रोगजस्तै देखिन्छ । सराको गुबो पहेंलो हुन्छ र सुक्छ । यस अवस्थालाई डेडहर्ट (Dead heart) भनिन्छ।        

1

2

 

तस्वीर १२: गबारोको क्षति र यसको लक्षण 
असारदेखि भदौ महीनासम्म कीराको प्रकोप बढी हुने गर्दछ।

व्यवस्थापन
⦁    प्रतिगाँज औसत एउटा सरामा गबारो लागेको छ भने थायामेथोक्जाम २५% डब्लु.जी. ०.२ ग्राम प्रतिलिटर पानीमा वा इमिडाक्लोप्रिड १७.८% एस.एल. ०.२५ मिलीलिटर प्रतिलिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २ पटक छर्केमा रोकथाम गर्न सकिन्छ । 
⦁    प्रकाश–पासो  (Light trap) को प्रयोग गरी माउ–पुतलीको संख्या घटाउने ।
 

 राइजोम फ्लाई (Rhizome fly) का मैगट (maggot) हरूलाई गानामा लाग्ने औंसा भनिन्छ । अदुवाको गानो कुनै कारणबाट सड्न वा कुहिन गयो भने त्यसको दुर्गन्धले झीङ्गालाई आकर्षित गर्दछ । पोथी झीङ्गा सडेको गानोमा औंसा पार्दछ, जसको फलस्वरूप पानाको सड्ने क्रममा अरू तीवत्रा आउछ । सडेको पानामा पश्रस्त औँसाहरू पाइन्छन्।
व्यवस्थापन 
⦁    प्लटमा फाटफुट गानो सडेको पाइयो भने खनेर हटाउने  
⦁    स्वस्थ बीउ प्रयोग गर्ने 
⦁    घुम्तीबाली अपनाउने 
⦁    जमीनको बीच–बीचमा पाना कुहिने रोग लागेको छ भने ढसुीनाशक बिषादीको साथमा कीटनाशक बिषादी पनि मिसाई रोगी बोटको वरिपरि गानो भिज्ने गरी ड्रेन्चि· गरेमा रोग–कीरा दुवैको रोकथाम हुन्छ । 
⦁    क्लोथायानिडिन ५०% ०.१ ग्राम प्रतिलिटर पानीमा वा क्लोरान्टानिलिप्रोल १८.५% एस.सी. ०.१ मिलीलिटर प्रतिलिटर पानीमा मिसाई छर्कने ।
 

 यसको वयस्क अवस्था खपटेकीरा हो । वयस्क खपटेकीराहरू खैरो वा गाढा खैरो रङ्का हुन्छन् । लार्भाहरूको टाउको खैरो रङ्को हुन्छ । यसको शरीरमा छोइदियो भने बटारिएर बस्छ । लार्भाहरू माटाभित्र बसी पानाको तल्लो भागबाट गानाहरू खान्छन् । लार्भाले खाएको गानामा माथिबाट हेर्दा सग्लै देखिए तापनि तल्लोपट्टि खोक्रो पारेको हुन्छ । एउटै गानालाई ३–४ वटाभन्दा बढी लार्भाले पनि आक्रमण गर्दछन्।

1

2

तस्वीर १३: खुम्रेकीरा र यसको क्षति 
व्यवस्थापन
अदुवा लगाउनुभन्दा अगाडि खेतबारीलाई गहिरो गरी खनजोत गर्ने, ताकि खुम्रेकीराको विभिन्न अवस्थामा नाश होस् ।
काचो गोबरमल प्रयोग नगर्ने 
मटोराइजियम एनाइसाप्ली (Metarhizium anisopliae) १० गा्रम प्रतिके.जी. (वा २ के.जी. प्रतिरोपनी)  कम्पोष्टमलमा मिसाएर जग्गा तयारी गर्ने बेलामा प्रयोग गर्ने ।     फिप्रोनिल ०.३% दाना १.५ के.जी. प्रतिरोपनी वा डर्सवान १० % बिषादी १ के.जी. प्रतिरोपनीका दरले माटामा प्रयोग गर्ने ।
 

 माउ–पुतलीले पातमा फुल पार्छ । फुलबाट निस्केको लार्भाले पातलाई बेर्छ र भित्रतिरबाट पात खान्छ । एउटा बेरिएको पातमा प्रायः एउटै लार्भा पाइन्छ । माउ–पुतली कालो र सेतो दुवै र·मा पाइन्छ । हालसम्म आर्थिक दृष्टिकोणले यो कीरा त्यति महत्वपूर्ण मानिएको छैन ।
रोकथाम 
लार्भाहरू हातले टिपेर नष्ट गर्ने, वा सुकेको काडाले पातहरू च्यातिदिने 
कम्तीमा १०% सराको पातमा कीराको आक्रमण भएको पाइयो भने ०.१% को डिमेक्रोन वा डेसिस बिषादीको घोल छर्केमा रोकथाम हुन सक्दछ 
 

यसले गानाको नरम तन्तुहरू खाएर स–साना प्वाल पारेर गुणस्तर नाश गर्नुका साथै अन्य रोगहरू पनि फैलाइदिन्छ । तराईमा भन्दा पहाडी भागमा यसको आक्रमण बढी हुन्छ । रातो माटो बढी भएको ठाउमा यसको आक्रमण बढी हुने गरेको पाइन्छ ।
व्यवस्थापन
⦁    क्लोरोपाइरिफस ०.०४% झोलमा आधा घण्टा अदुवाको गानो डुबाएर रोप्ने ।
⦁    रातो कमिला धेरै लाग्ने जमीनमा अदुवा रोप्नुअघि फिप्रोनिल ०.३%  दाना १ के.जी. प्रतिरोपनीका दरले माटामा मिलाउने ।
 

अदुवा खनिसकेपछि पानामा भएका जरा, बोट तथा पानामा टासिएको माटो हटाई छहारीमा, अथवा घामले नभेट्ने ओभानो कोठामा थुप्रो लगाई राख्नुपर्दछ । यसो गर्नाले अदुवाको भण्डारण अवधि बढ्न जान्छ तथा रोग–कीराहरूको आक्रमणबाट बचाउन सकिन्छ । खन्दा काटिएका, चोट लागेका, साना तथा रोगी देखिएका पानाहरूलाई छुट्याएर राम्रा र स्वस्थ पानाहरू मात्र बीउका लागि भण्डारण गनर्पुदर्छ । सठो बनाउन र बजारमा बिक्रीका लागि लैजान पनि यस्तै पानाहरूको छनौट गर्नुपर्दछ। यसरी ग्रेडिङ गरी तयार गरिएको अदुवा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ । नगदेबालीका रूपमा कृषकहरू अदुवाखेतीतर्फ आकर्षित हुदै आएपछि यो बालीको बीउको माग दिन–प्रतिदिन बढदै गएको छ, तथापि उपयक्तु जात तथा गुणस्तरीय बीउको अभाव भने कायमै छ । उत्पादित अदुवालाई बीउका रूपमा लामो समयसम्म भण्डारणको समस्या भने उस्तै छ । अदवुा खन्ने बेलामा पानामा करीब ८० देखि ८५% सम्म पानीको मात्रा रहेको हुन्छ । यसकारण अदुवालाई खनिसकेपछि केही दिनभित्र तुरून्त बिक्री गर्नुपर्ने हुन्छ, वा सही तरीकाबाट यसलाई भण्डारण गर्नुपर्ने हुन्छ । यदि अदुवालाई ५–६ महीना सम्मलाई भण्डारण गर्नु छ भने १२–१४ डिग्री सेन्टिग्रेड तापक्रम र ६५–७०% सापेक्षिक आद्र्रताको वातावरण कायम राख्न सक्नुपर्दछ । भण्डारणमा राखिएको अदुवा विभिन्न कारणले गर्दा बिग्रन वा कुहिन सक्दछ । खाडल भित्रको तापक्रम २० डिग्री सेन्टिग्रेडभन्दा माथि तथा सापेक्षिक आर्द्रता ८५% भन्दा माथि भएमा विभिन्न किसिमका ढुसीजन्य सूक्ष्म जीवाणुहरूको संक्रमणले गर्दा भण्डारणमै अदुवा सड्न सक्दछ । भण्डारणको अदुवा सडाउनमा एक्रिमोनियम, अल्टरनेरिया, एस्परजिलस, फ्युजारियम, पिथियम, राइजोक्टोनिया, स्क्लेरोसियम आदि प्रजातिका ढुसी तथा ब्याक्टेरियाको संलग्नता रहेको पाइन्छ । विशेष गरी अदुवा भण्डारणमा तीन किसिमका सडनहरू (रातो सडन, कालो सडन र खैरो सडन) पाइन्छन् ।

यस्तै समस्यालाई सम्बोधन गर्नका लागि राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटले सुरक्षित भण्डारणका लागि विभिन्न अनुसन्धानका परीक्षणहरू सञ्चालन गरेको छ । कृषकहरूले परम्परागत खाडल भण्डारण तरीकासग अन्य ४ किसिमका भण्डारण प्रविधिको दुई वर्षसम्म गरिएको मूल्याङ्कनमा एउटा खाडललाई काठको फल्याकले ढाकी २ पाइपको भेन्टिलेसन सुविधा भएको खाडल सबैभन्दा उपयुक्त देखिएको छ । साथै, सेलार स्टोर थोरै खर्चिलो भए तापनि सुरक्षित भण्डारणका लागि अर्को उपयुक्त प्रविधि मान्न सकिन्छ । यिनीहरूको विशेषता तल दिइएको छ।
खाडल भण्डारणको विशेषता 
⦁    वर्षाको पानी नजम्ने अग्लो ढिस्कोमा ३ फिट लम्बाइ, ३ फिट चौडाइ र ३ फिट उचाइ भएको खाडल बनाउने 
⦁    खाडलभित्र पराल, पात–पति·र आदि जलाएर वा बिषादी छर्केर निर्मलीकरण गर्ने
⦁    खाडलको पींधमा बालुवा वा धानको भुस वा काठको धूलाको एक इञ्च मोटो तह बिछ्याउने उपचार गरिएका अदुवाका गानाहरू बोक्रा नखुइलिने गरी चाङ लगाएर ६ इञ्च बाकी राखी पूरा खाडल भर्ने 
⦁    काठको फल्याकले खाडल ढाक्ने र खाडलको बीच भागमा पर्ने गरी फल्याकमा प्वाल पारी २ इञ्च व्यासको ४ फिट लामो पाइप खडा पार्ने 
⦁    फल्याकमाथि माटाले पुरेर पानी नपस्ने गरी गुम्बज बनाउने 
⦁    खाडल बनाइएको ठाउमा खरको छानो भएको अस्थायी सानो छाप्रो बनाइदिने, जसबाट खाडलमा पानी नपस्न र तापक्रम घटाउनमा मद्दत पुगोस् । 
  
1       

1                 

तस्वीर १४: भण्डारण विधि
 भण्डारणमा ध्यान दिनुपर्ने कुराहरू
⦁    रोगी र बोक्रा खुइलिएका गानाहरूलाई भण्डारण गर्नुहुदैन 
⦁    प्रत्येक वर्ष भण्डारण गरिने खाडल सकेसम्म नयाँहुनुपर्दछ 
⦁    खाडलभित्र पानी पस्न दिनुहुदैन
⦁    खाडल १ मीटर गहिरो हुनुपर्दछ 
⦁    बीउका लागि मात्र पय्रोग गरिने अदुवालाई बिषादीबाट उपचार गर्ने र खायन अदुवालाई बिषादी प्रयोग नगरी भण्डारण गर्नुपर्दछ 
 भण्डारणका विशेषताहरू 
⦁    यो भण्डारण प्रविधि सस्तो र स–साना कृषकहरूले पनि अपनाउन सक्ने खालको छ 
⦁    यस प्रविधिलाई मध्य–पहाडी क्षेत्रको १,००० देखि १,५०० मीटर उचाइसम्म सहज रूपमा अपनाउन सकिन्छ । 
⦁    यो प्रविधिबाट बीउ–अदवुालार्इ ४–५ महीना (मंसिरदेखि फागनु/चत्रै) सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ।                           तस्वीर १४: भेन्टिलेशन भएको खाडल भण्डारण
⦁    भण्डारण गरिएको अदुवाको तौल भने जम्मा 
५ देखि १०% सम्म घट्न जान्छ ।

यो अदुवा भण्डारण गर्ने अर्को उपयुक्त स्थानीय प्रविधि हो । यस प्रविधिमा बिजुलीको आवश्यकता नपर्ने र गाउघरमा नै थोरै लगानीमा बनाउन सकिने भएकाले यसलाई सफल प्रविधिको रूपमा लिन सकिन्छ । खाडल भण्डारणमा एउटा खाडलमा २००–३०० के.जी. अदुवा भण्डारण गर्न सकिन्छ भने सेलार स्टोरमा २,०००–३,००० के.जी.सम्म भण्डारण गर्न सकिन्छ । तसर्थ, यो प्रविधिबाट एकैपटक धेरै मात्रामा अदुवा भण्डारण गर्न सकिन्छ।
सेलार स्टोरको निर्माण आफ्नो आवश्यकतानुसार सानो वा ठूलो आकारको सेलार स्टोर निर्माण गर्न सकिन्छ । सामान्यतया सेलार स्टोरका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्दछः
जग्गाको छनौट
⦁    स्थानः १,००० मीटर उचाइभन्दा माथि, घर या बोटबिरुवाले सिधा घाम छेकेको ठाउ 
 मोहडाः उत्तर दिशा फर्किएको 
⦁    घरको नाप 
उचाइः ३ मीटर 
लम्बाइः ५ मीटर 
चौडाइः ३ मीटर 
⦁    पखार्लः जमीनसग जोडिएको तीन तिरको मोहडामा भित्री र बाहिरी गरी दुईवटा पर्खालहरू र अगाडिको मोहडा एकोहोरो  पर्खालको हुन्छ ।                                  

1

तस्वीर १५: सेलार स्टोर
⦁    भित्री पर्खालः ३० से.मी. मोटाइको ढुङ्गा–माटाको पर्खालमा सिमेन्टले टिप्स गरिएको।                                 
⦁    बाहिरी पखार्लः ३० से.मी. मोटाइको इटाको पर्खाल । 
⦁    दुई पर्खाल बीचको खाली भागः १५ से.मी. चौडा राखिएको खाली भागमा खस्रो बालुवाले पुर्ने र माथिबाट सानो–सानो प्वाल पारिएको प्लाष्टिक–पाइप बिछ्याउने र पाइपको दुवै छेउ पर्खालभन्दा बाहिर निकाल्ने । पाइपको बीच भागबाट अर्को पाइप जोडेर पानीको टङ्कीसग जोडी पानी सञ्चालन गरी बालुवाको सतहमा एकनासले पानी खसाल्ने । 
⦁    ढोकाको दिशाः पूर्व 
⦁    छानोः खरको
⦁    भेन्टिलेसनः छानोको बीच भागमा ०.३६ वर्गमीटरको 
⦁    तख्ताः घरभित्र ८०–९० से.मी. चौडाइको बासको अदुवा राख्ने  तख्ता बनाउने र एक तख्तादेखि अर्को तख्ता ५० से.मी. उचाइको फरकमा बनाउने ।
अदुवा भण्डारणका लागि सेलार स्टोर बनाउदा ४–५ मीटर अग्लो कान्लालाई खनेर पूर्व ढोका पर्ने गरी उत्तर मोहडाको स्थान छनौट गर्नुपर्दछ । यसरी छनौट गरिएको ठाउमा सेलार स्टोर बनाउदा घरको तीनवटै मोहडा जमीनमा पर्दछ । सेलार स्टोर भित्रको तापक्रम ८–१० डिग्री सेन्टिग्रेड र सापेक्षिक आर्द्रता ७०–७५% मा रहने गरी व्यवस्था मिलाउनुपर्दछ । यसका लागि दुई पर्खाल बीच बिछ्याइएको पाइपमा आवश्यकतानुसार ३–४ दिनको फरकमा पानी सञ्चालन गर्नुपर्दछ । भण्डारणमा राखिएको अदुवालाई बेला–बेलामा हेरी कुहिन लागेका वा कुहिएकालाई छानी–छानी हटाउनुपर्दछ ।
ध्यान दिनुपर्ने कुराहरू
⦁    बोक्रा खुइलिएको, रोगी र कीरा लागेको अदुवा भण्डारण गर्नुहुदैन 
⦁    भण्डारण गर्नु १ हप्ताअघि थायोडान २ मिलीलिटर प्रतिलिटर पानी र इण्डोफिल ३ ग्राम प्रतिलिटर पानीका दरले बनाइएको घोल छर्की सेलार स्टोरको उपचार गर्नुपर्दछ 
⦁    स्टोरको तापक्रम र सापेक्षिक आर्द्रतालाई समय–समयमा निरीक्षण गर्नुपर्दछ 
विशेषता
बिषादीको प्रयोग नगरेमा खायन अदुवालाई पनि भण्डारणमा राख्न सकिन्छ 
अदुवा राखेको ६–७ महीनासम्म पनि टुसा आउदैन  
भण्डार निरीक्षण गर्न सजिलो हुन्छ 
भण्डार गरिएको ६ महीनामा पनि अदुवाको तौल १५–२०% सम्म मात्र कमी हुन्छ 

नेपालमा परम्परागत रूपमा दुई तरीकाबाट अदुवा प्रशोधन गरी सुठो बनाइन्छ । उन्नत तरीकाबाट सुठो बनाउन शुरूवात भइसकेको छ । यी विभिन्न तरीकाबाट सुठो बनाउने तथा यसबाट हुने फाइदा तथा बेफाइदाहरू बारे तल उल्लेख गरिएको छ।
स्थानीय विधि 
स्थानीय विधिअनुसार ताजा अदुवालाई रामा्रेसग पखाल्नुपर्दछ । पखालेको अदुवालाई बोक्रा नहटाइकन बासको तख्ताबाट बनाएको भट्टीमाथि तह पारी राख्ने । उक्त भट्टीमा प्रशस्त तातो धुवाले अदुवालाई भेट्ने गरी आगो बालिदिने । यसरी तातिएको अदुवालाई तातै अवस्थामा हातले  थिचेर डल्लाहरू बनाउने । सो डल्लाको भित्री भाग समेत सुक्ने गरी ३–४ दिनसम्म सोही भट्टीमा   आगो लगाई सुकाउनुपर्दछ । 


1     

2                                             

तस्वीर १६: तयार सुठो
फाइदाहरू
⦁    घाम नलाग्ने मौसममा पनि सुठो बनाउन सकिन्छ 
⦁    कीराको प्रकोप कम हुन्छ 
बेफाइदाहरू 
⦁    बोक्रा नफालेको र धवुाले गर्दा सठो कालो र अनाकषर्क देखिन्छ 
⦁    तातोका कारण सुठोमा तेल र वास्नाको मात्रा कम हुन्छ 
⦁    आकर्षक र गुणस्तरीय नभएकाले औसत बिक्रीमूल्य कम हुन्छ 
⦁    दाउरा प्रयोग गरिने भएकोले धुवाले गर्दा वातावरणलाई नराम्रो असर पार्दछ ।
घाममा सुकाएर बनाउने तरीका
⦁    अदुवामा भएको माटो, जरा र डाठहरू हटाई गानोलाई सफा पार्ने, तर पानीले भने पखाल्नुहुदैन
⦁    ५–६ फीट लामो र २ फीट गहिराइ भएको मानिस बस्न हुने १.५–२ फीट चौडाइको अंग्रेजी ‘ख’ आकारको काठको फल्याकको डुढ बनाउनुपर्दछ 
⦁    बीचमा काचो अदुवा करीब २०–२५ के.जी.जति राखी दुवैतर्फ १/१ जना बलियो मानिस बसी जुत्ता या बुट लगाई खुट्टाले माड्ने र त्यसलाई २ दिनसम्म घाममा सुकाई फेरि माड्ने 
⦁    यसो गर्दा धेरैजसो बोक्राहरू हटिसकेका हुन्छन् 
⦁    बोक्रा हटाउने काम सिद्धिएपछि कमेरो–माटोले पोत्ने र घाममा ६–७ दिनसम्म सुकाउने । हरेक बेलुकीपख (३–४ बजेतिर) बासको मान्द्रो वा ढुङ्गामा राखी हातले माड्ने । यसो गर्नाले पोतेको माटो झर्छ र सुठो फुस्रो सेतो देखिन्छ 
⦁    यसरी राम्रो सुकेको सुठो बनाउनलाई १५–२० दिनसम्म घाममा सुकाउनुपर्दछ ।
फाइदाहरू 
⦁    सूर्यको तापबाट सुकाइने भएकाले प्रशोधन कार्यका लागि दाउराको आवश्यकता पर्दैन
⦁    भट्टीमा सुकाएको सुठोको तुलनामा यो आकर्षक देखिन्छ र बढी मूल्यमा बिक्री हुन्छ ।
बेफाइदाहरू 
⦁    बोक्रा फाल्ने प्रक्रिया ठीक नभएकाले बोक्रामुनि रहेको तेलको ग्रन्थी नष्ट भई सुठोमा तेलको मात्रा घट्दछ 
⦁    बोक्रा फाल्ने कार्य घरका कटोकटेी र बढूाबढूीहरूले गर्न सक्दनैन् 
⦁    सुठो बनाउनुअघि अदुवालाई पानीमा धोइन्न, जसबाट सुठोको गुणस्तर घट्न जान्छ 
⦁    घाम कम लाग्ने मौसम वा स्थानहरूमा यो विधि अपनाउन गाह्रो हुन्छ 
⦁    राम्रोसग नसुकिकन भण्डारण गरेमा रोग र कीराको प्रकोप बढ्न जान्छ ।

उन्नत तरीकाबाट सुठो प्रशोधन विधि
सुठो बनाउन कम रेसा भएको अदुवाको जातको प्रयोग गर्नुपर्दछ । रेसा भएको अदुवाबाट सुठोको मात्रा धेरै बने तापनि गुणस्तरीय भने  हुदैन । सल्यान, इलाम र भोजपुरका स्थानीय जातहरूलाई सुठोको लागि उपयुक्त मानिन्छ । सुठोको लागि प्रयोग गरिने अदुवालाई उपयुक्त समयमा खन्नुपर्दछ । चाडो खनिए सुठो चाउरिएको हुने र ढिलो खनिए रेसा बढी हुने भएकाले गुणस्तर घट्ने हुन्छ ।
चुनपानीले उपचार नगरी सुठो बनाउने तरीका 
अदुवाको गानालाई राम्ररी पानीले पखाली सफा ठाउमा मान्द्रो वा पोलिथिन–सीट ओछ्याई सिमेन्ट–प्लाष्टर गरेको सफा भुइमा राख्ने । रोग–कीराका लक्षण देखिएका पानाहरू हटाउने, स्वस्थ पानाहरू हातले भाचेर ५–६ से.मी. लम्बाइका टुक्राहरू बनाउने । बासको कप्टेरा प्रयोग गरी बोक्रामुनि रहेको तेलग्रन्थीलाई असर नपर्ने गरी सम्पूर्ण बोक्रा छाडोई सफा पानीले धुने। त्यपछि अदवुालार्इ १२–१५ दिनसम्म सकुाउने। सालोर ड्रायरको प्रयोग गर्ने हो भने ५–६ दिनमै सुठो तयार गर्न सकिन्छ । 
 राम्ररी सुकेको सुठोमा १०% भन्दा कम चिस्यान हुनुपर्दछ, जुन सफा ओभानो कोठामा काठको तख्तामाथि ८–१० महीनासम्म सुरक्षितसाथ भण्डारण गर्न सकिन्छ । तर, १–२ महीनामा एकपटक जाची घाममा सुकाउदा अझ राम्रो हुन्छ ।
चुनपानीको प्रयोगद्वारा गुणस्तरीय सुठो बनाउने तरीका सर्वप्रथम २०० ग्राम चुन १० लिटर सफा पानीमा मिसाई राम्ररी घोल्ने र आधा घण्टासम्म थिग्रिन दिनुपर्छ । सफा झोललाई निकाली थिग्रिएको ठोस पदार्थलाई हटाउने । यसरी तयार पारिएको चुनपानी (२% को झोल) मा माथि उल्लेख गरिएअनुसार बोक्रा हटाइएको अदुवालाई ६ घण्टासम्म डुबाएर राख्ने । त्यसपछि अदुवा झिकेर घाममा सुकाउने । यसरी चनुपानीमा डबुाई सकुाउने कार्य २–३ पटक दाहोर्याउनपुर्छ, जसले सुठालाई आकर्षक देखिन मद्दत गर्दछ । यस तरीकाबाट बनाइएको सुठालाई सुक्नलाई करीब १५ देखि १७ दिन लाग्दछ । यस तरीकाबाट तयार पारिएको सुठो ठूलो साइजको, आकर्षक र चम्किलो हुने हुदा बजारमा बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।
गुणस्तरीय सुठोका गुणहरू
⦁    सुठो कागती–र·को आकर्षक र पोटिलो हुनुपर्दछ 
⦁    सुठो ३–४ औला भएको र २–२.५ इञ्च (५–६ से.मी.) लामो हुनुपर्दछ । 
⦁    सुठामा चिस्यान १०% भन्दा कम हुनुपर्दछ । 
⦁    तेलको मात्रा १.५% भन्दा बढी (२% सम्म) हुनुपर्दछ । 
⦁    आलियोरेजिन ६% भन्दा बढी र रेसाको मात्रा ४% भन्दा कम हुनुपर्दछ 
⦁    सुठाको अलावा अन्य वस्तुको मिसावट मात्रा ०.५% भन्दा बढी हुनुहुदैन 
कीटनाशक, रोगनाशक बिषादीहरू तथा अल्फाटक्सिनको मात्रा हुनुहुदैन । अदुवाको ताजा उत्पादनभन्दा पनि प्रशोधनपश्चात् विभिन्न वस्तुहरूका रूपमा बजारमा बिक्री–वितरण गर्न सकिएमा राम्रो बजार मूल्य पाउने निश्चित छ । ताजा अदवुालार्इ ढवुानी गर्न तथा उपयक्तु तरीकाले भण्डारण गर्न पनि समस्या हुने भएकाले प्रशोधित वस्तुलाई नै बढी प्राथमिकता दिनु उचित देखिन्छ । प्रशोधित वस्तुलाई प्राथमिकता दिन सकियो भने यसको आपूर्ति अन्तर्राष्ट्रिय बजारसम्म पनि सहजै गर्न सकिन्छ । किनकि यसको बजार नपोलमा मात्र सीमित नभर्इ अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ । गुणस्तरीय प्रशोधनका लागि भने प्रचुर मात्रामा उत्पादन गर्नुका साथै यससम्बन्धी उद्योगहरूको पनि स्थापना भएको हुनु जरूरी  हुन्छ । उद्योगहरू स्थापना गर्न सकिएमा अदुवा प्रशोधनबाट निम्न उल्लेखित वस्तुहरू उत्पादन गर्न सकिन्छः
 

 अदवुाको पानाहरू छानेर राम्ररी पानीले पखाल्ने र बोक्रा राम्ररी ताछन्। ताछेको अदुवालाई एकैनासका चाना पार्ने । अदुवाका चानालाई फिँजाएर घाममा सुकाउने । रामा्रेसग सुकेपछि खलमा कुटने वा मेशिनद्वारा मसिनो धूलो बनाउने । बजारको मागअनुसार मसिनो चाल्नोले चालेर पाउडर (धूलो) तयार पार्ने । धूलोलाई पोलिथिन–ब्यागमा हावा नछिर्ने गरी सिलबन्दी गरी बिक्री–वितरण गर्न सकिन्छ ।

१

चित्रः अदुवाको पाउडर
 

 अदवुाको गुणस्तरमा सगुन्धित तेलले विशेष महत्व राख्दछ । तलेका लागि लगाइएको अदवुालाई रापेको २१०–२५० दिनमा खन्नपुर्दछ । सामान्यतया अदुवाको तेललाई खाद्यान्नमा र पेय पदार्थमा वास्नाको लागि प्रयोग गरिन्छ । अदुवामा ३% सम्म वास्नादार तेलको मात्रा पाइन्छ । अदुवामा तेलको ग्रन्थीहरू बोक्राको केही तल मात्र हुने हुदा बोक्रा छोडाउने वा हटाउने क्रममा ध्यान नदिएमा बोक्रासगै अदुवामा भएको तेल पनि फ्यालिने सम्भावना हुन्छ । कृषकहरूले नराम्रो भनी फालेका अदुवाका पानाहरूबाट पनि तेल निकाल्न सकिन्छ । तेल निकाल्ने बेलामा अदुवाको बोक्रा छाडोउनासाथ अदवुालार्इ ‘स्टिम डिस्टिलसेन प्रक्रिया’ मा लानपुदर्छ । ढिला गरेमा अदुवामा भएको तेलको मात्रा बाफिएर वा उडेर कम हुन जान्छ । परफ्युमरी इण्डष्ट्रीजहरूमा यसको उपयोग विशेष रूपमा भएको देखिन्छ । चीन, भारत, इण्डोनेशिया आदि राष्ट्रहरूलाई अदुवाको तेल निर्यात गर्ने प्रमुख देश मानिन्छ ।
१

चित्रः अदुवाको तेल

सुठो बनाएको अदुवालाई पिसेर धूलो बनाई मसलाको रूपमा तरकारी, मासु, चिया आदिमा प्रयोग गर्न सकिन्छ । यो तयारी धूलालाई अन्य विभिन्न खानाका परिकारहरूमा प्रयोग गर्न सकिन्छ । जिन्जर बियर, जिन्जर ब्राण्डी, जिन्जर वाइन तथा परम्परागत तथा आयुर्वेदिक औषधीमा पनि यसको प्रयोग गरिन्छ ।
पेय पदार्थमा अदुवाको प्रयोग जिन्जर बियर, जिन्जर ब्राण्डी, जिन्जर वाइनका अलावा अदुवाबाट हल्का पेय पदार्थ पनि बनाउन सकिन्छ । ताजा अदुवाको बोक्रा हटाएर त्यसलाई पिंधेर पेष्ट बनाइन्छ । यसमा चीनी, अमिलो पदार्थ तथा पानीको मात्रा मिलाई जिन्जर सिरप बनाउन सकिन्छ । यसै गरी अदुवाको सर्वत एवम् अन्य परिकारहरू पनि तयार गर्न सकिन्छ ।
 

कलिलो अवस्थाको अदुवामा रेसाहरूको मात्रा कम हुन्छ । अदुवाबाट बनाइने क्याण्डी, अचार, सर्बत आदिको प्रशोधनका लागि १५० देखि १८० दिनमा उत्पादन लिनु उचित हुन्छ । जिन्जर क्याण्डी अदुवाबाट बनाइने नपोली बजारमा पाइने एक मात्र व्यावसायिक उत्पादन वा परिकार हो। जिन्जर क्याण्डी बनाउनका लागि छनौट गरिएको कलिलो ताजा अदुवालाई धोई–पखाली बोक्रा फाल्ने काम गर्नुपर्दछ । यसपछि त्यो अदुवालाई स–साना टुक्राहरू पारी चीनीको विभिन्न डिग्रीको चास्नीमा पकाउनुपर्दछ । अन्त्यमा ८० डिग्री ब्रिक्समा डुबाएपछि ड्रायरमा सुकाइन्छ र क्याण्डी तयार पारिन्छ । खानाको पाचन क्रियामा जिन्जर क्याण्डीले निकै सहयोग पुर्याउदछ । कम लागतमा अदुवा प्रशोधन गरी घरेलु उद्योगको रूपमा क्याण्डी बनाउन सकिन्छ । पश्राधेनबाट अतिरिक्त आयआजर्न गर्न सकिन्छ ।
 

सर्वप्रथम कलिलो अदुवालाई छनौट गरी धोएर बोक्रा फाल्नुपर्दछ । बोक्रा फालिसकेपछि त्यो अदुवालाई आपूmलाई मनपर्ने आकारमा टुक्रा पार्ने । त्यसपछि तेल, नून, बेसार, खुर्सानी र अन्य अचारका मसलाहरू मिसाई अदुवाका टुक्राहरू मोल्ने । फर्मेन्टेशनको लागि ठूलो चौडा मुख भएको सिसामा खादेर राख्ने । यति गरेर छोडेको २–३ महीनामा स्वादिलो जिन्जर अचार तयार हुन्छ । यदि प्रिजर्भेटिभको प्रयोग गरेको छ भने १ वर्षभन्दा बढी समयसम्म पनि यो अचार सुरक्षितसाथ राख्न सकिन्छ । माथि उल्लेख भएअनुसार अदुवाबाट प्रशोधित वस्तुहरू आफ्नै देशभित्र उत्पादन गर्न सकिएमा हाम्रो आफ्नो आन्तरिक तथा बाîय व्यापारलाई पनि प्रवद्र्धन गर्न सकिन्छ । फलस्वरूप, प्रत्यक्ष रूपमा अदुवाखेती र प्रशोधनमा संलग्न कृषकहरूको आय आर्जनमा वृद्धि हुन्छ । यसका अलावा यदि गुणस्तरीय उत्पादन गर्न सकेमा अन्तर्राष्ट्रिय बजारमा समेत प्रशोधित वस्तुहरू निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।
 

अदुवाको जात, सोही स्थानको हावापानी, माटो तथा प्रशोधन तरीकामा अदुवाको गुणस्तर निर्भर गर्दछ । व्यापार प्रवद्र्धनका लागि हरेक राष्ट्रले आफ्नो उत्पादनको गुणस्तर निर्धारण गरेका हुन्छन । व्यापारका लागि भौतिक सरसफाइ एवम् गुणस्तरको अहम् भूमिका रहेको हुन्छ । तसर्थ अदवुाको व्यापारलार्इ हेर्ने हो भने निर्यात बढाउन सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिई अन्तर्राष्ट्रिय मापदण्डअनुसार र आयात गर्ने राष्ट्रको मागअनुसार उत्पादन गरी निर्यात गरिनुपर्दछ । यसो गर्नाले अदुवाको व्यापार बढ्न गई विदेशी मुद्रा आर्जन गर्नलाई सहज हुन जान्छ ।
सुठाको गुणस्तर (नेपालको मापदण्ड)-
⦁    आकारः बोक्रा फालेको वा नफालेको, धोएको र सुकेको विभिन्न आकारको अदुवाको गाना 
⦁    चिस्यानः १२% भन्दा कम 
⦁    बाह्य पदार्थः २% भन्दा कम 
⦁    सुगन्धित तेलः १% भन्दा बढी 
⦁    क्याल्सियम अक्साइड (चुन): ४% भन्दा कम 
⦁    रङ्गः रङ्गहरू कुनैपनि प्रयोग नगरिएको

सुठाको अमेरिकन स्पाइस ट्रेड एशोसिएशन (ASTA) को मापदण्ड 
गुणस्तर 
⦁    चिस्यान: १२% भन्दा कम 
⦁    रेसाः ३.५% भन्दा कम
⦁    सगुन्धित तेल: १.५% भन्दा बढी
⦁    सठुाको रङ्ः क्रिम सेतो
सरसफाइ
⦁    मरेको कीरा ४ वटा प्रतिपाउण्डभन्दा कम 
⦁    दुध दिने जनावरको मल ३ मिलीग्राम प्रतिपाउण्डभन्दा कम 
⦁    अन्य प्राणीको मल ३ मिलीग्राम प्रतिपौण्डभन्दा कम  
⦁    ढुसीबाट ग्रसित सुठोः तौलमा ३% भन्दा कम 
⦁    कीराले बिगारेको सुठोः तौलमा ३%  भन्दा कम  
⦁    बाह्य पदार्थः तालैमा १% भन्दा कम 
⦁    एफ्लाटक्सिनः २० पी.पी.वी.भन्दा कम

सुठाको युरोपियन स्पाइस एशोसिएशन (ESA) को मापदण्ड 
गुणस्तर 
⦁    चिस्यानः १२% भन्दा कम
⦁    सुगन्धित तेलः १.५% भन्दा बढी
⦁    सुठोको रङ्: क्रिम सेतो
सरसफाइ
(ASTA) को सरसफाइको स्तर हनुपुदर्छ तर एफ्लाटक्सिनको मात्रा भने १० पी.पी.वी.भन्दा बढी हनुहुदैन ।
 

 ताजा अदवुाका पानाहरूलाई खनपेछि धुने र सफा गर्ने प्रमुख कार्य हो। नेपालमा अदुवाका पाना धुने र सफा गर्ने कार्यलाई प्राथमिकता दिइएको पाइदैन । अदुवाका पाना धुने र सफा गर्ने काम विभिन्न चरणमा गर्ने गरिन्छ । खाडलमा पानी जमाएर त्यसमा अदुवाका पाना पखाल्ने । पखालेको अदुवालाई खुला ठाउमा सुक्न दिने । सुकेका पानालाई आवश्यकतानुरूप छानेर बोरामा प्याक गरेर बिक्रीका लागि तयार पारिन्छ । अदुवा धुनका लागि हाल बजारमा उपकरणहरू पनि उपलब्ध छन् । नेपाल कृषि अनुसन्धान परिषद्को कृषि इन्जिनीयरिङ् महाशाखाद्वारा निर्मित अदुवा सफा गर्ने मेसिनको बारेमा यहा चर्चा गरिन्छ ।

२
मेसिनको विशेषता 
यो मेसिन बिजुलीबाट चल्ने भएकाले अदुवालाई सफा गर्नका लागि प्रयोग गरिएको पानीको फोहराले धोई सफा गरिदिन्छ । मेसिन प्रयोग गरेर सफा गरेको अदुवाको गुणस्तरमा वृद्धि भई बढी मूल्यमा बिक्री गर्न सकिन्छ । सफा गरेको अदुवालाई निर्यात गर्न सजिलो हुन्छ।
मेसिनको क्षमता
यो मेसिनको प्रयोग गरी प्रतिघण्टा ४०० के.जी.सम्म अदुवा सफा गर्न सकिन्छ। एकजना व्यक्तिले पनि यो मेसिन सञ्चालन गर्न सक्दछ। मेसिनले प्रतिघण्टा १.५ युनिट बिजुली खपत गर्दछ ।
उपयोगिता
स्थानीय अदुवा संकलन केन्द्रहरू, सामुदायिक र व्यावसायिक साना प्रशोधन केन्द्रहरूमा यस मेसिनको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
 

 फलाम, जस्ता र रबरको सहायताबाट स्थानीय स्तरमै अदुवाको बोक्रा छोडाउने मेसिन तयार पार्न सकिन्छ । फलामले बनेको तीन फीट अग्लो स्ट्याण्डमा जस्ताले बनेको ड्रमलाई तेर्सो पारी राख्नुपर्दछ । ड्रमको भित्री भागमा स–साना (५ मिलीमीटर) चुच्चो भएका खस्रो रबर टास्नुपर्दछ । उक्त ड्रमको पूरै लम्बाइमा ६ इञ्च चौडाइको मुख राखिएको हुन्छ । त्यस मुखको ढक्कनमा रबरको सट्टा मोटो र बलियो तारजाली फिट गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

१
मेसिनको कार्यप्रणाली
बोक्रा छोडाउनुअघि ताजा अदुवालाई कम्तीमा १२ घण्टासम्स पानीमा भिजाउनुपर्दछ । यसरी भिजाइएको अदुवालाई मेसिनको क्षमताअनुसार उक्त मेसिनभित्र राख्नुपर्दछ । मेसिनभित्र राख्नुअघि अदुवालाई ठीक आकार मिलार्इ भाच्नपुदर्छ । यसो गर्नाले मेसिनले राम्रोसँग काम गर्दछ । ड्रमलाई प्रतिमिनेट ४०–५० फन्को घुमाउनुपर्दछ । दश मिनेटसम्म ड्रमलाई घुमाउदा पहिलो पटकमा ६०–७०% सम्म बोक्रा जान्छ । पहिलो पटक बोक्रा छोडएपछि सोलारमा १ दिन वा घाममा २ दिन सुकाउने, त्यसपछि पुनः मेसिनमा ५ मिनेट घुमाउने । यो प्रक्रिया अरू २ पटक दोहोर्याइएमा ९०–९५ %सम्म बोक्रा छोडिन्छ । मेसिनद्वारा बोक्रा छोडाइएको अदुवा घाममा १२–१४ दिनमा सुक्दछ भने सोलार ड्रायरमा ६ दिनमा सुक्दछ ।
मेसिनको विशेषता 
यो मेसिन जोसुकैले सजिलैसग चलाउन सक्दछ । मेसिनको प्रयोग गरी बोक्रा छोडाएर बनेको सुठोबाट १.५% भन्दा बढी तेल कायम गर्न सकिन्छ । परम्परागत तरीकाभन्दा ५०% कम लागतमा सुठो तयार हुन्छ । एक दिनमा एउटा व्यक्तिले मेसिन प्रयोग गरी ३०० के.जी.सम्म बोक्रा छोडाउन सक्दछ ।
 

सूर्यको प्रकाशलाई सोसेर उक्त प्रकाशलाई तापशक्तिमा विकसित गर्नका लागि बनाइएको विशेष आकारको संरचना वा उपकरणलाई सोलार ड्रायर (solar dryer) भनिन्छ। सोलारको मद्दतले अदुवालाई सुठो बनाउनका लागि सहयोग पुर्याउदछ ।
१
 आफ्नै गाउघरमा डिजाइन गरिएको सोलार ड्रायरको मुख्य गरी दुईवटा भागहरू हुन्छन् । हावालाई तातो बनाउने प्यानल र वस्तु सुकाउनका लागि राखिने ट्रे–चेम्बर (कोठा) । फलामको पाताबाट बनेका दुईवटा प्यानलहरू हुन्छन् । प्यानलको सतहमाथि इन्सुलेटरको रूपमा फोम बिछाई त्यसमाथि कोरुगेटेड जस्ता वा आलुमिनियम सीट प्रयोग गरिन्छ । प्यानलको तल्लो भागबाट बाहिरी हावा भित्र आउनका लागि जालीजस्तो बिछ्याइएको हुन्छ । प्यानलको भित्री भागमा ब्ल्याक पेन्ट लगाइएको हुन्छ । प्यानलका माथिल्लो भागमा भने वस्तु सुकाउनलाई चेम्बर जोडिएको हुन्छ।
ट्रे–आकारको चेम्बर जमीनको सतहदेखि २ फीटजति माथि बनाइएको हुन्छ । १.७५ ह ३.७५ फीट आकारका ८ वटा ट्रेहरूलाई दुई तह पारी राख्ने व्यवस्था मिलाइएको हुन्छ । चेम्बरको तीनैतर्फ टिन लगाइन्छ भने भिरालो तर्फको एक साइड र माथिल्लो भागमा पोलिथिन–सिटले ढाकेको हुन्छ । चेम्बरको सम्पूर्ण ट्रेहरू र टिनका पाताहरूमा ब्ल्याक पेन्ट लगाइन्छ । टिनको पाताको बाहिरी भाग पोलिथिन–सिटले ढाक्नुपर्दछ । ढोकाको सबैभन्दा माथिल्लो भागमा तातो हावा बाहिर निकासको लागि भेन्टिलेशन बनाइएको हुन्छ ।
सोलार ड्रायरको कार्यसिद्धान्त
प्यानलको तल्लो भागमा रहेका प्वालहरूबाट चिसो हावा प्रवेश गर्दछ । हावालाई तताउने काम भित्री भागमा ब्ल्याक पेन्ट लगाइएको टिनको पाताले गदर्छ । उक्त ताता हावालार्इ वस्तु सकुाउन लागि बनाइएको च्याम्बरमा पठाइन्छ । च्याम्बरमा सिधै प्राप्त सौर्य–प्रकाशबाट पनि तापक्रम बढेर जान्छ । तापक्रम बढ्नाले उक्त च्याम्बरमा राखिएको वस्तुको जल वियोजन (Dehydration) हुन जान्छ । वियोजित जल वाफको रूपमा भेल्टिलेसनबाट बाहिरिन्छ र वस्तु सुक्दै जान्छ । सामान्यतया चेम्बर भित्रको तापक्रम बाहिरी वातावरणको भन्दा २ गुणासम्म बढी हुन जान्छ । गुणस्तरीय सुठो बनाउनका लागि ६०–७० डिग्री सेन्टग्रेडमै अदुवा सुकाइनुपर्दछ । अन्यथा बढी तापक्रम भएमा सुठो कालो हुने र सुगन्धित तेलको मात्रा घट्ने हुन सक्दछ ।
सुकाउने तरीका 
अदुवाको बोक्रा छोडाउने तथा पानीमा धोएर ओभानो भएपछि ट्रेहरूमा राखेर फैलाउने 
ट्रेलाई ड्रायरमा राखेर ढोका बन्द गर्ने, अनि हावा भित्र पस्ने र बाहिर निस्कने प्वालहरू खुला गरिदिने यसरी तयार पारिएको सोलार ड्रायरमा सिङ्गो गानालाई घाम लागेको बेला सुक्नका लागि ६ देखि ७ दिनसम्म लाग्न सक्छ भने चाना बनाएको अदुवा २ दिनमै सुक्न सक्छ ।
सोलार ड्रायरबाट हुने फाइदा 
⦁    पानीले भिज्ने डर हुदैन 
⦁    खुला अवस्थाको तुलनामा ड्रायर भित्रको वस्तुलाई सुक्न आधा समय मात्र लाग्छ ।
⦁    चाडै सुक्ने भएकाले पौष्टिक तत्व नाश हुन पाउदैन । 
⦁    कीरा, धूलो, पात–पति·रबाट सुरक्षित हुन्छ ।
⦁    एक पटकमा ४० के.जी.सम्म अदुवा सुकाउन सकिन्छ । 
⦁    मौसमी तरकारीबालीहरू, जस्तैः काउली, आलु, मूला, खुर्सानी, मेथी, चम्सुर आदि सागसब्जीहरू, सबै प्रकारका मस्यौराहरू, माछामासु आदि पनि सुकाउन सकिन्छ ।
 

⦁    नेपालमा ६५% भन्दा बढी जनसंख्याको जीविकोपार्जनको प्रमुख आधार रहेको कृषिक्षेत्रलाई राज्यले पछिल्लो समयमा प्राथमिकतामा राखी विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । परम्परागत तथा निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक तथा आधुनिक बनाउन कृषिनीति २०६१ कार्यान्वनमा रहेको छ भने कृषि विकास रणनीति भर्खरै नेपाल सरकारले तर्जुमा गरेको छ । विभिन्न नीतिगत दस्तावेजहरूमा मसलाबालीलाई उच्च मूल्य जाने बाली भनी पहिचान भएकाले यसको उत्पादन, प्रशोधन तथा मूल्य अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा रहेका छन् । यी कार्यक्रममार्फत् उपलब्ध हुने विभिन्न सहुलियत तथा अनुदानलाई तल बुँदागत रूपमा उल्लेख गरिएको छ ।
⦁    कृषि विभागअन्तर्गत राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले मसला प्रशोधनका लागि कृषकसमूह, सहकारी तथा उद्यमीलाई पूजीगत अनुदान उपलब्ध गराउने
⦁    नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय अदुवाबाली अनुसन्धान कायत्र्रmबाट मसलाबालीसम्बन्धी विभिन्न प्रविधि विकास तथा प्रसारको कार्यक्रम सञ्चालित
⦁    साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामार्फत् उच्च मूल्य जाने बालीअन्तर्गत अदुवा समावेस भई उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि कृषकसमूह, कृषि सहकारी, व्यापारी तथा उद्यमीहरूका लागि पूर्वाधार निर्माण, सिंचाइका पूर्वाधार, संकलन केन्द्रका लागि ६५% सम्म अनुदानको 
⦁    उच्च मूल्य कृषि परियोजनामार्फत् अदुवाको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि कृषकसमूह, सहकारी, व्यापारी तथा उद्यमीहरूलाई परियोजनामार्फत् अनुदानको व्यवस्था रहेको
⦁    जिल्ला कृषि विकास कार्यालयमार्फत् प्लाष्टिक–पोखरी, सिंचाइ पोखरी निर्माण, पाइप, कुलो निर्माणमा कृषकसमूहलाई अनुदानको व्यवस्था रहेको
⦁    मसलाबाली संकलन केन्द्र निर्माणका लागि कृषि सहकारी तथा कृषि उपज बजार सञ्चालक समितिले कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयमार्फत् पूजीगत अनुदान उपलब्ध हुने
⦁    मसलाबालीको बीमा गर्नका लागि सरकारद्वारा बीमा प्रिमियममा ७५% अनुदानको व्यवस्था गरिएको 
 

नेपालमा अदुवा खेती प्रविधि [Ginger Production Technology in Nepal]
कृष्ण पौडेम
डा. गोविन्द प्रसाद तिमिल्सेना
Unnati; Inclusive Growth Programme in Nepal